नागरिक

नागरिक

सेयर बजार साेमबार पनि अाेरालै, २ अंकले घट्याे

सोमबार, २० असार २०७३

काठमाडौँ– सेयर बजार ओरालो लाग्ने क्रम साेमबार पनि जारी रह्यो। नेपाल स्टक एक्चेन्जका अनुसार सेयर बजार आज दुई अङ्कले घटेर एक हजार ७१७ बिन्दुमा कायम रहेको छ। आइतबारबाटै घट्ने क्रम सुरु भएको सेयर बजार एक हजार ७१९ बिन्दुमा कायम रहेको थियो।

सेनाद्वारा विपद् व्यवस्थापनका लागि ७ अर्ब माग

सोमबार, २० असार २०७३

काठमाडौँ– नेपाली सेनाले विपद् व्यवस्थापनको क्षमता अभिवृद्धि गर्न रु. ७ अर्ब बजेट माग गरेको छ। सो मागमध्ये सेनालाई रु तीन अर्ब र अर्को रु तीन करोड नियमित बजेटबाट विपद् व्यवस्थापन कार्यका लागि निकासा भएको छ ।

पूर्वाञ्चलमा २२ प्रतिशत रोपाइँ

सोमबार, २० असार २०७३

विराटनगर– पूर्वाञ्चलमा असारको तेस्रो सातासम्ममा २२ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। गत वर्ष उक्त अवधिमा २० प्रतिशत रोपाइँ मात्र सम्पन्न भएको थियो। यस वर्ष समयमै वर्षाका साथै कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ लिमिटेडले पर्याप्त मलको व्यवस्था गरेकाले रोपाइँमा वृद्धि भएको हो।

नियुक्तिपत्र नदिई काम लगाउन पाइँदैनः अध्यक्ष विष्ट

सोमबार, २० असार २०७३

भक्तपुर– नेपाल पत्रकार महासङ्घका अध्यक्ष महेन्द्र विष्टले अब कुनै पनि सञ्चारमाध्यमले नियुक्तिपत्र नदिई काममा लगाउन नपाइने बताएका छन्।

सतर्कताका लागि बाढी–पहिराेकाे सूचना अब माेबाइलमै पठाइने

सोमबार, २० असार २०७३

काठमाडौँ– जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न बाढी प्रभावित क्षेत्रमा पूर्वसतर्कताका लागि साेमबारदेखि सूचना प्रवाहको व्यवस्था मिलाएको छ।

काँग्रेसको ध्यान पार्टी सुदृढीकरणमा हुनुपर्छ – नेतृ कोइराला

सोमबार, २० असार २०७३

काठमाडौं– नेपाली काँगे्रसकी नेत्री सुजाता कोइरालाले अहिले काँग्रेसले सरकार गिराउनेमा भन्दा सङ्गठन निर्माणमा आफ्नो ध्यान लगाउनुपर्ने बताएकी छन्।

ओली सरकारको योजनामा जनता उत्साहीः कांग्रेस नेतृ कोइराला

सोमबार, २० असार २०७३

नेपाली काग्रेसकी नेतृ सुजाता कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको योजनामा जनता उत्साही भएको बताउँदै उनको विकल्प खोजे मुलुक दुर्घटनामा पर्ने दाबी गरेकी छिन्।

जिविस सिरहामा बम विस्फोट गराउने चार वर्षपछि पक्राउ

सोमबार, २० असार २०७३

लहान—जिल्ला विकास समिति सिरहाको कम्पाउण्डमा कुकर बम विस्फोट गराई विगत चार वर्षदेखि फरार रहेका एक युवकलाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको छ।

विरामीबाट लिएको रकम फिर्ता

सोमबार, २० असार २०७३

उदयपुर–सरकारी अस्पतालमा आएका विरामीलाई आप्mनो निजी अस्पतालमा लगेर मोटो रकम असुल गरेका जिल्ला अस्पताल उदयपुरमा कार्यरत स्त्रीरोग विशेषज्ञ डा. धनिकलाल यादव (डिएल) ले चौतर्फी विरोध भएपछि विरामीको रकम फिर्ता गरेका छन्।

स्थानीय तहको सङ्ख्या तथा सिमाना निर्धारण आयोगलाई चटाराे

सोमबार, २० असार २०७३

काठमाडौँ– गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सिमाना निर्धारण आयोगलाई यतिखेर ‘असार पन्ध्र’ जतिकै चटारो छ। सरकार आगामी मङ्सिर महिनामै स्थानीय तहको निर्वाचन गराउन अग्रसर भएकाले सो आयोगलाई पनि तोकिएको समयसीमाभन्दा अगावै काम सम्पन्न गर्नुपर्ने बाध्यता बढेको हो।

किसानलार्इ रासायनिक मल पुर्याउन प्रतिपक्षी दलका सांसदकाे अग्रह

सोमबार, २० असार २०७३

काठमाडौँ– व्यवस्थापिका–संसद्को साेमबारको विशेष समयमा भाग लिने सांसदहरुले कृषकलाई रासायनिक मलखाद र भूकम्पपीडित जनतालाई आवास निर्माणको लागि तत्काल अनुदान उपलब्ध गराउन माग गर्दै राष्ट्रिय गौरवका आयोजनामा निर्माणमा समेत देखिएको गुणस्तरहीन र लापर्बाहीलाई रोक्नका लागि अनुगमनलाई चुस्त तुल्याउन सरकारलाई सुझाव दिएका छन्।

पहिरोले गुम्दाको लघु जलविद्युत् अवरुद्ध, २६० परिवार अँध्याराेमा

सोमबार, २० असार २०७३

गोरखा– अविरल वर्षापछि झरेको पहिरोले गोरखाको गुम्दास्थित माग्लुङखोला लघुजलविद्युत् आयोजना फेरि अवरुद्ध भएको छ। गत वर्ष वैशाख १२ गते गएको भूकम्पले क्षतिग्रस्त भएको लघुजलविद्युत् आयोजना स्थानीयवासीले मर्मत गरेको एक साता नबित्दै पहिरो झरेपछि आजदेखि अवरुद्ध भएको स्थानीयवासी भीमप्रसाद गुरुङले जानकारी दिए।

युके भ्रमणमा निस्किने नेपाली क्रिकेट टोलीको घोषणा

सोमबार, २० असार २०७३

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) अन्तर्गतको छनोट समितिले युके (संयुक्त अधिराज्य)को तयारी भ्रमणमा निस्कने नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ ।

युके भ्रमणमा निस्किने १५ सदस्यीय नेपाली क्रिकेट टोलीको घोषणा

सोमबार, २० असार २०७३

काठमाडौँ– अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) अन्तर्गतको छनोट समितिले युके (संयुक्त अधिराज्य)को तयारी भ्रमणमा निस्कने नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ।

चीनसँग इन्धन ल्याउने प्रस्ताव परराष्ट्र मन्त्रालयमा

सोमबार, २० असार २०७३

काठमाडौँ- आपूर्ति मन्त्रालयले नेपाल र चीनबीच भएको दुईपक्षीय सम्झौताबमोजिम पेट्रोलियम पदार्थ खरिदको प्रक्रिया अघि बढाउनेसम्बन्धी प्रस्ताव परराष्ट्र मन्त्रालयमा पठाएको छ।

अमेरिकी दूतवास नजिक आत्मघाती विस्फोट

सोमबार, २० असार २०७३

साउदी अरेवियाको जिद्दा शहर नजिक रहेको अमेरिकी वाणिज्य दूतवास नजिकै आत्मघाती विस्फोट गराइएको छ। साउदी सरकारले मंगलबार एक विज्ञप्ति जारी गर्दै विस्फोटको जानकारी दिएको हो ।

नागरिकतासम्बन्धी ऐन कार्यान्वयनमा चुनौती

सोमबार, २० असार २०७३

नागरिकता तथा पञ्जीकरणसम्बन्धी ऐन र कानुन कार्यान्वयनमा चुनौती रहेकाले समयानुकूल यसको परिमार्जन गर्नुपर्नेमा सरोकारवाले जोड दिएका छन् ।

परिवार दलको महाधिवेशनको तयारी पूरा

सोमबार, २० असार २०७३

नेपाल परिवारद दलले दोस्रो राष्ट्रिय महाविधेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। मंगलबार प्रज्ञा भवन कमलादीमा उद्घाटन हुने महाधिवेशन दुई दिनसम्म चल्नेछ।

किताब माग्न ज्ञापन पत्र

सोमबार, २० असार २०७३

बाजुरा- शैक्षिक सत्र सुरु भएको तीन महिना वितिसक्दा पनि बाजुरामा विद्यार्थीका हातमा पाठ्यपुस्तक पुग्न सकेको छैन।

सेयर कारोबार समय बढाउन गृहकार्य

सोमबार, २० असार २०७३

काठमाडौं-पछिल्ला महिनामा लगानीकर्ताको अकर्षण सेयर बजारमा बढेसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सेयर कारोबारको समय बढाउने विषयमा विचारविमर्श गर्न थालेको छ।

Ncell Footer Ad