उपेन्द्र लामिछाने

उपेन्द्र लामिछाने

सम्झनामा दशैँ

शनिबार, १८ असोज २०७६

६ दशकअघि दशैँ छेक कलाकार मदनकृष्ण श्रेष्ठ पिङ बाट्नका लागि बाबियो बटुल्न हिँडिरहेका हुन्थे। हातमा चंगा लिएर राजधानीको उत्तर–पश्चिमस्थित जितपुरफेदीका धान खेतको आली–आली ‘चंगा चेट’ भन्दै कुदिरहन्थे। अथवा, खल्तीको दक्षिणा भुइँमा राखेर गन्दै गरेका हुन्थे।

कोही दसैं बनेर आए, कोही आँशु बोकेर गए

शनिबार, १८ असोज २०७६

मलेसियामा पाँच वर्ष रोजगारी गरेर बिहीबार दिउँसो काठमाडौंस्थित त्रिभुवन विमानस्थल ओर्लिएका सुमन श्रेष्ठको मुहार खुसीले बलेको थियो । उनलाई लिन पुगेका आफन्तको अनुहारमा पनि हर्षको सीमा थिएन । हेटौंडादेखि राजधानी आएकी आमा बबिताले उनलाई देख्नेबित्तिकै अँगालो हालेर रोइन् ।

खान लाज माने पनि भरिन्छ पेट

शनिबार, २८ भदौ २०७६

एउटा भनाइ छ– खान लाज माने भोकै परिन्छ। यो कुन ठाउँमा भनिएको हो, थाहा छैन। नेवार समुदायको भोजमा भने तपाईं जतिसुकै लाज माने पनि भोकै पर्नु हुन्न। अर्थात् लाज मान्दामान्दै पनि तपाईको पेट भरिन्छ।

किसानको ढुकुटीमा ज्ञान भण्डार : परिवारमा चारजना पिएचडी

बुधबार, २५ भदौ २०७६

सामान्यतः किसानका घरमा अन्नको भकारी हुन्छ। भक्तपुरका एक किसानले अन्न बेचेर सन्तानलाई पढाए। यतिबेला उनको घरमा ज्ञानको भण्डार छ। यस वर्षको शिक्षा दिवसमा भदौ २२ गते नेपाल विद्या भूषण ‘क’ बाट पुरस्कृतमध्ये चारजना भक्तपुर सल्लाघारीस्थित लक्ष्मीनारायण कोजू र कमलकेशरीका सन्तान हुन्।

गल्तीबिनै माफ माग्या माग्यै

शनिबार, १४ भदौ २०७६

यो उनको गल्ती हैन । तर पनि बारम्बार उनले माफ माग्नुपर्छ । एक पटक होइन, दुई पटक होइन, दैनिक लाखौं पटक । ‘माफ गर्नुहोला, तपाईंले सम्पर्क गर्नुभएको नम्बर...’ भन्दै पटक पटक माफ माग्ने महिला हुन्, ललितपुरकी अनुपमा कर्माचार्य ।

गाईजात्राको रौनक

शनिबार, ३२ साउन २०७६

भक्तपुरमा गाईजात्राका दिन धार्मिक परम्परा अनुसार भैरवको परालबाट निर्मित गाई (रथ) नगर परिक्रमा गराई बिहीबार गाईजात्रा विसर्जन गरिन्छ। ‘भगवानले समेत मर्नुपर्छ भन्ने उदाहरण पनि जात्रामा प्रस्तुत गरिन्छ,’ उनले भने, ‘मृत्युबाट कोही पर छैन भन्ने सन्देश यसले दिएको छ।’

२५ उज्यालो वर्ष

शनिबार, ११ साउन २०७६

सन् १९९४ मा स्थापना भएको तिलगंगा आँखा अस्पतालले २५ वर्षमा ६० लाखभन्दा बिरामीको आँखा उपचार गरेको छ। जसमा अस्पतालमा केन्द्रित भएर ३४ लाख ९० हजार र समुदायमा गएर २५ लाखभन्दा बढी रहेको अस्पतालले जनाएको छ। अस्पतालले १५ लाखभन्दा बढीलाई निःशुल्क सेवा दिएको छ।

जात होइन, भातको कुरा गरौं

शनिबार, ०४ साउन २०७६

एउटै जातिभित्र दुई वर्ग हुने भन्दै जातको आधारमा राज्यले विभेद गर्न नहुने उनको बुझाइ छ।

प्रयासः जीविका पुनर्स्थापनाको

शनिबार, २८ असार २०७६

विकल्प केही नहुँदा रोकिएको जस्तो जीवनमा हरिया तरकारीले केही खुसी ल्याएको गुमानध्वजले बताए। ‘केही पनि नहुँदा निराशा हुँदोरहेछ,’ गोलभेडा टिप्दै गरेका उनले भने, ‘सानै सही, यसले केही आशा जगाएको छ।’

थापा–ठाकुरको ‘याराना’

शनिबार, २१ असार २०७६

कहिले कालिञ्चोकको चिसो कथा, कहिले रौतहटको गर्मीलो कहानी। कहिले सिरसिरे बतासको बयान, कहिले लु (तातो हावा)को व्यथा। कागेश्वरी मनोहरा–७ स्थित गोदार गाउँमा दुई ज्येष्ठ नागरिकले आ–आफ्नो क्षेत्रको वर्णन गर्दा मनोहरा फाँट नजिकैको यो काठ क्षेत्र पहाड र तराईको सुन्दर संगमजस्तै लाग्छ। दोलखा, कालिञ्चोकका ८३ वर्षीय कृष्णबहादुर थापा र रौतहट, देवाहीका ७५ वर्षीय सत्यदेव ठाकुरको आफ्नै लवजका कुराकानीले पनि धेरैको ध्यान खिच्छ। भोजपुरीमा नेपाली लवज मिलाउँदै ठाकुरले बोलेका कुरा र नेपालीमा हिन्दी लवज मिसाउँदै थापाले बोलेका कुरा सुन्दा निकै आकर्षक लाग्छ।

सजिव संग्रहालयको बाटोमा

शनिबार, १४ असार २०७६

नगरमा जात्रा मात्र होइन, दैनिक रूपमा देखिने जीवनशैली पनि त्यति नै आकर्षक छन्। भाडा बनाइरहेका कुमाले हुन् वा चर्खा कातिरहेका वृद्धा। पाटीमा बसेर भजन गाइरहेका बुढापाका हुन् वा खल्याङकुटी खेलिरहेका नानी।

योगको प्रभाव : गुरुकुलदेखि स्कुलसम्म

शनिबार, ०७ असार २०७६

जेठ दोस्रो साता त्रिवेणीधाम पुग्दा नारायणी नदीको किनारमा गुरुकुलका कलिला नानी योगका विभिन्न आसनमा रमाउँदै थिए। असार पहिलो साता कागेश्वरी मनोहरा–६ स्थित एक निजी विद्यालयमा पुग्दा स्कुले नानीहरू उसैगरी ध्यानमा मग्न भेटिए।

प्रकोपपीडितको बेहाल

शनिबार, २५ जेठ २०७६

अविरल वर्षापछि ताण्डव नृत्य मच्चाउँदै आएको भेरीले हेर्दाहेर्दै सुर्खेत बराहताल–२ का ३३ वर्षीय मानबहादुर कठायतको घरदेखि लुगाफाटो हुँदै भाँडाकुँडासमेत सबै बगायो। २०७१ सालमा आएको यो बाढीपछि उनी विस्थापित भए। त्यतिबेलादेखि नै ९ जनाको परिवारसहित शिविरमा बस्दै आएका कठायतलाई यतिबेला भेरीको भेलले भन्दा पनि सरकारी झेलले बढी चिन्तित तुल्याएको छ। ‘न शिविर छाड्न सकिन्छ न त घरै बनाउन सकिएको छ,’ उनले भने– सरकार आफैँले बोलेको कुरासमेत पूरा नगरिदिँदा हाम्रो घाउ बल्झेको बल्झ्यै छ।

देखिने भइन् भक्तपुरकी ‘रानी’

शनिबार, १८ जेठ २०७६

‘सांस्कृतिक जीवनसँग तारबार लगाएर होइन, कुममा कुम जोडेर हिँड्दा बढी सुरक्षित हुन्छ, भक्तपुरको रानीपोखरी खुला गर्ने विषयमा नेपाली सेना र नगरपालिकाबीच भएको पछिल्लो सहमतिले सेनाप्रति जनसम्मान बढेको छ।’

‘चुचुरोमा घरपरिवारको सम्झना आउँदैन्’

सोमबार, १३ जेठ २०७६

‘उनीसँगै मेरो मनपनि सगरमाथा चढिरहेको हुन्छ’, एक साताअघि नागरिकसँगको कुराकानीमा कामीरिताकी श्रीमती लाक्पा शेर्पाले भनेकी थिइन्, ‘उहाँ नआउन्जेल मुटु चिसो भइरहन्छ।’

‘पत्नीभक्त’ सुमन

शनिबार, ११ जेठ २०७६

फेसन मनपराउने धेरैले आफ्नो टिसर्टमा मन परेका देशी–विदेशी कलाकारका तस्बिर अंकित टिसर्ट लगाएको देखिन्छ। कसैले ब्रेटनी र त कसैले बब मार्लीका तस्बिर अंकित टिसर्ट लगाएको थुप्रै भेटिन्छ। भक्तपुर बोडेका एक युवाले भने आफ्नी श्रीमतीको तस्बिर अंकित टिसर्ट लगाएर धेरैको ध्यान खिँचेका छन्।

आफैंलाई जित्दै कामिरिता

बिहिबार, ०२ जेठ २०७६

सन् १९५३ मे २९ मा तेन्जिङ शेर्पासँगै पहिलोपटक सगरमाथा चढेका एडमन्ड हिलारीले भनेका थिए, ‘सगरमाथा दोस्रोपटक कसले चढ्यो भनेर कसैले हेक्का राख्दैन्।’ उनले त्यस्तो बताएको ६६ वर्षपछि ४९ वर्षीय कामिरितालाई धेरैले हेक्का राखे। सन् १९९४ मा पहिलोपटक सगरमाथा आरोहण गरेका सोलुखुम्बु थामे गाउँमा जन्मेका शेर्पाले यसपटक दक्षिणी मोहडाबाट शिखर चुमेको पर्यटन विभाग पर्वतारोहण शाखाका नायब सुब्बा रामेश्वर निरौलाल जानकारी दिए।

संस्कार सिकाउने संस्कृति

शनिबार, २८ बैशाख २०७६

झट्ट हेर्दा बालविवाहजस्तो देखिने यो बेल विवाहमा सहभागी उनको अनुहार खुसीले धपक्कै बलेको थियो। यो संस्कारलाई नेवार शब्दमा ‘इहि’ भन्ने गरिन्छ। उनीजस्तै अन्य ९३ बालिका सहभागी गराएर गरिएको सामूहिक रूपमा बेलविवाहमा सहभागी सायराले आज रमाइलो लागेको सुनाइन्।

सार्वजनिक यातायातमा ‘जीवन यात्रा’

शनिबार, २१ बैशाख २०७६

सूर्यबहादुर राईले यातायात क्षेत्रमा मजदूरी गर्न थालेको १४ वर्षभन्दा बढी भइसक्यो। धनकुटा हिलेबाट आएका उनी सवारीको सहचालकदेखि चालकसम्म लामो यात्रा कठिनताका साथ तय गरे। यात्राको क्रममा उनको सवारीमा थुप्रै प्यासेन्जर चढे अनि ओर्लिए। तर, एक प्यासेन्जर भने उनको गाडीमा चढिन। तर, उत्रिनन्। तिनै यात्रु, भक्तपुर, चाँगुनारायणकी मिना श्रेष्ठले चालक राईसँगै आफ्नो जीवन यात्रालाई अगाडि बढाउदै छिन्।

जब रङहरूले छेपारो बदले

शनिबार, १४ बैशाख २०७६

छेपारोको बारेमा विभिन्न उखान बनेका छन्, जस्तै: ‘छेपारे’। अर्थात् भोलिभन्दा भन्दै छेपारोले कहिल्यै घर बनाउँदैन। छेपारोको रातको बास त देखिएन। तर, घामपानीको यो साता बगैँचामा डुल्दै गरेका छेपाराको तस्बिर खिँच्दा ‘छेपारे प्रवृति’को भने निकै सम्झना आयो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad