मुक्ति न्यौपाने

सिद्धार्थ राजमार्ग आठ घण्टा बन्द

शनिबार, ०१ चैत २०७६

सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडकखण्ड आज (शनिबार)बाट आठ घण्टा बन्द गरिएको छ। घुम्ती कटान गरि सडक स्तरोन्नति गर्न दैनिक आठ घण्टा बन्द गर्न थालिएको हो।

टिप्परको ठक्करबाट श्रीमतीको मृत्यु श्रीमान घाइते

शुक्रबार, २३ फागुन २०७६

टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार एकको मृत्यु भएको छ। तानसेन नगरपालिका(७, लामीडाडाँमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार तानसेन–७, का ५५ वर्षीय मधु श्रेष्ठको मृत्यु भएको हो।

जीप दुर्घटनामा एकको मृत्यु, १० जना घाइते

बुधबार, २१ फागुन २०७६

पाल्पामा भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परि १० जना घाइते भएका छन्।

बेथल स्कूल राष्ट्रिय सेवादल तालिममा सर्वोत्कृष्ट

बिहिबार, ०१ फागुन २०७६

पाल्पा जिल्लाको संस्थागत विद्यालय बेथल बोर्डिङ्ग सेकेण्डरी स्कूल नेपाल सरकार, राष्ट्रिय सेवादल (एनसीसी) सिनियर डिभिजन तालिममा सर्वोत्कृष्ट भएको छ। ७९ दिनको विद्यालयमै तालिमपछि एनसिसीका विद्यार्थीहरूलाई २१ दिने क्याम्प तालिममा विद्यार्थीहरु सर्वोत्कृष्ट भएका हुन्। जंगी अड्डा काठमाडौंद्वारा नवलपुरको हात्तिखोरमा भएको १५ औं व्याज एनसीसी सिनियर डिभिजन तालिममा बेथल स्कूल कक्षा ११–१२ का विद्यार्थीहरुले प्रतिस्पर्धा गरेका थिए।

घाँस काट्ने क्रममा रुखबाट लडेर एक जनाको मृत्यु

आइतबार, २६ माघ २०७६

आइतबार बिहान घाँस काट्ने क्रममा रुखबाट लडेर पाल्पामा एक जनाको मृत्यु भएको छ। घर नजिकैको साजको रुखबाट लडेर तिनाउँ गाउँपालिका-३, चौकीभञ्याङ्गका ३८ वर्षिय टंकबहादुर दर्लामीको मृत्यु भएको प्रहरीले जनाएको छ।

हावाको बिजुलीले गाउँ झिलिमिली

बुधबार, १५ माघ २०७६

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका अनुसार पाल्पाको निस्दी र मित्याल क्षेत्रमा सौर्य तथा वायु–ऊर्जाको प्रशस्त सम्भावना रहेको छ।

एनसेल टावरमा आगजनी

सोमबार, १३ माघ २०७६

पाल्पाको बगनासकाली गाउँपालिका–९,बगनासडाँडामा रहेको एनसेल टावरमा आगलागी अज्ञात समूहले आगजनी गरेको छ।

हाफम्याराथुनको उपाधि आर्मीका नरेन्द्रलाई

शनिबार, ११ माघ २०७६

विजय दौड प्रतियोगितामा भएको हाफम्याराथुनको उपाधि नेपाल आर्मीका नरेन्द्र सिंह रावलले प्राप्त गरेका छन्। उनले नगद ५० हजार रुपैयाँको उपाधि हात पारेका हुन्। गणेशदल गण, काठमाडौंमा कार्यरत रावलले २१ किलोमिटरको दूरी १ घण्टा १६ मिनेट ९ सेकेण्डमा पूरा गरि उपाधि हात पारेका हुन्।

घटेन बालविवाह

मङ्गलबार, ०७ माघ २०७६

अधिकांश किशोरकिशोरीले साथीभाइको लहलहैमा लागेर पढ्दापढ्दै विवाह गरेका छन्।

रिडीमा माघे सङ्क्रान्ति मेला सुरु (फोटो फिचर)

बुधबार, ०१ माघ २०७६

आज माघे सङ्क्रान्ति पर्व परम्परागत रुपमा देशभर स्नान, दानधार्मिक कार्य गरी मनाइदैछ। आजदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले यस पर्वलाई मकर सङ्क्रान्ति पनि भनिन्छ। जेठी, माइली र कान्छी सङ्क्रान्तिको रुपमा मनाइने माघे सङ्क्रान्ति मेला पाल्पा स्याङ्जा र गुल्मीको संगमस्थल रुरु क्षेत्रमा सुरु भएको छ।

‘बसाइसराई रोक्न डोजरमुखी बजेट!’

आइतबार, २० पुष २०७६

स्थानीय पूर्वाधार विकास कार्यक्रमको बजेट डोजरमुखी भएको सरोकारवालाहरुले बताएका छन्। पाल्पा क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य सोमप्रसाद पाण्डेयले विनियोजित गरेको बजेट सडक निर्माण केन्द्रीत भएको सरोकारवालाहरुले बताएका हुन्।

टोपी दिवस मनाउँदै भ्रमण वर्षको स्वागत

बुधबार, १६ पुष २०७६

अंग्रेजी नयाँ वर्ष, नेपाल भ्रमण वर्ष र ढाका टोपी दिवस पाल्पालीले एकसाथ मनाएका छन्। नेपालीले टोपी दिवस मनाईरहँदा जिल्लामा समग्र ढाकाको कारोबारमा वृद्धि भएको छ। जनवरी फस्ट, २०२० नयाँ वर्षको पहिलो दिन। नयाँ वर्ष तथा ढाका टोपी दिवस मनाईरहँदा अन्य दिनहरुको तुलनामा पाल्पामा ढाका टोपीको व्यापारमा वृद्धि भएको छ।

पाल्पाका भूकम्प प्रभावित विद्यालय निर्माणमा तीव्रता

बिहिबार, १० पुष २०७६

भूकम्प पश्चात् खुला आकाशमुनि रहेका विद्यार्थीहरुलाई कक्षाकोठा भित्र स्थानान्तरण गराउन विद्यालय भवन निर्माण कार्यलाई तीव्रता दिईएको छ।

सूर्यग्रहण हेर्न सूर्यकुण्डमा भीड (फोटो फिचर)

बिहिबार, १० पुष २०७६

पाल्पाको तानसेन प्रभासमा रहेको सूर्यकुण्डमा मानिसहरुले स्नानगरी सूर्यग्रहणको दर्शन गरेका छन्।

'सबैले आफ्नो कर्तव्य पुरा गर्दा मानव अधिकार रक्षा हुन्छ'

मङ्गलबार, ०८ पुष २०७६

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० को लागि पूर्व समिक्षा कार्यक्रम गरिएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) पाल्पाले एक वर्षको अवधिमा पाल्पामा संकलित घटनाहरुको पूर्व समीक्षा गरेको हो।

तानसेनबासीले सडकमै खाए, सडकमै रमाए (फोटो फिचर)

शुक्रबार, ०४ पुष २०७६

तानसेनबासीले सडकमै खाने, सडकमै गाउने र नाच्ने गरेर सडक खाना महोत्सव आयोजना गरेका छन्।

खोरिया फाँडेर, व्यावसायिक केराखेती

शनिबार, २८ मङि्सर २०७६

पाल्पाको निस्दी गाउँपालिकामा झाडी खोरिया फाँडेर व्यवसायिक केराखेती गरिएको छ। निस्दी गाउँपालिका–७, ज्यामिरे, मोलोग्राममा १७ हेक्टर खोरिया फडानी गरि व्यवसायिक केराखेती गरिएको हो।

विद्यार्थी आकर्षित गर्दै सरकारी क्याम्पस

बिहिबार, २६ मङि्सर २०७६

जिल्लामा एक दर्जन बढी उच्च शिक्षा अध्ययन गर्ने शैक्षिक संस्थाहरु छन्। पछिल्लो समय विद्यार्थीहरुको भने सरकारी शिक्षण संस्थामा आकर्षण देखिएको छ।

पाल्पामा तीनको मृत्यु

बिहिबार, १९ मङि्सर २०७६

जिल्लाको तिनाउ गाउँपालिका–५,चौविस माईलमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। यस्तै निस्दी गाउँपालिका ५ गल्धाको बेलौजेमा करेन्ट लागेर एक व्यक्तिको ज्यान गएको छ।

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु

सोमबार, ०९ मङि्सर २०७६

‘समानताको पुस्ता, बलात्कार विरुद्ध ऐक्यबद्धता’ भन्ने नाराका साथ लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान पाल्पामा पनि सुरू गरिएको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad