सोमबार र मंगलबारको अविरल वर्षाका कारण आएको बाढी र गएको पहिरोमा परेर मानवीय क्षति कति भयो? बुधबार प्रकाशित पत्रपत्रिका, रेडियो, टेलिभिजनले आ–आफ्नै तथ्य पस्किएका छन्। महत्वका साथ समाचार प्रकाशन, प्रसारण गरिएको छ र विस्तृतमा बाढी, पहिरोमा परेर मृत्यु हुनेहरूको बेपत्ता विवरण दिइएको छ तर एउटाको तथ्याङ्क अर्कोसँग नमिल्नुको पछाडिका कारण के छन्?