नागरिक संवाददाता

गृहमन्त्री थापाका भाईविरुद्ध संगठित अपराध मुद्दा

बिहिबार, २६ भदौ २०७६

संगठित अपराधमा मुद्दा दायर भएका गृहमन्त्री रामबहादुर थापाका भाई नरेशकुमार थापासहित आठजना विरुद्ध हालै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ। न्यायाधीश मेदिनी प्रसाद पौडेलको इजलासमा तीन अभियुक्तिको बयान भइसकेको र बाँकी आठ जनाको बयान बाँकी भएकाले उनीहरु थुनामै छन्।

दशैंको अग्रिम टिकट असोज ५ देखि खुल्ने, भाडादर यथावत

बिहिबार, २६ भदौ २०७६

दशैंका लागि आगामी असोज ५ गतेदेखि अग्रिम बस टिकट खुल्ने भएको छ। यातायात व्यवस्था विभाग, यातायात व्यवसायी र ट्राफिक प्रहरीको बिहीबार काठमाडौंमा बसेको संयुक्त बैठकले असोज ५ गतेदेखि दशैंका लागि अग्रिम बस टिकट खुला गर्ने निर्णय गरेको हो।

किमाथांका सडकको जिम्मा सेनालाई, ७ जिल्लामा सिडिओ पद घटुवा, हुलाक कर्मचारीको तलब बृद्धि

बिहिबार, २६ भदौ २०७६

सरकारले खाँदवारी–किमाथांका सडकको १४ किलोमिटर चट्टानी खण्डको निर्माणको जिम्मा नेपाली सेनालाई दिएको छ। किमाथांका चीन जोड्ने सीमा नाका हो।

इण्डो–प्यासिफिक प्रकरणमा सरकारले भन्योः ‘पूर्ववत मान्यतामा कुनै परिर्वतन आएको छैन’

बिहिबार, २६ भदौ २०७६

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सरकारले आपसी हितका बारेमा सचेत भएर छिमेकी र अन्य मित्रराष्ट्रसंग व्यवहार गर्ने स्पष्ट पारेका छन्।

‘राष्ट्रिय गानलाई मुद्दा नबनाउ, हावा नचली पात हल्लेको देखेर छक्क परेको छु’

बिहिबार, २६ भदौ २०७६

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राष्ट्रिय गानलाई राजनीतिक मुद्दा नबनाउन आग्रह गरेका छन्।

बाइकिङ रेस बिजेता सुनिता सम्मानित

बिहिबार, २६ भदौ २०७६

भारतमा भएको महिला बाइकिङ स्यालोम बिजेता सुनिता देशारलाई एम्स इन्टरनेशनल कलेज, ललितपुरले सम्मान गरेको छ। भारतको बेङ्लोरमा भएको गोकार्ट नेशनल च्याम्पियनसिप अन्तर्गत महिला बाइकिङ स्यालोममा देशारले ४० जना प्रतिस्पर्धीलाई पराजित गरेर बिजेता बनेकी थिइन्।

साताभरी नै सेयरमा गिरावट

बिहिबार, २६ भदौ २०७६

यो साता सेयर बजारमा ३३.१९ अंकले गिरावट आयो। आइतबार ११९१.०७ बिन्दूबाट सुरु भएको कारोबार साताको अन्तिम दिन विहीबार ११५७.८८ अंकमा कारोबार टुङ्गिएको छ। साताको पाँचै दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक राता देखिए।

खुल्यो मलेसिया रोजगारी, क्वालालम्पुरमा दुई देशबीच १० बुँदे सहमति

बिहिबार, २६ भदौ २०७६

१५ महिनादेखि बन्द रहेको मलेसियाको राेजगारी पुनः सुरु हुने भएको छ। नेपाल र मलेसियाका अधिकारी सम्मिलित प्राविधिक समितिको क्वालालमपुरमा बसेको संयुक्त बैठकले तत्काल रोजगार खोल्नेगरी १० बुँदे सहमति गरेकाे छ।

‘दुई नम्बरीले संसद कब्जा गरे, कोही कम्युनिस्ट रहेनन्, कांग्रेस डम्पिङ साइटजस्तो’

बुधबार, २५ भदौ २०७६

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का रामनारायण विडारीले २ नम्बरी ठेकेदारले संसद कब्जा गरेको बताएका छन्। संघीय संसद र प्रदेशसभामा पेटी ठेकेदारले वर्चश्व जमाउँदै गएको भन्दै उनले चिन्ता व्यक्त गरे।

‘सहकारी रकम अपचलन मुद्दा’ प्रभावित पार्न डिएसपीको सरुवा

बुधबार, २५ भदौ २०७६

मुद्दाको आवश्यक अनुसन्धानका लागि संस्थाका तत्कालिन उपाध्यक्ष अजयकुमार पाठक र कार्यसमिति सदस्य तथा कर्जा लगानी उपसमिति सदस्य दीपककुमार बर्मा लगायतविरुद्ध पक्राउ पुर्जी जारी भएपछि उनीहरु फरार छन्। पाठक नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १७ र बर्मा वडा नम्बर १८ का वडाध्यक्ष हुन्।

अपराधीविरुद्ध फेरि निर्मम बने एसपी कार्की, आधा घण्टामै अपहरणकारी पक्राउ !

बुधबार, २५ भदौ २०७६

नेपाल प्रहरीको कार्यसम्पादनमा सायद पहिलोपटक प्रहरीले घण्टा नवित्दै अपहरणकारी समात्न सफल भएको छ।

नेप्सेमा गिरावट जारी

बुधबार, २५ भदौ २०७६

नेपाल स्टक एक्सचेन्स (नेप्से) परिसूचकमा तीन दशमलव ४६ अंकले गिरावट आएको छ। बुधबार १ हजार १६६ दशमलव ६७ अंकबाट सुरु भएको कारोवार अन्तिम समयमा आएर ११६३ दशमलव २१ अंकमा बन्द भएको हो।

पेस्तोलसहित एक जना पक्राउ

मङ्गलबार, २४ भदौ २०७६

भक्तपुरको सूर्यविनायक नगरपालिका वडा ९ भातेढिकुरस्थित सडक बाटोमा एकजनालाई कटुवा पेस्तोलसहित पक्राउ गरेको छ।

पेट्रोलियम पाइपलाइनः सस्तो र सफा तेल, वार्षिक दुई अर्ब बचत

मङ्गलबार, २४ भदौ २०७६

मोतिहारी–अमलेखगञ्ज पाइपलाइन शुरु भएपछि नेपालीहरूको २४ वर्षपछिको सपना पूरा भएको छ। दक्षिण एशियाकै पहिलो सीमापारको रूपमा रहेको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन मंगलबार विधिवतरूपमा सञ्चालनमा आएसँगै २४ वर्षपछिको सपनाले साकार रूप लिएको हो।

डेंगु न्युनिकरणका लागि काठमाडौं महानगरकाे जनचेतना अभियान

मङ्गलबार, २४ भदौ २०७६

काठमाडौं महानगरपालिका वडा नम्बर २१ ले मंगलबार डेंगु न्युनिकरणका लागि जनचेतना र्यालीको आयोजना गरेको छ।

पेट्रोलियम पाइपलाइन उद्घाटनपछि नेपालीमा मोदीको ट्वीटः नेपाल–भारत मित्रताको विशेष दिन!

मङ्गलबार, २४ भदौ २०७६

नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजनाको मंगलबार भिडियो कन्फ्रेन्समार्फत उद्घाटन गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भाषामा ट्वीट गरेका छन्।

संसदमा हिन्दीमा बोल्दै अनिल झाले भनेः बाढी र डुबानको दोष भारतलाई नलगाउ

मङ्गलबार, २४ भदौ २०७६

राजपाका अध्यक्ष मण्डलका संयोजक एवं सांसद अनिल कुमार झाले विपद व्यवस्थापन प्राधिकरण गठन गर्न माग गरेका छन्।

कांग्रेसको दोस्रो चरणको जागरण अभियान भोलिबाट, देउवा सुनसरी र शशांकले मकवानपुरमा सम्बाेधन गर्ने

सोमबार, २३ भदौ २०७६

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियान भोलि मंगलबारबाट सुरु हुने भएको छ।

स्यालहरु चिच्याउँदैमा चिहान पुगिसकेको ‘राजसंस्था’ व्युतिँदैनः अध्यक्ष प्रचण्ड

सोमबार, २३ भदौ २०७६

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिहानमा पुगिसकेको कुरा फेरि नफर्किने बताएका छन्। सोमबार २१ औं सुरेश वाग्ले स्मृति कार्यक्रमलाई पार्टी मुख्यालयमा सम्बोधन गर्दै अध्यक्ष दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रलाई बद्नाम गर्ने षडयन्त्रका झिल्काहरु यत्रतत्र देख्न थालिएको बताए।

आइआइएमसीको नेपाल च्याप्टर गठन

सोमबार, २३ भदौ २०७६

भारतीय जनसञ्चार संस्थान (आइआइएमसी)को नेपाल च्याप्टर गठन भएको छ। अनिल गिरीको अध्यक्षमा ११ सदस्यीय नेपाल च्याप्टर गठन गरिएको सदस्य नविन झाले जानकारी दिए।

Ncell Footer Ad