नागरिक

नागरिक

दुर्गेस थापाको ‘ह्याप्पी तिहार’ गीत प्रतिबन्ध

मङ्गलबार, ०५ कार्तिक २०७६

सरकारले दुर्गेस थापाको ‘ह्याप्पी तिहार’ बोलको गीतमा खानपानलाई अतिरञ्जित गर्दै नेपालीको संस्कृतिलाई नै विकृत बनाउने गरी शब्दहरु प्रयोग गरिएकाले प्रतिबन्ध लगाई प्रसारण तत्काल बन्द गर्न निर्देशन दिएको छ।

हवाई कारबाहीमा चौध लडाकू मारिए

मङ्गलबार, ०५ कार्तिक २०७६

अफगानिस्तानको उत्तरी प्रान्त तखारको दर्काद जिल्लामा तालिबान लडाकू समूह लुकेर बसेका स्थानलाई लक्ष्य गरी गरिएको हवाई कारबाहीमा १४ जना लडाकू मारिएका सेनाद्वारा मङ्गलबार जारी विज्ञप्तिमा जनाइएको छ।

क्यानडामा प्रधानमन्त्री ट्रुडो विजयी, तर बहुमत गुमाए

मङ्गलबार, ०५ कार्तिक २०७६

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोको लिबरल पार्टीले सोमबार सम्पन्न संसदीय निर्वाचनमा सबैभन्दा बढी स्थान जित्न सफल भए पनि पूर्ण बहुमत प्राप्त गर्न असफल भएको छ।

महिला क्रिकेटः क्याट क्विन्स फाइनलमा

मङ्गलबार, ०५ कार्तिक २०७६

क्याट क्विन्स काठमाडौं वुमन्स च्याम्पियन्स लिग क्रिकेटको फाइनलमा प्रवेश गरेको छ।

संवैधानिक परिषद्का निर्णय सहमतिमा हुनुपर्ने काङ्ग्रेसको माग

मङ्गलबार, ०५ कार्तिक २०७६

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले संवैधानिक परिषद्को बैठकका निर्णय सहमतिका आधारमा हुनुपर्ने सुझाव दिएको छ। काङ्ग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आज बसेको पार्टी पदाधिकारी बैठकले संवैधानिक परिषद्को बैठकका निर्णय बहुमतीय प्रक्रियाबाट गर्दा संविधानको भावना प्रतिकूल हुने जनाएको हो।

सगुन लाइटको कनेक्ट, शेयर र अर्न उद्देश्यसहितकाे 'स्मार्ट कोइन्स' सार्वजनिक

मङ्गलबार, ०५ कार्तिक २०७६

सगुन लाइटले कनेक्ट, शेयर र अर्न लक्ष्य बोकेको स्मार्ट कोइन्स सार्वजनिक गरेको छ। आज एक प्रेस विज्ञप्ति जारी गर्दै आफ्ना प्रयोगकर्ताले सामान खरिद गर्न, उपहार दिन र कमाउन सकिने व्यवस्थासहितको उक्त स्मार्ट कोइन्स सार्वजनिक गरेको हो।

कतार पुगेका खोटाङका पाँच युवा दुई महीनादेखि अलपत्र

मङ्गलबार, ०५ कार्तिक २०७६

वैदेशिक रोजगारीको सिलसिलामा कतार पुगेका खोटाङका पाँच युवा दुई महीनादेखि अलपत्र छन्। केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका युवराज तामाङ, तारामान तामाङ, रामकुमार तामाङ, करणबहादुर तामाङ र सन्जिप तामाङ दुई महीनादेखि अलपत्र परेका हुन्।

‘माननीयहरुका बारेमा आएका समाचार लज्जाको विषय, कानूनमाथि कोही छैन’

मङ्गलबार, ०५ कार्तिक २०७६

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले सत्तारुढ नेकपाले ययअघि सभामुख र उपसभामुख चयन गर्दा बहुमतको दम्भका अधारमा संविधान मिचेर चयन गरेकाले अब भने नेपाली काग्रेसले त्यस्तो प्रवृत्तिको सशक्त प्रतिवाद गर्ने बताए।

नकारात्मक खालका गीत–सङ्गीत गाए र उत्पादन गरे कारवाही

मङ्गलबार, ०५ कार्तिक २०७६

राष्ट्रिय साँस्कृतिक पहिचान र गौरब बोकेको नेपालीको महत्वपूर्ण चाड यमपञ्चक (तिहार)लाई अनुशाशित, मर्यादित, सभ्य र मितव्यायी रुपमा मनाउन गृह मन्त्रालयले सबैमा अनुरोध गरेको छ।

सीमा नाकाबाट पटका भित्रिदै

मङ्गलबार, ०५ कार्तिक २०७६

हिन्दूहरुको महानचाड दसैँ सकिएलगत्तै तिहारपर्वलाई लक्षित गरी तस्करहरुले पर्सा तथा बारा जिल्लाको विभिन्न नाकाबाट पटका भित्र्याउन थालेका छन्।

ओली र प्रचण्डबीच बाहिर आएजस्तो विवाद छैनः पौडेल

मङ्गलबार, ०५ कार्तिक २०७६

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बीचमा भएको खटपट सामान्य भएको बताएका छन्।

सिंहदरबारको पश्चिम मोहडाको प्रबलीकरण सुरु

मङ्गलबार, ०५ कार्तिक २०७६

भूकम्पबाट क्षति भएको सिंहदरबारको पश्चिम मोहडाको प्रबलीकरण सुरु भएको छ।

बैतडीमा डोजर आक्रमणमा ८ घाइते, चालक पक्राउ

मङ्गलबार, ०५ कार्तिक २०७६

सडक निर्माणका विषयमा बैतडीमा विवाद हुँदा सडक खनिरहेको डोजरबाट आक्रमण हुँदा आठ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ।

फुटबल टोली कतार जाने

मङ्गलबार, ०५ कार्तिक २०७६

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल खेल्न तेइस वर्षमुनि (यु–२३) को नेपाली राष्ट्रिय फुटबल टोली कतारको दोहा प्रस्थान गर्ने भएका छन्।

समोआमा ६ म्याग्नीच्युडको भूकम्प

मङ्गलबार, ०५ कार्तिक २०७६

अस्ट्रेलिया द्वीपराष्ट्र समोआमा मङ्गलबार ६.० म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जानकारी दिएको छ।

ब्राजिलमा विमान दुर्घटना, तीनको मृत्यु

मङ्गलबार, ०५ कार्तिक २०७६

ब्राजिलको बेलो हरिजोन्ट शहरमा एउटा सानो विमान दुर्घटना हुँदा कम्तीमा तीन व्यक्तिको मृत्यु भएको छ। सोमबार भएको यस दुर्घटनामा परी अन्य तीन व्यक्ति घाइते भएका स्थानीय प्रहरीले जनाएको छ।

एक फलफूलको बोट : रु दशको नोट

मङ्गलबार, ०५ कार्तिक २०७६

चितवनको एक मात्र गाउँपालिका ईच्छाकामना गाउँपालिकाले फलफूलको बिरुवा हुर्काउने किसानलाई प्रति बिरुवा दश रुपैयाँ दिने भएको छ। गाउँपालिकाले यस आर्थिक वर्ष २०७६÷७७ देखि किसानले हुर्काएको फलफूलको प्रति बिरुवा रु दश रुपैयाँ दिने भएको हो।

मिथिलामा एकपक्ष पहिले नै छठको तयारी सुरु

मङ्गलबार, ०५ कार्तिक २०७६

महोत्तरी सहितका मिथिला क्षेत्रमा छठ पर्वको तयारी सुरु भएको छ। अत्यन्त निष्ठा र श्रद्धापूर्वक मनाइने यो पर्वको तयारी करीब एकपक्ष पहिले नै देखिन थालेको हो। कात्तिक शुक्लपक्ष चौथी (चतुर्थी) का दिन शुरु भएर सप्तमीका दिन छठ पर्व सम्पन्न गर्ने मैथिल परम्परा छ।

‘प्रदेश नं ३ ले संविधानविपरीत ऐन बनाएको छैन’

मङ्गलबार, ०५ कार्तिक २०७६

प्रदेश नं ३ का प्रदेशसभा सदस्य सानुकुमार श्रेष्ठले प्रदेशसभाले देशको मूल कानूनका रुपमा रहेको संविधान र सङ्घीय सरकारले निर्माण गरेका ऐनसँग बाझिने गरी कानून निर्माण नगरेको बताए ।

नेपाल-बंगलादेशबीच व्यापार बैठक काठमाडौं सुरु

मङ्गलबार, ०५ कार्तिक २०७६

नेपाल-बंगलादेशबीच सहुलियत पुर्ण व्यापार सम्बन्धी प्राविधिक समितिको बैठक काठमाडौ‌मा सुरु भएको छ। राजधानी काठमाडौंमा मंगलबार सुरु बैठकमा दुई देशबीचको व्यापारीक संभावनका विषयमा छलफल हुनेछ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad