नागरिक

नागरिक

साताभरिमा अढाइ अर्बको सेयर कारोबार

आइतबार, २९ असार २०७६

साता सेयर बजारमा उतारचढावपूर्ण कारोबार भयो। सातामा पाँच दिन खुलेको बजारमा एक सय ७३ कम्पनीको एक करोड १३ लाख ८७ हजार ६ सय १६ कित्ता सेयर दुई अर्ब ६३ करोड ६८ लाख ९५ हजारमा किनबेच भएको छ।

सोलुमा तीन दिनदेखि आवागमन ठप्प

आइतबार, २९ असार २०७६

हिमाली जिल्ला सोलुखुम्बुमा तीन दिनदेखि आवागमन ठप्प भएको छ। अविरल वर्षासँगै मौसम प्रतिकूल बनेपछि सडक तथा विमानस्थल सञ्चालनमा आउन सकेका छैनन्।

भिएलएन सञ्चालक श्रेष्ठलाई सफाइ

आइतबार, २९ असार २०७६

मलेसिया जाने कामदार लगायत सबैको राहदानी संकलन र भिसा प्रक्रियाको गर्दै आएको भिएलएन नेपालका सञ्चालक रामप्रसाद श्रेष्ठलाई काठमाडौं जिल्ला अदालतले सफाइ दिएको छ।

मध्य ताराखोलामा प्रभु बैंकको २८ करोड लगानी

आइतबार, २९ असार २०७६

ताराखोला गाउँपालिकामा निर्माण हुन लागेको १.७ मेघावाटको मध्य ताराखोला जलविद्युत् परियोजनामा प्रभु बैंकले २८ करोड ३० रुपैयाँ लगानी गर्ने भएको छ।

असारे बाढीसँगै बग्दै प्रदेश २ सरकारको बजेट

आइतबार, २९ असार २०७६

बिहीबार धनुषामा दिनभर वर्षा भइरहेको छ। किसानलाई रोपाइँ गर्न भ्याइनभ्याइ छ। लक्ष्मिनियाँ गाउँपालिकास्थित अगिलेसवा टोलमा भने अविरल वर्षाको पर्बाहै नगरी धमाधम बाटो ढलान गरिँदैछ।

विपिन र स्वस्तिमा उत्कृष्ट

आइतबार, २९ असार २०७६

अभिनेता विपिन कार्की विसं. २०७५ सालमा उत्कृष्ट हुँदै राष्ट्रिय चलचित्र पुरस्कार जितेका छन्। शुक्रबार शितल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई उत्कृष्ट अभिनेताको अवार्ड र प्रमाणपत्र प्रदान गरिन्। ‘प्रसाद’ फिल्मबाट उनले अवार्ड जितेका थिए।

छिन्नलता पुरस्कार सात स्रष्टालाई प्रदान

आइतबार, २९ असार २०७६

यस वर्षको छिन्नलता गीत पुरस्कार सात जना स्रष्टाहरूलाई प्रदान गरिएको छ। शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेलले गीतकार बुद्धवीर लामालाई गीत रचनातर्फको छिन्नलता पुरस्कार प्रदान गरेका थियो।

म्युलरसँगको सुनुवाई एक सातापछि

आइतबार, २९ असार २०७६

अमेरिकी न्याय मन्त्रालयका पूर्वपरामर्शदाता रोबर्ट म्युलरको प्रतिवेदनमाथि अमेरिकी कंग्रेस (संसद्) मा हुने सुनुवाई जुलाई २४ मा हुने गरी समय सारिएको छ।

झपडमा २६ तालिबान मारिए

आइतबार, २९ असार २०७६

अफगानिस्तानको उत्तरी प्रान्त तखार र जावजानमा सुरक्षा अधिकारी र तालिबान लडाकुबीच भएको झपडमा परी कम्तीमा २६ तालिबान मारिएको सरकारी स्रोतले शनिबार जानकारी दिएको छ। तालिबान समर्थक लडाकुको एक समूहले जावजान प्रान्तको कार्कीन जिल्ला कब्जा गर्ने क्रममा शुक्रबार अबेर राति भीषण आक्रमण गरेका थिए। उक्त आक्रमणको क्रममा सुरक्षा अधिकारीले गरेको जवाफी कारबाहीमा कम्तीमा २० लडाकु मारिएका हुन्।

बेलायत जान २० हजार चिनियाँ विद्यार्थीको आवेदन

आइतबार, २९ असार २०७६

बेलायती विश्वविद्यालयमा अध्ययनका लागि चीनका १९ हजार ७६० जनाले आवेदन दिएका छन्। आवेदन दिनेको यो संख्या अघिल्लो वर्षको भन्दा ३० प्रतिशत बढी भएको ‘चाइना डेली’ले शनिबार लेखेको छ। बेलायती विश्वविद्यालयमा अध्ययनका लागि उत्तरी आयरल्यान्डबाट भन्दा चीनबाट बढी विद्यार्थीको आवेदन परेको यो पहिलो पटक भएको बताइएको छ।

सोमालिया होटल आक्रमण, २६ को मृत्यु

आइतबार, २९ असार २०७६

सोमालियाको एउटा होटलमा भएको आत्मघाती बम आक्रमणमा परी कम्तीमा २६ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एक प्रख्यात पत्रकारसहित कैयौं विदेशी नागरिक पनि रहेको अधिकारीले शनिबार जानकारी दिएका छन्। घटनामा परी अन्य ५६ जना घाइते भएका छन्।

फेसबुकलाई साढे पाँच खर्ब जरिवाना

आइतबार, २९ असार २०७६

तथ्यांकको गोपनियता कायम राख्न नसकेको मुद्दामा फेसबुकलाई हालसम्मकै धेरै जरिवाना हुने भएको छ। तथ्यांकको गोपनियताको उल्लंघन विषयमा अनुसन्धान गरेको अमेरिकी नियामकले फेसबुकलाई पाँच अर्ब अमेरिकी डलर अर्थात् साढे पाँच खर्ब नेपाली रुपैयाँ जरिवाना तिराउन अनुमति दिएको अमेरिकी सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

जताततै कान्ले पहिरोको जोखिम

आइतबार, २९ असार २०७६

भारी वर्षाका कारण खोटाङमा दर्जनौं घर–पहिरोको जोखिममा परेका छन्। ससाना कान्ले पहिरोका कारण हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान र राजापानी वडा कार्यालयमा क्षति पुगेको छ। महादेवस्थान वडा कार्यालयअगाडिको जग पहिरोले भासिएको र राजापानी वडा कार्यालयलाई माथिबाट खसेको कान्ले पहिरोले क्षति पु¥याएको मेयर इवन राईले बताए। भित्ता खस्दा हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेस्थित शान्ति आधारभूत विद्यालयको प्रशासन कक्षमा क्षति पुगेको हो।

नेपाल जलवायु परिवर्तनको ‘हटस्पट’

आइतबार, २९ असार २०७६

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले नेपाल जलवायु परिवर्तनको हटस्पट भएको बताएका छन्। शुक्रबार संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषदन्तर्गतको उच्चस्तरीय राजनीतिक मञ्चमा बोल्ने क्रममा उनले सो कुरा बताएका हुन्। संयुक्त राष्ट्रसंघको आयोजनामा दीगो विकास सम्बन्धमा आयोजित कार्यक्रममा बोल्दै उपाध्यक्ष कँडेलले नेपालले नगन्य रुपमा कार्बन उत्सर्जन गर्दा पनि जलवायु परिवर्तनको प्रतिकूल प्रभाव सहनु परेको बताए।

‘शान्ति सेनाको संख्या बढाउन नेपाल तयार’

आइतबार, २९ असार २०७६

प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेना संयुक्त राष्ट्रसंघको आग्रहमा थप शान्ति सैनिक खटाउन तयार भएको बताएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा आयोजित ‘चिफ डिफेन्स स्टाफ कन्फेन्स’मा बोल्दै प्रधानसेनापति थापाले सो बताएका हुन्। प्रधानसेनापति थापाले नेपाली शान्ति सैनिकले संयुक्त राष्ट्रसंघको परिधिभित्र रहेर खेलिरहेको नेतृत्वदायी भूमिकाबारेमा प्रकाश पारेका थिए। प्रधानसेनापति

चक्रपथ सरसफाइको सय साता

आइतबार, २९ असार २०७६

उपत्यकाको चक्रपथ क्षेत्रमा सरसफाई अभियान चलाउँदै आएको ‘चक्रपथ सफाइ अभियान’ले औपचारिक रुपमा सरसफाइ थालेको सय साता पुरा गरेको छ। सय सातामा गरिएको सरसफाइका क्रममा २ सय ७८ ट्रक फोहर उठाइएको अभियानले जनाएको छ।

त्रिभुवन राजपथ र कुलेखानी सडक सुचारु

आइतबार, २९ असार २०७६

वर्षासँगै आएको बाढी र पहिरोले अवरुद्ध पारेको त्रिभुवन राजपथ र हेटौंडा–भीमफेदी–काठमाडौं सडकको हेटौंडा–कुलेखानी सडक खण्ड सञ्चालनमा आएको छ ।

स्टोर्समा चोरी

आइतबार, २९ असार २०७६

सोलु दूधकुण्ड नगरपालिका–११ तिङ्लाको रमितेस्थित मदन स्टोर्समा चोरी भएको छ।

स्टोर्समा चोरी

आइतबार, २९ असार २०७६

सोलु दूधकुण्ड नगरपालिका–११ तिङ्लाको रमितेस्थित मदन स्टोर्समा चोरी भएको छ।

पूर्ण खोप सुनिश्चितता नगर घोषणा

आइतबार, २९ असार २०७६

हलेसी तुवाचुङ नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता नगर घोषणा गरिएको छ। नगरपालिकाभित्रका १२ महिनादेखि २३ महिनासम्मका बालबालिकाले सम्पूर्ण खोपको मात्रा पूरा गरेको सुनिश्चित भएपछि नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता नगर घोषणा गरिएको हो। ११ वडा रहेको नगरपालिकाभित्रका १२ महिनादेखि २३ महिनाभित्रका पाँच सय ५४ बालबच्चाले ११ महिनाको उमेरभित्रमा राष्ट्रिय खोप तालिकाअनुसार बिसिजी, डिपिटी–हेप बि–हिब, पोलियो, पिसिभी, दादुरा–रुबेला र जेई खोपको मात्रा पूरा गरेको आधारमा नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता नगर घोषणा गरिएको नगरका स्वास्थ्य शाखा प्रमुख रामकुमार भगतले बताए।

Ncell Footer Ad