नागरिक

नागरिक

बाढीको बहाव

मङ्गलबार, ३१ असार २०७६

पानीको आफ्नै बहाव हुन्छ। सदियौँदेखि पानी परिरहेको छ। बाढी आइरहेको छ। अहिले पनि पानी परिरहेको छ। यसरी परेको पानी खोला, खोल्सा, नदी हुँदै प्राकृतिक बहावअनुरूप जान नपाउँदा बर्सेनि क्षति बढेको छ।

मङ्गलबार खण्डग्रास चन्द्रग्रहण

सोमबार, ३० असार २०७६

आषाढ शुक्ल पूर्णिमाका दिन मङ्गलबार खण्डग्रास (आधा चन्द्रमा ढाक्ने) चन्द्रग्रहण लाग्दैछ। ग्रहणले राति १ः४६ बजेदेखि आग्नेय कोण (पूर्व र दक्षिणको बीच) बाट स्पर्श गर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र पोखरेलले जानकारी दिए।

प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालय नछाड्न निर्देशन

सोमबार, ३० असार २०७६

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई २४ सै घण्टा कार्यालयमा रहन निर्देशन दिएको छ।

प्रतिनिधिसभा स्थगनबारे आरोप प्रत्यारोप

सोमबार, ३० असार २०७६

संघीय संसद प्रतिनिधिसभाको बैठक स्थगित भएको विषयलाई लिएर सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच आरोप प्रत्यारोप चलेको छ।

हकप्रद सेयर निष्काशनमा लगानीकर्ताले आफ्नो हकभन्दा बढि आवेदन दिन सक्ने व्यवस्था गर्ने

सोमबार, ३० असार २०७६

नेपाल धितोपत्र बोर्डले आगामी आर्थिक वर्षबाट हकप्रद सेयर निष्काशनमा लगानीकर्ताले आफ्नो हकभन्दा बढि आवेदन दिन सक्ने व्यवस्था गर्ने भएको छ।

चार देशका राजदूतले राष्ट्रपतिसमक्ष ओहदाको प्रमाणपत्र बुझाए

सोमबार, ३० असार २०७६

विभिन्न देशका राजदूतले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र पेश गरेका छन्।

शेयर बजारः नेप्से पाँच अङ्कले बढ्यो

सोमबार, ३० असार २०७६

सामान्य अवस्थामा रहेको धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ५.०८ बिन्दुले बढेर एक हजार २५४.५६ बिन्दुमा पुगेको छ।

सभामुख सरकारसँग डराएः देउवा

सोमबार, ३० असार २०७६

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले साउन ८ गतेसम्म प्रतिनिधिसभा बैठक स्थगित गरिएकोमा आपत्ति जनाएको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद सचिवालयले सोमबार सूचना टाँस गरी आगामी साउन ८ गते बुधबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित गरेकोमा आपत्ति जनाएका हुन्।

देह व्यापारको आरोपमा सात जना पक्राउ

सोमबार, ३० असार २०७६

विकास होटल र होटल रोयल प्लेसमा यौन व्यापार गराउने कार्यमा संलग्न रहेको आरोपमा सात जनालाई प्रहरीले पक्राउ गरेको छ।

अमेरिकासँग वार्ता गर्न तयार रहेको इरानी राष्ट्रपतिको भनाई

सोमबार, ३० असार २०७६

इरानका विरुद्धमा लगाइएको नाकाबन्दी हटाउने हो भने इरान अमेरिकासँग वार्ताको टेबलमा बस्न तयार रहेको इरानी राष्ट्रपति हसन रौहानीले बताएका छन्। उनले भने– यदि अमेरिकाले इरानका विरुद्धमा लगाइएका नाकाबन्दीहरुलाई हटाउँछ भने हामी उनीहरुसँग वार्ताको टेबलमा बस्न तयार छौँ।

रुसमा बस दुर्घटना

सोमबार, ३० असार २०७६

रुसको स्वायत्त क्षेत्र बाशकोर्टोस्तानमा बस दुर्घटना हुँदा छ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले बताएका छन्।

मनसुन अझै सक्रिय: भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह

सोमबार, ३० असार २०७६

मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभागमा अवस्थित रहेको अझै केही दिन देशभरि नै मनसुनी गतिविधि सक्रिय रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

उत्तरी अफगानिस्तानमा बारुदी सुरुङ बिस्फोट

सोमबार, ३० असार २०७६

उत्तरी अफगानिस्तानको बाल्ख प्रान्तमा बारुदी सुरुङ बिस्फोट हुँदा दुई बालबालिकाको ज्यान गएको सैनिक स्रोतले जनाएको छ।

प्रहरी हिरासतबाटै तीन थुनुवा फरार

सोमबार, ३० असार २०७६

खजुरा गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय धनौलीबाट प्रहरी हिरासतमा रहेका तीन थुनुवा फरार भएका छन्।

सांसदहरु बाढी पहिरो प्रभावित क्षेत्रमा जान पर्ने भन्दै प्रतिनिधिसभा बैठक स्थगित

सोमबार, ३० असार २०७६

प्रतिनिधिसभाको बैठक सुचना टाँसेर स्थगित गरिएको छ। सोमबार १ बजेका लागि बोलाईएको बैठक बस्दै नबसी सूचना टांसेर स्थगित गरिएको हो।

जलवायु परिवर्तनकाे प्रभाव न्यूनिकरण गर्न विश्वस्तरमा सहकार्यको आवश्यकताः प्रधानमन्त्री ओली

सोमबार, ३० असार २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनले पारेको नकारात्मक असरलाई न्यूनिकरण गर्न जनतालाई सशक्त बनाउँदै लैजाने योजना अघि सारेका छन्।

बाढी, पहिरोका कारण कहाँ कहाँ सडक अवरुद्ध छ ? (विवरण सहित)

सोमबार, ३० असार २०७६

बाढी र पहिरोका कारण देशका एक दर्जन बढी जिल्लाका सडक अवरुद्ध भएका छन्। मध्यपहाडी राजमार्ग, पूर्वपश्चिम राजमार्ग लगायतका सडकमा बाढी र पहिरोले अवरोध पुर्‍याएको छ।

संसदमा पूर्व निर्धारित छलफल स्थगन गरी बाढीको विषयमा छलफल गरौं

सोमबार, ३० असार २०७६

सार्वजनिक महत्वको विषयमाथि छलफल गर्न बस्ने आजको प्रतिनिधिसभाको बैठक स्थगन गर्न नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीका नेताहरुले माग गरेका छन्।

‘एन्फा बाह्रै महिना चलायमान छ’

सोमबार, ३० असार २०७६

प्रदेश नं १ सरकारसँग सहकार्य गरेर अखिल नेपाल फुटवल संघ(एन्फा)ले मुख्यमन्त्री कप प्रदेश लिग प्रतियोगिता आयोजना गरिरहेको छ। प्रदेश १ को १४ जिल्लालाई ३ क्षेत्रमा विभाजन गरेर प्रत्येक क्षेत्रबाट शीर्ष २ क्लब फाइनल चरण खेलिरहेको छ। फाइनल चरण विराटनगरमा हुने भनिएपनि मौषमको कारण देखाउदै धरान सारिएको छ।

विश्वकप क्रिकेटमा सट्टाबाजी खेलाउने दुई जना पक्राउ

सोमबार, ३० असार २०७६

विश्वकप क्रिकेटमा सट्टाबाजी खेलाएको आरोपमा दुई जना पक्राउ परेका छन्। बीरगंज महानगरपालिका ७ बस्ने ३१ वर्षीय आशिष कुमार वर्ण वाल र सोही महानगरपालिकाका १९ बस्ने २१ वर्षीय निरज तिवारी पक्राउ परेका हुन्।

Ncell Footer Ad