नागरिक संवाददाता

भ्रष्टाचार आरोपी शर्मालाई मन्त्री अर्यालको संरक्षण

बुधबार, १७ असोज २०७५

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले साझा प्रकाशनका पूर्वअध्यक्ष एवं प्रबन्ध निर्देशक डोलिन्द्र शर्मालाई संरक्षण गरेको आरोप लागेको छ।

निर्मला हत्या प्रकरण : नेविसंघ आन्दोलित, कञ्चनपुरमा शैक्षिक हड्ताल

सोमबार, १५ असोज २०७५

सोमबार बिहान क्याम्पस हिंडेका भीमदत्त नगरपालिका– १६ मझगाउँका सञ्जु कुवँर आधा बाटोबाटै घर फर्किए। कारण थियो, शैक्षिक हड्ताल। नेपाल विद्यार्थी संघ कञ्चनपुरले निर्मला पन्त बलात्कार र हत्या प्रकरणको विरोधमा आह्वान गरेको शैक्षिक हड्तालका कारण जिल्लाका सबै जसो विद्यार्थीले पठनपाठन गर्न पाएनन्।

देश बर्बाद हुनेवाला छ, सरकार र जनता मिलेर ठूलै क्रान्ति गर्नुपर्छ : गृहमन्त्री थापा

सोमबार, १५ असोज २०७५

गृहमन्त्री रामबहादुर थापाले अहिलेको परिपार्टी कायम रहे देश सकिने चेतावनी दिएका छन्। त्यसकारण तस्करबिरुद्ध निर्ममतापूर्वक लाग्नुपर्नेमा उनको जोड छ। देशका तस्करसहित गुण्डा, भ्रष्टाचार, लागुऔषध कारोबारी, महिलामाथि हत्याहिंसा र बलात्कार गर्नेबिरुद्ध सरकार र जनता मिलेर ठूलै क्रान्ति गर्नुपर्ने बताए।

माटोको ढिस्काेले पुरिएर महिलाको मृत्यु, तीन घाइते

शुक्रबार, १२ असोज २०७५

माटो खन्ने क्रममा शुक्रबार ढिस्कोले पुरिँदा उदयपुरको रौतामाई ६ रौता निकासकी मधुमाया रायमाझीको मृत्यु भएको छ। रायमाझीसँगै माटो खन्न गएका सुभाष बिक र तिलक कार्की र १२ वर्षकी बालिका बिसिना बस्नेत घाइते भएका छन्।

चुँगाड खोलामा भेटियो बोहराको शव

शुक्रबार, १२ असोज २०७५

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका ९ मा पर्ने चुँगाड खोलामा शुक्रबार बिहान स्थानीय ४२ वर्षीय ओमबहादुर बोहराको शव फेला परेको छ।

सहुलियतपूर्ण कर्जा पाउने

बिहिबार, ११ असोज २०७५

सरकारले आर्थिक अवस्था कमजोर भएका भूकम्पपीडितलाई घर निर्माणका लागि सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने भएको छ।

शून्यबाट अनुसन्धान थाल्न माग

बिहिबार, ११ असोज २०७५

नेपाल मानवअधिकार संगठनले निर्मला पन्त हत्या प्रकरणमा शून्यबाट अनुसन्धान थाल्न माग गरेको छ । संगठनले तयार पारेको स्थलगत अनुगमन प्रतिवेदन सार्वजनिक गर्दै हत्याको दशी प्रमाण नष्ट गरिएको देखिएको जनाएको छ।

राहदानी विधेयक पारित

बिहिबार, ११ असोज २०७५

प्रतिनिधिसभाको बुधबारको बैठकले नेपाल राहदानी विधेयक पारित गरेको छ । राहदानी विधेयकले सरकारी काममा बाहेक पनि रातो पासपोर्ट प्रयोग गर्न सक्ने व्यवस्था गरेको छ।

प्रदेशलाई अधिकार सम्पन्न बनाए मात्रै संघीयता बलियो हुन्छः उपप्रम यादव

मङ्गलबार, ०९ असोज २०७५

उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाएमात्रै संघीयता बलियो हुने बताएका छन्। मंगलबार विराटनगरमा संघीय समाजवादी फोरमको प्रदेश १ स्तरीय भेलालाई सम्बोधन गर्दै यादवले संघीयता बलियो बनाउन संविधान संशोधन गरेर भए पनि केन्द्रको अधिकार प्रदेशमा ल्याउनुपर्ने बताए।

दश प्रतिशतले बढाएर नयाँ भाडा दर लागू

मङ्गलबार, ०९ असोज २०७५

सार्वजनिक यातायातमा भएको भाडा वृद्धि लगत्तै खोटाङमा सवारी साधनको नयाँ भाडा दर कायम गरिएको छ।

पत्रकार आपत्कालीन कोष स्थापना गरिने

आइतबार, ०७ असोज २०७५

नेपाल पत्रकार महासंघ इलाम शाखाले ‘पत्रकार आपत्कालीन राहत कोष’ स्थापना गर्ने भएको छ। महासंघको आइतबार सदरमुकामका बसेको बैठकले आशिष स्मृति पत्रकारिता पुरस्कार अक्षयकोषको रकम पनि थप गर्ने निर्णय गरेको छ।

रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कारबाट तीन संस्था पुरस्कृत

शनिबार, ०६ असोज २०७५

रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार कोषले सामाजिक क्षेत्रमा क्रियाशिल तीन संस्थालाई सम्मान  गरेको छ। कोषले परिवारबाट अवहेलित भई कष्टकर जीवन बिताइरहेका असहाय, ज्येष्ठ नागरिक, महिला, बालबालिकाहरुको स्याहारसुसार तथा पालपोषण गर्दै आइरहेका तीन संघसंस्थालाई शनिबार एक कार्यक्रमका बीच सम्मान गरेको हो।

अर्को लगानी सम्मेलनको तयारी

शुक्रबार, ०५ असोज २०७५

गत वर्षको सम्मेलनमा नेपालमा लगानी गर्ने इच्छा देखाएका व्यवसायीलाई लगानी गराउन नसकेको सरकारले अर्को लगानी सम्मेलनको तयारी गरेको छ।

सर्पको समस्या बढ्दै

बिहिबार, ०४ असोज २०७५

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका सप्तमनी राईलाई साउन २० गते सर्पले टोक्यो। फूलबारी गोलमेल गर्नेक्रममा अन्धा सर्पले दाहिने हातको औंलामा टोकेपछि राई उपचारका लागि ४ दिन जिल्ला अस्पताल दिक्तेलमा बसे।

‘संविधान सफल पार्ने जिम्मा सबैको’

बुधबार, ०३ असोज २०७५

सर्वसाधारणदेखि सबै क्षेत्रका नागरिकले आ–आफ्नो भूमिका इमान्दारीपूर्वक निर्वाह गरे नयाँ संविधान पूर्ण कार्यान्वयन हुने जिल्लाका अगुवाले बताएका छन्। नयाँ संविधानको मर्मअनुसार देश अघि बढाउन स्थानीय तहदेखि केन्द्रीय सरकारका जनप्रतिनिधिको भूमिका सबैभन्दा महत्वपूर्ण हुनेप्रति सरोकारवालाको जोड छ।

खर्चभन्दा राजस्व बढी

बुधबार, ०३ असोज २०७५

सरकारले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा खर्चभन्दा बढी राजस्व संकलन गरेको छ । भदौ मसान्तसम्ममा एक खर्ब २० अर्ब रुपैयाँ राजस्व संकलन गरेको सरकारले यो अवधिमा एक खर्ब तीन अर्ब रुपैयाँ खर्च गरेको हो।

‘राजनीतिको भारीले त्रिभुवन विश्वविद्यालय थाक्याे’

बुधबार, ०३ असोज २०७५

त्रिभुवन विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयलाई उत्कृष्ट शैक्षिक केन्द्र बनाउन विश्वविद्यालयका पदाधिकारी अघि बढ्नुपर्ने बताएका छन्।

‘चाचाजी’ ९० वर्षमा प्रवेश

बुधबार, २७ भदौ २०७५

प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्ता ‘चाचाजी’ ९० वर्षमा प्रवेश गरेका छन्। नेपालगन्जमा बुधबार केक काटेर उनको जन्मदिन मनाइएको छ। नेपाल प्रेस युनियन बाँकेको संयोजनमा गरिएको उक्त कार्यक्रममा जिल्लाका सञ्चारकर्मी, राजनीतिककर्मी, जनप्रतिनिधी लगायतले जन्मदिनको शुभकामना दिए।

राष्ट्रिय गौरवका १६ आयोजनाको प्रगति ८० प्रतिशतमाथि

बुधबार, २७ भदौ २०७५

गत आर्थिक वर्ष २०७४–७५ मा १६ वटा राष्ट्रिय गौरवका आयोजनाले ८० प्रतिशतभन्दा बढी प्रगति हासिल गरेका छन् । सरकारले प्राथमिकताका साथ सञ्चालन गरिरहेका २१ आयोजनामध्ये ती आयोजनाको प्रगति ८० प्रतिशतमाथि देखिएको हो।

नेकपाको सचिवालय बैठक आज

बुधबार, २७ भदौ २०७५

पार्टीका तल्ला कमिटीको एकीकरण टुंग्याउने गरी नेकपाको सचिवालय बैठक आज बस्दैछ । पार्टीका प्रदेश, जिल्ला र जनवर्गीय संगठनको एकीकरण टुंग्याउने गरी नेकपाले सचिवालय बैठक बोलाएको हो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad