अर्जुन सुवेदी

अर्जुन सुवेदी

गणनालाई निरन्तरता दिन एमाले माग

बुधबार, १७ जेठ २०७४

प्रमुख प्रतिपक्षी दल एमालेले सरकारकै संलग्नतामा भरतपुर महानगरपालिकामा मतपत्र च्यात्ने काम भएको दाबी गर्दै गणनालाई निरन्तरता दिन निर्वाचन आयोगसँग माग गरेको छ।

चुनाव असार ९ गते सर्‍यो

मङ्गलबार, १६ जेठ २०७४

जेठ ३१ गतेका लागि तय भएको स्थानीय तहको दोस्रो चरणको निर्वाचन सरकारले असार ९ गतेका लागि सारेको छ। निर्वाचन तयारी अन्तिम चरणमा पुगेका बेला मन्त्रिपरिषद्को सोमबारको बैठकले मिति सार्ने निर्णय गरेको हो।

मतपत्र च्यातिएको घटनाबारे अनुसन्धान गर्न छानविन टोली आजै भरतपुर जाने

सोमबार, १५ जेठ २०७४

निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको मतपत्र च्यातीएको घटनाबारे छानविन समिति गठन गरेको छ।

निर्वाचन कार्यालय स्थापना आज

सोमबार, १५ जेठ २०७४

दोस्रो चरणमा निर्वाचन हुने चार सय ६१ स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्न लागिएको निर्वाचन आयोगले जनाएको छ।

पुरानै तहमा चुनाव

शनिबार, १३ जेठ २०७४

निर्वाचन आयोगले अब ४ सय ६१ स्थानीय तहमा दोस्रो चरणको निर्वाचन तयारी अघि बढाउने भएको छ ।

आयोगले सरकारलाई भन्यो- 'पहिल्यै कायम तहमा चुनाव गरौं'

शुक्रबार, १२ जेठ २०७४

'थपिएका तहअनुसार मतदाताको परिवर्तित ठेगानाअनुरूप मतदाता परिचयपत्र र नामावली छापेर २०७४ जेठ २७ गतेसम्म सम्बन्धित मतदान केन्द्रमा पुर्‍याउने गरी व्यवस्थापन गर्न असम्भव।'

मिति सार्न प्रधानमन्त्रीको प्रस्ताव

बिहिबार, ११ जेठ २०७४

निर्वाचन आयोगले निर्वाचनको मुखमा तराई–मधेसमा थपिएका स्थानीय तहमा जेठ ३१ मा चुनाव गराउन नसक्ने बताएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले मिति सार्न प्रस्ताव गरेका हुन्।

प्रधानमन्त्रीद्वारा चुनाब सार्न प्रस्ताव

बुधबार, १० जेठ २०७४

प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी जेठ ३१ गते हुने चुनाब सार्न निर्वाचन आयोग समक्ष प्रस्ताव गरेका छन्। प्रधानमन्त्री र आयोग पदाधिकारीबीच बुधबार बालुवाटारमा भएको छलफलमा उनले यस्तो प्रस्ताव राखेका हुन्।

३१ गते चुनाव हुन सक्दैन : आयोग

मङ्गलबार, ०९ जेठ २०७४

'सरकारको निर्णयबारे हामीलाई केही जानकारी छैन। स्थानीय तहको संख्या थपेपछि जेठ ३१ मा निर्वाचन गर्न सकिँदैन, निर्वाचन हुँदैन।'

स्थानीय तह थप्न आयोगको अस्वीकार

सोमबार, ०८ जेठ २०७४

आगामी जेठ ३१ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि स्थानीय तहको संख्या थपघट र मतपत्र हेरफेर नहुने भएको छ। मधेसकेन्द्रित दलको मागअनुसार सरकारले स्थानीय तहको संख्या बढाउने तयारी बढाए पनि अब स्थानीय तहको संख्या हेरफेर गर्दा जेठ ३१ मा निर्वाचन गर्न नसकिने भन्दै निर्वाचन आयोगले त्यसलाई अस्वीकार गरेको हो।

ज्यान मुद्दाका आरोपितलाई ‘उन्मुक्ति’

शुक्रबार, ०५ जेठ २०७४

निर्वाचन आचारसंहिता र सर्वाेच्च अदालतले स्थापित गरेको नजिरविपरीत सरकारले थरुहट र मधेस आन्दोलनक्रममा ‘जघन्य अपराध’ मा संलग्न भएको आरोप लागेकासहित करिब पाँच सय जनाविरुद्धको मुद्दा फिर्ता लिने निर्णय गरेको छ ।

दुई दिनमा १० प्रतिशत गणना

बुधबार, ०३ जेठ २०७४

मतदान सकिएको तीन दिनसम्म अधिकांश स्थानीय तहमा १० प्रतिशत पनि मतगणना हुन नसकेपछि निर्वाचन परिणाम कहिलेसम्म आउने भन्नेमा अन्योल उत्पन्न भएको छ।

३४ जिल्लामा मतदान हुँदै

आइतबार, ३१ बैशाख २०७४

झन्डै २० वर्षपछि प्रदेश नम्बर ३, ४ र ६ अन्तर्गत ३४ जिल्लाका २ सय ८३ स्थानीय तहमा आइतबार पहिलो चरणको मतदान हुँदैछ । मतदानका लागि ६ हजार ६ सय ४२ केन्द्र तोकिएका छन् ।

मौन अवधि सुरु, प्रचारप्रसार बन्द

शुक्रबार, २९ बैशाख २०७४

देशका दुई सय ८३ वटा स्थानीय तहमा आइतबार हुने पहिलो चरणको निर्वाचनका लागि बिहीबार राति १२ बजेदेखि मौन अवधि सुरु भएको छ। मौन अवधि सुरु भएसँगै राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसार बन्द भएको छ।

आचारसंहिता उल्लंघन नगर्न प्रतिबद्धता

बिहिबार, २८ बैशाख २०७४

आयोगले आचारसंहिता जारी भएको महिना दिनपछि दललाई बोलाएर निर्वाचन आचारसंहिता र स्थानीय तह निर्वाचन आचारसंहिता अक्षरशः पालना गर्ने प्रतिबद्धतापत्रमा हस्ताक्षर गराएको हो।

सरकार मिचेको मिच्यै, आयोग हेरेको हेर्यै

बुधबार, २७ बैशाख २०७४

स्थानीय तहको चुनावको मिति आउन ५ दिनमात्रै बाँकी रहँदा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार नेतृत्वमा तीन मन्त्रीलाई सरकारमा भिœयाए । सरकार टिकाउन संसद्को अंकगणित मिलाउन गच्छदारलाई उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री, गोपाल दहितलाई भूमिसुधार तथा व्यवस्था मन्त्री र जितेन्द्र देवलाई संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रीमा नियुक्त गरियो । त्यतिमात्रै होइन, निर्वाचन आउन ४ दिन बाँकी रहँदा मंगलबार पनि मन्त्रिपरिषद् विस्तार भयो । मंगलबार फोरमकै यशोदा लामालाई भूमिसुधार राज्यमन्त्री र सुमित्रा थरुनीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीमा नियुक्त गरियो ।

मतदाता परिचयपत्र वितरण बिहीबारदेखि

सोमबार, २५ बैशाख २०७४

निर्वाचन आयोगले आगामी आइतबार हुने पहिलो चरणको स्थानीय तह निर्वाचनका लागि वैशाख २८ गते बिहीबारदेखि मतदान केन्द्रमार्फत मतदाता परिचयपत्र वितरण गर्ने भएको छ । यसपटकदेखि मतदान गर्न मतदाता परिचयपत्र अनिवार्य गरेको आयोगले मतदानको तीन दिनअघि बिहीबार, शुक्रबार, शनिबार मतदान केन्द्रबाट मतदाता परिचयत्रपत्र वितरण गर्ने भएको हो।

उम्मेदवारलाई चुनाव चिह्न प्रदान

शनिबार, २३ बैशाख २०७४

स्थानीय तहका लागि वैशाख ३१ मा हुने पहिलो चरणको निर्वाचनका लागि उम्मेदवारी दिएका झन्डै ४९ हजारले शुक्रबार चुनाव चिह्न पाएका छन्।

साढे तीन गुना बढी उम्मेदवार

बिहिबार, २१ बैशाख २०७४

'बुधबार साँझसम्म ४४ हजार ४१ जनाको विवरण प्राप्त भएको छ, केही विवरण आउने क्रममा छ भने केही आउन बाँकी छ, यसरी ४५ हजारभन्दा बढीको उम्मेदवारी परेको देखिन्छ।'

मुलुक निर्वाचनमय

बुधबार, २० बैशाख २०७४

लामो अन्योलका बीच आगामी वैशााख ३१ गते पहिलो चरणअन्तर्गत हुने ३४ जिल्लाका २ सय ८३ स्थानीय तहमा हुने निर्वाचनमा भाग लिने उम्मेदवारको मनोनयन दर्ता उत्साहपूर्ण तरिकाले सम्पन्न भएको छ।

Ncell Footer Ad