पवित्रा सुनार

पवित्रा सुनार

नेपालमा पनि काेरोना भाइरस

शनिबार, ११ माघ २०७६

नेपालमा नोवेल कोरोना भाइरस फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। एक साता अघि टेकु अस्पतालमा उपचारमा पुगेका चीनबाट नेपाल आएका ३५ वर्षीय एक युवकमा सो भाइरस प्रमाणित भएको जनाइएको छ।

नौ महिनादेखि इआरसिपी मेशिन अभाव

शुक्रबार, १० माघ २०७६

बीर अस्पतालमा ९ महिनादेखि इआरसिपी (इन्डोग्राफिक रेट्रोग्रेड कोल्नाजियो प्यानक्रियाटोग्राफी) मेशिनको अभाव हुँदा उपचारमा आउने बिरामी मर्कामा परेका छन्।

कोरोना भाइरसको जोखिममा नेपाल

मङ्गलबार, ०७ माघ २०७६

चीनको हुआन राज्यमा फैलिएको नोवेल कोरोना भाइरस संक्रमणको जोखिममा नेपाल पनि रहेको विशेषज्ञ चिकित्सकले बताएका छन्। चीनबाट सीधै नेपाल आउने र नेपालबाट चीन पुगेर फर्कनेबाट यो रोग भित्रिने जोखिम रहेको विशेषज्ञको भनाइ छ।

चेतना अभावले ९५ प्रतिशतमा गिँजारोग

बुधबार, ०१ माघ २०७६

नेपालमा कुल जनसंख्याको ९५ प्रतिशत मानिसमा गिँजासम्बन्धी कुनै न कुनै रोग लाग्ने गरेको विशेषज्ञ चिकित्सकले औंल्याएका छन्।

उपत्यकावासीलाई उमेरमै अनेक रोग

शनिबार, २६ पुष २०७६

पछिल्लो समय काठमाडौ उपत्यका र उपत्यका बाहिरका मुख्य सहरहरुमा प्रदुषण बढ्दो छ। जाडो मौसममा काठमाडौं उपत्यकामा प्रदुषणको तह बढिरहेको प्रदुषण मापन यन्त्रले औल्याएका छन्।

समस्यै समस्यामा कान्तिबाल अस्पताल

बिहिबार, २४ पुष २०७६

कान्तिबाल अस्पताल समस्यै समस्याले घेरिएको छ। मंगलबार अस्पतालको ५८ औं वार्षिकत्सोवका अवसरमा अस्पतालका निर्देशक डा.आरपी बिच्छाले मुलुकको एक मात्र बाल अस्पतालमा अनेकौं समस्याबाट गुज्रीनु परेको भन्दै मन्त्री र सचिवलाई गुनासो गरेका थिए।

जाडोमा कुन–कुन रोगको जोखिम ?

आइतबार, २० पुष २०७६

सरुवा रोगको हकमा जाडो मौसमलाई स्वस्थ मौसमको रुपमा लिइन्छ । तर केही जटिल नसर्ने रोग र सीमित सरुवा रोगको हकमा जाडो मौसम कठोर मौसमको रुपमा चिकित्सक लिन्छन् । चिकित्सकहरु भने विभिन्न दीर्घरोगी तथा वृद्ध–वृद्धा बालबालिकाका लागि जाडो मौसम जोखिम रहेको औल्याउँछन् ।

नाच्दा–नाच्दै तौल घट्यो

शनिबार, १९ पुष २०७६

स्वस्थ रहन होस् कि आकर्षक देखिन किन नहोस् हरेक व्यक्तिले आफ्नो तौल सन्तुलनमा राख्नु स्वस्थ मानिन्छ। आफ्नो स्वास्थ्य र सौन्दर्य प्रति सजक मानिसहरु आफ्नो उच्चाइ अनुसार तौल राख्न अनेक उपाय अपनाइरहेका छन्। सजिलै तौल घटाउन र स्वस्थ रहने उपायको रुपमा धेरैले नृत्य व्यायम लोकिप्रिय बन्दै गएको छ।

रुघाखोकी लाग्दा हेलचक्र्याइँ गरे मृत्यु

मङ्गलबार, १५ पुष २०७६

भाइरल रुघाखोकीमा हेलचेक्र्याइँ गरी ढिलो उपचार सुरु गर्दा गत महिना आइसियुमै अर्को एकजनाको मृत्यु भएको अस्पतालले जनाएको छ।

दैनिक हजारजना अस्पतालमा

बुधबार, ०९ पुष २०७६

वृद्धहरुमा दमले श्वास फेर्न गाह्रो हुने, घाँटी खसखस गर्ने र बालबालिकामा रोटाभाइरल पखाला, निमोनियालगायतका समस्याले जटिल रुप लिइरहेको छ। चिसोको कारण भाइरलबाट सुरु भएको संक्रमणको समयमै उपचार नहुँदा निमोनियाको रुप लिएर सकस झेलिरहेका बिरामीको संख्या उल्लेख्य छ।

चिसोले बिरामी बढे

शुक्रबार, ०४ पुष २०७६

चिसो बढेपछि अस्पतालमा रुगाखोकी र निमोनियाका बिरामी हवात्तै बढेको अस्पतालहरुले जनाएका छन्। चिसोको कारण दमका बिरामी, बालबालिका र दीर्घरोगी बढी प्रभावित बनेको चिकित्सकको भनाइ छ।

२७ प्रतिशत बालबालिका दादुरा खोपबाट छुटे

बुधबार, ०२ पुष २०७६

बालबालिका १५ महिना पुगेपछि दिइने दादुरा–रुबेला खोपबाट २७ प्रतिशत बालबालिका छुटेका छन्। सोमबार परिवार स्वास्थ्य महाशाखा, बाल स्वास्थ्य शाखाले अन्य नियमित खोपको तुलनामा यो खोपबाट बढी बालबालिका छुटेको जनाएको छ।

मधुमेह र यसको असर

शनिबार, ०७ मङि्सर २०७६

हामीले मधुमेह भन्ने बित्तिकै शरिरमा चिनीको मात्रा बढी हुने अवस्थालाई मधुमेह भनिन्छ। शरिरमा हुने इन्सुलिन हर्मोनले रगतबाट चिनीको मात्रा शरिरको कोषमा पु-याउने काम गर्छ । चिनी कोषमा पुगेपगि शक्ति दिने काम गर्छ। रगतमा चिनीको मात्रा खालि पेटमा जाँच गर्दा १ सय २६ र खाना खाएपछि जाँच गर्दा २ सय रहेमा मधुमेह भएको मानिन्छ।

नेपालमा दस जनामध्ये एकलाई दम

बिहिबार, ०५ मङि्सर २०७६

चिकित्सकका अनुसार पहिला र अहिलेको दम रोगका लाग्नुको कारणमा परिवर्तन आएको छ। पहिला नियमित लामो समयसम्म धूमपान गर्ने र आगोमा खाना पकाउनेमा दम रोग देखिन्थ्यो, अहिले सडकको धुलो–धुवाँका कारण दम रोगी बढेका छन्।

दक्षिण एसियामा ९ करोड १० लाख मानिस मधुमेह प्रभावित

बिहिबार, २८ कार्तिक २०७६

दक्षिण एसियामा ९ करोड १० लाख मानिस मधुमेहबाट प्रभावित भएको दक्षिण एसिया क्षेत्रीय विश्व स्वास्थ्य संगठनले जनाएको छ। तीमध्ये ४ करोड ९० लाख जनचेतनाको अभावमा मधुमेह लागेको थाहा नपाउने छन्। विश्व मधुमेह दिवसको अवसरमा संगठनले यस्तो तथ्यांक सार्वजनिक गरेको हो।

काठमाडौं घोषणापत्र जारी गर्दै विश्व पोषण सम्मेलन सम्पन्न

शुक्रबार, २२ कार्तिक २०७६

‘काठमाडौं घोषणापत्र २०१९’ जारी गरी पाँचौं विश्व पोषण विस्तार सम्मेलन बिहीबार सम्पन्न भएको छ। सम्मेलनले कुपोषणले जन्माउने समस्या र यसको सुधारले व्यक्ति र सिंगो राष्ट्रमा पर्ने विकास पहिचान गरेको छ।

वीर अस्पताल विस्तार परियोजना सुस्त

बुधबार, २९ असोज २०७६

सरकारले दुई वर्षअघि घोषणा गरेको वीर अस्पताल विस्तार परियोजना कार्यान्वयनमा ढिलासुस्ती भएको छ। सरकारले भक्तपुरको दुवाकोटस्थित वीर अस्पतालको जग्गामा १५ सय शड्ढया क्षमताको भवन निर्माण गरी अन्तर्राष्ट्रियस्तरको विशेषज्ञ सेवा दिने र प्राज्ञिक संस्थानमा परिणत गर्ने घोषणा गरेको थियो।

डाक्टरको दसैं

शनिबार, १८ असोज २०७६

यस पालिको दसैंमा व्यायाम गर्ने, खेल खेल्ने र बिरामीको उपचार गर्ने मनमोहन कार्डिया थोरासिक, भास्कुलर एण्ड ट्रान्सपलान्ट सेन्टरका बरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान कोइरालाको योजना छ।

अस्पतालमा डेंगी फोवियाका बिरामी

सोमबार, ०६ असोज २०७६

आइतबार काठमाडौंकी ४० वर्षीया महिला हनहनी ज्वरो आएपछि टेकु अस्पताल पुगिन् । उनको ज्वरो न डेंगीको थियो न अन्य कुनै रोगको । उनी डेंगी लाग्यो कि भन्ने त्रासले अस्पताल पुगेकी थिइन् । ती महिलाले शुक्रराज ट्रपिकल अस्पतालका डा. शेरबहादुर पुनलाई दिएको विवरणअनुसार उनलाई शनिबार लामखुट्टेले हातमा टोकेको थियो । लामखुट्टेले टोक्नेबित्तिकै उनमा डेंगी भयो भन्ने विचार आयो । त्यही सोच बढ्दै गएपछि उनमा ज्वरो आएको डा. पुन बताउँछन् । लामखुट्टेले टोकिहाले पनि संक्रमण हुन चारदेखि आठ दिन लाग्छ । यो अवधिलाई संक्रमणको इन्कुभेसन अवधि भनिन्छ । यस कारण उनमा डेंगी भइसकेको छैन र भए पनि लक्षण देखिने समय भएको थिएन ।

परिवार योजना कार्यक्रममा किशोर किशोरी छुटे

बिहिबार, ०२ असोज २०७६

सरकारले परिवार योजना कार्यक्रमका लागि वर्षेनी करोडौं रुपैयाँ लगानी गरे पनि कार्यक्रमले सबैलाई समेट्न नसकेको सरकारले स्वीकार गरेको छ। बुधबार सरकार, दातृ निकाय तथा गैरसरकारी संस्थाहरुले छैंठो राष्ट्रिय परिवार योजना दिवस मनाउने क्रममा सो स्वीकार गरेका हुन्।

Ncell Footer Ad