प्रेम पुन्थोकी

बारीमा तरकारी सड्दै, बजारमा महँगो

शनिबार, १५ चैत २०७६

सरकारले अत्यावश्यक खाद्यपदार्थको उपलब्धताको सुनिश्चितता गरेको र मूल्यवृद्धिमा नियन्त्रण गर्ने बताए पनि बजारमा तरकारीको मूल्य अस्वाभाविक रुपमा बढेको छ। नोवेल कोरेना भाइरस (कोभिड–१९) लाई नियन्त्रण गर्न गरिएको लक डाउनको असर तरकारी तथा फलफूलमा परेको हो।

अत्यावश्यक सेवामा पनि बाधा

बुधबार, १२ चैत २०७६

स्युचाटार बस्दै आएका धनगढीका धनबहादुर शाह मंगलबार विहान किराना पसलको खोजीमा भौतारिँदै थिए । सोमबार मात्र लामो समयपछि फर्किएका उनी खाद्यान्न पसल बन्द नहुने खबर पाएर ढुक्क थिए । तर बजारमा कुनै पसल पनि खुलेको भेटेनन् । उनले भने, ‘कलंकीसम्मका साना–ठूला पसल चहारेँ कतै खुलेको भेटेन ।’ आफ्नो पसलबाहिर बसेको भेटिएका केही व्यापारीले प्रहरीले बन्द गराउँदै हिँडेको बताए । प्रहरीले भने आफूहरुले बन्दको लागि जबरजस्ती नगरेको तर सुरक्षामा ध्यानाकर्षण मात्र गराएको बताउँछन् ।

कालीमाटी तरकारी बजारमा उस्तै भीड

मङ्गलबार, ११ चैत २०७६

सर्वसाधारणको अत्याधिक भीड बढेको भन्दै कोरोना संक्रमणको त्रासमा रुपन्देहीका दैनिक हाटबजार बन्दगरिए । अन्यजिल्लामापनियसको व्यवस्थापनको लागिपहलभइरहेका छन् । तर उपभोक्ताको बढी चहलपहल हुने मुलुककै ठूलो कालीमाटी तरकारी बजारमा चहलपहल उस्तै छ ।

१० हजार टन थप चामल किन्दै खाद्य

आइतबार, ०९ चैत २०७६

सरकारले बजारमा खाद्यान्नको मूल्य नियन्त्रणमा सहयोग पुग्ने गरी चामल खरिद गर्ने प्रक्रिया अगाडि बढाएको छ।

१६ वर्षदेखि उखुका एउटै जात

शुक्रबार, ०७ चैत २०७६

बारा र रौतहटका किसानले उत्पादन गरेको उखु नेपाल सरकारले सिफारिस गरेको जातको नभएको भन्दै कोष तथा लेखा नियन्त्रक कार्यालयले सरकारले दिने अनुदान भुक्तानी रोक्यो।

अभाव हल्लाले चामल बिक्री दोब्बर

आइतबार, ०२ चैत २०७६

गएको एक हप्तामा बजारमा फैलिएको खाद्यान्न अभाव हल्लाले उपत्यकामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको बिक्री दोब्बर बढेको छ।

देशैभरको कफीमा अज्ञात रोग

बिहिबार, २९ फागुन २०७६

कफीको फसल भित्र्याउने समयमा एकाएक अज्ञात रोगको प्रकोप फैलिएको छ। गत मंसिरबाट देखिन लागेको यो प्रकोपले फागुनको पहिलो सातासम्ममा अधिकांश ठाउँका उत्पादनमा दुष्प्रभाव पारिसकेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जानकारी दिएको छ।

आयात रोकिए पनि औषधी पर्याप्त

शुक्रबार, २३ फागुन २०७६

औषधीव्यवस्था विभागले भारतले निर्यातमा प्रतिबन्ध लगाएपनि मुलुकमा तत्काल औषधीअभाव नहुने बताएको छ।

समन्वय अभावले वित्तीय हस्तान्तरणमा जटिलता

बुधबार, २१ फागुन २०७६

संविधानले सबै तहका सरकारको स्पष्ट अधिकार तोकेको भए पनि वित्तीय हस्तान्तरण प्रक्रिया अझै पनि अस्पष्ट रहेको सरोकारवालाले गुनासो गरेका छन्।

खस्कँदै रियल इस्टेट व्यवसाय

सोमबार, १९ फागुन २०७६

व्यवस्थित बसोबासका लागि उपयुक्त विकल्पको रुपमा हेरिएको अपार्टमेन्ट तथा हाउजिङको व्यापार सुस्ताएको पाइएको छ।

कोरोनाको प्रभाव सुनको मूल्यमा

बिहिबार, १५ फागुन २०७६

’सुनचाँदीको मूल्यलाई आन्तरिकभन्दा पनि बाह्य कारणले प्रभाव पार्ने गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तथा दरभाउ समितका संयोजक तेजरत्न शाक्य अहिलेको मूल्यवृद्धिका पछाडि कोभिड–१९ (कोराना भाइरस) मुख्य कारण भएको बताउँछन्।

आयातमा घट्दो क्रममै,निर्यातमा पनि सुधार

मङ्गलबार, १३ फागुन २०७६

चालु आर्थिक वर्षको सातौं महिनाको तथ्यांकले पनि आयातमा कमी आएको देखाएको छ। भन्सार विभागको पछिल्लो तथ्यांक अनुसार आयातमा ३.५६ प्रतिशतले कमी आएको छ।

प्रयोग अनियन्त्रित, चेकजाँच नामको मात्रै

सोमबार, १२ फागुन २०७६

केन्द्रीय कृषि प्रयोगशाला माताहतका विषादी द्रुत विश्लेषण इकाइहरु (आरबिपिआर) ले चालु वर्षको मंसिरसम्मदेशभर ३४ हजार सात सय ६८ तरकारीको नमुनामा विषादी परीक्षण गरेको देखिन्छ। परीक्षणका क्रममा २४ नमुनामा मात्र खान अयोग्य विषादी अवशेष पाइएको एकाइको तथ्यांक छ।

बजार अनुगमनमा स्वार्थ

बुधबार, ०७ फागुन २०७६

विभागले यसविचमा गरेको अनुगमन, सामान्य पसल, होटेलमा मात्र सिमीत देखिएको छ। यातयात खाद्य उद्योग लगायत क्षेत्रमा अनुगमन गर्न सकिने भएपनि काम भएको देखिदैन।

तरकारीको मूल्य र गुणस्तरमा विकृति

सोमबार, ०५ फागुन २०७६

गत शुक्रबार बिहान ५ बजे जिल्ला प्रशासन कार्यालय काठमाडौंले संयोजन गरेको बजार अनुगमन टोली कालीमाटी तरकारी बजारमा पुग्दा बाहिरबाट तरकारी भित्रने र बजारका पठाउने क्रम चलिरहेको थियो।

सडकमा सिमेन्ट प्रयोग गर्न माग

बिहिबार, ०१ फागुन २०७६

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले ‘समृद्ध नेपाल सुखी नेपाली’को नारा जनतालाई आकर्षित गर्न मात्र नभई राष्ट्रिय आकांक्षाभएको बताएका छन्।

नेपाली चिनीमिल, भारतीय उखु

मङ्गलबार, २८ माघ २०७६

सरकारले भुक्तानी दिन बाँकी रहेको अनुदान रकमको लागि काठमाडौं आएका उखु उत्पादक संघ कञ्चनपुरका अध्यक्ष हरिचन्द ठकुरीको मोबाइलमा जिल्लाबाट किसानले तारन्तार फोन गरिरहेका थिए।

अनुदान अपुरो भएको भन्दै मन्त्रालयमा

आइतबार, २६ माघ २०७६

सरकारले उपलब्ध गराउनुपर्ने उखुको अनुदान रकम अपुरो भएको भन्दै थप रकम निकासा माग गर्न विभिन्न जिल्लाका किसान अगुवा काठमाडौं आइपुगेका छन्।

लसुन प्रतिकिलो अढाइबाट ६ सय

बुधबार, २२ माघ २०७६

बानेश्वर बस्दै आएका सिन्धुलीका चन्द्र भुजेल मंगलबार लसुन किन्न बजार पुग्दा भाउ सुनेर अचम्ममा परे।

उखु किसान भन्छन्–बक्यौताको हिसाबै मिलेन

मङ्गलबार, २१ माघ २०७६

सरकार र उद्योगीले वास्तविक बक्यौताभन्दा फरक तथ्यांक देखाएको भन्दै सर्लाहीका उखु किसानले सोमबारदेखि किसानको घरघर पुगेर तथ्यांक संकलन गर्न सुरु गरेका छन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad