नागरिक

नागरिक

नेपाल–भारत सीमा व्यवस्थापन गरिन्छः भूमिसुधार मन्त्री सुब्बा

बुधबार, २२ असार २०७३

काठमाडाैं– भूमिसुधार तथा व्यवस्थामन्त्री रामकुमार सुब्बाले नेपाल–भारतबीचका सीमा व्यवस्थापन गर्न लागिएको जानकारी दिएका छन्। विनियोजन विधेयक, २०७३ अन्तर्गत भूमिसुधार तथा व्यवस्था मन्त्रालयको शीर्षकमाथिका छलफलमा उठेका प्रश्नको बुधबार संसद् बैठकमा जवाफ दिँदै उनले दुवै देशका बीचका सीमा स्तम्भ निरीक्षण गर्ने कार्य सम्पन्न भएको बताए।

हरेक प्रदेशमा ट्रमा सेन्टर स्थापना गरिने छः स्वास्थ्य मन्त्री चौधरी

बुधबार, २२ असार २०७३

काठमाडौँ– स्वास्थ्यमन्त्री रामजनम चौधरीले हरेक प्रदेशमा ट्रमा सेन्टर स्थापना र मन्त्रालयअन्तर्गतका सबै अस्पतालको क्षमता अभिवृद्धि गर्न लागिएको बताताएका छन्।

"शुक्रराज शास्त्रीको चस्मा" सार्वजनिक

बुधबार, २२ असार २०७३

साहित्यकार राजेन्द्र पराजुलीद्वारा लिखित कथा संग्रह 'शुक्रराज शास्त्रीको चस्मा' बुधबार सार्वजनिक गरिएकाे छ। राजेन्द्र पराजुली नेपाली साहित्य तथा पत्रकारितामा एउटा चर्चित र स्थापित नाम हो। साहित्यमा उनी आख्यानकार, कवि, सम्पादक र समीक्षकका रूपमा विशेष सक्रिय छन्। यस संग्रहमा २० ओटा कथा संग्रहित छन्|

नेपालको आफ्नै भूग्रहको स्थापना गरिनेः मन्त्री राई

बुधबार, २२ असार २०७३

काठमाडौँ– सूचना तथा सञ्चारमन्त्री शेरधन राईले नेपालको आफ्नै भू–ग्रहको स्थापना गर्न लागिएको जानकारी दिएका छन्। व्यवस्थापिका–संसद्को बुधबारको बैठकमा विनियोजन विधेयक, २०७३ अन्तर्गत सूचना तथा सञ्चार मन्त्रालय शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले बाढी, पहिरो जोखिम जिल्लामा मोबाइलमार्फत पूर्व सूचनाको जानकारी दिने सेवा सुरु गरिएको बताए।

फेवा तालमा माछाका ८ हजार भुरा छोडियो

बुधबार, २२ असार २०७३

पोखरा– जिल्ला कृषि विकास कार्यालयले बुधबार फेवा तालको खपौंदी क्षेत्रमा ८ हजार माछाका भुरा छोडेको छ।

बेनी–जोमसोम सडक अवरुद्ध

बुधबार, २२ असार २०७३

बाबियाचौर (म्याग्दी)– म्याग्दी हुँदै हिमाली जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक आज बिहानैदेखि अवरुद्ध भएको छ। म्याग्दी र मुस्ताङको सिमानामा पर्ने घाँसा–१ को घङेमा भन्ने ठाउँमा पहिरो खसेपछि ७६ किलोमिटर दूरीको सडकमा सिधा सवारी सञ्चालन बन्द भएको हो ।

पूर्व सभासद् सदरुलको हत्या आरोपमा पत्नी र छोरीलाई जन्मकैद

बुधबार, २२ असार २०७३

राजविराज– विघटित संविधानसभा सदस्य मोहम्मद सदरुल मियाँ हकको हत्या आरोपमा उनकी पत्नी नुरजहाँ खातुन र छोरी रुबेदा खातुनलाई जिल्ला अदालत राजविराजले जन्मकैदको फैसला गरेको छ ।

भाेटेकाेशीकाे बाढीले ताताेपानीका २० घर बगायाे, २०० घर जाेखिममा

बुधबार, २२ असार २०७३

चौतारा– चीनको सीमा नदी भएर बहने सिन्धुपाल्चोकको भोटेकोसी नदीमा गएराति आएको बाढीले तातोपानी गाविसको २० वटा पक्की घर बगाउनुको साथै २०० घर उच्च जोखिममा रहेका छन्। तातोपानी गाविसको १० किलोको लार्चादेखि लिपिङसम्म करिब २०० घर नदी कटानले गर्दा उच्च जोखिममा रहेको सीमा प्रहरी कार्यालय लार्चाका प्रहरी निरीक्षक खुमलाल भुसालले बताए।

शशांकलाई हेरेर फर्किंदा सुजाताका आँखामा आँसु

बुधबार, २२ असार २०७३

अाेम अस्पतालमा उपचाररत नेपाली कांग्रेस महामन्त्री डाक्टर सशांक कोइराला हेरेर नेतृ सुजता कोइराला अाँखाभरि अाँसु पारेर फर्किइन्। उनी निकै भावुक देखिएकी थिइन्।

इद उल फित्र अवसरमा बिहीबार सार्वजनिक बिदा

बुधबार, २२ असार २०७३

काठमाडौँ– भोलि असार २३ गते बिहीबारका दिन इस्लाम धर्मावलम्बीको पर्व ईद (इदुल्ल फित्र) परेकाले सरकारले सबैका लागि लागू हुने गरी सार्वजनिक बिदा दिएको छ।

शशांकलाई एअर एम्बुलेन्सबाट बाहिर लैजाने अवस्था छैनः अस्पताल

बुधबार, २२ असार २०७३

गम्भीर अवस्थामा उपचाररत नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई एअर एम्बुलेन्सबाट बाहिर उपचार गर्न लैजानसक्ने अवस्था नरहेको अस्पतालले जनाएको छ।

शशांकको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री अस्पतालमा

बुधबार, २२ असार २०७३

पाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाको स्वास्थ्यस्थिति बुझ्न प्रधामन्त्री केपी ओली ओम अस्पताल पुगेका छन्। ओम अस्पताल पुगेका प्रधानमन्त्रीले कोइरालाको स्वास्थ्य स्थिति बारे जानकारी दिएका थिए।

'आर्थिक वृद्धि हासिल गर्न सघाउने मौद्रिक नीति आउनुपर्छ'

बुधबार, २२ असार २०७३

२०१३ असार १४ गते चैनपुर २ संखुवासभामा जन्मेका किरणकुमार श्रेष्ठले २०४३ मा नेपाल बैंक लिमिटेडको सहायक प्रबन्धकबाट बैंकिङ सेवा सुरु गरी विभिन्न शाखा, विभाग तथा कार्यालयमा विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हालेका छन्। विश्व बैंकको सहयोगमा सञ्चालित वित्तीय क्षेत्र सुधार कार्यक्रममा करार व्यवस्थापन अन्तर्गत व्यवस्थापन समूहको सदस्यको रुपमा नेपाल बैंक लिमिटेडभित्रबाट प्रमुख संयोजनकारी भूमिका निर्वाह गरेका श्रेष्ठले सोही बैंकमा महाप्रबन्धकको उच्च जिम्मेवारी सम्हालेको अनुभव छ । राष्ट्रिय वाणिज्य बैंकमा खुला प्रतिस्पर्धाबाट नियुक्त दोस्रो प्रमुख कार्यकारी अधिकृत श्रेष्ठसँग नेपाल राष्ट्र बैंकले ल्याउन लागेको नयाँ मौद्रिक नीति, बैंकको वित्तीय अवस्था, लगानी लगायत विषयमा नागरिकका विष्णु बेल्वासेले गरेको कुराकानीको सम्पादित अंशः

माइक्रोम्याक्सको क्यू ३४९ क्यानभास

बुधबार, २२ असार २०७३

काठमाडौ– माइक्रोम्याक्सले ५ इन्च एचडी डिस्प्ले सहितको क्यू ३४९ क्यानभास सेल्फी फोर सार्वजनिक गरेको छ । १ जिबी र्‍याम्प तथा ८ जिबी रोमसहित प्राथमिक तथा फ्रन्ट दुवै ८ मेगापिक्सेलको ‘फ्रन्ट फ्लास’ क्यामेरा रहेको कम्पनीले जानकारी दिएको छ।

राष्ट्र बैंक ऐन संशोधन विधेयक पारित, वित्तीय सुशासन जोखिममा

बुधबार, २२ असार २०७३

काठमाडौं— व्यवस्थापिका संसदको अर्थ समितिले मंगलबार नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयक पारित गरेको छ । संस्थागत अनुगमन तथा नियमनमा सम्झौता भई वित्तीय सुशासनमा नकारात्मक असर पर्न सक्ने सम्भावनालाई नजरअन्दाज गर्दै केन्द्रीय बैंकका डेपुटी गभर्नर र कार्यकारी निर्देशकले सेवा निवृत्त भएको तीन वर्षपछि अन्य बैंक, वित्तीय संस्थामा काम गर्न पाउने प्रावधानसहित उक्त विधेयक पारित भएको छ ।

काँचो सुनचाँदी ल्याउन प्रतिबन्धविरुद्ध विदेशका नेपाली आन्दोलित

बुधबार, २२ असार २०७३

साउदी अरब—विदेश बसोबास गर्ने नेपालीले घर फर्किंदा साथमा काँचो सुनचाँदी लैजान नपाउने गरी सरकारले लगाएको प्रतिबन्ध खारेजीको मागमा ऐक्यबद्धता जनाउन नेपाली साझा मञ्चले विश्वका विभिन्न मुलुकमा बसोबास गरिरहेका नेपालीलाई अपिल गरेको छ ।

इतिहास रच्ने वेल्सको आशा

बुधबार, २२ असार २०७३

लियोन-गारेथ बेलेको वेल्सले युरो २०१६ को सेमिफाइनलमा बुधबार क्रिस्टियानो रोनाल्डोको पोर्चुगलविरुद्ध खेल्दा पछिल्लो ५० वर्षमा पहिलोपल्ट फाइनल खेल्ने ब्रिटिस टोलीको लक्ष्य राख्नेछ।

'२४ टोली खेलाउने प्रयोग सफल'

बुधबार, २२ असार २०७३

पेरिस– युरोपेली फुटबलको सर्वोच्च निकाय युइएफए युरो २०१६ मा पहिलोपल्ट २४ टोली खेलाउने प्रयोग सफल भएकोमा विश्वस्त रहेको प्रतियोगिताका निर्देशक मार्टिन केलेनले बताएका छन्।

चर्चा ब्राजिलको

बुधबार, २२ असार २०७३

इभियान– विश्व विजेता जर्मनी बिहीबार युरोपियन च्याम्पियनसिपको सेमिफाइनलमा आयोजक फ्रान्सको सामना गर्ने तयारीमा रहँदा त्यहाँ ब्राजिलको चर्चा सुरु भएको छ।

सुवेदीले खोजे भूमिको नालिबेली

बुधबार, २२ असार २०७३

काठमाडौं– यसअघि उपन्यास ‘आधा जून’ लेखेका झलक सुवेदी फेरि ननफिक्सन विधामा फर्केका छन्। उनको नयाँ पुस्तक ‘भूमि, किसान र राज्य’को मंगलबार काठमाडौंमा विमोचन गरियो।