नागरिक संवाददाता

‘प्रधानमन्त्री बदल्नु हुँदैन, पार्टी चलाउने एकल जिम्मा प्रचण्डलाई दिनुपर्छ’

शनिबार, २१ भदौ २०७६

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य युवराज ज्ञवालीले पार्टीमा अब ‘एक व्यक्ति, एक प्रमुख जिम्मेवारी’ को व्यवस्था लागु गर्नुपर्ने बताएका छन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमात्रै चलाउपर्ने र पार्टी चलाउने एकल जिम्मा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिनुपर्ने बताए।

भारतको सहयोगमा कोटेश्वर क्याम्पसको नयाँ भवन, राजदूत पुरीले गरे उद्घाटन

शनिबार, २१ भदौ २०७६

भारत सरकारको अनुदान सहयोगमा राजधानीको कोटेश्वर क्याम्पसको नयाँ भवन निर्माण भएको छ। भारतको ४ करोड ५१ लाख लागतमा निर्माण भएको तीन तले भवनको शनिबार नेपालका लागि भारतीय राजदूत मन्जिभसिंह पुरीले उद्घाटन गरेका छन्।

चीन नेपालको भरपर्दो विकास साझेदारः अध्यक्ष दाहाल

शनिबार, २१ भदौ २०७६

नेपाल कम्युुनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानीको उपयुक्त वातावरण बनाउन पूर्ण प्रतिबद्धताका साथ वर्तमान सरकार लागेको बताएका छन्। चिनियाँ व्यवसायीलाई शनिबार राजधानीमा लगानीका लागि आह्वान गर्दै उनले सातवटै प्रदेशमा औद्योगिक विकासको प्रक्रिया बढाउन क्रियाशील रहेको बताए।

अन्तर स्कुल गोजु काई कराते एकल काँतामा पुजन र श्रीया च्याम्पियन

बिहिबार, १९ भदौ २०७६

चिल्ड्रेन मोर्डन स्कुलका पुजन तामाङ तथा नवज्ञान भूमिकका श्रीया खड्का द चाँदवाग अन्तर स्कुल गोजु काई कराते प्रतियोगिता अन्तर्गत एकल काँतामा बिहीबार च्याम्पियन भएका छन्।

सेनाको ट्रकले ठक्कर दिँदा सुन्धारामा मोटरसाइकल चालकको मृत्यु

बिहिबार, १९ भदौ २०७६

त्रिपुरेश्वरबाट सुन्धारातर्फ गइरहेको नेपाली सेनाको ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ। बा १ ग ३४५६ नम्बरको ट्रकले बा ८६ प ७५० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा अर्घाखाँची जिल्ला मालारानी स्थायी घर भएका बर्ष ३५ को लेख मगरको मृत्यु भएको हो।

बंगलादेशी मन्त्रीले भनेः हामी नेपालबाट सिक्न चाहन्छौं

बिहिबार, १९ भदौ २०७६

गृहमन्त्री रामबहादुर थापासँग नेपाल भ्रमणमा रहेका बङ्गलादेशको विपद् व्यवस्थापन तथा राहत राज्यमन्त्री एनामुर रहमानले भेटवार्ता गरेका छन्।

झपट रावल र दिलेन्द्र बडूबीच संसदीय समितिमा बाझाबाझ !

बिहिबार, १९ भदौ २०७६

संसदीय समितिहरुमा आफ्ना शब्दहरुमा सांसदहरु बीच मतान्तर देखिने गरेको छ। संसदीय समितिमा छलफलमा रहेका बिधेयकहरुमा सांसदहरुले आफ्ना धारणाहरु राख्दा आफूले चाहेको शब्द राख्नु पर्ने अडान पनि राख्ने चलनले मतान्तर देखिने गरेको हो।

महेन्द्रनगरमा पहिलोपटक टेलिकमले सुरु गर्‍यो एफटीटीएच सेवा

बिहिबार, १९ भदौ २०७६

नेपाल टेलिकमले एउटै केबलबाट उच्च गुणस्तरको टेलिफोन र द्रुत गतिको इन्टरनेट प्रयोगमा ल्याउन सकिने फाइबर टु द होम (एफटीटीएच) सेवाको शुभारम्भ कन्चनपुरको महेन्द्रनगरमा पनि गरेको छ।

त्रिशुलीमा पौडी खेल्ने क्रममा एक बेपत्ता

बिहिबार, १९ भदौ २०७६

नुवाकोटको बेलकोटगढी नगरपालिका—७ महादेवफाँट स्थित त्रिशुली नदीमा पौडी खेल्ने क्रममा एक युवा बेपत्ता भएका छन्।

‘देश आत्मनिर्भर नहुँदासम्म सबै तहका जनप्रतिनिधिले तलबभत्ता नपाउने नीति बनाउनुपर्छ’

बिहिबार, १९ भदौ २०७६

राष्ट्रिय जनमुक्ति पार्टीले भ्रष्टाचारलाई देशद्रोहसरहको अपराध घोषणा गरी भ्रष्टाचारीलाई कठोर दण्ड–सजाय दिन माग गरेको छ।

कांग्रेसको दोस्रो चरणको जागरण अभियान प्रदेश केन्द्रीत, नेताले बोल्ने कम सुन्ने बढी

बिहिबार, १९ भदौ २०७६

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकाे दोस्रो चरणको जागरण अभियान प्रदेश केन्द्रीत हुने भएको छ। प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार विज्ञप्ति जारी गर्दै वीपी कोइरालाको १०६औं जन्म जयन्तीका अवसरमा भदौ २४ गतेबाट सुरु हुने हिमाल, पहाड, तराई–मधेस (हिपतम) जागरणको दोस्रो चरणको अभियान ३३० प्रदेश सभा निर्वाचन क्षेत्र केन्द्रीत हुने जानकारी दिएका छन्।

विश्वकप छनोटका लागि नेपालले कुवेतसँग खेल्दै

बिहिबार, १९ भदौ २०७६

फिफा विश्वकप छनोट फुटबलको दोस्रो चरणको पहिलो खेलमा नेपालले आज कुवेतसँग उसैको मैदानमा प्रतिस्पर्धा गर्दैछ।

हिमाल आरोही निम्सलाई सशस्त्रको सम्मान

बुधबार, १८ भदौ २०७६

सर्वोच्च शिखर सगरमाथासहित विश्वमा रहेका आठ हजार मिटर भन्दा बढी उचाईका १४ वटा हिमालमध्ये ११ वटा हिमालहरुको तीन महिनाभित्र सफल आरोहण गरिसकेका निर्मल पुर्जा ‘निम्स’लाई सशस्त्र प्रहरी बल, नेपालले सम्मान गरेको छ।

कश्मीर भारतको आन्तरिक मामिलाः परराष्ट्रमन्त्री ज्ञवाली

बुधबार, १८ भदौ २०७६

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कश्मीरमा धारा ३७० खारेज गर्ने निर्णय भारतको आन्तरिक मामिला भएको बताएका छन्।

परराष्ट्रमन्त्री ज्ञवालीले भेटे माल्दिभ्सका राष्ट्रपति, नेपालीका लागि रोजगारीबारे छलफल

बुधबार, १८ भदौ २०७६

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहसँग भेटवार्ता गरेका छन्।

वीरगञ्जमा गोली चल्यो : प्रहरीको जवाफी कारवाहीमा एक घाइते, हतियार बरामद

बुधबार, १८ भदौ २०७६

पर्साको वीरगञ्जमा गोली चलेको छ। मंगलबार राती अपराधिक समूहका सदस्यले प्रहरीमाथि पेस्तोल तेर्स्याएपछि जवाफी कारवाहीमा एक जना घाइते भएका छन्।

कुकुरलाई निर्ममतापूर्वक मारेको भन्दै मेयरसहित तीन जनाविरुद्ध जाहेरी

मङ्गलबार, १७ भदौ २०७६

खोटाङमा भुस्याहा कुकुरलाई निर्ममतापूर्वक मारेको भन्दै मेयरसहित तीन जनाविरुद्ध जाहेरी परेको छ।

‘गृहमन्त्रीज्यू ! गौहत्यारामाथि कारबाही गरेर विगतका सबै पाप पखाल्नुस्’

मङ्गलबार, १७ भदौ २०७६

विश्व हिन्दू युवा संघ अन्तर्राष्ट्रिय समितिले यही भदौ २४ गतेसम्म गौ हत्याको दोषी पक्राउ र सनातन धर्ममाथिको सरकारी हस्तक्षेप नरोके सरकारविरुद्ध कठोर आन्दोलन गर्ने चेतावनी दिएको छ।

शोभाभगवती मन्दिरमा सेनाको निःशुल्क स्वास्थ्य शिविर

मङ्गलबार, १७ भदौ २०७६

नेपाली सेनाले काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। नेपाली सेनाको श्री जगदल गणले स्थानीय शहीद गंगालाल प्रगति क्लबसँग सहकार्य गरेर मंगलबार काठमाडौं महानगरपालिका वडा नम्बर १५ स्थित शोभाभगवती मन्दिरमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको हो।

‘पुरुषको नाम र ठेगानामा मात्रै महिलाले नागरिकता लिन पाउने’ सहमति अमान्य

मङ्गलबार, १७ भदौ २०७६

संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिद्वारा नागरिकता विधेयकका विवादित विषयमा सहमति जुटाउन गठित उपसमितिको प्रतिवेदनमाथि उपसमितिकै सदस्यहरुको असहमति सार्वजनिक भएको छ।

Ncell Footer Ad