अर्जुन सुवेदी

अर्जुन सुवेदी

निर्वाचन आयुक्तलाई १५ करोडका गाडी

शनिबार, ३१ असार २०७४

निर्वाचन आयोगद्वारा पाँचवटा एसयुभी कार खरिदका लागि बोलपत्र आह्वान

क्षेत्री २३औं मुख्यसचिव

शुक्रबार, ३० असार २०७४

'सरकारले दिएको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्नेछु। सार्वजनिक प्रशासन र सेवा प्रवाहलाई प्रभावकारी बनाउन मेरो कार्यकाल केन्द्रित हुनेछ।'

अधिकारीलाई निमित्त दिएर बिदा भए मुख्यसचिव

बुधबार, २८ असार २०७४

सरकारले नयाँ मुख्यसचिव नियुक्ति टुंगो लगाउन नसकेपछि मुख्यसचिव डा. सोमलाल सुवेदी प्रधानमन्त्री कार्यालयका सचिव केदारबहादुर अधिकारीलाई निमित्त मुख्यसचिवको जिम्मेवारी दिएर बिदा भएका छन्।

मुख्यसचिव बन्न दौडधूप

मङ्गलबार, २७ असार २०७४

भावी मुख्यसचिवका रुपमा धनबहादुर तामाङ, राजेन्द्रकिशोर क्षेत्री, शान्तराज सुवेदी, शान्तबहादुर श्रेष्ठ, नारायणगोपाल मलेगो, ङइन्द्रप्रसाद उपाध्याय, लोकदर्शन रेग्मी र शंकर अधिकारी प्रतिस्पर्धामा छन्।

साउन १ देखि मतदाता नामावली अद्यावधिक

सोमबार, २६ असार २०७४

निर्वाचन आयोगले प्रादेशिक र संसदीय निर्वाचनका लागि साउन १ गतेदेखि फोटोसहितको मतदाता नामावली अद्यावधिक गर्ने भएको छ। स्थानीय तहको दोस्रो चरणको निर्वाचन सम्पन्न भएलगत्तै आयोगले प्रादेशिक र संसदीय निर्वाचनलाई केन्द्रित गर्दै जिल्ला निर्वाचन कार्यालयमार्फत फोटोसहितको मतदाता नामावली संकलन सुरु गर्न लागेको हो।

आयोगद्वारा प्रमको ध्यानाकर्षण : 'अब तीन तहको चुनाव तयारी थालौं'

शनिबार, १७ असार २०७४

असोज अन्तिम साता प्रदेशसभा निर्वाचन, कात्तिक दोस्रो साता राष्ट्रियसभा निर्वाचन र मंसिर पहिलो साता प्रतिनिधिसभा निर्वाचन गर्न आयोगको प्रस्ताव।

मतदान उत्साहपूर्ण : निर्वाचन आयोग

बिहिबार, १५ असार २०७४

स्थानीय तहको बुधबार सम्पन्न दोस्रो चरणको निर्वाचनमा उत्साहपूर्ण मतदान भएको छ। प्रदेश १, ५ र ७ अन्तर्गत ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ। निर्वाचन आयोगका अनुसार बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान समय तोकिए पनि कतिपय ठाउँमा ५ बजेसम्म लाम बसेका मतदाताले साँझ ७ बजेसम्म मत खसाले।

दोस्रो चरणमा ७०.५ प्रतिशत मतदान: आयोग

बुधबार, १४ असार २०७४

स्थानीय तह दोस्रो चरणको निर्वाचनमा ७०. ५ प्रतिशत मतदान भएको छ। निर्वाचन आयोगले पत्रकार सम्मेलन गर्दै ७०. ५ प्रतिशत मतदान भएको जानकारी दियो।

तीन प्रदेशमा दोस्रो चरणको निर्वाचन हुँदै

बुधबार, १४ असार २०७४

स्थानीय तहको दोस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाका तीन सय ३४ स्थानीय तहमा बुधबार मतदान हुँदैछ । मतदानका लागि चार हजार पाँच सय ८१ मतदान स्थलमा आठ हजार तीन सय ६४ मतदान केन्द्र तोकिएका छन्।

निर्वाचन तयारी पूरा, ढुक्कसँग मतदान गर्न आयोगको आग्रह

मङ्गलबार, १३ असार २०७४

'निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको छ। मतपत्र, मतपेटिकालगायतका निर्वाचन सामग्री मतदान केन्द्रमा पुगिसकेका छन्। कर्मचारी, सुरक्षाकर्मी अब मतदाताको प्रतीक्षामा छन्' – नरेन्द्र दाहाल, निर्वाचन आयुक्त।

मौन अवधि सुरु, प्रचारप्रसार बन्द

सोमबार, १२ असार २०७४

दोस्रो चरणअन्तर्गत प्रदेश नम्बर १, ५ र ७ का तीन सय ३४ वटा स्थानीय तहमा बुधबार हुनेे निर्वाचनका लागि आइतबार राति १२ बजेदेखि मौन अवधि सुरु भएको छ। मौन अवधि सुरु भएसँगै राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसार बन्द भएको छ।

मतदाता परिचयपत्र वितरण आइतबारदेखि

शुक्रबार, ०९ असार २०७४

आयोगले दोस्रो चरणको चुनावमा मतदान गर्न पाउने ६४ लाख ३२ हजार ७ सय ६५ मतदाताका परिचयपत्र सम्बन्धित जिल्लामा पठाइसकेको छ।

गाडी किन्न नपाएपछि सचिवको सरुवा

शुक्रबार, ०९ असार २०७४

खरिदारको सरुवामा समेत आचारसंहिता तेर्स्याउँदै आएको आयोगले चुनावको पाँच दिनअघि जथाभावी गाडी खरिद गर्न नपाएको झोकमा सचिव नै सरुवा गरेको छ।  यसअघि बिनाप्रतिस्पर्धा अर्बाैं रुपैयाँको विवादित विद्युतीय मतदान मेसिन खरिदसमेत सचिव मैनालीकै कारण रोकिएपछि प्रमुख आयुक्त यादव उति बेलैदेखि रुष्ट थिए।

चिह्नसहित चुनावी मैदानमा उम्मेदवार

बुधबार, ०७ असार २०७४

स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा भाग लिएका ६२ हजारभन्दा बढी उम्मेदवारहरू मंगलबार चुनाव चिह्न लिएर प्रचार अभियानमा खटिएका छन् ।

मनोनयन उत्साहपूर्ण

सोमबार, ०५ असार २०७४

दोस्रो चरणअन्तर्गत आगामी असार १४ गते हुने निर्वाचनमा भाग लिन उम्मेदवारले आइतबार उत्साहपूर्ण तरिकाले मनोनयन दर्ता गराएका छन्।

प्रदेश २ मा असोज २ मा चुनाव, १, ५ र ७ मा असार १४ मै

शुक्रबार, ०२ असार २०७४

सरकारले निर्वाचन आयोगको सहमतिबिनै प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचन असोज २ गते सारेको छ। मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्रदेश नम्बर २ को चुनाव मिति असोज २ गते सार्ने निर्णय गरेको हो।

भरतपुरमा फेरि मतदान गर्ने आयोगको निर्णय

सोमबार, २२ जेठ २०७४

निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा फेरि चुनाव गर्ने निर्णय गरेको छ। निर्वाचन आयुक्त नरेन्द्र दाहालको सहमतिविपरीत अन्य आयुक्तहरूको शनिबार बसेको बैठकले उक्त वडामा फेरि चुनाव गर्ने निर्णय लिएको हो।

‘पुनः चुनाव होइन, गणना हुनुपर्छ ’

शुक्रबार, १९ जेठ २०७४

सुनियोजित रुपमा मतपत्र च्यातिएको अवस्थामा पुनः मतदान गराउने नजिर बसालिए भविष्यमा पटकपटक यो विवाद निम्तिएर निर्वाचन हुन नसक्ने वातावरण आउन सक्ने  विज्ञले बताएका छन् । पुनः मतदानसम्बन्धी ऐनको प्रावधान स्पष्ट व्याख्यासहित संशोधन गर्न पनि विज्ञले सुझाएका छन् ।

माओवादी प्रतिनिधिले मतपत्र च्यातेको ठहर

बिहिबार, १८ जेठ २०७४

भरतपुर महानगरपालिकाको मतगणना क्रममा माओवादी केन्द्रका तर्फबाट खटिएका गणना प्रतिनिधिले नै मतपत्र च्यातेको पुष्टि भएको छ। पहिलो चरणअन्तर्गत वैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनको मत गणनाका क्रममा मतपत्र च्यातिएपछि निर्वाचन आयोगले खटाएको अनुगमन टोलीले माओवादी केन्द्रका प्रतिनिधिले नै मतपत्र च्यातेको पुष्टि गरेको हो।

दोस्रोचरणको चुनाव असार १४ मा

बिहिबार, १८ जेठ २०७४

सरकारले दोस्रो चरणको स्थानीय तह निर्वाचन मिति तेस्रोपटक सारेर असार १४ मा पुर्‍याएको छ। दुई दिनअघिमात्र असार ९ मा गर्नेगरी मिति सारेको सरकारले बुधबार फेरि आफ्नै निर्णय काटेर निर्वाचन असार १४ मा पुर्‍याएको हो।

Ncell Footer Ad