नागरिक

नागरिक

चालक अनुमतिपत्र छपाइमा भइरहेको ढिलाइ अन्त्य हुने

बुधबार, ०४ भदौ २०७६

चालक अनुमतिपत्र छपाइमा भइरहेको ढिलाइ हटाउने उद्देश्यले ‘मास प्रिन्टर’ जडानको काम शुरु भएको छ। गत साता मात्रै आइपुगेको सो प्रिन्टरको जडान तीन सातामा सकिएर सो उपकरण प्रयोगमा आउने बताइएको छ।

विशेष सुविधाका साथ संसद भवनमा चमेना गृह

बुधबार, ०४ भदौ २०७६

नयाँ बानेश्वरस्थित संसद् भवनमा तोकिएको अवधिभन्दा अघि नै सुविधासम्पन्न चमेना गृहको निर्माण सम्पन्न भएको छ। करीब ६ महीना निर्माण अवधि तोकिएको चमेना गृह पाँच दिनअघि नै निर्माण सम्पन्न भई आज हस्तान्तरण गरियो।

भेरी–बबई आयोजना: मुआब्जा बहिष्कार गर्ने चेतावनी

बुधबार, ०४ भदौ २०७६

राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना प्रभावित क्षेत्रका बासिन्दाले मुआब्जा निर्धारणप्रति असन्तुष्टि जनाएका छन्।

अमेरिकी गिर्जाघरमा आक्रमण गर्न खोज्ने पक्राउ

बुधबार, ०४ भदौ २०७६

अमेरिकी सङ्घीय जाँच ब्यूरो (एफबिआई)ले अमेरिकाको टेनेसी राज्यस्थित मेम्फिसको इसाई गिर्जाघर (चर्च) मा सामूहिक हत्याको योजना बनाएको आरोपमा एक ट्रक ड्राइभरलाई पक्राउ गरेको छ।

अमेरिकाकाे लागि विद्यार्थी ऋण ‘आजीवन सजाय’

बुधबार, ०४ भदौ २०७६

हेली वाल्टर्सलाई कानून विषयमा डिग्री हासिल गर्न अझै पाँच वर्ष लाग्नेछ। यदि सबैकुरा योजना मुताबिक भयो भने पढाइ सकेर काम गर्ने बेलासम्ममा उनी एक लाख डलरको विद्यार्थी ऋणमा परेकी हुनेछिन्।

ज्ञानको समृद्धिकरणमा माक्र्सवाद र एसियाली दर्शन

बुधबार, ०४ भदौ २०७६

पहिलोपटक आयोजना गरिएको माक्र्सवाद र एसियाली दर्शन अन्तर्राष्ट्रिय सम्मेलन दुईबुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ।

रोग लागेका खसीबोका नेपाल ल्याउन दिन्नौंः मन्त्री खनाल

बुधबार, ०४ भदौ २०७६

कृषि तथा पशुपन्छी बिकास मन्त्री चक्रपाणी खनालले स्वस्थ परीक्षण नगरिएका खसीबोका नेपाल भित्रिन नदिने बताएका छन्।

अस्ट्रेलियामा यौनकाण्डः पेल दोषी ठहर

बुधबार, ०४ भदौ २०७६

अस्ट्रेलियाली एक पुनरावेदन अदालतले बुधबार कार्डिनल जर्ज पेलमाथिको बालयौन दुराचारको सजायलाई पुनः सदर गरेको छ अदालतको उक्त आदेशपछि अदालत परिसरबाहिर भेला भएका पीडित र उनीहरुका समर्थकले खुशी व्यक्त गरेका थिए

हावाहुरीले मकैबाली नष्ट

बुधबार, ०४ भदौ २०७६

केहि दिन अघि वर्षात संगै आएको हावाहुरीले जिल्ला सदरमुकाम लगाएत विभिन्न गाउँका बस्तीहरुमा लगाइएको मकैबाली नष्ट भएको छ।

नेपाल भारतबीच भएको सम्झौता पुनरावलोकन गर्न कोमल वलीको माग

बुधबार, ०४ भदौ २०७६

सत्तारुढ दलका सांसदहरुले नेपाल भारतबीच भएको जलश्रोत सम्बन्धि सम्झौता भारत पक्षले पालना नगर्दा नेपालीहरु पीडित बनेको गुनासो गरेका छन्।

११ ठूला उद्योग कारवाहीमा परे

बुधबार, ०४ भदौ २०७६

तोकिएको समयमा नापतौल यन्त्र जाँच र नवीकरण नगराउने पर्सा जिल्लाका ११ उद्योगलाई कारवाही गरिएको छ।

प्रधानमन्त्री ओली र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता (फोटोफिचर)

बुधबार, ०४ भदौ २०७६

जयशंकरले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ।

तलबको १० प्रतिशत रकम आमाबुबाको खातामा

बुधबार, ०४ भदौ २०७६

नवलपरासी पूर्वको देवचुली नगरपालिकाले तलबको दश प्रतिशत रकम आफ्ना आमाबुबाको खातामा जम्मा गर्नुुपर्ने नीति लिएको छ। ज्येष्ठ नागरिकको सम्मानका लागि नगरपालिकाले नगरसभामामार्फत् चालू आर्थिक वर्षबाट आफ्नो तलबको दश प्रतिशत रकम आमाबुबाको खातामा जम्मा गर्ने निर्णय गरिएको हो।

फेरी बढ्यो सुनको मूल्य

बुधबार, ०४ भदौ २०७६

पछिल्लो एक महीनादेखि निरन्तर उकालो लाग्दै आएको सुनको मूल्य स्थानीय बजारमा आज फेरि वृद्धि भएको छ।

नेपालमा बार्षिक एक हजार विद्यार्थी अध्ययनका लागि पठाउन चीन तयार

बुधबार, ०४ भदौ २०७६

शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालले योग, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटी सम्बन्धी नयाँ पाठ्यक्रममा बनाएपछि चिन सरकारले चासो व्यक्त गरेको छ।

मूर्तिकला पाठ्यक्रम निर्माण हुँदै

बुधबार, ०४ भदौ २०७६

नेपालमै पहिलो पटक एक नम्बर प्रदेशस्तरीय मूर्तिकला कार्यशाला तथा पाठ्यक्रम निर्माण कार्यक्रम सम्पन्न हुने भएको छ।

हवाई आक्रमणमा १८ जनाको मृत्यु

बुधबार, ०४ भदौ २०७६

उत्तरी तखार प्रान्तको एस्कामिस जिल्लामा सरकारी फौजले गरेको हवाई आक्रमणमा १८ जना तालिबानी विद्रोही मारिएका छन्।

अमेरिका–तालिबानबीच वार्ताको तयारी

बुधबार, ०४ भदौ २०७६

अफगानिस्तानको प्रमुख विद्रोही समूह तालिबानसँग वार्ता गर्न अमेरिकी विशेषदूत जाल्मे खलिलजाद कतारको दोहातर्फ प्रस्थान गरेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।

स्मिथले तेस्रो टेस्ट गुमाउने

बुधबार, ०४ भदौ २०७६

अस्ट्रेलियाका ब्याट्सम्यान स्टिभ स्मिथले ‘कन्कसन’का कारण एसेस टेस्टअन्तर्गत तेस्रो टेस्ट गुमाउने भएका छन् ।दोस्रो टेस्टअन्तर्गत पहिलो इनिङमा ८४ रनमा खेलिरहँदा ३० वर्षे स्मिथ इङ्ल्यान्डका तीव्र गतिका बलर जोफ्रा आर्चरको बाउन्सरमा घाइते भएका थिए ।

प्रतिष्ठानमा अक्सिजनको अभाव

बुधबार, ०४ भदौ २०७६

यहाँस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजनको अभाव भएको छ। प्रतिष्ठानको एक हजार ६०० लिटर प्रतिमिनेट अक्सिजन उत्पादन गर्ने क्षमताको प्लान्ट बिग्रिएर काम नगरेपछि अक्सिजन अभाव भएको हो।

Ncell Footer Ad