विश्वमणि पोखरेल

विश्वमणि पोखरेल

चिनीको तीतो

शनिबार, ०३ कार्तिक २०७५

नेपालीहरूको महान् चाडहरू संघारमा छन् । दसैँ, तिहार र तिहार लगत्तैको छठ । यी सबैका आफ्नै धार्मिक, सामाजिक, सांस्कृतिक पक्ष छन् । दसैँमा शक्तिरुपा देवीको आराधना गरिन्छ— शक्तिरुपेण संस्थिता भन्दै । तिहारमा लक्ष्मीको आराधना गरिन्छ । धनप्राप्तिको कामना गरिन्छ । दिदीबहिनी र दाजुभाइबीचका रमाउने भाइटीका नेपालको अर्को विशेषता हो।

चेलीको  व्यापार

बुधबार, ०३ असोज २०७५

दिल्लीस्थित दिल्ली ओमन कमिसनको सक्रियतामा दिल्लीका होटलहरूबाट समातिएका चेलीमध्ये ७१ चेली नेपाल फर्काइएका छन् अर्थात् उनीहरूको उद्धार गरिएको छ ।

प्रकोप हाम्रो नियति

शुक्रबार, ०१ भदौ २०७५

नेपाल मनसुन र भनसुनको देश भनिन्छ । सामान्यतः जेठदेखि भदौसम्म बंगालको खाडीबाट उत्पत्ति भएर आएको बादलले पार्ने पानीले सिँचित भएर यहाँ अन्न फल्छन्, वनस्पति फुल्छन्, फल्छन्, खोलानालाका मुहानले जीवन पाउँछन् । तर यही मनसुन कतिपय अवस्थामा बाढीपहिरो भएर बौलाउँछ । नेपालीको घरआगँनमा अभिशाप बनेर आउँछ, अकालमा ज्यान लिने विपत बन्न पुग्छ ।

धुलिखेलका जग बेलप्रसाद

आइतबार, २० साउन २०७५

बेलप्रसाद श्रेष्ठ काठमाडौं उपत्यकाको पूर्वी नाका धुलिखेललाई रूपान्तरण गर्ने अभियानकर्ताको रूपमा चिनिन्छन्। पर्यटन व्यवसाय तथा राजनीतिक, सामाजिक सेवामा ६ दशक लामो समय बिताएका बेलप्रसाद हालै ७९ वर्षमा प्रवेश गरेका छन्। उनले ३६ वर्षअघि स्थापना गरेको होराइजन रिसोर्ट होटलको प्राङ्गणमा उनी टहलिइरहन्छन्, आफ्नै सालिकको सामुन्ने। सामान्यतया जिउँदो मानिसको सालिक राखिँदैन। तर, बेलप्रसाद भने त्यो मान्यताका विरोधी छन्।

बन्दुक देखाएर विकास !

मङ्गलबार, १५ साउन २०७५

निर्माण एवं पुनःनिर्माणका काममा किन सेनाको सहभागिता खोजिँदैछ? सेनाको विशेषज्ञता भौतिक निर्माणमा होइन। अझ सांस्कृतिक सम्पदाको पुनःनिर्माणमा उसको क्षमता र विशेषज्ञता पुग्दैन। तर यहाँ सेनालाई ठेकेदारको रुपमा प्रयोग गरिँदैछ।

अवरुद्ध र अन्यौलग्रस्त संसद, सौदाबाजीमा सरकार

आइतबार, ०६ साउन २०७५

शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री गिरिराजमणि पोखरेलले त्यही अध्यादेश पेस गरे, जुन १० दिन अघि अर्थात् २०७५ वैशाख १३ गते राष्ट्रपतिबाट जारी गराइएको थियो। त्यही अध्यादेश २०७५ वैशाख २६ गते सदनको कार्यसूचीमा पर्यो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पोखरेलले नै त्यो अध्यादेशलाई स्वीकार गरियोस भन्ने प्रस्ताव गरे सदनसामु, सभासदहरूले ‘हुन्छ’ भन्दै स्वीकृती दिए।

फौजी शैलीमा ‘बादल’

आइतबार, ३१ असार २०७५

उपकुलपतिलाई विमानस्थलबाट विना अभियोग पक्राउ गर्ने, मलेसियमा कामदार पठाउने लाइसेन्सवालाई प्रहरी कारवाही गर्ने, सिन्डिकेटवाला ठेकेदारलाई कारवाही गर्ने शैली र वीर अस्पतालको ट्रमा सेन्टरका डाक्टरलाई बेलाएर जवरजस्ती प्रष्टीकरण माग्ने जस्ता कार्यले फौजी पृष्ठभूमीका गृहमन्त्री बादलको शैली पनि स्पष्ट हुँदैछ।

दीर्घजीवन : सन्तुष्टि र खुसी

मङ्गलबार, १९ असार २०७५

‘म आजको २० दिनपछि ९१ वर्ष पार गरी ९२ वर्षमा पाइला टेक्दै छु। आज कुरा सकिएला जस्तो छैन, म भोलि बारा जानु छ, त्यहाँ एउटा मुद्दामा बहस गरेर ४, ५ दिनपछि फर्किन्छु, फेरि थप कुरा गरौंला,’ वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको अभिव्यक्ति हो यो। जेठको दोस्रो साता भण्डारी निवास बानेश्वरमा कुरा गरिरहँदा उनी ९१ वर्षका थिए, यो सामग्री प्रकाशित हुँदा अहिले उनी ९२ मा टेकेका छन्।

बिपी राजमार्ग: चुनौती गाडी होइन गति नियन्त्रण

आइतबार, १० असार २०७५

बिपी राजमार्गमा ठूला यात्रु वाहक बस, माल वाहक ट्रक लगायतका सवारी साधन कुदाउन मिल्ने वा नमिल्ने लामो समयदेखिको बहस जारी छ। १६० किलोमिटर लामो बिपी राजमार्ग निर्माण समय र लगानी दुवै हिसाबले नेपालीको नाममा गरिएको ठूलो लगानी मानिन्छ।

काठमाडौं : सहर न सुविधा

बुधबार, ३० जेठ २०७५

प्राचीन कालमा मन्जुश्रीले चोभारको चुनढुंगा तरबारले काटेर काठमाडौं उपत्यकामा जमेको पानी निकास गरेको इतिहास अहिले पुरानो भैसक्यो । पृथ्वीनारायण शाहले विसं १८२५ मा काठमाडौं उपत्यकामा हमला गरेर कब्जा गरेपछि नेपालको राजधानी कहलिएको यो खाल्डोको राजनीतिक पहिचान बदलिँदै गएको छ । केही वर्ष अघिसम्म काठमाडौं नेपाल अधिराज्यको राजधानी थियो ।

काठमाडौं : न सहर, न सुविधा

बिहिबार, १७ जेठ २०७५

प्राचीन कालमा मञ्जुश्रीले चोभारको चुनढुंगा तरबारले काटेर काठमाडौं उपत्यकामा जमेको पानी निकास गरेको इतिहास अहिले पुरानो भैसक्यो । पृथ्वीनारायण शाहले वि.सं. १८२५ मा काठमाडौं उपत्यकामा हमला गरेर कब्जा गरेपछि नेपालको राजधानी कहलिएको यो खाल्डोको राजनीतिक पहिचान बदलिँदै गएको छ ।

पति गायक, पत्नी गीतकार

बिहिबार, २० बैशाख २०७५

राजनीति र परिवार एक साथ चलाउनु सहज हुँदैन । अझ सम्भावनाले भरिएका प्रकाशशरण महतलाई त राजनीतिक करियर अझ सशक्तताका साथ अघि बढाउन ठूलो सहयोग र त्यागको आवश्यकता पर्छ । विनाले यिनै कुरा महसुस गर्दै आफ्नो लोभलाग्दो जागिर र करियरलाई किनारा लगाउँदै पति महतलाई सघाइरहेकी छन् ।

सगरमाथादेखि सागर सपना सन्दर्भ

बुधबार, १९ बैशाख २०७५

भारतको चाहना उच्च बाँध हो, त्यो उसले ६ दशकदेखि प्रत्यक्ष÷परोक्षरूपमा अघि सार्दै आएको हो । अहिले आएर भारतको त्यस्तो चाहना सम्बोधन गर्न ओलीका पानीजहाजी सपनाले जानेर वा नजानेरै भूमिका खेलेका छन् ।

दोस्रो पुस्ताको सङ्घर्ष: फरक देखिने रहर र पहिलो पुस्ता रिझाउने

सोमबार, २६ चैत २०७४

पहिलो पुस्ताले मिहिनेतसाथ खडा गरिदिएको आधारभूमिमा दोस्रो पुस्ताले अहिले गोडमेल, मलजल, विस्तार गरिरहेको छ । नयाँ पुस्ता खाली विदेशमा मात्र रमायो भन्नेहरूका लागि दोस्रो पुस्ताका केही मिहिनेती उदाहरण हेर्दा लाग्छ, नेपालमा नै केही गर्ने उत्साह अझै मरिसकेको छैन ।

राजनीतिको अंकगणित

बिहिबार, १५ चैत २०७४

कांग्रेस नेता कृष्णप्रसाद सिटौला चुनावको बेला टिकट बाँड्ने समितिमा थिए र समानुपातिकको एक नम्बरमा बस्ने सहमति जनाए।

सहिदगेटका सालिक

शनिबार, १० चैत २०७४

फुटपाथमा फिँजाइएका बग्रेल्ती अखबारहरूले एउटै शीर्षकमा समाचार पस्किएका छन् थप हजारजना सहिद घोषणा ।

हजारौं बन्ध्याकरणको अनुभव

मङ्गलबार, ०६ चैत २०७४

बेलायतबाट काठमाडौं फर्किएपछि उनको प्रमुख काम भयो महिला बन्ध्याकरण । सुरुमा त्यसबेलाका डाक्टर कान्ति गिरीबाट तालिम लिएपछि उनलाई परिवार नियोजन कार्यक्रम अन्तर्गत देशका कुनाकाप्चामा पठाइयो । २०३१ सालदेखि २०४५ सालसम्मका १५ वर्षसम्म मुलुकका विभिन्न क्षेत्र चाहारेर महिलाको बन्ध्याकरण गरेको उनको अनुभव छ ।

विदेशमै बस्ने निर्णयमा पुगेपछि देशको माया बढ्यो: ज्ञानेन्द्र लाल प्रधान

शुक्रबार, १८ फागुन २०७४

नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधान नेपालमा जलविद्युत् विकासका निम्ति सधैं बहसमा ओर्लने व्यवसायी हुन् । हाइड्रो इन्जिनियर प्रधानले पुस्तैनी व्यापारलाई रूपान्तरण गर्दै जलविद्युत लगायतका क्षेत्रमा लगानी गरे । लामो समयदेखि जलविद्युत विकासका क्षेत्रमा समर्पित प्रधान हाइड्रो सोलुुसनका कार्यकारी अध्यक्ष हुन् ।

पाँच दशक लामो रोमान्टिक यात्रा

बिहिबार, १७ फागुन २०७४

नेपाली साहित्यमा कहलिएको नाम परशु प्रधान र बाल साहित्यमा धेरै कलम चलाएकी कल्पना प्रधान अहिले ७५ वर्षमा हिँड्दैछन् । वैवाहिक कारणले ५० वर्षअघि नै यो जोडीलाई क्रान्तिकारी मानिन्थ्यो । भोजपुरका नेवार परशु र अहिलेको खोटाङमा पर्ने मार्से बतासेका रेग्मीहरूकी चेली कल्पनाको विवाह त्यसबेला नै ठूलो सामाजिक फड्को थियो ।

प्रदेश २ मा हिन्दी कि नेपाली ?

शुक्रबार, ०४ फागुन २०७४

संघीय राजनीतिको प्रयोगमा नेपाल अघि बढ्दै छ । प्रदेश प्रमुखको मनोनयन, राजनीतिक दलका प्रदेश संसदीय दलका नेता चुनिँदै छन्, मुख्य मन्त्रीको चयन पनि हुन थालेको छ र धमाधम प्रदेश सभामुख, उपसभामुख चयन हुने क्रममा छ । केन्द्रमा प्रतिनिधिसभा बैठकको सुरसारसमेत नचलेका बेला प्रदेशहरूमा देखिएको सक्रियताबाट बुझ्न सकिन्छ, अहिले प्रदेश राजनीतिमा उत्साह छ ।