धनबहादुर बुढा

गाउँमा लकडाउन उल्लंघन गर्नेलाई एक हजार जरिवाना

आइतबार, २३ चैत २०७६

जिल्लाको घोडेगाउँका स्थानीयले लकडाउन उलंघन गर्नेलाई पाँच सयदेखि एक हजार रुपैयाँ सम्म जरिवाना गर्ने भएका छन्। कोराना भाइरसको संक्रमण फैलन नदिन सरकारले लकडाउन गरेको भन्दै यो बीचमा गाउँमा प्रवेश गर्ने र गाउँ देखि बाहिर जानेलाई जरिवाना गर्ने नियम लागू गर्न लागिएको हो। गाउँमा जरिवानाको व्यवस्था गरेपछि गाउँका स्थानीय बाहिर आउन सकेका छैनन्। बाहिरबाट गाउँमा जाने पनि रोकिएका छन्।

आर्थिक अभावले थलिदैँ जीतबहादुर

आइतबार, २३ चैत २०७६

जुम्ला रारागाउँका जीतबहादुर दमाइ बिरामीले थलिएको एक बर्ष बित्यो। उनी अहिले पनि हिड्न र कुनै पनि काम गर्न सक्दैनन्। ४० बर्षका जितबहादुर बिरामीले छटपटिदा घरमा कमाउने कोही छैनन्। उनकी पत्नीको पनि  एक बर्ष अघि सुत्केरी भएको तीन दिनपछि मृत्यु भयो। अहिले जीतबहादुर बेसहारा छन्।

कोराना त्रासः अपरिचित ब्यक्तिलाई गाउँ प्रवेशमा रोक

शुक्रबार, २१ चैत २०७६

दुई दिनअघि गाइबस्तुलाइ घाँस खरिद गर्न तिला गाउँपालिका ९ ढिपु गाउँमा गएका सात जना रित्तोहात फर्किए। उनीहरु घाँस किनेर ल्याउने भन्दै गाउँ पुगेका उनीहरु रित्तोहात फर्किन बाध्य भए। ढिपु गाउँका स्थानीयले गाउँ सम्म समेत उनीहरुलाइ जान दिएनन्। बीचबाटो बाटै फर्किए।

तिलाले जनप्रतिनिधिको भत्ता र तलब विपद् कोषमा जम्मा गर्ने

शुक्रबार, २१ चैत २०७६

जुम्लाको तिला गाउँपालिकाले जनप्रतिनिधिको मासिक भत्ता र शिक्षक कर्मचारीको एक महिनाको तलब विपद् कोषमा जम्मा गर्ने भएको छ। विहान बसेको गाउँ कार्यपालिका बैठकले जनप्रतिनिधिको एक महिनाको भत्ता र शिक्षक, कर्मचारीको एक दिनको तलब विपद् कोषमा जम्मा गर्ने निर्णय गरेको हो।

कोराना कहर: झोलुङ्गे पुलमा ढुंगाको बार

शुक्रबार, २१ चैत २०७६

कोराना भाइरसको संक्रमण फैलन जुम्लाको सापुल्ली गाउँहुदै ताम्ती टोप्ला हुदै जाजरकोट जाने सडकमा निर्माण भएको झालुङ्गे पुलमा ढुंगाको बार लगाइएको छ।

जुम्लामा विदेशबाट आउनेको तथ्यांक खोज्दै प्रशासन

बिहिबार, २० चैत २०७६

जिल्ला प्रशासन कार्यालय जुम्लाले विदेशबाट आउनेहरुको तथ्यांक संकलनको काम अघि बढाएको छ। भारत र खाडीमुलुकबाट आएका नागरिकहरुको तथ्यांक एकिकृत गर्ने काम स्थानीय प्रशासनले थालेको हो।

जुम्लामा विदेशबाट फर्किएकाहरू निगरानी केन्द्रमा बस्न मानेनन्

सोमबार, १७ चैत २०७६

जिल्लाको तातोपानी गाउँपालिका– ७ का पाँच जना युवा चैत १० गते गाउँमा पुगे। कोरोना प्रभावित छिमेकी मुलुक भारतबाट आएका उनीहरुदेखी यतिबेला गाउँलेहरू त्रासिद छन्। उनीहरू न अहिले सम्म निगरानी केन्द्रमा छन्। न कुनै सावधानी अपनाएका छन्। अहिलेसम्म उनीहरू उल्टै भेटघाटमै व्यस्त छन्।

जुम्लाका चार जना बिरामीको ‘स्वाब’काठमाडौ पठाइयो

सोमबार, १७ चैत २०७६

जुम्लामा कोरोना भाइरसको संक्रमणसँग मिल्दो लक्षण भएका ४ जना बिरामीको नमुना परीक्षणका लागि ‘स्वाब’ काठमाडौं पठाइएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार दिनदेखि आइसोलेसनमा भर्ना भएका दुई जना र तातोपानी गाउँपालिकाका लाम्रा र कालिकोटको नाग्म निगरानी केन्द्रमा बसेका एक एक जना गरि चार जनाको ‘स्वाब’ नमुना परीक्षणका लागि काठमाडौं पठाइएको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले बताए।

कोरोनाविरुद्व जुम्लामा उच्च सर्तकता

सोमबार, १७ चैत २०७६

कर्णाली प्रदेश सरकारले आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीको संयोजकत्वमा गठन गरेको अस्पताल परिचालन तथा समन्वय समिति जुम्लाका हरेक स्थानीय तहमा निर्माण गरिएका निगरानी केन्द्र अनुगमन गर्न गाउँमा पुगेको छ। आन्तरिक मामिला तथा कानुनमन्त्री भण्डारी कार्यव्यस्तताका कारण आउन नसकेपछि जिल्ला समन्वय समिति जुम्लाका प्रमुख लालबहादुर सार्कीको नेतृत्वको टोली निगरानी केन्द्रको अनुगमनमा निस्केको हो।

हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मी निगरानी केन्द्रमा

आइतबार, १६ चैत २०७६

जुम्ला कालिकोटको सिमाना नाग्मघाटस्थित हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मीलाई निगरानी केन्द्रमा राखिएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले घरभाडामा लिएर स्वास्थ्यकर्मीलाई निगरानीमा राखेको हो। हेल्थ डेस्कमा एक साता बसेका सबै स्वास्थ्यकर्मीलाई निगरानीमा राखिएको कर्णाली प्रतिष्ठानले जानकारी दिएको छ।

तिलामा बन्यो ५० बेडको क्वारेन्टाइन

शुक्रबार, १४ चैत २०७६

तिला गाउँपालिकाले ५० बेडको क्वारेन्टाइन निर्माण गरेको छ। यहाँको सितानगर बजारमा रहेको सिता माध्यमिक विद्यालय रारालिहीमा २० बेड, त्रिवेणीमा रहेको  भैरव आधारभुत विद्यालयमा १० बेड, नाभिडाँडा आधारभुत विद्यालय सापुल्लीमा १० बेड र कुडारी वडा कार्यालयमा १० बेडको क्वारेन्टाइन निर्माण गरिएको हो।

जुम्लामा ‘थर्मल स्क्यानर’ नहुँदा सकस

बिहिबार, १३ चैत २०७६

जिल्लाको हिमा गाउँपालिका हेल्थ डेस्क स्थापना भएको दुइ साता बित्यो। ६ स्थानमा क्वारेन्टाइन छन् । तर हेल्थ डेस्कमा ज्वरो नाप्ने ‘थर्मल स्क्यानर’ नहुदा चेकजाँचमा समस्या भईरहेको छ। गाउँपालिका अध्यक्ष रजबहादुर शाही ‘थर्मल स्क्यानर’ खरिद गर्नका लागि धेरै ठाउँ पहल भएपनि पाउन नसकिएको बताउँछन्।

११ वर्षिय बालक आइसोलेसनमा

बिहिबार, १३ चैत २०७६

जुम्लामा एक ११ वर्षिय बालकलाई उच्च ज्वरो देखिएसंगै आइसोलेसनमा राखिएको छ। तातोपानी गाउँपालिकाको सो बालकलाई चेकजाँचका क्रममा उच्च ज्वरो देखिएपछि सिंधै आइसोलेसनमा राखिएको कर्णाली प्रतिष्ठानका डक्टर सुनिल बुढाथोकीले जानकारी दिए।

भारतबाट जुम्ला भित्रिएका ३१ जना क्वारेन्टाइनमा

बिहिबार, १३ चैत २०७६

जुम्लामा भारतबाट भित्रिएका ११ जनालाई क्वारेन्टाइनमा राखिएको छ। जिल्लाको पातारासी गाउँपालिकामा ६ जना, हिमा गाउँपालिकामा २४ जना र चन्दननाथ नगरपालिकाको कर्णाली प्राविधिक शिक्षालयको क्वारेन्टाइनमा १ जना गरेर ३१ जनालाई क्वारेन्टलाइनमा राखिएको हो।

‘लकडाउन’ पछि जुम्ला खलंगा सुनसान

बुधबार, १२ चैत २०७६

विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसको त्रास कम गर्न जुम्ला ‘लकडाउन’ गरेपछि मुख्य बजार खलंगा सुनसान छ। विपद् व्यवस्थापन समितिले सोमबारदेखि लागू हुने गरि निर्णय गरेपछि सर्वसाधारणको घुइचो रोकिएको थिएन्। तर स्थानीय प्रशासनले माइकिङ गरेर सर्वसाधारणलाई अत्यावश्यक काममा बाहेक बाहिर निस्कन रोक लगाएपछि खलंगा सुनसान बनेको हो।

जुम्ला एकसाताका लागि ‘लकडाउन’

आइतबार, ०९ चैत २०७६

विश्वर कोराना भाइरस (कोभिड– १९) महामारीको रुपमा फैलिएकाले नियन्त्रणको लागि जुम्लामा एक हप्ता ‘लकडाउन’ गर्ने निर्णय भएको छ। प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बसेको विपद् व्यवस्थापन समितिको बैठकले चैत १० देखि १६ गते सम्म जुम्लालाई ‘लकडाउन’ गर्ने निर्णय गरेको हो।

अनुदानको नुन लिन पनि लाइन !

शुक्रबार, ०७ चैत २०७६

जुम्लामा कोरोना भाइरसको त्रास बढेसँगै दैनिक उपभोग्य वस्तु भण्डारण गर्न स्थानीय जुटेका छन्। उनीहरु आफूलाई चाहिने सबै प्रकारको खाद्यन्नको जोहो गर्न थालेका हुन्। अहिले साल्ट ट्रेडिङ कर्पोरेशनको कार्यालयमा भिडभाड बढेको छ। दुई दिनमा झण्डै एक हजार जनाले नुन लिएको तथ्यांक छ।

जुम्लामा एसइईमा कडाई : परीक्षा हलमा मोबाइल निषेध

मङ्गलबार, ०४ चैत २०७६

यही चैत ६ देखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को अन्तिम तयारी भइरहेको छ। मोबाइल, इमेल इन्टरनेट, सामाजिक सञ्जालबाट प्रश्नपत्र बाहिरीने सम्भावना बढी भएपछि जिल्ला परीक्षा समन्वय समितिले परीक्षा हलमा मोबाइल निषेध गर्ने निर्णय गरेको हो।

रारा जाने मुलबाटोमा हेल्प डेक्स

आइतबार, ०२ चैत २०७६

जुम्लाको हिमा गाउँपालिकाले रारा जाने मुलबाटोमा हेल्प डेक्स स्थापना गरेको छ। सुर्खेत कालिकोट हुँदै रारा ताल जाने आन्तरिक तथा बाह्य पर्यटकको चापलाई मध्येनजर गर्दै हेल्प डेक्स राखिएको हो। गाउँपालिका अध्यक्ष रजबहादुर शाही र प्रमुख प्रशासकिय अधिकृत टोपबहादुर बुढाको स्वास्थ्य जाँच गरेर हेल्प डेक्स स्थापना गरिएको हो।

प्रांगारिक खेतीमा जम्दै सिँजाली

आइतबार, ०२ चैत २०७६

सिँजा गाउँपालिका–२ का प्रेमबहादुर खत्री प्रांगारिक खेती गर्न निकै हौसिएका छन्। उनले दुई वर्षयता कृषिमा विषादी प्रयोग गरेका छैनन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad