नागरिक

नागरिक

नेपाली बृहत् शब्दकोश–२०७२ सच्याउने प्रज्ञाकाे निर्णय

बिहिबार, ०२ मङि्सर २०७३

नेपाल प्रज्ञा–प्रतिष्ठानले नेपाली भाषाको वर्णविन्यासमा उठेका विवादका आधारमा नेपाली बृहत् शब्दकोश २०७२ सच्याउने निर्णय गरेको छ ।

‘लामो स्वरुपको पत्रकारिता महत्त्वमै'

बिहिबार, ०२ मङि्सर २०७३

न्यु मिडियाले विश्वसनियता जित्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो। डिजिटल मिडियाले सही सूचना कुन हो भन्ने विषयमा अडियन्सलाई मिस लिड गरिरहेको छ त्यसैले न्यु मिडियाले अडियन्सको विश्वास जित्नु जरुरी छ।

शुक्लाफाँटा पीडितको मागः खान पुग्ने जमीन देऊ

बिहिबार, ०२ मङि्सर २०७३

कञ्चनपुर जिल्लाको शुक्लाफाँटा वन्यजन्तु आरक्षबाट विस्थापित परिवारले सरकारबाट खोसिएको जग्गा फिर्ता गराईदिन माग गरेका छन् ।

सीडीएमए स्काई फोन सेवा अवरुद्ध

बिहिबार, ०२ मङि्सर २०७३

खोटाङमा नेपाल टेलिकमको सीडीएमए स्काई फोन अवरुद्ध भएको छ।

अाेलीकाे प्रश्न– 'पहाड र मधेस छुट्याउने गरी कसका लागि कित्ताकाट ?'

बिहिबार, ०२ मङि्सर २०७३

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको समयमा अघि सारिएको संविधान संशोधनको माग नेपालीको नभएको बताएका छन्।

परीक्षाफल प्रकाशित

बिहिबार, ०२ मङि्सर २०७३

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७२ सालमा सञ्चालित कानुन सङ्कायतर्फ बिएल एलएलबी प्रथम वर्षको परीक्षाको परीक्षाफल बिहीबार प्रकाशन गरिएको छ ।

ब्रुनार्इ पठाइदिने बहानामा ३० जनासँग १ कराेड ३० लाख ठग्ने पक्राउ

बिहिबार, ०२ मङि्सर २०७३

वैदेशिक रोजगारीका लागि ब्रुनाई पठाइदिने भनी ठगी गरेको अभियोगमा नयाँ बानेश्वरस्थित इलान इन्टरनेसनल प्रालिका सञ्चालक घनश्याम अर्याललाई प्रहरीले पक्राउ गरेको छ।

विद्युत् चोरी नियन्त्रण अभियान अगाडि बढाउँदै प्राधिकरण

बिहिबार, ०२ मङि्सर २०७३

नेपाल विद्युत् प्राधिकरणले काठमाडौँ उपत्यकालाई विद्युत्भार कटौतीमुक्त गरेपछि मुलुकभर नै विद्युत् चोरीमा संलग्न र चुहावटमा संलग्नलाई समेत कारबाहीको प्रक्रिया युद्धस्तरमा अगाडि बढाएको छ । प्राधिकरणको तथ्याङ्कअनुसार मुलुकभर प्राविधिक र अन्य गरी २५ प्रतिशतभन्दा बढी चुहावट हुने गरेको छ । त्यसमा चोरीको मात्रा करिब पाँच प्रतिशतको हाराहारीमा रहेकाले पहिलो चरणमा चोरी नियन्त्रण गर्ने अभियान सुरु गरेको हो ।

चार महिनामा पुँजीगत खर्च ८ प्रतिशत मात्र

बिहिबार, ०२ मङि्सर २०७३

चालु आवको पहिलो चौमासिकमा चितवनमा करिब आठ प्रतिशत मात्र पुँजीगत खर्च भएको छ ।

नेप्से परिसूचक ४० अंकले ओरालो

बिहिबार, ०२ मङि्सर २०७३

धितोपत्र बजारमा नेप्से परिसूचक बिहीबार दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से परिसूचक ४० दशमलव ३२ अङ्कले ओरालो लागेर एक हजार ६५८ बिन्दुमा झरेको छ ।

चैनपुर–ताक्लाकोट उत्तर दक्षिण नाका खोल्न चीनसँग कुरा गर्छुः प्रधानमन्त्री

बिहिबार, ०२ मङि्सर २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले चैनपुर–ताक्लाकोट उत्तर दक्षिण नाका खोल्न चीनसँग कुरा गर्ने बताएका छन्। चीनले तातोपानी नाकासमेत खोल्न नमानिरहेका बेला प्रधानमन्त्रीले नयाँ नाका खोल्न चीनसँग कुरा गर्ने बताएका हुन् बिहीबार बझाङबाट आएको सर्वदलीय टोलीसँगको भेटमा प्रधानमन्त्री दाहालले चीनसँगको नाका खोल्न चीनसँग कुरा गर्ने बताए।

अंगीकृत नागिरकलाई उच्च पद दिने माग माेर्चाकाे हाेइन : यादव

बिहिबार, ०२ मङि्सर २०७३

मधेसी मोर्चाका नेता एवम् तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले अंगीकृत नागरिकलाई राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, सुरक्षा निकायको प्रमुख र संवैधानिक अंगको प्रमुख बनाउने माग मोर्चाको नभएको प्रष्ट पारेका छन् ।

‘जात्रा’ एक सातामै करोड क्लबमा (भिडियाे)

बिहिबार, ०२ मङि्सर २०७३

प्रदर्शनमा आएको एक साता नबित्दै चलचित्र जात्रा करोड क्लबमा प्रवेश गरेको छ। चर्चा र लोकप्रियता कमाईरहेको जात्राले बुधबारसम्म १ करोड ५ सय रुपैँया ग्रस कलेक्शन गरेको फिल्म वितरक माधव वाग्लेले जानकारी दिएका छन्।

अर्थ सचिव सुवेदीलाई पितृशोक

बिहिबार, ०२ मङि्सर २०७३

अर्थमन्त्रालयका सचिव शान्तराज सुवेदीलाई पितृशोक परेको छ। सचिव सुवेदीका बुबा लोकमणि सुवेदीको ७७ वर्षको उमेरमा बिहीबार निधन भएको हो।

नेतालाई हजारौँ बिहे प्रस्ताव

बिहिबार, ०२ मङि्सर २०७३

बिहारका उपमुख्यमन्त्री तेजस्वी यादवलाई बिहे र प्रेमको प्रस्ताव राख्दै हजारौँ सन्देश आएका छन् । प्रान्तस्तरको क्रिकेट खेलमा राम्रोसँग चिनिएका यी अविवाहित नेतालाई प्रेम र बिहेका निम्ति प्रस्ताव गर्दै ४४ हजार म्यासेज पठाइएको समाचारमा जनाइएको छ ।

दीपिकाको कस्ताे चुम्बन !

बिहिबार, ०२ मङि्सर २०७३

बलिउड अभिनेत्री दीपिका पादुकोणले प्रेमी रणवीर सिंहलाई खुलेआम चुमेकी छिन् । हलिउडमा दीपिकाले काम गर्न थालेपछि रणवीरसँग उनको दूरी बढेको चर्चा चलिरहेको बेला यसलाई असत्य साबित गर्दै उनले सार्वजनिक ठाउँमै रणवीरलाई चुमेकी हुन् ।

प्रतिबन्धित भारु नाेट साट्ने व्यवस्था मिलाउन सरकारलार्इ निर्देशन

बिहिबार, ०२ मङि्सर २०७३

व्यवस्थापिका संसद्अन्तर्गतकाे अर्थसमितिले नेपालीसँग रहेका पाँच सय र एक हजार दरका भारतीय प्रतिबन्धित नाेट साट्न सहज व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ।

उद्धार गरिएका युवाद्वारा प्रधानमन्त्री दाहाललाई धन्यवाद

बिहिबार, ०२ मङि्सर २०७३

प्रधानमन्त्रीको सचिवालयमार्फत उद्धार भइ नेपाल फर्किएका साउदी अरेबियामा अलपत्र एक युवाले आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटी धन्यवाद दिएका छन् ।

काँग्रेस नेता पौडेल मध्यतराईको भ्रमणमा

बिहिबार, ०२ मङि्सर २०७३

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान संशोधनको कार्यमा नेपाली काँगे्रसले अग्रसरता लिने बताएका छन्। पार्टीको जिल्लास्तरीय कार्यकर्ता भेलालाई बिहीबार सम्बोधन गर्दै उनले आफू तराईका जनतामा रहेको नैराश्यता हटाउन र मौलिक अधिकारबारे उनीहरुलाई जानकारी दिन आजदेखि मध्यतराईको भ्रमणमा निस्केको बताए।

कांग्रेससँग संघीय गठबन्धन सशंकित

बिहिबार, ०२ मङि्सर २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन गर्ने मिति बारम्बार सारेको भन्दै मधेसी मोर्चासहित संघीय गठबन्धनका नेताहरु बुधबार नेपाली कांग्रेससँग गुनासो गर्न पुगे। संसदको सबै भन्दा ठूलो दल आफूहरुले विश्वास गरेको पार्टी भन्दै गठबन्धनका नेताले कांग्रेससँग आफ्ना असन्तुष्टि पोखे। करिव दुई घण्टा भएको छलफलमा नेताहरुले प्रधानमन्त्रीसँग विश्वस्त हुन नसकेको भन्दै संधिवान संशोधनका विषयमा कांग्रेसको धारणा माग गरेका थिए।

Ncell Footer Ad