पवित्रा सुनार

पवित्रा सुनार

मधुमेह र यसको असर

शनिबार, ०७ मङि्सर २०७६

हामीले मधुमेह भन्ने बित्तिकै शरिरमा चिनीको मात्रा बढी हुने अवस्थालाई मधुमेह भनिन्छ। शरिरमा हुने इन्सुलिन हर्मोनले रगतबाट चिनीको मात्रा शरिरको कोषमा पु-याउने काम गर्छ । चिनी कोषमा पुगेपगि शक्ति दिने काम गर्छ। रगतमा चिनीको मात्रा खालि पेटमा जाँच गर्दा १ सय २६ र खाना खाएपछि जाँच गर्दा २ सय रहेमा मधुमेह भएको मानिन्छ।

नेपालमा दस जनामध्ये एकलाई दम

बिहिबार, ०५ मङि्सर २०७६

चिकित्सकका अनुसार पहिला र अहिलेको दम रोगका लाग्नुको कारणमा परिवर्तन आएको छ। पहिला नियमित लामो समयसम्म धूमपान गर्ने र आगोमा खाना पकाउनेमा दम रोग देखिन्थ्यो, अहिले सडकको धुलो–धुवाँका कारण दम रोगी बढेका छन्।

दक्षिण एसियामा ९ करोड १० लाख मानिस मधुमेह प्रभावित

बिहिबार, २८ कार्तिक २०७६

दक्षिण एसियामा ९ करोड १० लाख मानिस मधुमेहबाट प्रभावित भएको दक्षिण एसिया क्षेत्रीय विश्व स्वास्थ्य संगठनले जनाएको छ। तीमध्ये ४ करोड ९० लाख जनचेतनाको अभावमा मधुमेह लागेको थाहा नपाउने छन्। विश्व मधुमेह दिवसको अवसरमा संगठनले यस्तो तथ्यांक सार्वजनिक गरेको हो।

काठमाडौं घोषणापत्र जारी गर्दै विश्व पोषण सम्मेलन सम्पन्न

शुक्रबार, २२ कार्तिक २०७६

‘काठमाडौं घोषणापत्र २०१९’ जारी गरी पाँचौं विश्व पोषण विस्तार सम्मेलन बिहीबार सम्पन्न भएको छ। सम्मेलनले कुपोषणले जन्माउने समस्या र यसको सुधारले व्यक्ति र सिंगो राष्ट्रमा पर्ने विकास पहिचान गरेको छ।

वीर अस्पताल विस्तार परियोजना सुस्त

बुधबार, २९ असोज २०७६

सरकारले दुई वर्षअघि घोषणा गरेको वीर अस्पताल विस्तार परियोजना कार्यान्वयनमा ढिलासुस्ती भएको छ। सरकारले भक्तपुरको दुवाकोटस्थित वीर अस्पतालको जग्गामा १५ सय शड्ढया क्षमताको भवन निर्माण गरी अन्तर्राष्ट्रियस्तरको विशेषज्ञ सेवा दिने र प्राज्ञिक संस्थानमा परिणत गर्ने घोषणा गरेको थियो।

डाक्टरको दसैं

शनिबार, १८ असोज २०७६

यस पालिको दसैंमा व्यायाम गर्ने, खेल खेल्ने र बिरामीको उपचार गर्ने मनमोहन कार्डिया थोरासिक, भास्कुलर एण्ड ट्रान्सपलान्ट सेन्टरका बरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान कोइरालाको योजना छ।

अस्पतालमा डेंगी फोवियाका बिरामी

सोमबार, ०६ असोज २०७६

आइतबार काठमाडौंकी ४० वर्षीया महिला हनहनी ज्वरो आएपछि टेकु अस्पताल पुगिन् । उनको ज्वरो न डेंगीको थियो न अन्य कुनै रोगको । उनी डेंगी लाग्यो कि भन्ने त्रासले अस्पताल पुगेकी थिइन् । ती महिलाले शुक्रराज ट्रपिकल अस्पतालका डा. शेरबहादुर पुनलाई दिएको विवरणअनुसार उनलाई शनिबार लामखुट्टेले हातमा टोकेको थियो । लामखुट्टेले टोक्नेबित्तिकै उनमा डेंगी भयो भन्ने विचार आयो । त्यही सोच बढ्दै गएपछि उनमा ज्वरो आएको डा. पुन बताउँछन् । लामखुट्टेले टोकिहाले पनि संक्रमण हुन चारदेखि आठ दिन लाग्छ । यो अवधिलाई संक्रमणको इन्कुभेसन अवधि भनिन्छ । यस कारण उनमा डेंगी भइसकेको छैन र भए पनि लक्षण देखिने समय भएको थिएन ।

परिवार योजना कार्यक्रममा किशोर किशोरी छुटे

बिहिबार, ०२ असोज २०७६

सरकारले परिवार योजना कार्यक्रमका लागि वर्षेनी करोडौं रुपैयाँ लगानी गरे पनि कार्यक्रमले सबैलाई समेट्न नसकेको सरकारले स्वीकार गरेको छ। बुधबार सरकार, दातृ निकाय तथा गैरसरकारी संस्थाहरुले छैंठो राष्ट्रिय परिवार योजना दिवस मनाउने क्रममा सो स्वीकार गरेका हुन्।

पाँच सयभन्दा बढी जनामा स्क्रबटाइफस संक्रमण

बुधबार, ०१ असोज २०७६

देशका विभिन्न भागमा फैलिएकोस्क्रबटाइफ संक्रमणका कारण पाँच सयजनाभन्दा बढी संक्रमित भएका छन्। इपिडियोमियोलोजी तथा रोग नियन्शाखामा सोमबारसम्म विभिन्न अस्पतालबाट संकलित सूचनाअनुसार पाँच सयजनाभन्दा बढीमा स्क्रबटाइफस पोजेटिभ भेटिएको तथ्यांक अधिकृत कृष्णराज पाण्डेले बताए।

डेंगीभन्दा कडा स्क्रबटाइफस फैलियो

मङ्गलबार, ३१ भदौ २०७६

मुलुकभर डेंगी फैलिरहेकै बेला त्योभन्दा कडा रोग स्क्रबटाइफस फैलिएको इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दुई सातायता डडेल्धुुरा, पाल्पा, धादिङ, नुवाकोट, काठमाडौंलगायतका जिल्लामा यो रोग देखा परे पनि सोमबार साँझसम्म कतिजना संक्रमित भए भन्ने यकिन तथ्यांक भने उपलब्ध हुन सकेको छैन।

डेंगीले सातको मृत्यु

शनिबार, २८ भदौ २०७६

जनतालाई डेंगीका बारेमा थाहा पनि छ तर व्यवहारमा जति सचेतना हुनुपर्ने हो त्यो देखिन्न।

‘डेंगी नियन्त्रण गर्न समुदाय नै लाग्नुपर्छ’

शुक्रबार, २७ भदौ २०७६

डेंगी भाइरसको औषधि नभएकाले यसबाट जोगिन लामखुट्टेको अण्डा र लार्भा नष्ट गर्नु र वातवरण सफा राख्नुपर्छ

जटिल बन्दै डेंगी संक्रमण

मङ्गलबार, २४ भदौ २०७६

सोमबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २३ जना भर्ना भए। साउनयता यो अस्पतालमा मात्र १ हजार ९ जनामा डेंगी संक्रमण प्रमाणित भइसकेको छ।

थप दुई महिना डेंगी संक्रमणको जोखिम

बिहिबार, १९ भदौ २०७६

डेंगीका कारण फियो बढेका, पेट दुखेका, खाना खान नसकेका र रक्तश्राव भएका बिरामीलाई मात्र भर्ना गरिएको छ। थप संक्रमण नहोस् भनेर बिरामीलाई झुलभित्र राखेर उपचार गरिएको छ।

घरघरमा डेंगी

बुधबार, १८ भदौ २०७६

देशभरका ४२ जिल्लामा फैलिसकेको घातक रोग डेंगीले पाँच जिल्लामा प्रकोपको रूप लिएको छ। पछिल्लो तथ्यांकअनुसार प्रदेश नम्बर १ का सुनसरी र झापा, प्रदेश ३ का मकवानपुर र चितवन, गण्डकी प्रदेशको कास्कीमा यो रोगले प्रकोपको रूप लिइसकेको छ। गत बिहीबारसम्ममा सुनसरीमा ३ सय ३१, झापामा २ सय ९४, मकवानपुरमा ५ सय ४६, चितवनमा ४ सय ३४ जनामा डेंगी प्रमाणित भइसकेको छ।

‘आफ्नो घरको लामखुट्टे नष्ट गरे डेंगी लाग्दैन’

शनिबार, १४ भदौ २०७६

तपाईंलाई डेंगी लाग्छ कि भन्ने डर छ ? तपाईंको छिमेकमा कसैलाई डेंगी लागेको छ ? यस्तो छ भने समयमै सचेत हुनुहोस् ! तपाईंलाई पनि लामखुट्टेले टोकेर डेंगी सर्न सक्छ। आफ्नो घरवरिपरि डेंगी सार्ने लामखुट्टेको लार्भा खोजेर आफैं नष्ट गरे बच्न सकिने विज्ञहरूले सुझाएका छन्। बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको डेंगी नियन्त्रणसम्बन्धी छलफलका विज्ञ सहभागीले यस्तो उपाय बताएका हुन्।

हात्तीपाइलेको संक्रमण बढ्यो

बिहिबार, १२ भदौ २०७६

हात्तीपाइले रोगसम्बन्धी आम धारणा के छ भने ‘यो रोग गाउँमा हुन्छ, सहरमा हुँदैन’, ‘तराईमा मात्र हुन्छ’। आम बुझाईको सो धारणा विपरीत काठमाडौं उपत्यकामै ठूलो संख्यामा हात्तीपाइले रोगको संक्रमण बढिरहेको पाइएको छ।

धेरैलाई थाहा नभएकाे 'लाइम रोग'

शनिबार, ०७ भदौ २०७६

जंगल तथा रुखबिरुवाका झ्याङमा पाइने कालो खुट्टा भएको कीरा (किर्ना प्रजाति) ले टोक्दा छालामा बोरोलिया भन्ने कीटाणु सर्छ। त्यसपछि यसले छालामा र पछि गएर शरीरका विभिन्न भित्री अगंमा असर पु-याउँछ।

काठमाडौं उपत्यकामा डेंगी फैलियो

शुक्रबार, ०६ भदौ २०७६

डंगी संक्रमण भएपछि ज्वरो आउने, जिउ करकरी दुख्ने, आँखाको गेडा दुख्ने, बान्ता हुने, टाउको दुख्ने, शरीरमा रातो भाग देखिनेलगायतको लक्षण देखिन्छ।

काठमाडौंमा डेंगुको जोखिम

आइतबार, ०१ भदौ २०७६

उपत्यकाबाहिरका जिल्लाहरुमा यो वर्ष प्रिमनसुनसँगै डेंगुको प्रकोप फैलिसकेकाले काठमाडौं उपत्यका पनि यसको उच्च जोखिममा रहेको विज्ञहरुले जनाएका छन्। सरुवा रोग चिकित्सक तथा राष्ट्रिय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाले उपत्यकाका केही स्थानमा डेंगुको किटाणु भेटिएकाले सर्तक रहन सुझाएको छ। डेंगु ज्वरो एडिस एजिप्टाइ नामक लामखुट्टेको टोकाइबाट सर्छ। कालो, सेतो रंगको लामखुट्टे सफा जमेको पानीमा मात्र उत्पन्न हुन्छ र यसले दिनमा मात्र टोक्छ।

Ncell Footer Ad