नागरिक

नागरिक

भारतमा बाढीले ८० लाख बढी विस्थापित

बिहिबार, ०२ साउन २०७६

भारतको कैयौ भागमा बाढी खतरा अझै यथावत रहेको छ। यद्यपी भारतको पूर्वी राज्य विहार र उत्तरपूर्वी राज्य आसाम र उत्तर प्रदेशका केही भागहरु बाढीको यस प्रकोपबाट बढी प्रभावित भएको छ।

शेयर बजारः नेप्से परिसूचक थामियो

बिहिबार, ०२ साउन २०७६

धितोपत्र बजारमा कारोवार मापक नेप्से परिसूचक उकालो लाग्नेक्रम आज थामिएको छ। बुधबार दोहोरो अङ्कले उकालो लागेर बन्द भएको बजारमा नेप्से परिसूचक २.३७ बिन्दुले घटेर एक हजार २७२.४९ विन्दुमा पुगेको हो।

रेश्माको ‘नेटो काटमकी यसपालि’

बिहिबार, ०२ साउन २०७६

गायिका रेश्मा खड्काको ‘नेटो काटम कि यसपालि’ तीज गीत सार्वजनिक भएको छ। गीतमा तृप्ती खड्का, रेश्मा केसी र गायक सन्दीप न्यौपानेको स्वर छ।

इन्जिनियर दिवस मनाइने

बिहिबार, ०२ साउन २०७६

नेपाल इन्जिनियर्स एसोसियसनले इन्जिनियर दिवसको अवसर पारेर साउन ३ र ४ गते काठमाडौंमा विभिन्न कार्यक्रम गर्ने भएको छ।

बस र भ्यान ठोक्किँदा दुईको मृत्यु, २८ घाइते

बिहिबार, ०२ साउन २०७६

मोरङको पथरी शनिश्चरे–१०, स्थित पूर्वपश्चिम राजमार्गमा बस र तरकारी बोकेको भ्यान एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ।

मक्कामदिनाको यात्रा...

बिहिबार, ०२ साउन २०७६

मुस्लिम समुदायको पवित्र तीर्थस्थल साउदी अरेबियाको मक्कामदिनामा हज गर्न नेपालबाट मुस्लिम समुदायको टोली साउदी अरेबिया प्रस्थान गरेको छ।

लोकसेवाद्वारा वार्षिक कार्यतालिका सार्वजनिक

बिहिबार, ०२ साउन २०७६

आयोगले सरकारबाट पदपूर्तिका लागि माग प्राप्त नभएको खण्डमा पदपूर्तिको कार्यक्रम तालिकाबमोजिम नहुने जनाएको छ।

लोक सेवा आयोगको कार्यालयमा विरोध प्रदर्शन

बिहिबार, ०२ साउन २०७६

स्थानीय तहको कर्मचारी भर्नाका लागि खुलाएको विज्ञापन खारेज गर्न दवाव दिँदै काठमाडौंको अनामनगरस्थित लोक सेवा आयोगको केन्द्रिय कार्यालय अगाडि प्रर्दशन गरिएको छ।

दुग्ध संस्थानको नाफा पौने पाँच करोड

बिहिबार, ०२ साउन २०७६

सरकारी स्वामित्वका अधिकांश सार्वजनिक संस्थान घाटामा गइरहेका बेला दुग्ध विकास संस्थाले चालु आर्थिक वर्षको पहिलो नौ महिनामा पौने पाँच करोड रुपैयाँ नाफा कमाएको छ।

जलाशय भरिएपछि पूर्ण क्षमतामा बिजुली उत्पादन

बिहिबार, ०२ साउन २०७६

नेपाल विद्युत् प्राधिकरणले कुलेखानी जलविद्युत् आयोजनाको जलाशय भरिएसँगै पूर्ण रुपमा बिजुली उत्पादन गर्न थालेको छ। प्राधिकरणले जलाशयमा पानी भरिएपछि कुलेखानी पहिलो (६० मेगावाट) र दोस्रो (३२ मेगावाट) पूर्ण क्षमतामा चलाइएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए।

धान रोपाइँ ४० प्रतिशत मात्र

बिहिबार, ०२ साउन २०७६

समयमा वर्षात् सुरु नभएकाले असार मसान्तसम्म धान रोपाइँ ४०.४६ प्रतिशत मात्र भएको छ। यो पाली गत वर्ष भन्दा २३.४२ प्रतिशत कम रोपाइँ भएको कृषि तथा पशुपक्षी मन्त्रालयले जनाएको छ।

यसरी जोगिन सकिन्छ चाया—पोतोबाट

बिहिबार, ०२ साउन २०७६

पोतोलै हैरान बनाएको छ ? हैरान बनाए पनि तनाव भने लिनु हुन्न । तनावले ठीक हुँदैन, तनावले त यो समस्या झन् बढाउँछ।

सूचीकरण हुन तीन महिना थप

बिहिबार, ०२ साउन २०७६

औपचारिक रूपमा दर्ता भएका उद्योेग, प्रतिष्ठानको तुलनामा निकै थोरै मात्र सूचीकरण भएपछि कोष सूचीकरणको म्याद थप्न बाध्य भएको हो

हावाहुरीले मकै खेती सखाप

बिहिबार, ०२ साउन २०७६

आइतबार र सोमबार आएको हावाहुरीले सोलुदूधकुण्ड नगरपालिका क्षेत्रकाकरिब एक हजार हेक्टरमालगाइएको मकै खेतीमाक्षति पु¥याएको छ। भर्खर चमरहाल्दै गरेको मकै हावाहुरीले ढालेपछि किसानले क्षतिको मूल्यांकन गरी राहतकालागि स्थानीयसरकार र प्रशासनगुहारेका छन्।

भारतीय कारण देखाउँदै तरकारीमा ब्रम्हलुट

बिहिबार, ०२ साउन २०७६

सर्वसाधारणको भान्सामा दिनहुँ पाक्ने तरकारीको मूल्य यतिबेला अकासिएको छ। भारतीय तरकारी विषादीका कारण आउन नपाएको र स्थानीय उत्पादन कम भएको बहाना देखाएर व्यापारीले तरकारीको मूल्य एकाएक बढाएका छन्। तरकारीको भाउ किन महंगो भनेर सोध्दा धेरै व्यापारीले एउटैखाले जवाफ दिन्छन– स्वदेशी उत्पादन कम छ, भारतीय तरकारी बजारमा आउन पाएको छैन। आपूर्ति कम हुन्छ, तर, माग बढी हुँदा मूल्य निकै अकासिएको छ।

लागुऔषधसहित दुई पक्राउ

बिहिबार, ०२ साउन २०७६

मकवानपुर प्रहरीले हेटौँडाबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका–१७ रामनगर बस्ने ४० वर्षीय टीकाराम सार्की र सोही ठाउँका ४५ वर्षीय ताराबहादुर भुजेल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

लगाउने होइन त मेंहन्दी र हरियो चुरा (फोटो फिचर)

बिहिबार, ०२ साउन २०७६

साउन महिनामा हरियो पहिरन, चुरापोते र मेंहन्दी लगाउने प्रचलन रहिआएको छ। महिलाहरु प्राय मेंहन्दी र हरियो पहिरनमा सजिने गर्छन्। साउनको समयमा हरियो चुरा पोतेको व्यापार पनि बढ्ने गरेको व्यवसायीहरु बताउँछन्।

वडाध्यक्षको कुटाइबाट बालक घाइते

बिहिबार, ०२ साउन २०७६

वडाअध्यक्ष भीमबहादुर सार्कीले एक बालकलाई कुटपिट गरेको छ। आफ्नो घर अगाडिको फूल टिपेको भन्दै वडाध्यक्ष सार्कीले घोराही उपमहानगरपालिका–४ गोग्ली शान्तिनगरका नौ वर्षीय बालक भरत घर्तीमाथि कुटपिट गरेका हुन्।

अलैंची र चियाको बिरुवा किसानलाई वितरण

बिहिबार, ०२ साउन २०७६

राष्ट्रिय व्यावसायिक कृषि अनुसन्धान केन्द्र पाख्रिबास धनकुटाले अलैंचीमा लाग्ने रोग तथा कीराको न्यूनीकरणका लागि कृषकहरुलाई अलैंचीको स्वस्थ बिरुवा उत्पादन गरेर बिक्री वितरण गरेको छ। चियाको समाधानका लागि चियाको गुण र स्वाद तथा नामकरणका लागि अध्ययन अनुसन्धान गरिरहेको छ।

माने बालन डी अरको दाबेदार

बिहिबार, ०२ साउन २०७६

च्याम्पियन्स लिगको उपाधि लिभरपुललाई जिताएपछि सेनेगलका साडियो माने केही महिनाअगाडि आफ्नो देशलाई पहिलो पटक अफ्रिका कप नेसन्सको उपाधि दिलाउने लक्ष्यका साथ आफ्नै महादेश पुगेका थिए।

Ncell Footer Ad