अमृत भादगाउँले

उत्कृष्ट दर्जन होम स्टे

आइतबार, ०४ फागुन २०७६

मुलुकभित्र होम स्टे सुविधा भएका सयौं गाउँ छन् । होम स्टेमा पारिवारिक वातावरणमा ग्रामीण जीवनशैलीको सुवास पाइन्छ । आत्मीयता, मिठो खाना र सस्तो मूल्यका कारण होम स्टेमा पर्यटकको आकर्षण बढ्दै छ । त्यहाँ सामान्यतः आठ सयदेखि पन्ध्र सय रुपैयाँको एक राते प्याकेज पाइन्छ । प्याकेजमा ब्रेकफास्ट, लन्च, डिनर र बेड सुविधा हुन्छ ।

राजविराज दर्शन

शनिबार, ०३ फागुन २०७६

राजविराजलाई तराई पर्यटन केन्द्रका रूपमा विकास गर्न सकिन्छ। त्यहाँबाट बीस मिनेटदेखि तीन घन्टा गाडीको यात्रामा छिन्नमस्ता, सलहेस फूलबारी, कोशीटप्पु, बराह क्षेत्र र गाईघाट लगायत ठाउँमा पुगिन्छ।

कालिन्चोक डिस्को

शनिबार, १८ माघ २०७६

‘जाऔं है दोलखा’ अभियानमा हामीले स्थानीय पर्यटन व्यवसायी र आमा समूहसँग कालिन्चोकलाई शान्त गन्तव्य बनाउन आग्रह ग-यौं। धार्मिकस्थललाई डिस्कोथेकमा रूपान्तरण गर्नु ठिक होइन। यसमा स्थानीय प्रशासन किन मौन छ ?

अचम्मको गुफा

शनिबार, ११ माघ २०७६

तनहुँको मिलेनियम केभ भित्रै दुइटा झरना छन्। शिवलिंग, शंख, चक्र, नुहाइरहेका बुद्ध लगायतका मूर्ति पनि। साथै गुफाका भित्तामा सयौं चमेरा छन्।

नलाङमा फक्रिएको लालुपाते

शनिबार, ०४ माघ २०७६

विकेण्ड मनाउन, मधुमासमा रमाउन र पारिवारिक यात्रा गर्न धादिङको नलाङ उपयुक्त छ । यहाँ तालिम÷गोष्ठी चलाउन पनि सकिन्छ । वर्षैभरि शीतल हुने डाँडामा हिउँदका बेला पहारिलो घाम ताप्न पाइन्छ । बैंशालु लालुपातेसँग पिरती गाँस्दै हरेक दिन नलाङ हिमालसँग आँखा जुधाउँछ ।

गुडमर्निङ भेडीओढार !

शनिबार, ०४ माघ २०७६

धौलागिरि आइसफल पदमार्गमा पर्ने भेडीओढारले पुनहिलको झल्को मेटाउँछ । यहाँबाट गुर्जा, धौलागिरि, अन्नपूर्ण, निलगिरिदेखि माछापुच्छ्रेसम्मको हिमाली लर्कन आँखै सामुन्ने देखिन्छन् । नयाँ गन्तव्यका रुपमा भेडीओढार चम्किँदै छ ।

शैलुङमा हिउँफूल

शनिबार, ०४ माघ २०७६

कालिन्चोक चम्किसक्यो, अब चम्कने पालो शैलुङको। पुस–माघमा हिउँ, चैत–वैशाखमा गुराँस, असार–साउनमा हरियाली र असोज–कात्तिकमा हिमाली सौन्दर्यमा उज्यालिन्छ शैलुङ। शैलुङ बेस क्याम्प खोलाखर्कमा सामान्य होटल छन् जहाँ खाना खाएर सुतेको पाँच सय रुपैयाँ तिर्नुपर्छ। खोलाखर्कसम्म मोटरबाइक, जिप वा बसमा जान सकिन्छ।

दोलखा घुम्ने निम्तो

शनिबार, २६ पुष २०७६

दोलखाका तन्नेरीहरूले ‘जाऔं है दोलखा’ अभियान चलाउँदै छन्। यसले स्थापित गन्तव्यमा चहलपहल बढाउने र ओझेल परेका ठाउँलाई चम्काउने छ।

चुमबासीको अहिंसा सन्देश

शनिबार, १९ पुष २०७६

शान्ति भूमिका रुपमा उत्तरी गोरखाको चुम भ्याली संसारभर प्रख्यात छ। त्यहाँ अहिंसा क्षेत्र घोषणा भएको ९९ सय वर्ष पुरा हुँदैछ।

ताङतिङ रमाइलो

शनिबार, १२ पुष २०७६

हिमाली सौन्दर्य, गुरुङ संस्कृति र आत्मीय सत्कारले ताङतिङमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै छ।

ताकमकोट मुस्कुराइराख है !

शनिबार, २१ मङि्सर २०७६

हामीले नेपाल भ्रमण वर्ष २०२० मनाउन लागेका बेला ताकम जस्ता गाउँबस्तिमा स्वदेशी तथा विदेशी पर्यटक लोभ्याउनु पर्ने हो। दुःखको कुरा भ्रमण वर्षका अभियन्ताहरूका आँखामा ताकम परेकै छैन !

नेपाल चिनाउने बेलायती जोडी

बुधबार, ११ मङि्सर २०७६

सय पटक भन्दा बढी काठमाडौं आइसकेको बेलायती दम्पतिले गाइड बुक लेखेर नेपालको प्रवद्र्धन गर्दै आएको छ । उनीहरू नेपालको अघोषित पर्यटन सद्भावना दूतै हुन् । भ्रमण वर्ष २०२० को सन्दर्भमा नेपाल सरकारले यस्ता नेपालप्रेमीको सम्मान गर्ने कि !

दुलेगौंडाको शिरैमा भुजिकोट

शनिबार, ०७ मङि्सर २०७६

तनहुँको शुक्लागण्डकी नगरपालिकामा रहेका भुजिकोट, ढोर बाराही, रक गार्डेन, मिलेनियम गुफा, च्यवनधाम चर्चित गन्तव्य हुन्। ‘मिलेनियम ट्रेक’को प्रवेशद्वार पनि दुलेगौंडा नै हो तर यी ठाउँमा सोचे जति पर्यटकीय चहलपहल हुन सकेको छैन।

‘हिमालभन्दा सुन्दर नेपाली’

शनिबार, ०९ कार्तिक २०७६

अन्नपूर्ण पदयात्रामा जाँदा भरियाले ज्यान बचाएपछि जर्मन नागरिकले नेपालमा सहयोगका हात बढाए। उनीहरूले धुलिखेल अस्पताल र बोल्देफेदिचे गाउँको विकासमा पु-याएको योगदान स्तुत्य छ।

तपाईँ छिम्केश्वरी कहिले घुम्ने ?

शनिबार, २५ असोज २०७६

तनहुँको सबैभन्दा अग्लो डाँडामा बसेकी छिम्केश्वरी (२,१५० मिटर) दर्शनले मनोकांक्षा पुरा हुने जनविश्वास छ। प्रकृतिप्रेमिका लागि त छिम्केश्वरी भुस्वर्गै मानिन्छ। डाँडामा उभिँदा भुइँकुहिरोमाथि सर्लकक्क खुलेका हिमाल आँखैमा टाँसिन्छन्।

ट्राउट भित्र्याउने डाक्टर

शनिबार, २८ भदौ २०७६

वैशाख १ गते, नयाँ वर्षको पहिलो दिन। साँझ ६ बजेतिर मोबाइल फोनमा एउटा खुसीको खबर सुनिन्छ, ‘डाक्टरसाप आज हाम्रो फार्मको प्रांगणमा दर्जनौं गाडी र बाइक छन्। सयौं मान्छे छन्। उनीहरूलाई हामी ट्राउटका परिकार खुवाइरहेका छौं। भ्याईनभ्याई छ। यो खुसी हजुरसँग सेयर गरौं भनेर !’

रोमाण्टिक जिरी

सोमबार, २३ भदौ २०७६

दोलखाको जिरी । सानो तर चिटिक्क । हरित उपत्यका । धर्म र प्रकृतिको संगम । रोमाण्टिक गन्तव्य । प्रगतिशील युवा सशक्तीकरण केन्द्र जिरीलाई ‘हनिमुन सिटी’का रुपमा ब्राण्डिङ गर्दै छ । उसले ‘जाऔं है जिरी’ अभियान चलाउँदै छ । त्यसैले कम्तीमा दुई रात जिरीमा बस्ने गरी यात्रामा निस्कने कि !

पोखरामा कलात्मक रेष्टुराँ

शनिबार, २१ भदौ २०७६

पोखराको बैदामेताल (फेवाताल) किनारामा दर्जनौं रेष्टुराँ छन्। जसरी तिनले फरकफरक स्वादका परिकार पस्कन्छन्, त्यसै गरी तिनको आन्तरिक सजावटमा पनि विविधता पाइन्छ। त्यस्तै एउटा फरक रेष्टुराँ सञ्चालनमा आएको छ– नगेन आर्ट लाउन्ज बार।

फोक्सुण्डोः ल्याण्ड अफ बोन

शनिबार, ११ साउन २०७६

फोक्सुण्डो तालमा पुग्दा बेग्लै किसिमको ऊर्जा मिल्छ। भुःस्वर्गमा पुगेको अनुभूति हुन्छ। नेपाली भएकोमा गौरवबोध हुन्छ। त्यहाँको कञ्चन पानीमा तन र मन डुबुल्की मार्न थाल्छन्। त्यसमाथि बोन धर्मका झण्डाहरूबाट बगेर आएको शीतल हावा र मन्त्रोचारणका मधुर वाणीले त्यतै हराउन मन लाग्छ।

चेपुवामा पाठक

शनिबार, ११ साउन २०७६

सरकारले बजेट वक्तव्यमार्फत् विदेशबाट आयात गरिने पुस्तकमा १० प्रतिशत भन्सार शुल्क लगाउने प्रस्ताव गरेपछि त्यसको विरोध गर्दै नेपाल राष्ट्रिय पुस्तक विक्रेता तथा प्रकाशक संघले जेठ १७ गतेदेखि भारतीय सीमामा पुस्तक रोकेको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad