नागरिक संवाददाता

शम्भु फोम्बोको ‘रुप हेरी’मा माया पिरतीका कुरा

बिहिबार, ०९ असोज २०७६

गायक शम्भु फोम्बोको नयाँ गीत ‘रुप हेरी’ सार्वजनिक भएको छ। गीतलाई युट्युबमार्फत सार्वजनिक गरिएको हो।

सभापति देउवा र अमेरिकी राजदूतबीच भेट

बिहिबार, ०९ असोज २०७६

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग अमेरिकी राजदूत र्‍यान्डी बेरीले भेटवार्ता गरेका छन्।

मन्त्रीले मात्रै घुस नखाने हो भने भ्रष्टाचार नियन्त्रण हुन्छः रामकुमारी झाँक्री (भिडियाे)

बुधबार, ०८ असोज २०७६

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की केन्द्रीय सदस्य एवं सांसद रामकुमारी झाँक्रीले मन्त्रीबाटै रकम लेनदेन हुँदा भ्रष्टाचार नियन्त्रण हुन नसकेको बताएकी छिन्।

मलेसियाको मेडिकल ३६ वटा संस्थाबाट गर्न उच्च अदालतको आदेश

बुधबार, ०८ असोज २०७६

उच्च अदालत पाटनले वैदेशिक रोजगारीअन्तर्गत मलेसिया जाने नेपाली कामदारको बायोमेडिकल स्वास्थ्य परीक्षण पुरानै ३६ वटा स्वास्थ्य संस्थाबाट गराउन आदेश दिएको छ।

औषधि पसलको अनुगमनमा कडाई गर्छाैंः मन्त्री यादव

बुधबार, ०८ असोज २०७६

सरकारले औषधि पसलहरुको अनुगमनको काममा कडाई गर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले चिकित्सकहरुको प्रेसक्रिप्सन विना नै औषधि विक्री वितरणको काम भइरहेको उल्लेख गर्दै औषधि पसलहरुको अनुगमनको काममा कडाई गर्न लागिएको बताएका हुन्।

वैदेशिक रोजगार व्यवसायी संघमा लोकतान्त्रिक समूह विजयी

बुधबार, ०८ असोज २०७६

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा नेपाली कांग्रेसनिकट लोकतान्त्रिक व्यवसायी समूहको प्यानल नै निर्वाचित भएको छ।

मेसी बने फिफा वर्ष खेलाडी, रोनाल्डोलाई उछिने

मङ्गलबार, ०७ असोज २०७६

बार्सिलोनाका स्टार स्ट्राइकर एवं अर्जेन्टिनाको राष्ट्रिय टिमका कप्तान लियोनल मेसीले फिफा वर्षको सर्वाेत्कृष्ट खेलाडीको उपाधि जितेका छन्। महिलातर्फ अमेरिकी फरवार्ड मेगन रापियोले यो अवार्ड हात पारेकी छिन्।

राजधानीमा देवुको एकल नृत्य साँझ हुने

सोमबार, ०६ असोज २०७६

यही असोज ८ गते राजधानीमा नृत्य निर्देशक देवु वोराले एकल नृत्य कार्यक्रम प्रस्तुत गर्ने भएका छन्। हिमाल डेन्टल हस्पिटलको आयोजनामा हुन गइरहेको उक्त कार्यक्रममा वोराले विभिन्न लोकप्रिय गायकका स्वरमा सजिएका कालजयी १६ वटा गीतमा नृत्य प्रस्तुत गर्ने छन्। कार्यक्रममा उनका शिष्यहरुले उनलाई साथ दिने छन्।

ओस्लोमा रागोसको भ्रमण वर्ष प्रचार अभियान

सोमबार, ०६ असोज २०७६

नेपाल सरकारले मनाउन लागेको ‘नेपाल भ्रमण वर्ष २०२० लाई  सहयोग पुराउने भन्दै रेगुलर एथेलिक्टस ग्रुप अफ स्टुडेन्टस (रागोस)ले नर्वेको ओस्लोमा भ्रमण वर्षको प्रचार थालेको छ। सरकारले भमण वर्ष मनाएर सन २०२० मा २० लाख पर्यटक भित्रयाउने लक्ष्य राखेको छ।

चिनियाँ कम्युनिस्ट पार्टीका नेता काठमाडौंमा, प्रधानमन्त्रीसँग भेटवार्ता

सोमबार, ०६ असोज २०७६

चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सङ ताओले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन्। चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणको तयारीका सिलसिलामा काठमाडौं आएका ताओले सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा ओलीसँग शिष्टाचार भेट गरेका हुन्।

‘सरकारका काण्डै–काण्ड’ सार्वजनिक गर्दै देउवा र शशांकले भनेः सरकारका काला कर्तुत जान्नुस्

सोमबार, ०६ असोज २०७६

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री शशांक कोइरालाले ‘नेपाल सरकारका काण्डै–काण्ड’ पुस्तक सार्वजनिक गरेका छन्।

विरामी बोकेको एम्बुलेन्स टिप्परसँग ठोक्किएपछि...

आइतबार, ०५ असोज २०७६

एम्बुलेन्स दुर्घटना हुँदा घाइते बनेका खोटाङका एक युवाको अवस्था गम्भीर बनेको छ। जिल्ला अस्पतालले रेफर गरेका आफन्तलाई उपचारका लागि बिराटनगरतर्फ लैजाँदै गर्दा भएको एम्बुलेन्स दुर्घटनामा गम्भीर घाइते भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका ३५ वर्षीय युवराज आचार्यको अवस्था चिन्ताजनक बनेको हो।

विशाल निरौलाको ‘ज्यान यो परदेशी’ बजारमा

आइतबार, ०५ असोज २०७६

विशाल निरौलाको ‘ज्यान यो परदेशी’ बजारमा आएको छ।

म्याग्दीको कोटखोलामा बाढी, दुई बालिका बेपत्ता, ५ घर बगायो (फाेटाे फिचर)

आइतबार, ०५ असोज २०७६

म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटको कोटखोलामा आएको बाढीले बगाउँदा दुई बालिका बेपत्ता भएका छन्। बेपत्ता हुनेमा १० बर्षिया शर्मिला परियार र ६ बर्षिया अनिस्का परियार छन्।

रोनाल्डोको निर्णायक गोलमा युभेन्टस विजयी

आइतबार, ०५ असोज २०७६

क्रिष्टियानो रोनाल्डोको निर्णायक गोलमा युभेन्टस विजयी भएको छ। इटालियन सिरी ए फुटबलअन्तर्गत शनिबार राती भएको खेलमा वेरोनालाई २–१ गोलले पराजित गर्दै युभेन्टस विजयी भएको हो।

ला लिगामा बार्सिलोना पराजित, मेसी चलेनन्

आइतबार, ०५ असोज २०७६

ला लिगा फुटबल प्रतियोगिताअन्तर्गत शनिबार रातीको खेलमा बार्सिलोना पराजित भएको छ। स्टार खेलाडी लियोनल मेसी र आन्सु फातीसहितको बार्सिलोना ग्रानाडासँग २–० गोलले स्तब्ध भएको हो। उक्त खेलमा मेसी चल्न सकेनन्।

कुलेश्वरमा रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर

शनिबार, ०४ असोज २०७६

लायन्स क्लब अफ काठमाडौं वेल्केयर, लायन्स क्लब अफ काठमाडौं नेचुरल र कुलेश्वर पोलिक्लिनिकको संयुक्त आयोजनामा राजधानीको कुलेश्वरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

बास्केटबल खेल्ने क्रममा मृत्यु

शनिबार, ०४ असोज २०७६

बास्केटबल खेल्ने क्रममा युवकको मृत्यु भएको छ। शनिवार बास्केटबल खेल्ने क्रममा हृदयघातका व्यास नगरपालिका–२ का स्थानीय २९ बर्षिय गौरब श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ।

‘सत्ताको डाडुपन्यु हातमा भएकाहरु भान्सामै रमाउँदा संक्रमणकालिन न्यायले गति लिन सकेन’

शनिबार, ०४ असोज २०७६

कानुनी सर्बोच्चता कायम हुन नसकेकै कारण संक्रमणकालिन न्याय किनारा लाग्न नसकेको शनिबार बुटवलमा आयोजित एक कार्यक्रमका वक्ताहरुले औंल्याएका छन्। सरकारले गठन गरेको वेपत्ता छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग कर्मकाण्डी बनेकाले संक्रमणकालिन न्याय टुंगोमा पुग्न नसकेको वक्ताहरुले बताएका छन्।

चालकलाई कारबाही र क्षतिपूर्तिको माग गर्दै पृथ्वी राजमार्ग अवरुद्ध

शनिबार, ०४ असोज २०७६

सवारी दुर्घटना गराउने चालकलाई कारवाही तथा मृतकलाई क्षतिपूर्तिको माग गर्दै मृतकका आफन्त तथा स्थानीयले पृथ्वी राजमार्गको आँबुखैरेनी सडक खण्ड अवरुद्ध गरेका छन्।

Ncell Footer Ad