केपी ढुंगाना

केपी ढुंगाना

'मिठाई प्याकेटमा ७८ लाख घुस'

बिहिबार, ०९ फागुन २०७५

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन आयुक्त राजनारायण पाठकले ७८ लाख घुस लिएको भिडियो त सार्वजनिक भयो तर कसले खिच्यो ? खिच्नुको प्रयोजन के ? रहस्यमै रह्यो। सञ्चार माध्यममा नाम त आए तर परिर्वतित। ‘शुक्रवार’ ती व्यक्तिसम्म पुग्न सफल भयो मंगलबार। उनी थिए एकजना राष्ट्रिय खेलाडी।

घरबाट खेल्न निस्केका थिए निशान

सोमबार, २१ साउन २०७५

काँडाघारीबाट अपहरणमा परेका ११ वर्षीय बालक निशान खड्काको अपहरणकारीले हत्या गरेका छन्। स्कुलबाट फर्केर घर पुगी खेल्न निस्केका निशान आइतबार साँझ अपहरणमा परेका थिए। सिन्धुपाल्चोक घर भई हाल काडाँघारीमा बस्ने उनी सिनामंगलको हाइल्याण्ड इंग्लिस स्कुलमा कक्षा ६ मा अध्ययनरत थिए।

प्रधानमन्त्री ओलीको सम्पत्तिमा छलाङ

शुक्रबार, १८ जेठ २०७५

२४ वर्ष बीचको यो दुई सम्पत्ति विवरण हो, नेपाललाई समृद्धिको यात्रामा हिँडाउने वाचा गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको। पहिलो सम्पत्ति विवरण उनी पहिलो पटक २०५१ मा गृहमन्त्रीको रुपमा एमालेको अल्पमतको सरकार बन्दाताका सरकारलाई बुझाएको विवरण हो । जुन समयमा प्रधानमन्त्री थिए, मनमोहन अधिकारी।

सुन तस्करीका ६ रहस्य

आइतबार, ३० बैशाख २०७५

दुबई हुँदै हवाईमार्गबाट नेपाल आएर त्रिभुवन विमानस्थलमा कार्यरत विमान कम्पनीका सहयोगीमार्फत् बाहिरिएको साढे ३३ किलो सुन र त्यसको जालो दुई महिनायता नेपालमा चर्चाको शिखरमा छ। नेपालमा सुन तस्करी नौलो घटना हुन छाडेको धेरै भइसकेको छ।

अपुष्ट डायरी, बयान, टेलिफोन कल विवरण

शुक्रबार, २१ बैशाख २०७५

प्रहरीले तल्लो तहका प्रहरी कर्मचारीको बयान, सुन तस्करीको व्यवस्थापक देखिएका चुडामणी उप्रोतीको डेरामा भेटिएको अपुष्ट डायरी, टेलिफोन कल विवरण र हत्या अनुसन्धानमा प्रहरीले अपनाएको अनुशन्धान प्रकृयाको आधारमा साढे ३३ किलो सुन तस्करीमा जोडिएका पूर्व र बहालवाला प्रहरी अधिकारीको भुमिका तय गरेको देखिएको छ।

यसरी जाेगियाे गुण्डा नाइके मनाङेको सम्पत्ति

शुक्रबार, १४ बैशाख २०७५

प्रहरीको खोजीमा सूचीमा परेपछि तीन महिनादेखि कहिले भारत कहिले नेपाल गर्दै आएका दीपक मनाङे अन्ततः काठमाडौंको स्वयम्भु आसपासमा फेला परेका छन् । प्रदेश सभामा विजयी भए पनि सपथ लिनुअगाडि नै ‘कैदी हुनुपर्ने’ पोल खुलेपछि माघ ३ बाट एकाएक सम्पर्कविहीन भएका उनलाई प्रहरीले अन्तमा वैशाख ७ मा काठमाडौंमै फेला पर्याे ।

०७४ : कोमामा न्यायालय

शनिबार, ०१ बैशाख २०७५

न्यायालयका लागि २०७४ साल ग्रहणजस्तै बनेर आयो। राजनीतिक प्रहार, न्यायाधीश बीचको चरम गुटबन्दी र स्वार्थको जालोले कानुनका दफा गिजोलिए। तथ्य केलाउने न्यायाधीशहरु भावनामा चुर्लुम्म डुबेर सुँक्क सुँक्क गर्दै आदेश लेख्न थाले । सार्वजनिक रुपमै दलको पक्षपोषणमा सक्रिय हुँदा न्यायालयको साख कोमामा पुग्यो।

सुरक्षामा २०७४ : कमान्ड फुस्किएको वर्ष

शुक्रबार, ३० चैत २०७४

नेपाल प्रहरीका लागि वर्ष २०७४ अफापसिद्ध भयो। २०७३ को अन्त्यबाट सुरु भएको संगठन प्रमुखको नियुक्तिबारे कानुनी विवाद २०७४ मा टुंगियो तर नियुक्तिका क्रममा पेस गरिएका कागजपत्र सक्कली कि नक्कली भन्ने विवाद अझै जारी छ।

को बन्ला आइजिपी ?

शुक्रबार, २३ चैत २०७४

नेपाल प्रहरीको नेतृत्व फेरिन एक साता मात्र बाँकी छ । चैत २९ मा ३० वर्षीय सेवा अवधिका आधारमा प्रकाश अर्याल अवकाशमा जाँँदैछन् । २६ औं आइजिपीका लागि प्रतिस्पर्धीबीच यसपालि २५ औं आइजिपी चयनताका दाबेदार बीचझैँ ‘लाजमर्दो’ प्रतिस्पर्धा छताछुल्ल भएको छैन। मौकाको ताकमा रहेका ‘दलाल’ पनि केही मुर्झाएका छन् तर आकांक्षी मौन र सरकारले निर्णय गरेअनुसार भनेर निस्क्रिय भने छैनन् ।

सेक्स र्‍याकेटको ट्रान्जिट बन्दै नेपाल

आइतबार, १८ चैत २०७४

भारतका कुख्यात यौन व्यापार हुने कोठीहरूमा नेपाली युवतीलाई बिक्री गरिने समाचार नौलो होइन। अझै पनि कैयौँ नेपाली युवती विभिन्न बहानामा भारत पुर्‍याइ कोठीमा बेचिइरहेकाछन्। यस कथामा भने हालै नयाँ मोड आएको छ। पछिल्लो समय विदेशी युवतीलाई पनि भारतका कोठीमा राख्ने गरिएको खुलेको छ । र, यसको मूल ट्रान्जिट नेपाल बन्न थालेको छ।

‘चेला’ हिरासतमा, ‘गुरु’लाई रेडकर्नर

शनिबार, १० चैत २०७४

कोही जेल पर्ने त कोही इन्काउन्टरमा मारिने गरे पनि तीन वर्षयता गणेश लामा राजनीतिक र प्रहरीमा रहेका केही प्रभावशाली अधिकारीको संरक्षणका कारण सुरक्षित थिए। तत्कालिन मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको केन्द्रीय सदस्य भएर राजनीतिक यात्रा सुरु गर्दै गुण्डा नाइकेको छवि हटाउने अभ्यासमा लागेका उनी विजयकुमार गच्छदारसँगै नेपाली कांग्रेसमा पुगेका थिए।

‘फन्डा’ मा व्यस्त गृहमन्त्री

बिहिबार, ०८ चैत २०७४

सातवटै प्रदेशमा प्रादेशिक सरकार बनिसक्यो। तर सरकारको नीतिअनुसार सुरक्षा कार्यान्वयन गर्ने प्रादेशिक प्रहरीको संरचनै छैन। तीन सातापछि फेरिने प्रहरी नेतृत्व प्रादेशिक हुने कि संघीय टुंगो छैन। संविधानअनुसार प्रहरीमा संघीय संरचना कार्यान्वयनमा तातो लाग्नुपर्ने गृहमन्त्री रामबहादुर थापा ऐन बनाउनेभन्दा पनि चर्चामुखी निरीक्षणमा व्यस्त छन्।

३३ किलाे सुन गायब, भरियाको हत्या

आइतबार, २० फागुन २०७४

अवैध रुपमा नेपाल भित्र्याएको सुनबारे विवाद बढ्न थालेपछि तस्करीमा सक्रिय समूहले आफ्नै समूहका सदस्यको हत्यासमेत गर्न थालेका छन् । यही विवादमा असोजयता दुईजनाको हत्या भएको छ ।

कुख्यात ‘टिके डाँका’ प्रहरी इन्काउन्टरमा मारिए

शनिबार, १३ माघ २०७४

जेलबाट फरार ‘टिके’ भनेर चिनिने कुख्यात डाँका टिकाबहादुर थापा मगर प्रहरी इन्काउन्टरमा मारिएका छन्। उनलाई शनिबार महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले चितवनस्थित रामनगरमा इन्काउन्टर गरेको हो।

ओलीले नचिन्ने मनाङेलाई सर्वोच्चको सरप्राइज

शुक्रबार, १२ माघ २०७४

कानुन पालना गराउने प्रहरी र सुरक्षा तथा कानुनका सञ्चारकर्मीका लागि २०७४ माघ २ सरप्राइज बोकेर आयो । यो सरप्राइज काठमाडौंका चल्तीका दुई गुण्डा नाइकेका लागि समेत सरप्राइज नै थियो । एक थिए– दीपक मनाङे, अर्का चक्रे मिलन । सरप्राइजकर्ता बन्यो सर्वोच्च अदालत ।

भावी नेतृत्व चयन प्रभावित हुनेगरी अध्यादेशको तयारी

बिहिबार, ११ माघ २०७४

भावी प्रहरी महानिरीक्षक चयनमा प्रत्यक्ष प्रभाव पार्नेगरी सरकारले अध्यादेशमार्फत संघीय प्रहरी ऐन ल्याउने तयारी गरेको छ । सरकारले वृत्ति विकासमा प्रत्यक्ष प्रभाव पार्ने ३० वर्षीय सेवाअवधि हटाउने गरी संघीय प्रहरी ऐन अध्यादेशमार्फत जारी गराउने तयारी गरेको हो ।

बोलिभियादेखि नेपालसम्म कोकिन तस्करको जालो

शनिबार, ०६ माघ २०७४

पोर्चुगल र स्पेनको प्रहरीले संयुक्त अपरेसनमार्फत बिहीबार दक्षिण अमेरिकी देश बोलिभियाबाट युरोप पठाउन भुइँकटरभित्र लुकाएको ७ सय ४५ किलो कोकिनसहित नौ जनालाई पक्राउ गर्यो । पक्राउ पर्ने अधिकांश नागरिक बोलिभियाका थिए ।

पूर्वडिआइजी सिलवालविरुद्ध पक्राउ पुर्जी

बुधबार, १९ पुष २०७४

कार्यसम्पादन मूल्यांकनमा आफू पहिलो नम्बरमा रहेको दाबी गर्दै सर्वोच्च अदालतमा पेस गरेको फाराम किर्ते भएको अनुसन्धानमा पूर्वडिआइजी तथा ललितपुर १ का प्रतिनिधिसभा सदस्य नवराज सिलवाल औपचारिक रूपमा जोडिएका छन् । सर्वोच्चको आदेशअनुसार पुस ५ मा आरोपित नखुलाई सरकारी दस्तखत छाप किर्तेमा जाहेरी दर्ता गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले सिलवाललाई पक्राउ गर्न पत्र काटेपछि सिलवाल किर्ते अनुसन्धानमा जोडिएका हुन् ।

पूर्व डिआइजी सिलवालविरुद्ध पक्राउ पुर्जी, सिलवाल भने क्वालालम्पुरमा

मङ्गलबार, १८ पुष २०७४

महानगरीय प्रहरी परिसर काठमाडौंले सांसद तथा पूर्व डिआइजी नवराज सिलवाललाई पक्राउ गर्न ललितपुर प्रहरीलाई पत्र पठाएको छ।

प्रमाण नष्ट गर्न आगो लगाएको प्रहरी निष्कर्ष

मङ्गलबार, ११ पुष २०७४

सशस्त्र प्रहरी बलको हेडक्वाटरमा भएको आगलागी भ्रष्टाचार सम्बन्धी कागजपत्र नष्ट गर्न सशस्त्रको कर्मचारीले गराएको प्रहरी अनुसन्धानमा खुलेको छ । महानगरीय प्रहरी अपराध महाशाखाको अनुसन्धानमा सशस्त्रको ढुवानी सम्बन्धी कागजपत्र जलाउन सशस्त्र प्रहरी हवल्दार रामकृष्ण श्रेष्ठले मट्टितेल छर्किएर आगो लगाएको खुलेको हो । महाशाखा प्रमुख एसएसपी दिवस लोहनीका अनुसार अनुसन्धानमा श्रेष्ठ आफैंले जानजान आगलागी गराएको देखिएपछि पक्राउ गरी अनुसन्धान प्रकृया अगाडि बढाउन महानगरीय प्रहरी बृत्त स्वयम्भुमा पठाइएको छ ।

Ncell Footer Ad