नागरिक

नागरिक

प्रधानमन्त्रीलाई साहसीक निर्णय लिन युवा संघको आग्रह

बुधबार, २९ असार २०७३

काठमाडौं- नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले प्रधानमन्त्री केपी ओलीलाई साहसीक निर्णय लिन आग्रह गरेको छ।

चिनियाँ जहाज खरिदसम्बन्धी सूचना दिन आयोगको आदेश

बुधबार, २९ असार २०७३

काठमाडौँ- राष्ट्रिय सूचना आयोगले नेपाल वायु सेवा निगमले खरिद तथा अनुदानमा ल्याउन लागेको चिनियाँ जहाजसम्बन्धी नेपाल र चीनबीच भएका सम्झौता सार्वजनिक गर्न आदेश दिएको छ।

सहमतीय सरकारका लागि अझै तयार छौं: नेता शर्मा

बुधबार, २९ असार २०७३

काठमाडौँ-नेकपा (माओवादी केन्द्र)का नेता दीनानाथ शर्माले सहमतीय सरकारका लागि अझै आफ्नो पार्टी तयार रहेको बताएका छन्।

संसद बैठक शुक्रबार १ बजे

बुधबार, २९ असार २०७३

काठमाडौं- व्यवस्थापिका संसदको बैठक शुक्रबार मध्यान्ह सम्मका लागि स्थगित भएको छ। संसदको बैठक शुक्रबार दिउँसो एक बजे सम्मका लागि स्थगित भएको हो।

मोर्चा र संघीय गठवन्धनले अविश्वासको प्रस्तावमा समर्थन गर्ने

बुधबार, २९ असार २०७३

काठमाडौं- प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार ढाल्न नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र ले संसदमा लैजाने अविश्वासको प्रस्तावमा मधेसी मोर्चा र संघीय गठवन्धनले पनि हस्ताक्षर गर्ने भएको छ।

'संविधानप्रतिको असन्तुष्टि साम्य पार्न सरकार ढाल्नु बाध्यता'

बुधबार, २९ असार २०७३

काठमाडौं— सरकारविरुद्ध संसदमा अविश्वास प्रस्ताव दर्ता गराएका नेपाली कांग्रेस, माओवादी केन्द्रले सरकार ढाल्नु पर्नाका कारणबारे स्पष्ट पारेका छन्। उनीहरुले नयाँ संविधानप्रति असन्तुष्ट मधेसवादी दल तथा अन्य पक्षसँग सहमति गर्न वर्तमान सरकार ढाल्नु परेको तर्क दिएका छन्।

‘बाध्य भएर अविश्वासको प्रस्ताव दर्ता गर्नु परेको हो’

बुधबार, २९ असार २०७३

काठमाडौँ-नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले बाध्य भएर प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नुपरेको बताएका छन्।

विभागले मागअनुसार ‘स्मार्ट कार्ड’ दिन सकेन

बुधबार, २९ असार २०७३

काठमाडौँ-यातायात व्यवस्था विभागले सेवाग्राहीको मागअनुसार ‘स्मार्ट कार्ड’ वितरण गर्न सकेको छैन। चालक अनुमतिपत्रलाई ‘स्मार्ट कार्ड’ मा परिवर्तनका लागि ६२ हजारले राजस्व तिरेको सवारी चालक अनुमतिपत्र बागमती कार्यालयले जनाएको छ।

२५ सांसद भएको राप्रपा नेपालले ओलीलाई साथ दिने

बुधबार, २९ असार २०७३

काठमाडौं—राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको संसदीय दल तथा केन्द्रीय समितिको संयुक्त बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुहुने कदमको समर्थन गर्ने निर्णय गरेको छ।

डा.पोखरेललाई पितृशोक

बुधबार, २९ असार २०७३

काठमाडौं—राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा.गोविन्दराज पोखरेललाई पितृशोक परेको छ। उनका पिता विष्णुप्रसादको ८९ वर्षको उमेरमा मंगलबार निधन भएको हो।

पोकेमन गो ह्वाइटहाउसदेखि डार्विन प्रहरी चौकीसम्म !

बुधबार, २९ असार २०७३

ह्वाइटहाउस– लाखौं पोकेमन गोका पारखीहरु कार्टुन मोस्टर खोज्न आफ्नो घर तथा कार्यलय छोडिरहेको बेला केही मासिनहरुले भने आश्चर्य रुपमा आफ्नो घर तथा कार्यलयलाई एक आकर्षक केन्द्रका रुपमा रुपान्तरित भएको पाएका छन्।

युरोपमा योगदान पुर्‍याउने नेपाली सम्मानित

बुधबार, २९ असार २०७३

बार्सिलोना—युरोपमा सामाजिक,पत्रकारिता र संगीतको क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वहरु सम्मानित भएका छन्। सोमबार स्पेनको बार्सिलोनामा एक भब्य समारोह बीच बीबीसी नेपाली सेवाका पूर्व प्रमुख खगेन्द्र नेपाली,गैर आबासीय नेपाली संघ (एनआरएनए) युरोप क्षेत्रका संयोजक कुल आचार्य र बाँसुरी बाधक बिनोद कटुवाल सम्मानित भएका हुन्। युरोपबाट संचालित अनलाईन मिडिया नेपालीनेपाली डटकमले आफ्नो दोस्रो बार्षिकोत्सवको उपलक्ष्यमा तिनै जनालाई सम्मान गरेको हो।

डा.केसीको स्वास्थ्य जोखिमपूर्ण

बुधबार, २९ असार २०७३

काठमाडौं— राष्ट्रिय मानव अधिकार आयोगको टोलीले चार दिनदेखि अनसनरत डा.गोविन्द केसीको स्वास्थ्य जोखिमपूर्ण रहेको भन्दै चासो देखाउन ध्यानाकर्षण गराएको छ। आयोग अधिकृत दीपेन्द्र सिंहको नेतृत्वको टोलीले केसीको स्वास्थ्यमा अस्पताल प्रशासनले चासो नदिँदा उनको अवस्था गम्भीर हुँदै गएको औंल्याएको हो।

उपप्रधान तथा परराष्ट्र मन्त्री थापा आजदेखि मन्त्रालय नजाने

बुधबार, २९ असार २०७३

काठमाडाैं-उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापाले आजैका दिनदेखि मन्त्रालयमा हाजिर नहुने र नीतिगत निर्णय पनि नगर्ने जनाएका छन्। राप्रपा नेपालका अध्यक्ष समेत रहेका थापाले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको कारण सरकार नैतिक संकटमा परेको भन्दै यो अवस्थामा मन्त्रालयमा साविक अवस्थामा जस्तो काम गर्नु उचित नहुने भन्दै यस्तो निर्णय लिएको राप्रपा नेपालका केन्द्रिय सदस्य राजाराम बर्तौलाले जानकारी दिए।

इजिप्टमा सयौं मानिस बलपूर्वक बेपत्ता बनाइएको एमनेस्टिको भनाई

बुधबार, २९ असार २०७३

कायरो–इजिप्टका सैन्य अधिकारीहरुले सयौं इजिप्टियन नागरीकलाई बलपूर्वक बेपत्ता बनाएको तथा याताना दिएको एमनेस्टि इन्टरनेशनलले जनाएको छ। सरकारका तर्पmबाट बेपत्ता पारिएकाहरु मध्ये अधिकाशं विद्यार्थी र सरकार विरोधी प्रर्दशनमा उत्रिएका केही नेता तथा कार्यकर्ताहरु रहेका छन्। बेपत्ता पारिएका मध्ये केहीको उमेर १४ वर्षभन्दा कम रहेको पनि एमनेस्टिले जनाएको छ।

संसद् सुरु हुनुअगावै अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी

बुधबार, २९ असार २०७३

काठमाडौँ– नेकपा (माओवादी केन्द्र)का नेता गिरिराजमणि पोखरेलले आफ्नो दलले व्यवस्थापिका–संसद्को आजको बैठक सुरु हुनुअगावै वर्तमान सरकार विरुद्ध अविश्वासको प्रस्ताव संसद् सचिवालयमा दर्ता गराउने जानकारी दिएका छन्।

EXCLUSIVE दृश्यः चीनमा थुनियो भोटेकोसी, नेपालमा रच्यो विनाश

बुधबार, २९ असार २०७३

सिन्धुपाल्चोकको तातोपानी नाका नजिकैको चिनिया क्षेत्र खासा बजार र नेलामबीचको ७०७ पुलमा गएको पहिरोले भोटेकोसी नदी थुनियो। खासा क्षेत्रमा पहिरोले थुनिएको भोटेकोसी एक्कासी फुटेपछि उर्लेर आएको बाढीले नेपाल–चीन नाका तातोपानी क्षेत्रमा असार २१ गते विनाशलिला मच्चायो। प्रस्तुत छ चिनियाँ क्षेत्रका दृश्य समेत समावेस गरि स्थलगत रुपमा तयार पारिएको नागरिक शोः

संसद बैठक स्थगित

बुधबार, २९ असार २०७३

बुधबार ११ बजेका लागि बोलाइएको बैठक दिउँसो तीन बजेसम्मका लागि स्थगित गरिएको छ। ‘विशेष कारणवश’ भन्दै संसद सचिवालयले सूचना टाँस गरी संसद स्थगित भएको जनाएको छ।

आधिकारिक धारणा तय गर्न कांग्रेस केन्द्रीय समिति बैठक जारी

बुधबार, २९ असार २०७३

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकार गठनलगायतका विषयमा छलफल गर्न कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ। संसद भवन नयाँ बानेश्वरमा जारी बैठकमा नयाँ सरकार गठनका विषयमा छलफल हुने नेताहरुले बताएका छन्।

बलात्कारीलाई सर्वस्वसहित जन्मकैद

बुधबार, २९ असार २०७३

जिल्ला अदालत सुर्खेतले १० वर्षीया बालिका बलात्कार र हत्यामा संलग्न तीन जनालाई सर्वस्वसहित जन्मकैद सजाय सुनाएको छ । न्यायाधीश कैलाशप्रसाद सुवेदीको एकल इजलासले बालिका बलात्कार र हत्यामा संलग्न कल्याण–१ का पूर्णबहादुर ठाडामगर, नेटा–७ का खड्कबहादुर गाहामगर र नेटा–५ का यामबहादुर रास्कोटीलाई सोमबार उक्त फैसला सुनाएको हो ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad