अर्जुन सुवेदी

अर्जुन सुवेदी

मर्जपछिका मन्त्रालय सञ्चालनमा अलमल

बिहिबार, २४ फागुन २०७४

मर्जका कारण एउटै मन्त्रालयमा तीनजनासम्म सचिव छन् तर मन्त्रालयको सांगठनिक संरचना तय नहुँदा विभाग, महाशाखा, शाखा केकति रहने भन्ने नै टुंगो नभएकाले काम थाल्न समस्या परेको सचिव बताउँछन्।

प्रभावकारी कामका लागि प्रधानमन्त्री नै खटिनुपर्नेमा जोड

मङ्गलबार, २२ फागुन २०७४

राष्ट्रिय अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको काम प्रभावकारी बनाउन अनुगमनका लागि योग्य र इमानदारको टोली बनाई प्रधानमन्त्री आफैं खटिनुपर्नेमा विज्ञहरुले जोड दिएका छन्।

मन्त्रालय पुनर्संरचनामा जुट्यो सरकार

शनिबार, १९ फागुन २०७४

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव खगराज बरालले मन्त्रालयको संख्या १८ बनाइएपछि त्यहाँ रहने विभाग, महाशाखा, शाखा र आवश्यक पद एवं कर्मचारी निर्धारण गर्न संगठन तथा व्यवस्थापन सर्वेक्षण भइरहेको जानकारी दिए।

संघीय संसद् परिसरमा अधिकृतको कार्यालय स्थापना

शुक्रबार, १८ फागुन २०७४

फागुन २९ गते हुने राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरमा राष्ट्रपति निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ।

स्वेच्छिक अवकाश प्याकेज परिमार्जन हुने

मङ्गलबार, १५ फागुन २०७४

शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको स्वेच्छिक अवकाश प्याकेजलाई वर्तमान सरकारले परिमार्जन गर्ने संकेत गरेको छ । २० वर्ष सेवाअवधि र ५० वर्ष उमेर पूरा भएका कर्मचारीलाई ग्रेडसमेत थप गरी एकमुष्ठ ७ वर्षको पेन्सनसहित स्वेच्छिक अवकाश दिने कार्यक्रमलाई केपी ओली नेतृत्वको सरकारले परिमार्जन गर्ने भएको हो ।

३२ पदका लागि ५२ जना प्रतिस्पर्धामा

बुधबार, २४ माघ २०७४

संविधान जारी भएपछि पहिलोपल्ट बुधबार राष्ट्रियसभाको निर्वाचन हुँदैछ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि ६ वटा प्रदेशका प्रदेशका १२ मतदान केन्द्रमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने कार्यक्रम छ । प्रदेश २ मा आठै जना सदस्य निर्विरोध निर्वाचित भएकाले ६ वटा प्रदेशमा मात्रै मतदान हुन लागेको निर्वाचन आयोगले जनाएको छ ।

‘बार्गेनिङ’ ले अड्कियो

सोमबार, २२ माघ २०७४

सकभर केन्द्र नछाड्ने, प्रदेश र स्थानीय तहमा जानुपरे एक तह बढुवा नभई नजाने कर्मचारीहरूको अडानका कारण कर्मचारी समायोजनका लागि तयार पारिएको नियमावलीको मस्यौदा कानुन मन्त्रालयमा अड्किएको छ।

८३ जनाको उम्मेदवारी

बिहिबार, ११ माघ २०७४

राष्ट्रियसभाको माघ २४ गते हुने निर्वाचनका लागि ८३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार बुधबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर ८३ जनाले उम्मेदवारी दिएका हुन् ।

राष्ट्रियसभाका लागि मनोनयन दर्ता आज

बुधबार, १० माघ २०७४

राष्ट्रियसभा निर्वाचनका लागि आज (बुधवार) बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म उम्मेदार मनोनयन दर्ता हुने भएको छ । माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि सातवटै प्रदेशमा रहेका निर्वाचन अधिकृतको कार्यालयमार्फत उम्मेदवारले मनोनयनपत्र दर्ता गराउन सक्नेछन् ।

प्रदेश प्रमुख छिटो तोक्न आयोगद्वारा दलको ध्यानाकर्षण

बुधबार, ०३ माघ २०७४

प्रदेश प्रमुख नियुक्तिमा सरकारले ढिलाइ गर्दा आगामी माघ २४ गते हुने राष्ट्रियसभाको निर्वाचन तयारी अघि बढाउन समस्या भएको भन्दै निर्वाचन आयोगले प्रमुख राजनीतिक दलको ध्यानाकर्षण गराएको छ ।

राष्ट्रियसभा निर्वाचनमा २ हजार ५६ मतदाता

बिहिबार, २७ पुष २०७४

निर्वाचन आयोगले माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । आयोगको बुधबारको बैठकले राष्ट्रियसभा निर्वाचनका लागि माघ १० गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्नेगरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।

तेस्रो वरीयताका रेग्मी बने मुख्यसचिव

मङ्गलबार, ०७ कार्तिक २०७४

सरकारले पहिलो र दोस्रो वरीयताका सचिवलाई पाखा लगाउँदै तेस्रो वरीयताका सचिव लोकदर्शन रेग्मीलाई मुख्यसचिव नियुक्त गरेको छ ।

मुख्य सचिवमा तीन सचिवको दौड

आइतबार, ०५ कार्तिक २०७४

मुख्य सचिव राजेन्द्रकिशोर क्षेत्रीले उमेरहदका कारण मंगलबारदेखि अवकाश पाउने भएपछि रिक्त हुने मुख्य सचिव पदका लागि सरकारका तीन बरिष्ठ सचिवहरु प्रतिस्पर्धामा उत्रिएका छन्।

विपन्नका नाममा आर्थिक सहायता: कार्यकर्ता पोस्ने अस्त्र

बुधबार, १८ साउन २०७४

गरिब, असहायलाई उपचार खर्च उपलब्ध गराउन सुरु गरिएको आर्थिक सहायता वितरण अहिले राजनीतिक दलका कार्यकर्ता पोस्ने गतिलो अस्त्र बनेको छ।

प्रतिनिधिसभा र प्रदेशसभा चुनाव एकैपटक गर्दा १८ अर्ब जोगिने

शनिबार, १४ साउन २०७४

प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार निर्वाचन आयोगका पदाधिकारीसँगको भेटमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन एकै चरणमा गर्न प्रस्ताव गरे।

प्रदेश/प्रतिनिधसभा चुनावको तत्काल मिति तोक्न आयोगको आग्रह

शुक्रबार, १३ साउन २०७४

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवसहित आयोगका पदाधिकारीले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवासहित मन्त्रीलाई भेटेर ततकाल प्रदेश र प्रतिनिधिसभा चुनाव मिति तोक्न आग्रह गरे।

निर्वाचन क्षेत्र निर्धारण आयोग गठन

शुक्रबार, ०६ साउन २०७४

सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन क्षेत्र निर्धारण गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश कमलनारायण दासको अध्यक्षतामा ५ सदस्यीय निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरेको छ।

गाउँ/नगरबाट पनि मतदाताको नाम संकलन

बुधबार, ०४ साउन २०७४

निर्वाचन आयोगले गाउँ÷नगरपालिकाबाट पनि फोटोसहितको मतदाता सूचीमा नाम दर्ता र अद्यावधिक गर्न सक्ने व्यवस्था गरेको छ । यसअघि सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा पुगेर मात्रै मतदाता सूचीमा नाम दर्ता र अद्यावधिक गर्न सकिने व्यवस्था गरेकोमा आयोगको मंगलबारको बैठकले गाउँ÷नगरपालिका कार्यालय, जिल्ला निर्वाचन कार्यालय र क्षेत्रीय निर्वाचन कार्यालयबाट पनि यस्तो काम गर्न सकिने निर्णय गरेको हो । यसअघि मतदाता नामावलीमा नाम लेखाउन साउन १ देखि १५ गतेसम्मको समय तोकेको आयोगले अब गाउँ÷नगरपालिका कार्यालयबाट साउन १६ देखि ३२ गतेसम्म मतदाता नामावलीमा नाम लेखाउन सक्ने व्यवस्था गरेको छ । साउन १ देखि सञ्चालन भएको क्षेत्रीय र जिल्ला निर्वाचन कार्यालयमा नाम दर्ता र अद्यावधिक गराउने कार्य भने प्रदेशससभा र प्रतिनिधिसभा निर्वाचन मिति घोषणा नभएसम्म गर्न सकिनेछ ।

जिल्ला समन्वय समिति गठन गर्न एमाले माग

मङ्गलबार, ०३ साउन २०७४

पहिलो र दोस्रो चरणअन्तर्गत स्थानीय तह निर्वाचन सम्पन्न भएका ६७ जिल्लामध्ये ३१ जिल्लामा एमालेले बहुमत ल्याएको छ। बहुमत ल्याएका जिल्लामा उसले एकल जिल्ला समन्वय समिति गठन गर्न सक्छ।

१५ दिनभित्र खाल्डा पुर्न प्रधानमन्त्रीको निर्देशन

सोमबार, ०२ साउन २०७४

प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं उपत्यकाभित्रका खाल्डाखुल्डी देखेर आफू लज्जित भएको बताउँदै १५ दिनभित्र काठमाडौंका सडकका खाल्डाखुल्डी पुर्न मन्त्री र सचिवलाई निर्देशन दिएका छन्।

Ncell Footer Ad