नागरिक

नागरिक

नेविसंघ निर्वाचन प्रक्रिया सुरु, पौडेल पक्ष नाराबाजीमा

सोमबार, ३१ साउन २०७३

रामचन्द्र पौडेल पक्षको चुनाब हुन नदिने चेतावनीबीच नेपाल विद्यार्थी संघको निर्वाचन प्रक्रिया सुरु भएको छ। नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बिहान ८ बजेदेखि उम्मेद्वारी दर्ता प्रक्रिया सुरु भएको हो।

आमाको हत्या गरी बाबुले आत्महत्या गरेपछि छोराछोरीको बिचल्ली

सोमबार, ३१ साउन २०७३

घरायसी विवादमा बुबाले आमाको हत्या गरी आफूले पनि आत्महत्या गरेपछि चार वर्षमुनिका तीन छोराछोरी बिचल्लीमा परेका छन्। बैतडीको पाटन नगरपालिका–९ कुलडाका २८ वर्षीय कमल बोहराले आफ्नी २५ वर्षीया श्रीमती बिन्दु बोहराको हत्या गरी आफूले पनि आत्महत्या गरेको प्रहरी निरीक्षक सुरेन्द्र बमले जानकारी दिए।

नेपाली टोलीको आशा मौसममा

सोमबार, ३१ साउन २०७३

नेदरल्यान्ड्स भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत सोमबार घरेलु टोलीविरुद्ध दोस्रो खेल्नेछ। नेदरल्यान्ड्सविरुद्धको पहिलो खेलमा नेपाल ७ विकेटले पराजित भएको थियो।

ओलम्पिकमा अमेरिकाको हजार स्वर्ण

सोमबार, ३१ साउन २०७३

स्टार पौडी खेलाडी माइकल फेल्पसले ओलम्पिकमा २३ स्वर्ण पदक जित्दै ओलम्पिक पौडीमा आफ्नो चम्किलो करियरको अन्त्य गरेका छन्। रियो ओलम्पिकको मध्यतिर उसेन बोल्टको चर्चा सुरु हुने बेला फेल्पसको स्पर्धा भने सकिएको छ।

कोलम्बियामाथि नेइमारको जित

सोमबार, ३१ साउन २०७३

ब्राजिलका कप्तान नेइमारले जारी ओलम्पिकमा पहिलो गोल गरेपछि आयोजक टोलीले कोलम्बियामाथि २–० को जितका साथ लगातार तेस्रो पटक ओलम्पिक सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।

ग्वार्डिओलाको विजयी सुरुआत

सोमबार, ३१ साउन २०७३

म्यानचेस्टर युनाइटेडको प्रशिक्षकका रुपमा जोजे माउरिन्होले प्रिमियर लिगमा सुखद सुरुआत गर्दा शनिबार उनको टोलीले बर्नामाउथलाई ३–१ को नतिजामा पराजित गरेको छ।

स्मिथ र मार्शको अर्धशतक

सोमबार, ३१ साउन २०७३

कप्तान स्टेभन स्थिम र सान मार्शले अर्धशतक बनाएपछि श्रीलंकाविरुद्धको तेस्रो तथा अन्तिम टेस्टको पहिलो इनिङमा अस्ट्रेलियामाथिको दबाब कम भएको छ। त्यसअघि दिनेश चन्डिमालको शतकीय इनिङमा घरेलु टोलीले अस्ट्रेलियामाथि दबाब बनाएको थियो।

'क्लासिक'लाई डि-सिने अवार्ड

सोमबार, ३१ साउन २०७३

पोखरामा शनिबार सम्पन्न आठौं डि–सिने अवार्ड समारोहमा 'क्लासिक' उत्कृष्ट फिल्म ठहरिएको छ। सुवास गिरीको निर्माण र दिनेश राउतको निर्देशन रहेको यस फिल्मबाट आर्यन सिग्देल र नम्रता श्रेष्ठ पनि क्रमशः उत्कृष्ट अभिनेता तथा उत्कृष्ट अभिनेत्री घोषित भएका छन्।

सांसदका कागजपत्र किर्ते

सोमबार, ३१ साउन २०७३

प्रहरीले नेपाल कम्युनिस्ट पार्टी केन्द्रका सासंदको विदेश भ्रमणका कागजपत्रमा किर्ते गरेको आरोपमा एक जनालाई पक्रेको छ। केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी) ले विदेश भ्रमणसम्बन्धी कार्यक्रममा अन्य असम्बन्धित व्यक्तिबाट आर्थिक लाभ लिई निजी सहयोगीका रुपमा किर्ते कागजात तयार पारी युरोपका विभिन्न देशमा पठाउने काठमाडौंका रोहित भन्ने दिनेश खड्कालाई बिहीबार पक्रेको हो।

नेताको दाउपेचले रोकियो महाधिवेशन

सोमबार, ३१ साउन २०७३

नेपाली कांग्रेसको प्रमुख भ्रातृसंगठन नेपाल विद्यार्थी संघको नेतृत्व आफ्नो पक्षमा पार्न पार्टी शीर्ष नेताहरू सक्रिय हुँदा महाधिवेशन प्रभावित भएको छ। आफूअनुकूल व्यक्तिलाई प्रतिनिधि बनाउन सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पक्ष लागि पर्दा महाधिवेशन उद्घाटन भएको साता बित्दासमेत अन्य प्रक्रिया अघि बढ्न नसकेको हो।

देउवाले मन्त्रीको नाम दिएनन्

सोमबार, ३१ साउन २०७३

प्रमुख सत्ता साझेदार नेपाली कांग्रेसले मन्त्रीहरूको नाम नदिँदा प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारलाई पूर्णता दिन सकेका छैनन्। साउन २० गते प्रधानमन्त्रीको शपथसँगै कांग्रेसका दुई नेतालाई सरकारमा सहभागी गराए पनि सभापति शेरबहादुर देउवाले अन्य नेताको नाम उपलब्ध नगराउँदा सरकारले पूर्णता पाउन नसकेको हो।

सातै प्रदेशमा फरक विधिबाट निर्वाचन

सोमबार, ३१ साउन २०७३

संविधानअनुसार हुने प्रदेश सभा निर्वाचनमा सातवटा प्रदेशमा जातीय आधारमा फरक–फरक समावेशी समानुपातिक विधि अवलम्बन गरिने भएको छ। निर्वाचन आयोगले प्रदेश सभा सदस्यको निर्वाचन सम्बन्धमा तयार गरेको विधेयकमा हरेक क्षेत्रमा बसोबास गर्ने जातअनुसार प्रतिशत तोकिने उल्लेख छ।

अनेरास्ववियुमा विवाद

सोमबार, ३१ साउन २०७३

महाधिवेशन सकिएको ६ महिना पनि नपुग्दै नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुभित्र विवाद देखिएको छ। फागुनमा भएको महाधिवेशनमा एकै समूहबाट प्रतिस्पर्धा गरेर निर्वाचित अध्यक्ष नवीना लामा र महासचिव ऐन महरबीच कार्यविभाजनको विषयमा विवाद बढेको हो।

आकाश थापा हत्यामा संलग्न नौ युवक पक्राउ

आइतबार, ३० साउन २०७३

तनहुँ—शनिबार दिउँसो भएको एक युवकको हत्यामा संलग्न नौ युवकलाई जिल्ला प्रहरी कार्यालय, तनहुँले आज पक्राउ गरेको छ।

नेविसंघ महाधिवेशन नरोकिने, मंगलबार चुनाब

आइतबार, ३० साउन २०७३

नेविसंघ महाधिवेशन गराउने जिम्मेवारी पाएको निर्देशक समितिका संयोजक डा.प्रकाश शरण महतले महाधिवेशन कुनै हालतमा पनि नरोकिने र मंगलबार चुनाब हुने बताएका छन्। मचन्द्र पौडेल समूहले भागबण्डामा सहभागिताको बखेडा झिकेर चुनाबी प्रक्रिया रोक्न माग गर्दै आएको छ। यसै सन्दर्भमा आइतबार पत्रकार सम्मेलन गर्दै समिति संयोजक महतले भने, 'कुनै हालतमा पनि महाधिवेशन रोकिँदैन। पर्सी मंगलबार चुनाब हुन्छ।'

श्रीमतीको हत्या गरेर श्रीमान्‌द्वारा अात्महत्या

आइतबार, ३० साउन २०७३

बैतडीमा एक जनाले श्रीमतीको हत्या गरी आफ्नो आत्महत्या गरेका छन्। घटना आइतबार दिउँसो ३:३० बजे भएको प्रहरीले जनाएको छ।

बेइजिङमा के के गर्ने छन् महराले?

आइतबार, ३० साउन २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालका विशेष दूतका रुपमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महरा चीनको छ दिवसीय भ्रमणमा सोमबार बेइजिङ जाँदैछन्।

परीक्षाफल प्रकाशित

आइतबार, ३० साउन २०७३

काठमाडौं—त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७३ साल वैशाख/जेठ महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र संकायतर्फ स्नातकोत्तर तह (एमए) प्रथम वर्ष (२०७२ नियमित) को राजनीतिशास्त्र विषयको परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ।

तेस्राे पटक सरकार विस्तार, माअाेवादीका पाँच मन्त्रीद्वारा शपथ

आइतबार, ३० साउन २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले आज तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालयमा अाइतबार आयोजित एक विशेष समारोहमा पाँचजना मन्त्रीलाई पद तथा गोपनीयताको शपथ दिलाएकी हुन्।

नेविसंघ कार्यकर्ता झडपमा उत्रिए, एक प्रहरी घाइते

आइतबार, ३० साउन २०७३

नेविसंघ महाधिवेशन प्रतिनिधि छनौटको विषयलाई लिएर रामचन्द्र पौडेल समूहले बखेडा झिकेपछि नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा झडप भएको छ। नेविसंघ कार्यकर्ता र प्रहरीबीच झडप भएको हो।

Ncell Footer Ad