अर्जुन सुवेदी

अर्जुन सुवेदी

मनोनयन दर्ता आज

मङ्गलबार, १९ बैशाख २०७४

'मनोनयनका लागि सम्पूर्ण तयारी पूरा भएको छ। आयोगले निर्वाचनका लागि खटाएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरू उम्मेदवारको मनोनयन दर्ताका लागि पर्खिरहनुभएको छ।'

गृहमन्त्री निधिको राजीनामा

सोमबार, १८ बैशाख २०७४

प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद्मा दर्ता भएको महाभियोग प्रस्तावप्रति असन्तुष्टि जनाउँदै उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले आइतबार पदबाट राजीनामा दिएका छन्।

दुई चरणले आशंका: प्रबुद्ध वर्ग

शुक्रबार, १५ बैशाख २०७४

पूर्वप्रमुख निर्वाचन आयुक्त, संविधानविद् लगायतको प्रबुद्ध समूहले दुई चरणमा जाँदा निर्वाचन नै हुन नसक्ने अवस्था आउन सक्ने भन्दै पूर्वघोषित मिति वैशाख ३१ मै देशभर एकै चरणमा गराउन निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ।

सरकारसामु निरीह बन्दै निर्वाचन आयोग

बिहिबार, १४ बैशाख २०७४

सत्तारूढ दल र सरकारको अजेण्डाको मात्रै पछि लाग्दा निर्वाचन गराउने संवैधानिक अधिकार पाएको निर्वाचन आयोगमाथि नै प्रश्नचिह्न खडा भएको छ । फागुन दोस्रो साता सरकारले देशभर वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेपछि आयोगले त्यसयता तोकिएकै मितिमा निर्वाचन गराउने प्रतिबद्धता व्यक्त गर्दै आएको हो ।

उम्मेदवारी दर्ता १९ गते

मङ्गलबार, १२ बैशाख २०७४

निर्वाचन आयोगले वैशाख ३१ गते पहिलो चरणमा हुने स्थानीय निर्वाचनको कार्यतालिका हेरफेर गर्दै उम्मेदवारी मनोनयनलाई दुई दिन पर सारेको छ। त्यस्तै जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचन कार्यतालिका पनि आयोगले सार्वजनिक गरेको छ ।

परिवर्तन हुँदै शासकीय स्वरुप

सोमबार, ११ बैशाख २०७४

संविधान अनुसार तीनवटै तहको निर्वाचन सम्पन्न भएपछि मुलुकको शासकीय व्यवस्था समेत बदलिने भएको छ ।

चुनाव वैशाख ३१ र जेठ ३१ मा

सोमबार, ११ बैशाख २०७४

सत्तासीन दल र आन्दोलनरत मधेस केन्द्रित दलहरूबीच भएको पछिल्लो सहमतिअनुसार सरकारले प्रदेश १, २, ५ र ७ मा दोस्रो चरणमा जेठ ३१ गते स्थानीय तहको निर्वाचन गराउने भएको छ।

प्रधानमन्त्रीय पद्धतिकै धज्जी

शुक्रबार, ०८ बैशाख २०७४

वरीयतामा असन्तुष्टि जनाउँदै उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको पटकपटक मन्त्रिपरिषद् बहिष्कारले प्रधानमन्त्रीय ‘वेस्ट मिनिस्टर' पद्धतिकै धज्जी उडेको छ। मुलुकको सुरक्षा नेतृत्व सम्हालेका गृहमन्त्रीले नै वरीयताको निहुँमा मन्त्रिपरिषद् बैठक बहिष्कार गरेपछि निर्वाचन सुरक्षामा समेत असहज अवस्था देखिएको छ।

‘खटाएको ठाउँमा नगए बर्खास्त'

बिहिबार, ०७ बैशाख २०७४

सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीलाई ३५ दिनभित्र जागिरबाट बर्खास्त गर्ने र दुई वर्षसम्म खुला वा बढुवाबाट पदपूर्ति नगर्ने व्यवस्थासहितको कर्मचारी समायोजन विधेयक मन्त्रिपरिषद्को विधेयक समितिले पारित गरेको छ। मन्त्रिपरिषद्को विधेयक समितिको आइतबार बसेको बैठकले विधेयक पारित गरेको हो।

देशभर १८ हजार मतदान केन्द्र कायम

बुधबार, ०६ बैशाख २०७४

आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि देशभर १८ हजार ५ सय ७२ मतदान केन्द्र र १० हजार ६ सय ४० मतदान स्थल कायम भएका छन् ।

चीनद्वारा निर्वाचन सामग्री हस्तान्तरण, भारतले सहयोग गरेन

सोमबार, ०४ बैशाख २०७४

मित्रराष्ट्र चीनले आगामी बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि १४ करोड ४० लाख रुपैयाँ बरावरका विभिन्न ११ प्रकारका सामाग्री निर्वाचन आयोगलाई उपलव्ध गराएको छ।

कमल थापालाई दोस्रो वरीयता

मङ्गलबार, २९ चैत २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले लामो समयदेखि चलेको उपप्रधानमन्त्री वरीयता विवाद तोड्दै उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापालाई दोस्रो वरीयता दिएका छन्।

प्रहरी प्रमुखमा अर्याल

मङ्गलबार, २९ चैत २०७३

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि अनुपस्थित रहेको मन्त्रिपरिषद् बैठकले सोमबार नेपाल प्रहरीको २५ औं महानिरीक्षक (आइजिपी) मा डिआइजी प्रकाश अर्याललाई नियुक्त गरेको छ। वरीयता र महानिरीक्षक नियुक्ति विवादका कारण गृहमन्त्री निधि उपस्थित नभए पनि २५ दिनपछि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई नेपाल प्रहरीको सर्वाेच्च पद महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो।

अब ४० लाख मतपत्र छाप्न बाँकी

सोमबार, २८ चैत २०७३

स्थानीय तह निर्वाचनका लागि अब ४० लाख मतपत्र छाप्न बाँकी छ। १ करोड २० लाख मतपत्र छाप्ने काम सकिएको छ। निर्वाचन आयोगले मतपत्र छाप्ने जिम्मा जनकशिक्षा सामग्री केन्द्रलाई दिएको छ।

सरकारबाट 'असहयोग', प्रदेश २ मा निर्वाचन आयोग आफैंले तयारी बढाउने

शनिबार, २६ चैत २०७३

स्थानीय तह निर्वाचनका लागि २ नम्बर प्रदेशमा अनुकूल वातावरण बनाउन सरकारले नै असहयोग गरेको ठहर गर्दै निर्वाचन आयोगले आफ्नै हिसाबले तयारी अघि बढाउने भएको छ।

वरीयता र आइजीपी विवादले मन्त्रिपरिषद् तीन सातादेखी ठप्प

शुक्रबार, २५ चैत २०७३

उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कमल थापाको वरीयता र नेपाल प्रहरी प्रमुख नियुक्तिसम्बन्धी विवादका कारण मन्त्रिपरिषद् बैठक तीन सातासम्म धकेलिदै आएको छ। तीन सातापछि बिहीबार बस्ने भनिएको बैठक फेरि आइतबारका लागि सारिएको छ।

दुर्इ चरणमा निर्वाचन गर्ने छलफलप्रति अायाेग असन्तुष्ट

बुधबार, २३ चैत २०७३

स्थानीय तह निर्वाचन मिति नजिकिँदै जाँदा प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग दुई चरणमा निर्वाचन गर्ने छलफल अघि बढाएपछि आयोगले असन्तुष्टि जनाएको छ ।

वैशाख २० गतेभित्र मतदाता परिचयपत्र

मङ्गलबार, २२ चैत २०७३

काठमाडौं- निर्वाचन आयोगले फोटोसहितको मतदाता परिचयपत्र आगामी वैशाख १० गतेसम्म ७५ वटै जिल्लामा पुर्‍याउने भएको छ। यस्तै वैशाख २० गतेभित्रै देशभरका सबै मतदाताको हातमा परिचयपत्र पुर्‍याउने आयोगको योजना छ।

मतदाता १,४०,५४,४८२

सोमबार, २१ चैत २०७३

आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा देशभर एक करोड ४० लाख ५४ हजार चार सय ८२ जनाले मतदान गर्न पाउने भएका छन् । निर्वाचन आयोगको आइतबार बसेको बैठकले २०७३ फागुन ९ गतेसम्म १८ वर्ष पुगेका र मतदाता नामावलीमा नाम लेखाएका मतदाताको संख्या सार्वजनिक गरेको हो।

जनप्रतिनिधिको सुविधाबारे अन्योल

शुक्रबार, १८ चैत २०७३

स्थानीय तहमा निर्वाचित हुने जनप्रतिनिधिलाई कस्तो सेवासुविधा दिने भन्ने विषयमा सरकार अन्योलमा छ। स्थानीय तह निर्वाचनपछि निर्वाचित हुने ३६ हजार ६ सय ३९ पदाधिकारीको सेवासुविधासम्बन्धी व्यवस्था यकिन नहुँदा स्थानीय तहका पदाधिकारीको पारिश्रमिकसम्बन्धी कानुनसमेत बनेको छैन।

Ncell Footer Ad