अर्जुन सुवेदी

अर्जुन सुवेदी

प्रमलाई आयोगको आग्रह : प्रदेश २ को बाधा हटाइदिनूस्

शुक्रबार, १८ चैत २०७३

निर्वाचन आयोगले प्रदेश नम्बर दुईमा राजनीतिक कारणले निर्वाचन तयारीमा समस्या भएको भन्दै तत्काल समाधानका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ।

दुई नम्बर प्रदेशका ६ जिल्लामा मतदान केन्द्र टुंगो लाग्न सकेन

सोमबार, १४ चैत २०७३

स्थानीय तह निर्वाचनका लागि विभिन्न ७ जिल्लामा अझै मतदान केन्द्रको अन्तिम टुंगो लाग्न सकेको छैन। निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि चैत १० गतेभित्र मतदान केन्द्रको टुंगो लगाउन निर्देशन दिएपनि दुई नम्बर प्रदेशका रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरी तथा धादिङमा मतदान केन्द्रको अन्तिम टुंगो लाग्न नसकेको हो।

मतपत्र छपाइ 'दलको दबाबमा' स्थगित

बिहिबार, १० चैत २०७३

स्थानी तह निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयमा दर्ता हुन छुटेका दललाई समेत मतपत्रमा राख्न सुरु भइसकेको मतपत्र छपाइ रोकेर पुनः मुद्रण गर्ने आयोग निर्णय।

निर्वाचन आयोगको तयारी अन्तिम चरणमा

सोमबार, ०७ चैत २०७३

निर्वाचन आयोगले वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि केन्द्रीयस्तरको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।

चुनावमैत्री राजनीतिक वातावरण बनाउन आयोगको आग्रह

शनिबार, ०५ चैत २०७३

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमैत्री राजनीतिक वातावरण बनाउन र सुरक्षाको अवस्था सुदुढ बनाउन प्रधानमन्त्रीसँग आग्रह गरेको छ। स्थानीय तह चुनाव मिति वैशाख ३१ गते तोकिएको छ।

स्थानीय तहमा सुब्बासम्मका कर्मचारी खटाउने अधिकार प्रजिअलाई

बिहिबार, ०३ चैत २०७३

सरकारले गाउँपालिका र नगरपालिकाका वडाहरुमा नायव सुब्बासम्मको कर्मचारी खटाउने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको छ। मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले हाल गठन भएका गाउँपालिकामा नायब सुब्बासम्मका कर्मचारी खटाउने जिम्मा प्रमुख जिल्ला अधिकारीलाई दिएको हो ।

तोकिए निर्वाचन अधिकृत

बिहिबार, ०३ चैत २०७३

न्याय परिषद्ले आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि ७५ मुख्य निर्वाचन अधिकृत र २ सय ५५ निर्वाचन अधिकृत तोकेको छ।

नयाँ ठेगानाअनुसार मतदाता परिचयपत्र, मत पत्रकाे सुरक्षा जिम्मा सेनालार्इ

बुधबार, ०२ चैत २०७३

निर्वाचन आयोगले वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि हालै लागू भएको स्थानीय तहको ठेगाना राखेर  मतदाता परिचयपत्र वितरण गर्ने भएको छ ।

स्थानीय चुनावमा मेयरका उम्मेद्वारले सबैभन्दा बढी साढे ७ लाखसम्म खर्च गर्न पाउने

शनिबार, २८ फागुन २०७३

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेद्वारले गर्ने खर्चको सीमा तोकेको छ। निर्वाचनमा भाग लिने उम्मेद्वारहरुको निर्वाचन प्रचारप्रसारलगायत कामका लागि उक्त खर्चको सीमा तोकिएको निर्वाचन आयोगका प्रवक्ता सुर्यप्रसाद शर्माले जानकारी दिएका छन् ।

स्थानीय तह कार्यान्वयनमा

शनिबार, २८ फागुन २०७३

सरकारले स्थानीय तह पुनःसंचरना आयोगको प्रतिवेदन कार्यान्वयनमा ल्याएको छ। उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले शुक्रबार पदवहालीका क्रममा राजपत्रमा प्रकाशित पुनःसंरचना आयोग प्रतिवेदन सार्वजनिक गर्दै स्थानीय निकाय विघटन भई ७ सय ४४ वटा स्थानीय तह कार्यान्वयनमा आएको घोषणा गरेका हुन्।

सप्तरीका मृतक परिवारलाई १० लाख रुपैयाँ दिने निर्णय

शुक्रबार, २७ फागुन २०७३

सरकारले सप्तरीको राजविराजमा प्रहरीसँगको झडपमा मारिएका मृतकका परिवारलाई क्षतिपूर्तिस्वरुप १० लाख रुपैयाँ दिने निर्णय गरेको छ। मन्त्रिपरिषदको बुधवार बसेको बैठकले सप्तरीमा प्रहरीसँगको झडपमा मारिएका व्यक्तिका परिवारलाई १० लाखका दरले क्षतिपूर्ति र घाइतेलाई उपचारको व्यवस्था गर्ने निर्णय गर्दै मृतकप्रति श्रद्धान्जली व्यक्त समेत गरेको संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले जानकारी दिए।

आइतबारदेखि नयाँ स्थानीय संरचना

शुक्रबार, २७ फागुन २०७३

नयाँ संरचना अनुसार मुलुकभरि आइतबारदेखि ७ सय ४४  वटा स्थानीय तह कायम हुनेछन्। सोही दिनदेखि हाल कायम सबै स्थानीय निकाय गाविस, नगरपालिका र जिविस विघटन हुने छन्। नयाँ संरचनामा ७ सय ४४  वटा स्थानीय तह (गाउँपालिका र नगरपालिका) हुने छन्।

दुई नम्बर प्रदेशमा सरकारले थप्यो २१ स्थानीय तह

सोमबार, २३ फागुन २०७३

सरकारले तराईका ८ जिल्लामा २१ सहित २५ वटा स्थानीय तह थपेको छ । पुनःसंरचना आयोग प्रतिवेदनमाथि सुझाव दिन गठित कार्यदलको सिफारिसमा सरकारले २५ वटा स्थानीय तह थप गर्दै आयोगले कायम गरेको ७ सय १९ बाट ७ सय ४४ पुर्‍याएको हो।

स्थानीय तहको संख्या ७ सय ४४ पुग्यो

आइतबार, २२ फागुन २०७३

सरकारले तराईका ८ जिल्लामा २१ सहित २५ वटा स्थानीय तह थप गरेको छ। स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदनमाथि सुझाव दिन गठित कार्यदलको सिफारिसमा सरकारले २५ वटा स्थानीय तह थप गर्दै आयोगले कायम गरेको ७ सय १९ बाट ७ सय ४४ पुर्‍याएको हो।

आचारसंहिताले मन्त्री रिसाए

बिहिबार, १९ फागुन २०७३

निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिताका बारेमा आयोग पदाधिकारी र मन्त्रीबीच विवाद उत्पन्न भएको छ। स्थानीय तह निर्वाचनका लागि आयोगले जारी गरेको आचारसंहिता मन्त्रीहरूलाई जानकारी गराउन बोलाएको कार्यक्रममा दुई पक्षबीच विवाद भएको हो।

निर्वाचन आचारसंहिता जारी

बुधबार, १८ फागुन २०७३

निर्वाचन आयोगले स्थानीय तह निर्वाचन आचारसंहिता जारी गरेको छ। आयोगको मंगलबारको बैठकले वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आचारसंहिता लागू गर्ने निर्णय गरेको हो।

तयारीमै तगारा

सोमबार, १६ फागुन २०७३

स्थानीय निर्वाचन मिति आउन ७६ दिन मात्र बाँकी छ तर सरकारले खास तयारी अघि बढाउनै सकेको छैन। तयारीलाई तीव्र गति दिनै अनेक तगारा तेर्सिएका छन्। छोटो समयसीमा राखेर सरकारले निर्वाचन मिति घोषणा गरेको साता भइसक्दा पनि स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदन कार्यान्वयन हुन सकेको छैन।

आचारसंहिता रोकेर नियुक्ति र सरुवा

शुक्रबार, १३ फागुन २०७३

मिति घोषणा गरेको चार दिनसम्म पनि निर्वाचन आयोगले निर्वाचनसम्बन्धी आचारसंहिता जारी गरेको छैन। यही मौका पारेर सरकारी निकायमा नयाँ नियुक्ति र सरुवा क्रम तीव्र पारिएको छ।

निर्वाचन कार्यतालिका सार्वजनिक, वैशाख १६ गते उम्मेदवारी दर्ता

बिहिबार, १२ फागुन २०७३

निर्वाचन आयोगले आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ। आयोगको बुधबार बसेको बैठकले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो।

मतदाता नामावली संकलन बन्द

बुधबार, ११ फागुन २०७३

फोटोसहितको मतदाता नामावलीमा नाम समावेश भएका र २०७३ फागुन ९ सम्म १८ वर्ष उमेर पूरा भएका नागरिकले मात्रै वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउने भएका छन्।

Ncell Footer Ad