पवित्रा सुनार

पवित्रा सुनार

‘बाकसमा आउने शवको गीत गाउन नपरोस्’

शुक्रबार, १८ जेठ २०७५

उल्लेखित गीति अंश गत साताअघि सार्वजनिक भएको म्युजिक भिडियो ‘बोल माया’को हो। लोक गायक तथा कलाकार प्रकाश सपूतले रचेको यो गीत अहिले चर्चामा छ। गीतको रेकर्डिङ तथा म्युजिक भिडियोको निर्देशन स्वयं सपुतकै छ। गीतमा सपूत, नारायण रायमाझी र शान्ति श्री परियारको स्वर छ।

देशभरका अस्पताल सफाई अभियान चलाइने

शुक्रबार, १८ जेठ २०७५

स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले वीर अस्पतालसहित देशभरका सरकारी अस्पताल सफा र व्यवस्थित बनाउन अभियान अघि बढाइने बताएकी छिन्। बिहीबार पत्रकार सम्मेलनमार्फत उनले यस्तो घोषणा गरेकी हुन्। ‘वीर अस्पतालबाट अभियान सुरु भएको छ, केही समय लाग्ला तर देशभरका सरकारी अस्पताल सफा गर्छौं,’ उनले भनिन्।

उधारोमा अस्पताल चम्काउँदै धुर्मुस

बुधबार, १६ जेठ २०७५

वीर अस्पतालको एउटा कोठा । कोठाभरी बाल्टिन, जग र डस्विनको चाङ । कोठाको बीचतिर एउटा टेबल र टेबुल दायावायाँ दुई कुर्सी । सो कोठा वीर अस्पताल सफाइका लागि सक्रिय धुर्मुस–सुन्तली फाउन्डेशनलाई उपलब्ध गराइएको हो । त्यहीँ खटिइरहेका छन्, हास्य कलाकार सीताराम कट्टेल।

कतै तपाईंलाई फिस्टुला त छैन ?

बिहिबार, १० जेठ २०७५

गुल्मीकी ४० वर्षीया विमला शर्मालाई पिसाब चुहिने समस्याले सताएपछि काठमाडौं मोडेल अस्पतालमा भर्ना भएकी छिन् । अस्पतालले शर्माको केही दिनमै शल्यक्रिया गर्ने तयारी गरेको छ ।

भिटामिन ‘डी’ कमीको समस्या बढ्दै

सोमबार, ०७ जेठ २०७५

जीउ दुखेर या हातखुट्टा सुन्नियो भन्दै उपचारमा पुगेका धेरै बिरामीलाई भिटामिन ‘डी’को कमी भएको पाइएको छ । जीउ दुखेर अस्पताल पुग्ने धेरैलाई भिटामिन ‘डी’को कमी भएको देखिएको छ।

राजधानीमा बाह्रै महिना टाइफाइड

शनिबार, ०५ जेठ २०७५

गर्मी मौसममा मात्र फैलिने टाइफाइड राजधानीमा बाह्रै महिना देखिने गरेको चिकित्सकले बताएका छन्। राजधानीमा बस्नेहरू बाह्रै महिना टाइफाइडको समस्या लिएर आउने गरेको उनीहरूको भनाइ छ। दिसा–पिसाब मिसिएको खाना तथा पानी खाएमा टाइफाइडको संक्रमण हुन्छ। दिसा–पिसाबमा ‘साल्मोनेला टाइसी तथा प्यारा टाइसी’ नामक जिवाणु हुन्छन्। दूषित खानामा बस्ने यो जीवाणु मानिसको पेटमा पुगेपछि टाइफाइड हुन्छ। ‘साल्मोनेला’ शरीरमा प्रवेश गरेको तीन दिनदेखि लक्षण देखिन सुरु हुन्छ।

स्वास्थ्यका लागि योग–ध्यान गर्ने डाक्टर

शनिबार, ०५ जेठ २०७५

वीर अस्पतालको दोस्रो तल्लास्थित ‘लिभर युनिट’(कलेजो विभाग)को एउटा कोठा। अर्थात् विभाग प्रमुख डा. अनिल मिश्रको कार्यकक्ष। एउटा डाक्टरको कार्यकक्ष जस्तो हुन्छ भन्ने सोचेकी थिएँ, भित्र पसेपछि फरक अनुभव गरेँ।

रोकिएन विद्यार्थीको ठेउला

मङ्गलबार, ०१ जेठ २०७५

डेढ महिनादेखि फैलिएको चिकनपक्स (ठेउला)को संक्रमण अझै पनि नरोकिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ। अस्पतालको अनुसार चैतको दोस्रो सातादेखि नै बालबालिका तथा किशोर–किशोरी उमेर समूहमा यो रोग फैलिन सुरु भएको थियो। स्कुल तथा कलेजको १२ कक्षाभित्र पढ्ने उमेर समूहकालाई ठेउलाको संक्रमण फैलिरहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको अनुसन्धान विभागका संयोजक डा. शेरबहादुर पुनले बताए।

सरुवा रोगबाट यसरी बचौं

शनिबार, २९ बैशाख २०७५

वैशाख महिनासंगै गर्मीै मौसम सुरु भएको छ । यो मौसम सरुवा रोगहरुको लागि अनुकुल मौसम पनि मानिन्छ । भाइरसदेखि जीवाणुहरु यसै मौसममा सक्रिय हुने भएकोले यो मौसममा बर्षेनी अनेकौं सरुवा रोगहरुको संक्रमण हुन्छ । नेपालको सन्दर्भमा सफाइको अभाव,जनस्वास्थ्यको सचेतनाको अभावको कारण नेपालमा अहिले पनि गर्मी मौसममा देखिने सरुवा रोगहरुको जोखिममै छ । गर्मी मौसममा सरुवा रोगको जोखिमबाट कसरी बच्ने भन्ने बिषयमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान बिभाग संयोजक डा.शेर बहादुर पुनसंगको संक्षिप्त कुराकानी।

गर्मीसँगै स्क्रब टाइफसका रोगी बढे

शुक्रबार, २८ बैशाख २०७५

तीन वर्षयता देशका विभिन्न भागमा देखिएको स्क्रब टाइफसका रोगी यसपालि फेरि भेटिएका छन्। तीव्र, ज्वरयुक्त एवं संक्रामक यो रोग जाडो सकिनेबित्तिकै देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

रक्सीले कलेजो खाएपछि...

बुधबार, २६ बैशाख २०७५

कलेजो बिग्रिन सुरु भएपछि सुरुको अवस्थामा ग्याष्टिक भए जस्तो हुने, खाना मन नलाग्ने, दाहिने कोखा दुख्ने, खाना पचाउन गाह्रो हुने जस्ता लक्षण देखिन्छन् ।

रक्सीले बिगार्छ कलेजो

बुधबार, २६ बैशाख २०७५

भक्तपुर ब्यासीका ५१ वर्षीय रवि प्रजापति यतिखेर वीर अस्पतालमा उपचार गराइरहेका छन् । गत पुसदेखि बिरामी भएका प्रजापतिले सिभिल अस्पतालमा दुई महिना बिताए । केही समय घरमै औषधि खाएर बसे । निको नभएपछि उनी वीर अस्पतालमा पुगेका हुन् । लामो समयसम्म रक्सी सेवन गरेका कारण उनको कलेजो बिग्रिएको छ।

हेपाटाइटिस संक्रमणमा पर्ने राजधानीवासीको संख्या बढी

मङ्गलबार, २५ बैशाख २०७५

बर्खायाम सुरु हुनेबित्तिकै हेपाटाइटिस (जन्डिस) संक्रमणको जोखिम उच्च हुने गरेको छ। काठमाडौंको वातावरण बाह्रै महिना हेपाटाइटिस संक्रमणका लागि अनुकूल रहँदै आए पनि बर्खाका बेला यसको जोखिम तीव्र हुने वीर अस्पतालका चिकित्सकहरूले बताएका छन्।

महिलामा मानसिक रोग बढी

बिहिबार, २० बैशाख २०७५

परिवारमा दिदीबहिनी, आमामध्ये कसैमा बिनाकारण डराउने, झन्झट मान्ने, जाँगर नलाग्ने, एकान्त रुचाउने वा यीमध्येका कुनै लक्षण देख्नुभएको छ ? हो भने मानसिक रोग लागेको हुन सक्छ । यस्तोमा बेलैमा ख्याल गर्नुपर्छ।

बढ्दो मानसिक रोगले आत्महत्या

मङ्गलबार, १८ बैशाख २०७५

टोल छिमेकमा हेर्दा स्वस्थ देखिएको व्यक्ति समेत आत्महत्या गरेको या सानै कुरामा आत्महत्या गर्न खोजेको खवर दैनिक जसो सुन्छौं। सलक्क देखिने व्यक्तिहरु नै आत्महत्या गर्नुको कारण भने मानसिक रोग नै भएको सरोकारवाला संस्थाले औल्याएको छ। पछिल्लो समय नेपालमा बढ्दो मानसिक रोगसंगै आत्महत्याको दर पनि बृद्धि हुँदै गएको सिएमसी (मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र)नेपालले जनाएको छ।

सीमान्तकृतलाई उपलब्धिकूलक दशक

शुक्रबार, १४ बैशाख २०७५

सयौं बर्षदेखि आफ्नो अधिकारको खाँतिर आवाज उठाउँर्दै आएका उत्पीडित तथा सीमान्तीकृत समूहहरुले यही दशकमा आएर उपलब्धि भएको अनुभूति गरेका छन् । औपचारिक या अनौपचारिक रुपमा होस् ।

संरक्षण नीतिले रोकिएन बेचबिखन

शनिबार, ०८ बैशाख २०७५

सरकारले पटकपटक बेचबिखनविरुद्ध संरक्षणवादी नीतिनियम जारी गरे पनि रोजागारीका नाममा हुने बेचबिखन नरोकिएको सरोकारवालाले जनाएका छन्। काउन्सिल अफ थिंकर्सको ‘सही हो’ अभियानद्वारा आयोजित मानव बेचबिखनसम्बन्धी संरक्षणवादी दृष्टिकोण विषयक कार्यक्रमका सहभागीले मानव बेचबिखन रोक्न संरक्षणवादी नीतिमात्र पर्याप्त नभएको बताए।

वीरमा गुणस्तरीय विशेषज्ञ सेवा विस्तार

सोमबार, ०३ बैशाख २०७५

केही समयअघिसम्म वीर अस्पताल पुग्ने बिरामीले आफ्नो रोगअनुसारको चिकित्सक भेट्न गाह्रो थियो।

उपचारको नाममा जथाभावी औषधी

बुधबार, २८ चैत २०७४

तपाईं होमियोप्याथी उपचारमा जाँदै हुनुहुन्छ ? गलत उपचारमा पुग्नु त भएन ? सचेत हुनुहोस् है । नेपालमा पछिल्लो समयमा होमियोप्याथी उपचारमा विकृति बढ्दै गएको होमयिोप्याथी चिकित्सकहरुले बताएका छन्।

काठमाडौं पूर्ण खोपयुक्त जिल्ला घोषणा

मङ्गलबार, २७ चैत २०७४

राजधानी काठमाडौं सोमबारदेखि पूर्ण खोपयुक्त जिल्ला घोषित भएको छ। जिल्लाभरका बालबालिकालाई पूर्ण रुपमा खोप दिलाउन सफल भएकाले पूर्ण खोप जिल्ला घोषणा गरेको जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ।

Ncell Footer Ad