नागरिक

नागरिक

कङ्गोमा सडक दुर्घटनामा परी २४ जनाको मृत्यु

सोमबार, ०४ कार्तिक २०७६

कङ्गोको राजधानी शहर किन्सासामा आइतबार बिहान सबेरै भएको सडक दुर्घटनामा परी कम्तीमा पनि २४ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन्।

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग शिलान्यास

सोमबार, ०४ कार्तिक २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले आज नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग शिलान्यास गरेका छन्।

बैद्य माओवादीले उपनिर्वाचिन बहिष्कार गर्ने

सोमबार, ०४ कार्तिक २०७६

मोहन बैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले आगामी मंसीर १४ गते हुने उपनिर्वाचिन बहिष्कार गर्ने भएको छ। नेकपा (क्रान्तिकारी माओवादी) ले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो उपनिर्वाचन सक्रिय रुपमा बहिष्कार गर्ने निर्णय गरिएको जानकारी गराएको हो।

एक सय ९१ तोला चाँदीसहित एक जना पक्राउ

सोमबार, ०४ कार्तिक २०७६

प्रहरीले भन्सार छलेर ल्याएको १ सय ९१ तोला चाँदीको गरगहनासहित एक जनालाई पक्राउ गरेको छ।

नेपाल भ्रमण वर्ष सफल पार्न सघाउने जापानी प्रधानमन्त्रीको प्रतिबद्धता

सोमबार, ०४ कार्तिक २०७६

राष्ट्रपति विद्यादेवी भण्डारी र जापानका प्रधानमन्त्री सिन्जो आबेबीच भेटवार्ता भएको छ। सोमबार बिहान टोकियोस्थित ‘आकासाका प्यालेस, स्टेट गेष्ट हाउस’ मा भएको भेटवार्तामा नेपालको आर्थिक विकासमा जापानी सहयोगका विषयमा छलफल भएको थियो।

हप्किडोमा प्रदेश नं ५ उत्कृष्ट

सोमबार, ०४ कार्तिक २०७६

परिवर्तन गाउँपालिकामा भएको शहीद स्मृति हप्किडो राष्ट्रिय प्रतियोगितामा प्रदेश नं ५ पहिलो भएको छ। आइतबार सम्पन्न उक्त प्रतियोगितामा प्रदेश ५ ले आठ स्वर्ण पदक जितेको छ ।

पीडित किसानको लगत सङ्कलन गर्दै प्रदेश सरकार

सोमबार, ०४ कार्तिक २०७६

सुदूरपश्चिम प्रदेश सरकारले कैलाली र कञ्चनपुरमा लगाइएको ‘गरिमा धान’ नफलेर पीडित बनेका किसानको लगत सङ्कलन गरिरहेको छ।

'आङ सान सुकी नेपाल आउने'

सोमबार, ०४ कार्तिक २०७६

सरकारले म्यानमारका स्टेट काउन्सिलर आङ सान सुकीको नेपाल भ्रमणको तयारी सुरु गरेको छ।

जनता आवास कार्यक्रममा ३ सय ६१ आवास निर्माण

सोमबार, ०४ कार्तिक २०७६

जनता आवास कार्यक्रमअन्तर्गत सुनसरी, मोरङ र उदयपुर गरी ३ सय ६१ आवासको निर्माणकार्य सम्पन्न भएको छ।

गोकर्णमा उद्यान शिलान्यास

सोमबार, ०४ कार्तिक २०७६

काठमाडौँ महानगरपालिका र गोकर्णेश्वर नगरपालिकाले संयुक्त रुपमा गोकर्ण उद्यान निर्माण गर्न  थालेको छ।

च्याउ खेतीमा व्यस्त वडा कार्यालय

सोमबार, ०४ कार्तिक २०७६

ग्रामिण भेगका उपभोक्ता अधिकार सुनिश्चित गर्न पटक–पटक होटल पसलको अनुगमन गर्दै आएको सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–९ लोखिमले वडा कार्यालयको नेतृत्वमा च्याउ खेती गरेपछि पुनःचर्चा शुरु भएको छ। स्थानीय सम्भावनालाई दर्शाएर यूवाहरुलाई गोलबन्दगर्ने र वडा कार्यालयको आन्तरिक आम्दानी वृद्धि गर्ने उद्देश्यले च्याउ खेतिको शुरुवात गरेको वडाअध्यक्ष भुपालसिं राईले बताए।

स्थानीय तहमा नेकपाको एकता सम्पन्न

सोमबार, ०४ कार्तिक २०७६

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले जाजरकोटका सातै स्थानीय तहको एकता सम्पन्न गरेको छ।

अतिक्रमण गरी बनाइएका संरचना हटाइँदै

सोमबार, ०४ कार्तिक २०७६

पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको भीमदत्त नगरपालिकामा स्थानीय तह र प्रहरी प्रशासनको संयुक्त पहलमा आइतबारदेखि राजमार्ग छेउछाउका खोका छाप्रा तथा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाइएको छ।

एघार वर्षपछि गाउँमा बिजुली बल्यो

सोमबार, ०४ कार्तिक २०७६

गल्धाफाँट क्षेत्रमा एघार वर्षपछि बिजुली बलेको छ। विद्युतीकरणका लागि काम थालनी भएको ११ वर्षमा बलेपछि गाउँवासी खुशी छन्।

विद्युत महसुल बुझाउनै सकस

सोमबार, ०४ कार्तिक २०७६

आइतबार विद्युत कार्यालय घोराही वितरण केन्द्रमा विद्युतको महसुल बुझाउन आएका घोराही–६ का हर्कबहादुर डाँगीले गुनासो गर्दै भने, 'हामीले सरकारलाई पैसा बुझाउँछौँभन्दा पनि यति सास्ती खेप्नुपर्ने ?' विद्युत कार्यालय घोराही वितरण केन्द्रमा घण्टौँ लाइनमा बस्दा पनि पालो नआएपछि उनको आक्रोश झन् बढेको थियो। '५० रुपैयाँ टेम्पुलाई तिरेर आएको जाँदा ५० तिर्ने हो। १ सय रुपैयाँ विद्युत महसुल बुझाउन अरु १ सय रुपैयाँ खर्च हुन्छ, अझ दिनभरिको समय पनि त्यत्तिकै बित्ने गर्दछ।'

लागुऔषधका कारण आपराधिक घटना

सोमबार, ०४ कार्तिक २०७६

लागुऔषध ओसारपसार तथा प्रयोग गर्नेको सङ्ख्या बढ्दै जाँदा समाजमा विभिन्नखाले आपराधिक घटना पनि बढ्न थालेको छ।

शिक्षकको तलबलाई १४ लाख रुपैयाँ सहयोग

सोमबार, ०४ कार्तिक २०७६

जिल्लाको म्याग्दे गाउँपालिका–६ स्थित एक सामुदायिक विद्यालयमा शिक्षकको तलबका लागि सूर्य नेपाल प्रालिले १४ लाख रुपैयाँ सहयोग गरेको छ। शुक्लागण्डकी नगरपालिका–७ मा रहेको सूर्य नेपालले रत्न माध्यमिक विद्यालयमा शिक्षक राख्न १४ लाख रुपैयाँ सहयोग गरेको हो।

उपमहानगरभित्रै बाँदर आतङ्क

सोमबार, ०४ कार्तिक २०७६

पहाडी क्षेत्रका बस्तीहरुमा बाँदरले सास्ती दिएका समाचार पढेका नेपालगञ्जवासीले केही दिनदेखि बाँदरको सास्ती भोग्दै आएका छन्। नेपालगञ्ज उपमहानगरपालिका–१६ स्थित जयसपुरमा बाँदरले आतङ्क मच्चाएका छन्।

विज्ञान र प्रविधिको प्रयोगलाई उच्च प्राथमिकता दिनुपर्छः उपराष्ट्रपति पुन

सोमबार, ०४ कार्तिक २०७६

उपराष्ट्रपति नन्द बहादुर पुनले राष्ट्रिय आकांक्षा पुरा गर्नका लागि विज्ञान र प्रविधिको उच्चतम प्रयोग गर्नुपर्ने बताएका छन्।

वन क्षेत्र प्रयोग गर्ने प्रक्रिया सरल बनेपछि प्रयोग बढ्दै

सोमबार, ०४ कार्तिक २०७६

विभिन्न निकायलाई अन्य प्रयोजनका लागि १६ हजार ७१६ हेक्टर वन क्षेत्र उपलब्ध गराइसकेको छ। मन्त्रालयले ती निकायलाई फरकफरक १२ प्रयोजनका लागि सरकारी वन क्षेत्रको उक्त जग्गा प्रयोग गर्न दिएको हो।

Ncell Footer Ad