नागरिक

नागरिक

डेनमार्कमा गुन्जियो 'नेपथ्य'

शुक्रबार, २१ साउन २०७३

नेपालको लोकरक ब्यान्ड नेपथ्यले डेनमार्कको कोपेनहेगनमा कन्सर्ट दिएको छ। स्थानीय आमाबियो हलमा मंगलबार भएको कन्सर्टमा दर्शक अन्तिम क्षणसम्म नेपथ्यका प्रस्तुतिमा रमाइरहे। डेनमार्कका बसोबास गरेका नेपालीमात्र होइन स्थानीय नागरिकहरुको पनि कन्सर्टमा उपस्थिति थियो।

नेपालीलाई छात्रवृत्ति दिँदै लभ्ली विश्वविद्यालय

शुक्रबार, २१ साउन २०७३

भारतीय राज्य पन्जाबस्थित लभ्ली प्रोफेसनल विश्वविद्यालयले उच्च शिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ। विश्वविद्यालयको काठमाडौंस्थित प्रतिनिधि हब इन्टरनेसनल एजुकेसनका कार्यकारी अध्यक्ष उद्धवबहादुर खड्काले कक्षा १२ को परीक्षा दिएका विद्यार्थी लक्षित गरी विश्वविद्यालयले छात्रवृत्ति उपलब्ध गराएको जनाए।

पाँच राजदूतको सुनुवाइ आज

शुक्रबार, २१ साउन २०७३

संसदीय सुनुवाइ विशेष समितिले विभिन्न देशको राजदूत सिफारिस भएका थप पाँच जनाको सुनुवाइ शुक्रबार गर्ने भएको छ। राजनीतिक दलको तर्फबाट राजदूत पदमा प्रस्तावित भएका महेन्द्रबहादुर पाण्डे, खड्गबहादुर केसी, नारद भारद्वाज (वाग्ले), शिवमाया तुम्बाहाम्फे र अलि अख्तर मिकरानीको नाममा सुनुवाइ गर्ने कार्यतालिका सार्वजनिक गरेको छ।

‘विधिको शासनका लागि संसद्‍मा प्रस्ताव'

शुक्रबार, २१ साउन २०७३

नेपाली कांग्रेसका युवा नेता एवं सांसद गगन थापाले संसद्मा दर्ता गरेको सार्वजनिक महŒवको प्रस्ताव कुनै व्यक्तिविरुद्ध नभई संवैधानिक निकायको काम–कारबाही व्यवस्थित गर्नका लागि भएको बताएका छन्।

राप्रपा एकीकरण संकटमा

शुक्रबार, २१ साउन २०७३

सरकारको विषयमा फरक–फरक किनारामा उभिएपछि राप्रपा नेपाल र राप्रपाबीच एकीकरण योजना संकटमा परेको छ। दुवै दलको केन्द्रीय समितिले पार्टी एकीकरण गर्ने निर्णय अनुमोदन गरे पनि प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारबारे मतभिन्नताका कारण समस्या देखिएको हो।

कर्णालीमा 'फोर्स ल्यान्डिङ'

शुक्रबार, २१ साउन २०७३

सिमकोट विमानस्थल छोडेको करिब सात मिनेट भएको थियो, जहाज एक्कासि असन्तुलित हुन थाल्यो। तलमाथि बतासिन थाल्यो। ११ हजार ५ सय फिटको उचाइमा अचानक विपद्ले छोपेपछि चालक दलका दुई सदस्य असमञ्जसमा परे। पूरै जहाजभरि उनीहरू मात्रै थिए। सम्पूर्ण सूचकले भयावह दुर्घटनाकै सम्भावना औंल्याइरहेका थिए। त्यसबाट आफूलाई जोगाउने कुरा अब केवल उनीहरूकै तजबिजीमा निर्भर थियो।

गढीमाइकाे बलि राेक्न सर्वाेच्चकाे आदेश

बिहिबार, २० साउन २०७३

काठमाडौं-सर्वोच्च अदालतले गढीमाई मेलाका नाममा पशुबलि जस्तो क्रुर व्यवहार रोक्नका लागि सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ।

यूरोपबाट मैनालीको बिझाउँने काँडा सार्वजनिक

बिहिबार, २० साउन २०७३

बार्सिलोना-स्पेन निवासी नयाँ गायक सुरज मैनालीले आफ्नो नयाँ गीत “बिझाउने काँडा” को भिडियो सार्बंजनिक गरेका छन्। अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) स्पेनको प्रस्तुतिको रुपमा गायक मैनालीको भिडियो सार्बजनिक भएको हो।

आक्रमणमा दश विदेशी पर्यटकको मृत्यु

बिहिबार, २० साउन २०७३

हेरात— अफगानिस्तानको पश्चिमी प्रान्त हेरातमा बिहीबार भएको एक एम्बुस आक्रमणमा कम्तीमा १० विदेशी पर्यटकको मृत्यु हुनुको साथै अन्य ६ घाइते भएका जिल्ला सरकारले जानकारी दिएको छ ।

विरोधका बाबजुद ओलम्पिक टर्च रियो पुर्याइयो

बिहिबार, २० साउन २०७३

रियो दि जेनेरियो— ओलम्पिक खेलका लागी सरकारले गरेको चर्को खर्चको विरोधमा उत्रिएका प्रर्दशनकारीका विरोधका बाबजुद ओलम्पिक टर्च रियो पुर्याइएको छ।

एनसेलले दियो दुरालाई मोटरसाइकल

बिहिबार, २० साउन २०७३

काठमाडौँ— सञ्चार सेवा प्रदायक कम्पनी एनसेलले आफ्नो ‘च्यानल लोयल्टि’ योजनाअन्तर्गत दिनेश दुरालाई एउटा मोटरसाइकल प्रदान गरेको छ।

सपथ ग्रहणमा देखियो खुसी, कानेखुसी र बेखुसी

बिहिबार, २० साउन २०७३

सपथ ग्रहणमा निवर्तमान प्रधानमन्त्री अोली गम्भीर मुद्रामा देखिए। उनी बेलाबखत मात्रै मुस्काए। दाहाल र अोली बीचको संवाद र कानेखुसी हेर्न लायक थियो। अोली नेतृत्वमा मन्त्री रहेका विजय गच्छदार सबैभन्दा बढी निरास देखिएका थिए भने अोली मन्त्रीमण्डलका अन्य मन्त्रीहरू पनि खुलेका देखिएनन्। मधेसवादी दलका नेताहरूको मुद्रा प्रफुल्ल देखिन्थ्यो।

मकालु एयरको जहाज फाेर्स ल्याण्डिङ गर्दा खाेलामा खस्याे, सबै सकुशल

बिहिबार, २० साउन २०७३

कोहलपुर– हुम्लाको सिमीकोटबाट सुर्खेत फर्कने क्रममा मकालु एयरको सिंगल ईन्जिनको जहाज दुर्घटनामा परेको छ। दिउँसो ३ः५५ मा हुम्ला सिमीकोट विमानस्थलबाट सुर्खेत एयरर्पोट आउने क्रममा ४ः०५ मा हुम्लाको हेलम्बु खोलामा फाेर्स ल्याण्डिङ गर्दा दुर्घटनामा परेकाे हाे। खोलामा खसेको जहाज बगाइरहेको नेपालगन्जको राँझा विमानस्थले जानकारी दिएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा देश र जनताका नाममा सपथ

बिहिबार, २० साउन २०७३

नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहालले जनताका नाममा पद तथा गोपनीयताको सपथ लिएका छन्। ३९औं प्रधानमन्त्रीका रुपमा दाहालले देश र जनताका नाममा सपथ लिएका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ खुवाउने क्रममा इश्वर देश र जनताका नाममा भनेपछि दाहालले देश र जनताका नाममा भनेका थिए।

कांग्रेस–माओवादी केन्द्रले लगाए मन्त्रीकाे टुंगाे

बिहिबार, २० साउन २०७३

नेपाली कांग्रेस र माओवादी केन्द्रले पहिलो चरणमा सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाएका छन्। माओवादीबाट उपप्रधान तथा अर्थमन्त्रीमा कृष्णबहादुर महरा, दलजीत श्रीपाली युवा तथा खेलकुद र गौरीशंकर चौधरीलाई कृषि मन्त्रालयको जिम्मेवारीसहित पहिलो चरणमा सरकारमा सहभागी हुने भएका हुन्।

बच्चा जन्माउन असमर्थ भएको भन्दै श्रीमानले श्रीमतीको दुवै हात काटे

बिहिबार, २० साउन २०७३

नाइरोवि– केन्याका एक व्यक्तीले विवहा गरेको ७ वर्षसम्म पनि बच्चा नजन्माएको भन्दै आफ्नी श्रीमतीको दुवै हात काटिदिएका छन्।

बच्चा जन्माउन असमर्थ भएको भन्दै श्रीमानले श्रीमतीको दुवै हात काटे

बिहिबार, २० साउन २०७३

नाइरोवि– केन्याका एक व्यक्तीले विवहा गरेको ७ वर्षसम्म पनि बच्चा नजन्माएको भन्दै आफ्नी श्रीमतीको दुवै हात काटिदिएका छन्।

कांग्रेसकातर्फबाट २ जना मन्त्रीको टुंंगो

बिहिबार, २० साउन २०७३

नेपाली कांग्रेसले आफ्नोतर्फबाट पहिलोचरणमा सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएको छ। जसअनुसार कांग्रेसकातर्फबाट बिमलेन्द्र निधीले सरकारमा पार्टीको नेतृत्व गर्नेछन्। उनले उपप्रधानसहित गृहमन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन्। यसैगरी रमेश लेखक भौतिक पुर्वाधार तथा यातायत मन्त्री बन्ने भएका छन्।

खत्रीलाई छाडिदिन प्रधानमन्त्रीको आग्रह

बिहिबार, २० साउन २०७३

रधानमन्त्री पुष्पकमल दाहालले आफू विरुद्ध नारा लगाइ प्रदर्शन गरेको आरोपमा पक्राउ परेका श्याम खत्रीलाई तत्काल छाड्न नेपाल प्रहरीलाई आग्रह गरेका छन्।

प्रधानमन्त्री दाहाल र भारतीय राजदूतबीच भेटवार्ता

बिहिबार, २० साउन २०७३

नव निर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपालकालागि भारतीय राजदूत रञ्जित रायबीच भेटवार्ता भएकाे छ। दाहाल निवास लाजिम्पाटमा आज बिहान भएको भेटवार्तामा राजदूत रायले प्रधानमन्त्रीलाई सफल कार्यकालको शुभकामना दिएका थिए।

Ncell Footer Ad