नागरिक संवाददाता

न्युरोडमा दिनदहाडै सांसदलाई लुट्ने युवक पक्राउ

आइतबार, ०८ भदौ २०७६

राजधानीको न्युरोडमा दिनदहाडै सांसदलाई लुट्ने एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ।

व्यक्तिले गलत विवरण बुझाए कर छलीमा कारवाही हुनेः अर्थमन्त्री खतिवडा

आइतबार, ०८ भदौ २०७६

स्वयम् कर घोषणाअन्तर्गत व्यक्तिले गलत विवरण बुझाएमा कर छली सरह नै कारवाही हुने भएको छ। संसदीय समितिमा छलफलको क्रममा रहेको राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संसोधन ) विधेयक २०७५मा व्यक्तिले झुट्टा विवरण बुझाएको पाईएमा कर छली कसुर अनुसार नै कारवाही हुने व्यवस्था गरिएको हो।

पूर्वराजा ज्ञानेन्द्र र पारस शाहका अवाञ्छित गतिविधि रोक्न सांसदको माग

आइतबार, ०८ भदौ २०७६

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसद बलराम प्रसाद बाँस्कोटाले पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वयुवराज पारस शाहका अवाञ्छित गतिविधि नियन्त्रण गर्न सरकारसँग माग गरेका छन्।

फेसबुकमार्फत सिडिओलाई गाली गर्ने पक्राउ

आइतबार, ०८ भदौ २०७६

सामाजिक सञ्जाल फेसबुकमार्फत प्रमुख जिल्ला अधिकारी (सिडिओ)लाई गाली गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

ट्याक्टर पल्टिँदा चालकको मृत्यु

शनिबार, ०७ भदौ २०७६

मेची राजमार्गअन्तर्गत इलाम नगरपालिकामा शनिबार अपराह्न भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

ट्रकको ठक्करबाट एक जना मृत्यु

शनिबार, ०७ भदौ २०७६

बुटवल ट्राफिक चोकमा शनिबार दिउँसो ट्रकको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ।

ईश्वर पोखरेलले सम्हाले स्कुल विभागको जिम्मेवारी

शनिबार, ०७ भदौ २०७६

नेकपाका नेता ईश्वर पोखरेलले नेपाल कम्युनिष्ट पार्टीको स्कूल विभाग प्रमुखको जिम्मेवारी लिएका छन्।  ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सनिबार विशेष कार्यक्रम गरी पोखरेललाई स्कूल विभाग प्रमुखको जिम्मेवारी हस्तान्तरण गरिएको हो।

उपलब्धिको रक्षा गर्न दलहरुलाई पूर्वराष्ट्रपति यादवको आग्रह

शनिबार, ०७ भदौ २०७६

गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले संविधान, लोकतन्त्र, गणतन्त्र, सङ्घीयता र समावेशी समानुपातिक सिद्धान्तको मर्म र भावनालाई पूर्णरुपमा आत्मसात गरेर काम गर्न सरकार र राजनीतिक दललाई सुझाव दिएका छन्।

पुडासैनी र रवि लामिछाने प्रकरणमा कलाकारले के भने?

शनिबार, ०७ भदौ २०७६

कलाकारहरुले प्रहरी हिरासतमा रहेका टिभी प्रस्तोता रवि लामिछाने पक्राउ प्रकरणमा निश्पक्ष तथा स्वतन्त्र छानबिन हुनुपर्ने बताएका छन्। उनीहरुले लामिछानेको रिहाईको माग पनि गरे। शनिबार रिपोर्टर्स क्लबको अन्तरक्रियामा बोल्दै कलाकार दीपकराज गिरीले रवि लामिछाने भोलि रिहाई हुने विश्वास व्यक्त गरे।

प्रतिपक्षी सांसदको चुनौतीः हिम्मत छ भने कश्मीर समस्याबारे यो सरकारले बोलोस्

शुक्रबार, ०६ भदौ २०७६

राष्ट्रियसभा सदस्यहरुले समसामयिक विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। राष्ट्रियसभाको शुक्रबारको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले छिमेकी मुलुक भारतको कश्मीरको समस्यादेखि बाजुरा लगायत क्षेत्रका जोखिम बस्तीको स्थानान्तरणबारे सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन्।

आदिवासी, मुस्लिम र क्रिश्चियन समुदायका लागि ‘अन्त्येष्टि स्थल’ निर्माण गर्न सांसदको माग

बिहिबार, ०५ भदौ २०७६

गण्डकी प्रदेशका सांसदले आदिवासी, जनजाति, मुस्लिम र क्रिश्चियन समुदायका लागि अन्तिम संस्कार गर्ने स्थल निर्माण गर्न प्रदेश सरकारसँग माग गरेका छन्।

दुई दिनमा बालुवासहित ९ वटा ट्याक्टर प्रहरी नियन्त्रणमा

बिहिबार, ०५ भदौ २०७६

खोटाङमा अवैध तरिकाले बालुवा ओसार पसार गरिरहेको अवस्थामा दुई दिनमा ९ वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

‘प्रधानमन्त्रीमा एन्टीबडीको मात्रा बढी देखियो, औषधिले काम नगर्दा सिंगापुर जानुपर्यो’

बिहिबार, ०५ भदौ २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीका निजी चिकित्सक डा. दिलीप शर्माले मिर्गौला सम्बन्धी एन्टीबडीको मात्रा केही बढी देखिएकाले ओली थप उपचारका लागि सिंगापुर जानुपरेको स्पष्ट पारेका छन्। उनले आफूहरुकै सिफारिशमा प्रधानमन्त्री ओली सिंगापुर गएको बताए।

संख्या गनेर र औला भाँचेर मात्रै सहकारीको विकास हुन सक्दैनः मन्त्री अर्याल

बिहिबार, ०५ भदौ २०७६

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले काम नगर्ने नाम मात्रका सहकारी संस्थाहरु मर्जरमा जानुपर्ने बताएकी छिन्।

भारतीय विदेशमन्त्री जयशंकर स्वदेश फिर्ता

बिहिबार, ०५ भदौ २०७६

दुई दिने नेपाल भ्रमणमा रहेका भारतका विदेशमन्त्री एस जयशंकर स्वदेश फर्किएका छन्।

राजनीतिक परिवर्तनको आवरणमा धर्म निरपेक्षता लादियोः महामन्त्री लिङ्देन

बिहिबार, ०५ भदौ २०७६

राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनले ०४६ को परिवर्तनपछि विभिन्न वहानामा समाजमा विग्रह ल्याउने कार्य सुरु भएसँगै धार्मिक एवं साँस्कृतिक सहिष्णुता खल्बलिँदै गएको बताएका छन्।

मन्त्रिपरिषद्को बैठक अब भिडियो कन्फ्रेन्सिङ्गबाट

बिहिबार, ०५ भदौ २०७६

नेपाल सरकारको मन्त्रिपरिषद्को बैठक अबदेखि भिडियो कन्फ्रेंसिंगबाट पनि हुने भएको छ। बिहीबार मन्त्रिपरिषदको बैठकले गरेका निर्णय सुनाउने पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषद्को बैठक भिडियो कन्फ्रेसिंगबाट पनि गर्न सकिने निर्णय भएको बताए।

बाबुरामलाई नेकपा सांसदको व्यंग्यः विहेपछि प्रेमीभन्दा पतिसँग बसेको राम्रो !

बिहिबार, ०५ भदौ २०७६

विहीबारको प्रतिनिधिसभा बैठकमा पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई सत्तारुढ दलको सीटमा बसे। सभामुख कृष्णबहादुर महराले निर्वाचन आयोगले पठाएको संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीको एकता भएको पत्र पढेर सुनाएपछि बाबुराम स्वतन्त्र सांसद बस्ने सीटबाट सत्तारुढ सांसदको सीटमा स्थानान्तरण भए।

प्रधानमन्त्री ओली सिंगापुर प्रस्थान

बिहिबार, ०५ भदौ २०७६

प्रधानमन्त्री केपी शर्मा ओली थप उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन्। ओली बिहीबार दिउँसो थाई एयरबाट स्वास्थ्य चेक–अप (फलोअप) को लागि सिंगापुर गएका हुन्।

राष्ट्रियसभामा कसले के भने ?

बिहिबार, ०५ भदौ २०७६

राष्ट्रियसभा सदस्यहरुले संघीयता कार्यान्वयन गर्ने गम्भीरता देखाउन सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।

Ncell Footer Ad