नागरिक

नागरिक

स्वर्ण पछ्याउँदै ब्राजिली फुटबल

बुधबार, ०१ भदौ २०७३

विश्व फुटबलको महारथी ब्राजिलले ओलम्पिकमा अहिलेसम्म एउटै स्वर्ण पदक जित्न सकेको छैन । विश्वकपमा पुरुष टोलीले कीर्तिमानी पाँचपटक उपाधि जिते पनि ओलम्पिकमा पहिलो स्वर्ण जित्ने सपना घरेलु मैदानमा पूरा गर्नेमा ब्राजिली समर्थक आशावादी छन् ।प्रतियोगिताको बलियो दाबेदार आयोजक ब्राजिलले बुधबार पुरुष फुटबलको सेमिफाइनलमा होन्डुरससँग प्रतिस्पर्धा गर्दैछ ।

आज मतदान, अध्यक्ष सात, महामन्त्रीमा छ उम्मेदवार

बुधबार, ०१ भदौ २०७३

नेपाली कांग्रेसको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघको नयाँ नेतृत्वका लागि बुधबार निर्वाचन हुँदै छ। महाधिवेशन उद्घाटन भएको नौ दिनपछि प्रतिनिधि विवाद सुल्झिएपछि नौ वर्षपछि जारी महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि मतदान हुन लागेको हो ।

दोरम्बा हत्याकाण्डमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि

मङ्गलबार, ३२ साउन २०७३

काठमाडौँ-चौध वर्षअघि दोरम्बा हत्याकाण्डमा ज्यान गुमाएकाप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरिएको छ।

दुर्घटना जाँच आयोग गठन

मङ्गलबार, ३२ साउन २०७३

काठमाडौँ-सरकारले कर्णाली नदीमा भएको मकालु एयरको वायुयान दुर्घटनाको कारण पत्ता लगाउन पूर्व सचिव यज्ञप्रसाद गौतमको अध्यक्षतामा आज चार सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको छ।

दलहरुबीच स्थानीय तह पुनर्संरचनाको प्रतिवेदन पेश गर्ने मिति सार्ने सहमति

मङ्गलबार, ३२ साउन २०७३

काठमाडौं- चार राजनीतिक शक्तिको बैठकले स्थानीय तह पूनर्संरचनाको प्रतिवेदन पेश गर्ने कार्यतालिका हेरफेर गर्ने सहमति गरेको छ।

मोहन वैद्यको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले भने : सुकुम्बासी समस्या समाधान गर्न अधिकतम् पहल गर्छु

मङ्गलबार, ३२ साउन २०७३

काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहालले सुकुम्बासीहरुका समस्या समाधानमा नयाँ सरकारले अधिकतम् पहल गर्ने बताएका छन्।

नेविसंघको निर्वाचन बुधबार हुने

मङ्गलबार, ३२ साउन २०७३

काठमाडौँ-महाधिवेशन प्रतिनिधिको विवादले झन्डै १० दिन लम्बिएको नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशनअन्तर्गत भोलि बुधबार निर्वाचन हुनेभएको छ।

रुकुमा दुई जनाको शव भेटियो

मङ्गलबार, ३२ साउन २०७३

छट्टाछुट्टै स्थानमा दुई जना मृत फेला परेका छन्। काँक्री गाविस– १ का ५९ वर्षीय तीलबहादुर पुन र रुँघा गाविस–८ का ३७ वर्षीय लालबहादुर वली मृत फेला परेका हुन्।

महराले चिनियाँ प्रधानमन्त्री ली खछ्‌याङ भेट्ने

मङ्गलबार, ३२ साउन २०७३

चीन भ्रमणमा रहेका उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले चिनियाँ प्रधानमन्त्री ली खछ्‌याङसँग भेटवार्ता गर्ने भएका छन्। बुधबार बिहानका चिनियाँ प्रधानमन्त्रीसँग भेटघाटका लागि समय निश्चित भएको छ।

प्युठानका बाढी पहिरो पीडितलाई जिग्री–पाँडेको राहात

मङ्गलबार, ३२ साउन २०७३

कठमाडौं– हाँस्य कलाकार कुमार कट्टेल(जिग्री) र अर्जुन घिमिरे(पाँडे)ले स्थापना गरेको जिग्री–पाँडे प्रतिष्ठान नेपालले प्युठान पुगेर बाढीपहिरो पीडितलाई राहात वितरण गरेको छ। भूकम्पपछि सामाजिक सक्रिय प्रतिष्ठानले प्युठानको लुङ–६, बहाने पुगेर बाढीपहिरो पिडितलाई सहयोग वितरण गरेको हो।

पहिलाे चरणमा १ लाख १७ हजारलाई राष्ट्रिय परिचयपत्र

मङ्गलबार, ३२ साउन २०७३

निर्वाचन आयोगले सङ्कलन गरेका विवरणलाई प्रयोग गर्दै पहिलो चरणमा छ महिनाभित्र १ लाख १० हजार नेपालीलाई राष्ट्रिय परिचयपत्र वितरण गरिने भएको छ।

नेविसंघ अध्यक्षमा वचन कार्कीको उम्मेद्वारी

मङ्गलबार, ३२ साउन २०७३

काठमाडौं– नेपाल विद्यार्थी सङ्घको अध्यक्ष पदका लागि वचन कार्कीले उम्मेद्वारी दर्ता गरेका छन्। कार्कीले मंगलबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर अध्यक्ष पदमा उम्मेद्वारी दिएको जानकारी दिएका हुन्। उनले आफू अध्यक्षको अहिलेसम्मकै कान्छो उम्मेद्वार भएको समेत दाबी गरे।

सरकारले चैत्रमा चुनाव गराउन रोडम्याप अघि सार्दैछः मन्त्री कार्की

मङ्गलबार, ३२ साउन २०७३

सूचना तथा सञ्चारमन्त्री राम कार्कीले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई विश्वासमा लिएर चैतभित्रै सरकारले स्थानीय तहको निर्वाचन गर्ने स्पष्ट पारेका छन्।

विकास आयोजनाका जग्गा प्राप्ति र रूख काट्ने समस्या समाधान गर्न जाेड

मङ्गलबार, ३२ साउन २०७३

व्यवस्थापिका–संसद्अन्तर्गतकाे विकास समितिले विकास आयोजना निर्धारित समयसीमाभित्रै सम्पन्न गर्न सङ्घीय मामिला तथा स्थानीय विकास र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ।

छरिएका नेपाली वैज्ञानिकलाई नेपाल जोड्दै महावीर

मङ्गलबार, ३२ साउन २०७३

‘ओलीजीले भनेका सबै कुरा सम्भव छन्,’ उनले आश्चर्य व्यक्त गरे, ‘सम्भव हुने सामान्य कुरा गर्दा आेलीजीलाई किन उडाउने ?’ पुनले ओलीलाई अमेरिकी पूर्व राष्ट्रपति जोनअफ केनेडीसँग जोडेर टिप्पणी गरेका छन्– ‘अमेरिकी राष्ट्रपति केनेडीले चन्द्रमामा पुग्ने सपना सुनाउँदा त्यहाँ त उनको मजाक उडाइएन ।’

कोकटी खेति संकटमा

मङ्गलबार, ३२ साउन २०७३

आधुनिकतासँगै नेपाली मौलिक संस्कार एवम् सस्कृतिहरु दिनानुदिन लोप भइरहेका छन्। युवापुस्ताको चासो नहुनुले पछिल्लो पुस्तामा हस्तान्तरण हुन नसक्दा नेपाली मौलिकता दिनदिनै लोप भइरहेका छन्। यस्तै उदाहरण छ, पूर्वी पहाडी जिल्ला भोजपुरको कोकटी व्यवसायको।

याैनमा रूची नभए के गर्ने ?

मङ्गलबार, ३२ साउन २०७३

यौन पहिले इच्छाबाट सुरु हुन्छ, यौन इच्छाले एराउजल (उत्तेजना) गराउँछ र त्यसपछि अग्र्याजम (चरमोत्कर्ष) मा पुर्याउँछ भन्ने विचार व्याप्त छ । पुरुषका हकमा यो कुरा सत्य भए पनि महिलाका हकमा यसो नहुन सक्छ । महिलामा शारीरिक चाहनाबाटै यौनको सुरुवात नहुन सक्छ । यौनको शारीरिक चाहना यौन गतिविधि सुरु भएपछि मात्र पनि हुन सक्छ ।

बजेट अभावले हतुवागढी पर्यटन पूर्वाधार निर्माण अलपत्र

मङ्गलबार, ३२ साउन २०७३

भोजपुर– ऐतिहासिक र प्राकृतिक रुपमा छुट्टै अस्तित्व रहेको दक्षिणी भोजपुरको पर्यटकीय सम्भावनालाई प्रवद्र्धनका लागि थालिएका पूर्वाधार निर्माणका सबै काम अलपत्र भएका छन्। स्थानीय तथा बाह्य पर्यटन प्रवर्द्धन गरी क्षेत्रबासीको आर्थिक स्तरलाई उकास्न टेवा मिल्ने उद्देश्यका साथ थालिएका निर्माणमा सरकारले हेलचेक्रयाईं गरेपछि आयोजना नै अलपत्र बनेको हो।

काभ्रे बस दुर्घटनामा २७ जनाको मृत्यु : प्रहरी

मङ्गलबार, ३२ साउन २०७३

सोमबार काठमाडौंबाट काभ्रेको कोसीपारि, मादनकुँडारीलागि गुडेको बस बिर्तादेउराली– खहरे खोलामा दुर्घटना हुँदा २७ जनाको मृत्यु भएको पष्टि भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार २६ जनाको शव बनेपास्थित सिरमेमोरियल अस्पतालमा राखिएको र एक जनाको शव काठमाडौंस्थित टिचिङ अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने सरकारको पहिलो प्राथमिकताः प्रधानमन्त्री

मङ्गलबार, ३२ साउन २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन्। मंगलबार सहिद तथा बेपत्ता योद्धाका परिवारसँगको भेटमा प्रधानमन्त्री दाहालले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न आफ्नो ध्यान केन्द्रित गरेको बताएका हुन्।

Ncell Footer Ad