अर्जुन सुवेदी

अर्जुन सुवेदी

चैतमा स्थानीय निकायको निर्वाचन गर्न सरकार उदासिन

मङ्गलबार, २१ भदौ २०७३

गृहमन्त्री विमलेन्द्र निधिले संविधान संशोधन नभएसम्म कुनै पनि निर्वाचन हुन नसक्ने भन्दै संशोधनका लागि सरकारले तयार गरेको विधेयक संसदमा पेश गर्न समेत दिएका छैनन्। संविधानको कार्यान्वयन गर्न डेढ वर्षभित्र तीन वटै तहको निर्वाचन गराउने संवैधानिक बाध्यता रहेपनि निर्वाचन गराउनका लागि निर्वाचन आयोगलाई पूर्णता दिने विषयमासमेत सरकार उदासिन देखिएको छ।

जिल्लाबाट प्रतिवेदन पठाउने म्याद कम्तिमा एक हप्ता थप हुने

बुधबार, १५ भदौ २०७३

स्थानीय निकायको नामाकंन/सीमाकंन प्रतिवेदन पठाउने म्याद कम्तिमा एक हप्ता थपिने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल र आयोगका पदाधिकारीबीच बुधबार भएको छलफलपछि प्रतिवेदन पठाउने म्याद थपिने निश्चित भएको हो।

पूर्वराष्ट्रपति उपचारमा ६० लाख

मङ्गलबार, १४ भदौ २०७३

सरकारले पूर्वराष्ट्रपति रामवरण यादवको अमेरिकामा थप उपचारका लागि ६० लाख रुपैयाँ दिने निर्णय गरेको छ। मन्त्रिपरिषदुले पूर्वराष्ट्रपति यादवको क्यान्सरको उपचारका लागि ६० लाख रुपैयाँ, दैनिक ३ सय डलर भ्रमणभत्ता र अमेरिका जानआउन बिजनेस क्लासको हवाई टिकटलगायत सुविधासमेत दिने निर्णय गरेको हो।

पूर्वराष्ट्रपतिलाई ६० लाख उपचार खर्च, दैनिक ३ सय डलर भत्ता, अमेरिका जान–आउन बिजनेस क्लास टिकट

सोमबार, १३ भदौ २०७३

पूर्वराष्ट्रपति डा.रामवरण यादबलाई अमेरिकामा थप उपचार गर्न सरकारले ६० लाख रुपैयाँ दिने निर्णय गरेको छ। यो बाहेक उनलाई अमेरिका आउन जान बिजनेस क्लास टिकट, दैनिक ३ सय अमेरिकी डलर भत्ता दिने निर्णय सरकारले गरेको छ।

सचिवसँग प्रधानमन्त्री असन्तुष्ट

सोमबार, १३ भदौ २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले विभिन्न मन्त्रालयका सचिवको काम गराइप्रति असन्तुष्टि जनाएका छन्। तीन दिनभित्र कार्ययोजना बुझाउन निर्देशन दिएको झन्डै तीन सातासम्म काम नभएपछि प्रधानमन्त्री असन्तुष्ट बनेका हुन्।

राम्रा मन्त्रालय पाउन सचिवको दौडधुप

बिहिबार, ०९ भदौ २०७३

सरकारले पूर्णता नपाउँदै गृह, अर्थ, स्थानीय विकास, शिक्षालगायत राम्रा मन्त्रालयको जिम्मेवारी पाउन सचिवहरूको दौडधुप सुरु भएको छ। प्रधानमन्त्री नियुक्त भएलगत्तै पुष्पकमल दाहालले कुनै पनि मन्त्रीलाई सचिव रोज्न नदिने र हेरफेर नगर्ने बताए पनि सरकार गठन भएको तीन साता नबित्दै महत्वपूर्ण मन्त्रालयमा जान सचिवको दौडधुप सुरु भएको हो।

एसएलएलसीको ग्रेडअनुसार सरकारी सेवा प्रवेशको मापदण्ड बनाइँदै

बुधबार, ०८ भदौ २०७३

निजामती सेवा र अन्य सरकारी सेवामा प्रवेश गर्नेको एसएलसीको न्युनत्तम ग्रेड निर्धारण हुने भएको छ। सरकारले यसै वर्षदेखि ग्रेडिङ प्रणाली लागू गरेर एसएलसीमा कोही पनि अनुत्तिर्ण हुने व्यवस्था ल्याएपछि सरकारी सेवामा प्रवेश गर्नका लागि आवश्यक पर्ने न्युनत्तम ग्रेड निर्धारण गरिने भएको हो।

कर्मचारी रोजाइ सुगम कार्यालय

शुक्रबार, ०३ भदौ २०७३

जनतासँग प्रत्यक्ष सम्पर्कमा रहेर काम गर्नुपर्नेभन्दा सुगम कार्यालय कर्मचारीको पहिलो रोजाइमा परेका छन्। सामान्य प्रशासन मन्त्रालयमा सरुवाका लागि निवेदन दिएका झन्डै २ हजार ७ सय कर्मचारीमध्ये अधिकांशले केन्द्रमा रहेका, परियोजना लागू भएका र अतिरिक्त सुविधा प्राप्त हुने निकायमा जाने इच्छा देखाएका हुन्।

ओलीले फुटाएका मन्त्रालय गाभिँदै

शुक्रबार, २१ साउन २०७३

नयाँ सत्ता गठबन्धनका प्रमुख घटक नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच मन्त्रालय संख्या घटाउन पहिले फुटाइएका मन्त्रालय जोड्ने सहमति भएको छ। संविधानअनुसार मन्त्रालय संख्या कम गर्न राज्यमन्त्री नै नराख्ने दुई दलबीच सहमति छ।

ओली नेतृत्वको नौ महिने सरकार घरेलु मामिलामा विफल

बुधबार, २९ असार २०७३

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार छिमेकी देशसँगको सम्बन्ध सुधारमा केही ऐतिहासिक काम गर्न सफल भए पनि आन्तरिक समस्या समाधान गर्न विफल देखिएको छ ।

बैंक नपुग्दा पीडितले पाएनन् अनुदान

बिहिबार, १६ असार २०७३

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग सम्झौता गरेअनुसार बैंकहरू कार्यक्षेत्र नजाँदा अनुदान सम्झौता सम्पन्न भएका ६ जिल्लाका भूकम्प पीडितले पहिलो किस्ता रकम पाउन सकेका छैनन्। रकम वितरण भएका जिल्लामा पनि कामले खासै गति लिएको छैन।

कानुन बनेको चार महिनापछि निर्वाचन : आयोग

मङ्गलबार, १४ असार २०७३

निर्वाचन आयोगले कानुन र मिति तय गरेर सरकारले १ सय २० दिनको समय दिए मंसिरमा स्थानीय निर्वाचन गर्न सकिने जनाएको छ।

अफगानिस्तानसहित चार देश राेजगारीमा जान प्रतिबन्ध

शुक्रबार, १० असार २०७३

काठमाडौं– सरकारले अफगानिस्तानसहित विभिन्न चार देशमा वैदेशिक रोजगारीका लागि जान प्रतिबन्ध लगाएको छ। अफगानिस्तानको राजधानी काबुलमा सोमबारको आतंकवादी हमलामा १३ नेपाली मारिएपछि बिहीबार मन्त्रिपरिषद बैठकले अफगानिस्तान, इराक, सिरिया र लिबिया वैदेशिक रोजगारीका लागि असुरक्षित ठहर गर्दै प्रतिबन्ध लगाएको हो।

Ncell Footer Ad