पवित्रा सुनार

पवित्रा सुनार

टिचिङमा कलेजो प्रत्यारोपण हुँदै

शुक्रबार, २३ चैत २०७४

त्रिवि शिक्षण अस्पताल कलेजो प्रत्यारोपणको अन्तिम तयारीमा पुगेको छ। ‘जेठ दोस्रो साताभित्र कम्तीमा एक जना बिरामीमा प्रत्यारोपण गर्ने गरी तयारी भइरहेको छ,’ अस्पतालका प्रशासक मानबहादुर भट्टले भने। कलेजो प्रत्यारोपण गर्न जतिसक्दो छिटो तयारीमा जुटिरहेको प्रत्यारोपणको नेतृत्व गरिरहेका कलेजो तथा प्यानक्रियाज सर्जन प्राध्यापक डा. रमेशसिंह भण्डारीले बताए।

दोब्बर बढ्यो बालबालिकाविरुद्धको हिंसा

बिहिबार, २२ चैत २०७४

चालू आर्थिक वर्षको पछिल्लो चार महिनाभित्र बालबालिकाविरुद्धको घटनाहरू बढ्दै गएका छन्। केन्द्रीय बालकल्याण समितिको अध्ययनअनुसार गत चार महिनाको अवधिमा बालबालिकाविरुद्धका हिंसा दोब्बर बढेको हो।

पशुपति क्षेत्र मगन्तेमुक्त घोषित

बुधबार, २१ चैत २०७४

पशुपति क्षेत्रलाई मगन्ते र असहायरहित क्षेत्र घोषणा गरिएको छ। यो घोषणासँगै अब पशुपति क्षेत्रमा मागन्ते र असहाय देख्नुपर्ने छैन।

तपाईंको नानीलाई पनि अटिजम छ कि?

मङ्गलबार, २० चैत २०७४

तपाईंका नानीको एक्लै बस्ने बानी छ?, आँखामा आँखा जुधाउँदैनन्? अरु केटाकेटीसँग खेल्दैनन्?, बोलेका शब्द या भाषा दोहो¥यायै गर्छन्? अत्यधिक चकचके या अति निष्क्रिय छन्?

खोकी दोहोरिएको दोहोरियै

सोमबार, १९ चैत २०७४

धुलो, धुवाँ र इन्फ्लुएन्जाका कारण यो वर्ष खोकी पटकपटक दोहोरिने समस्या देखिएको सरुवारोग विशेषज्ञले बताएका छन्। जाडो महिनासँगै सुरु भएको खोकी गर्मी महिना सुरु हुन लाग्दा समेत नरोकिएको उनीहरुको जनाएका छन्। यस अवधिमा एक व्यक्तिमा तीनचारपटकसम्म खोकी दोहोरिएर उपचारमा आउने गरेको चिकित्सकले बताए।

तीन सातादेखि बालिकाको शव अस्पतालमै

शुक्रबार, १६ चैत २०७४

तीन साताअघि काठमाडौंको नक्सालमा झुन्डिएकी भनिएकी बालिकाको मृत्युको कारण आत्महत्या नभई अन्य कारण हुनसक्ने बताउँदै आफन्तले शव बुझ्न मानेका छैनन्।

कतिन्जेल बल्लान् ट्राफिक बत्ती ?

बिहिबार, १५ चैत २०७४

विगत आठ वर्षदेखि बिग्रिएका उपत्यकाको ट्राफिक बत्ती मंगलबारदेखि बल्न थालेका छन्। पहिलो चरणमा  उपत्यकाको अति व्यस्त चोक र जेब्राक्रसिङ गरी ६ स्थानमा ट्राफिक लाइट बल्न थालेको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ।

किशोरकिशोरी एकान्त खोज्छन्? डिप्रेसनमा परे कि?

बुधबार, १४ चैत २०७४

तपाईंका स्कुल–कलेज जाने उमेरका छोराछोरी एकान्तमा बस्न रुचाउँछन् ? उनीहरु फरक गतिविधि गर्न देखाउन थालेका छन्?

केन्द्रीय अस्पतालमै छैनन् कुरुवाघर

आइतबार, ११ चैत २०७४

सिन्धुली संखटारकी जिन्सी चौधरी आफ्नी ८५ वर्षीया वृद्धा आमा बिरामी परेपछि सोमबार राति वीर अस्पताल पुगिन् । आमा मुसनियाँ अधिकारीलाई मधुमेह र उच्चरक्तचापले च्यापेपछि एम्बुलेन्सबाट अस्पताल पुर्‍याइएकी चौधरीको हेरचाहका लागि थप चार जना अस्पताल पुगे।

भेदभावविरुद्धको सजाय नै फितलो

बिहिबार, ०८ चैत २०७४

बुधबार  दलित अधिकारकर्मीहरुले जातिभेद उन्मूलन दिवस मनाइरहेका थिए । त्यहाँ सहभागी थिए, पत्रकार मिलन विश्वकर्मा । मञ्चमा दलित अधिकारकर्मीहरुको भीड थियो, उनको मनमा भने राजधानीमै आपूmले भोगेका विभेदका दृश्य घुमिरहेका थिए।

धूमपान नगर्नेलाई पनि फोक्सोको क्यान्सर

शुक्रबार, २५ फागुन २०७४

स्वास्थसम्बन्धी अधिकांश अध्ययनले ९१ प्रतिशत फोक्सोको क्यान्सर धूमपानका कारण हुने तथ्यांक प्रस्तुत गरेका छन् । तर, पछिल्लो पटक अस्पतालमा आउने क्यान्सरका बिरामीको प्रकृति हेर्दा धूमपान नगर्नेहरूमा पनि फोक्सोको क्यान्सर देखिन थालेको छ।

चुनौतीपूर्ण सेवामा बढ्दो महिला प्रवेश

बिहिबार, २४ फागुन २०७४

अन्तर्राष्ट्रिय महिला दिवस अर्थात आठ मार्च आजको दिन महिला र श्रमअधिकारसंग गाँसिएको ऐतिहासिक दिन हो। त्यही दिनलाई आज विश्वभरका श्रमजीवि महिलाहरुले भब्य रुपमा मनाइन्छ। नेपालमा पनि बिभिन्न कार्यक्रमका साथ बर्षेनी मनाइन्छ।

सार्वजनिक सेवामा महिला सहभागिता बढ्दै

बिहिबार, २४ फागुन २०७४

एक दशक अघिसम्म नेपालको सार्वजनिक सेवामा महिला सहभागिता आैँलामा गन्ने अवस्थामा रहेकोमा अहिले भने त्यो आँकडा फेरिँदै गएको छ । सार्वजनिक क्षेत्रमा बढ्दै गएको महिला सहभागिता र कतिपय नेतृत्व तहमै महिला पुग्नुले यसलाई पुष्टि गर्छ।

मौसम परिवर्तनसँगै बढे बिरामी

बुधबार, २३ फागुन २०७४

जाडो सकिएर गर्मी आउन लाग्दा उपत्यकामा विभिन्न मौसमी रोगका बिरामी देखिएको अस्पतालहरूले जनाएका छन् । झाडापखाला, टाइफाइड, भाइरल ज्वरो, रुघाखोकी, आउँजस्ता रोग देखिएको चिकित्सकले जनाएका छन् । ज्वरो आउने, रुघाखोकी लाग्ने, कडा टाउको दुख्ने जस्ता लक्षण लिएर उपचारमा पुग्ने गरेका छन्।

बलात्कारको तारो बन्दै बालिका

सोमबार, २१ फागुन २०७४

बलात्कारीले जहिले पनि कुनै न कुनै रूपमा कमजोर अविभावक र कमजोर उमेर समूहका बालिकालाई तारो बनाएका देखिन्छन् । बोल्न नसक्ने, उजुरी गर्न नसक्ने, विपन्न समूहका कमजोर बालिका बलात्कारीको तारो बनेका छन्।

‘लिभिङ टुगेदर’ ले युवतीहरू मारमा

आइतबार, २० फागुन २०७४

काठमाडौंकी ३० वर्षीया युवती ज्योति श्रेष्ठ (नाम परिवर्तन) को चार महिनाअघि बाँच्नको लागि सबै बाटो  बन्द भएझैं भयो । जुन दिन उनले ‘लिभिङ टुगेदर’का रूपमा वर्षौंदेखि सँगै बस्दै आएका आफ्ना साथी नवीन केसी (नाम परिवर्तन)को अर्को विवाह हुँदैछ भन्ने चाल पाइन् । सो समाचार सुन्न नसकेर उनले बिष सेवन गरिन्।

महिलालाई दोहोरो मार

शनिबार, १९ फागुन २०७४

‘समान काम समान ज्यालाको कुरा धेरै वर्षदेखि उठेको छ, घरमा महिलाले गर्ने कामको हिसाब कतै छैन । यसका लागि पुरुषलाई घरेलु कामको दायरामा ल्याउनुपर्छ।’

किन घटेन बलात्कार ?

शुक्रबार, १८ फागुन २०७४

अभिभावकले बालबालिकाको यौन जिज्ञासालाई छलफलको विषय नबनाउनु, विद्यालयमा यौनशिक्षाको कमी हुनु, यौनलाई पुरुषत्वसँग गाँसेर हेर्नु जस्ता कारण बलात्कारका घटनामा कमी आउन सकेको छैन।

१५ दिनको प्रतिबद्धता तीन महिनामा पनि पूरा भएन

बुधबार, १६ फागुन २०७४

उपत्यकाको ट्राफिक व्यवस्थित गर्ने भन्दै सुरु भएको ट्राफिक बत्ती जडान कार्य सरकारी निकायकै कारण ढिलो र अपुरो बनिरहेको छ । राजधानीका नारायणगोपाल चोक र नयाँबानेश्वर चोकमा १५ दिनभित्र पूरा गर्ने भनेर जडान कार्य सुरु गरे पनि तीन महिनासम्म पूरा हुन नसकेको हो।

मन्त्रिमण्डलमा ३३ प्रतिशत महिला सहभागिताको माग

सोमबार, १४ फागुन २०७४

अन्तरपार्टी महिला सञ्जालले मन्त्रिमण्डलमा ३३ प्रतिशत महिला सहभागिता हुनु पर्ने माग गरेको छ। सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी संजालले यस्तो माग गरेको हो। नयाँ संविधानले राज्यको हरेक निकायमा ३३ प्रतिशत महिलाको व्यवस्था गरेको छ। त्यही भावना अनुरुप मन्त्रिमण्डलमा महिला सहभागिता हुनु पर्ने उनीहरुको माग छ।

Ncell Footer Ad