भैरव रिसाल

कम्युनिस्ट कि कम निष्ठ ?

आइतबार, २६ असोज २०७६

अन्य कामरेडहरूबीच पनि त्यस खालको ‘अफेयर’ छ भने सार्वजनिक गरी टुंग्याउनुप¥यो। नत्र महरा–रोशनी काण्ड पुनरावृत्त नहोला भन्न सकिँदैन।

कम्युनिस्ट कहिले कम्युनिस्ट हुन्छ?

आइतबार, १२ असोज २०७६

पद र प्रतिष्ठाका लागि लाग्थे राजनीतिमा कांग्रेस र निरंकुशतावादीहरू। त्यही रोग अहिले नेपाल कम्युनिस्ट पार्टीका नेता र कार्यकर्तामा व्यापकरूपमा लाग्न थालेको छ।

पाइँदैन विनाश गर्न

आइतबार, ०५ असोज २०७६

अचेल विकासका नाममा विनाश गर्ने प्रवृत्ति बढेको छ। म कडा शब्दमा भन्ने गर्छु– विकासका नाममा विनाश गर्ने अधिकार कसैलाई छैन। तर देश संघीयतामा रूपान्तरण हुन लागेपछि विकासका नाममा विनाशका काम धेरैतिर भएका छन्। सडक बनाउने नाममा साविकदेखि राजकुला र अरु कुला बेमाखसँग मासिएका छन्।

संघीय संसद् र गाडी काण्ड

आइतबार, २२ भदौ २०७६

हाम्रा नेतामा नयाँ र भएभरका सुविधा उपभोगको लोभ जागृत हुने गर्छ। यसका लागि ब्युरोक्रेसीलाई आफ्नो पक्षमा पारिन्छ।

अग्ला आसन र लामा भाषण

आइतबार, १५ भदौ २०७६

शासन व्यवस्था गणतन्त्र रे ! संविधानको गन्तव्य समाजवाद उन्मुख रे। मानसिकता भने सबभन्दा ठूलो कुर्सीमा गजधम्म भई गम्भीर मुखमुद्रामा बस्नुपर्ने।

माड्साप ससुराली जाँदा

आइतबार, ०८ भदौ २०७६

मदनमणि दीक्षितको विद्वता अदितीय थियो। उहाँलाई उत्तरवैदिक साहित्यकार पनि भनिन्थ्यो। माधवी र भूमिसूक्त रचनाले मदनमणिजीलाई अजर/अमर बनाइदिए जस्तो लाग्छ।

‘बरु पैसा खाऊ, तर पानी देऊ’

सोमबार, २७ साउन २०७६

जति हतारिए पनि चालु आर्थिक वर्षको त कुरै छाडौँ, २०७७ को दसैँसम्ममा पनि मेलम्चीको पानी आउने सम्भावना छैन। तर चालु आर्थिक वर्षको नीति र कार्यक्रममा उक्त योजनाको पानी काठमाडौँ ल्याउने भनिएको छ।

कार्यदिशाकै करामत हो त ?

आइतबार, १९ साउन २०७६

नेपाल कम्युनिस्ट पार्टीको कल्ले के जिम्मेदारी पाउने भन्ने भागबन्डा यो साउन २८ गतेसम्मका लागि टरेको छ। २०७५ जेठ ३ गते दुई पार्टी एक भएको घोषणा भएयता वास्तवमा दुई अध्यक्षबाहेक अन्यलाई कुनै जिम्मेवारी छैन। क्रियाशील राजनीति गर्ने नेतादेखि समर्थकसम्मलाई पार्टी कामको कुनै जिम्मेदारी नहुनु, कार्यक्षेत्र नतोकिनु एकप्रकारले राजनीतिक मृत्यु होइन र ! यो त साह्रै नकाम भयो। नेकपामा त्यत्रा मान्छे के गरिबस्छन्, के गरेर दिन काट्छन् ? उस्तै जाँगरिला युवाले विद्यावारिधि नै गरे पनिसमय पुग्छजस्तो लाग्छ। एक प्रस्तावित युवा केन्द्रीय सदस्य मसँग भन्दै थिए–‘पार्टीले केही काम दिएन। के गरौँ, के गरौँ लाग्यो, ल (कानुन) को जाँच दिएँ।’ उनी यो परीक्षा दिन योग्य रहेछन्। होलान् पास पनि। तर सबै नेकपा काम्रेड त्यस्ता हँुदैनन्। उनीहरूको अमूल्य समय त त्यसै खेर गएन र ! कति काम्रेड ‘होलटाइमर’ (पूर्णकालीन) थिए होलान्।

आँखा नगाडौँ शिवपुरीमा

आइतबार, १२ साउन २०७६

पैसाको आँखा कहाँ कहाँ पुग्ने ! सीमातीत हुने रहेछ। त्यसैले त होला पुँजीवादले संसार खाँदै गरेको। पैसा पैसाले तान्ने। पैसाले पैसा तान्ने पनि धेरैले थोरैलाई तान्ने। यो रहस्य नबुझेको एकजनाले एक रुपियाँ पाएछ र पैसा तान्ने कल्पना गरेछ। एउटा खुत्रुकेअगाडि गएछ र एक रुपियाँ महेन्द्र मल्ली डबल खुत्रुकेको प्वालमाथि हातले समातेर खुत्रुकेको पैसा तान्न डबलको केही भाग छिराएछ। तलको पैसा तान्न। केही मिनेट त्यसो गर्दा औँला गलेछ र सो डबल खुत्रुकेमै खसेछ। तब त्यो पैसा तान्न खोज्नेले भनेछ– पैसाले पैसा तान्छ भनेको सयका सय सत्य रहेछ। तर याद गर्नुपर्ने गाँठी कुराचाहिँ के रहेछ भने धेरैले थोरै तान्ने रहेछ। म थोरैले धेरै तान्छ भन्ने भ्रान्तीमा परेर भएको एक रुपियाँ पनि गुमाएँ।

दुवै प्रधानमन्त्री हवाई निरीक्षण गर

आइतबार, ०५ साउन २०७६

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू, समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हटलाइन टेलिफोन नम्बर थिच्नुहोस् र तराईका भारतसँग जोडिएका डुबान क्षेत्रको हवाइ निरीक्षण गर्ने प्रस्ताव राख्नुहोस्। दुवै प्रधानमन्त्रीबाट संयुक्त डुबान क्षेत्रहरूको अवलोकन गर्नुहोस् ताकि भारतीय प्रधानमन्त्री मोदीका दुवै आँखा खुलून्। सर्वसाधारण डुबानपीडित नेपालीको मर्मान्तक पीडा हृदयविदारक वेदना प्रत्यक्ष देखेर आत्मसात् गर्न सहयोग होस्। भारतले एकतर्फी ढंगबाट अन्तर्राष्ट्रिय अभिसन्धिहरूको ठाडै विरुद्ध दुई मुलुकका सीमामा पानीको प्राकृतिक एवं नैसर्गिक बहाव रोकिनेगरी निर्माण गरिएका संरचनाहरूका कारण नेपालका गाउँका गाउँ डुबेका, खेतबारी डुबेका, वस्तुभाउ डुबेका, केटाकेटी डुबेका, किसान र अन्य बसोबासीका चलअचल श्रीसम्पत्ति डुबेका र गाउँलेहरू वेदनाले छट्पटाइरहेका मुटु प्वाल पार्ने दृश्यहरू आफ्नै चर्मचक्षु र अन्तर्दृष्टिले देख्न सक्नुहोस्।

नेपाली मनलाई नमन

आइतबार, २९ असार २०७६

साँच्चै विलक्षण छ– नेपाली पन र नेपाली मन। नेपालको भूगोल सानो छ, ठूला मुलुकको तुलनामा। परन्तु संसारका कतिपय ठूला राष्ट्रमा नपाइने विशिष्टता नेपालले पाएको छ। सारांशमा नेपाल विभिन्न विशिष्टताको समिश्रण हो भन्दा अत्युक्ति नहोला। सानो नेपालका नेपालीको मन ठूलो मात्र छैन, धेरै विशाल छ। गत चैत १७ गते साँझ बारा–पर्साका केही क्षेत्रमा भुमरी आयो, झन्झावात् आयो। बाराको फेटा गाउँ त भुमरीको केन्द्र नै बनेछ। सरकारले र सञ्चारमाध्यमहरूले त्यत्रो र त्यस्तो अभूतपूर्व भुमरीलाई न भुमरी भन्न सके न त झन्झावात् नै ! त्यस्तो प्रलयकारी प्रकृतिको प्रहारको नामकरण गर्न इसिमोडको सहयोग र सहअध्ययन रोजियो। सरोकारवालाहरू थलोमै गए। स्थलगत अध्ययनपछि यो प्राकृतिक विपत्ति (टोर्नेडो) भुमरी, झन्झावात् नै हो भन्ने ठहर गरियो।

बझाङः पहिले र अहिले

आइतबार, २२ असार २०७६

एउटा १२/१४ वर्षका किशोर बझाङको बुंगल गर्खा शान्ति हाइस्कुलको प्रांगणमा उसिनाको चामल हतार–हतार फाँको मार्दै (खाँदै) थियो। उसका वरिपरि लगभग उसकै उमेरका अन्य १०/१२ जना किशोर अत्यन्त लोभलाग्दो किसिमले उसको मुख हेरिरहेका थिए। केही गम्भीर त केही चञ्चले पाराले। यो घटना हो– ४१ वर्षअघि ०३५ सालको।

गाँजा प्रतिबन्धको ‘जनयुद्ध’ प्रभाव

आइतबार, १५ असार २०७६

नेपालले पनि जुन २६ मा अन्तर्राष्ट्रिय लागुपदार्थ प्रयोग, दुरुपयोग तथा ओसारपसारविरुद्ध दिवस मनायो । नेपालमा किशोर एवं युवावर्गमा लागुपदार्थ दुव्र्यसनीको संख्या ह्वात्तै बढिरहेकोछ । यो सरोकारवालाहरूको टाउको दुखाइ भएकोछ । छिमेकी भारतसँगको १८८० किलोमिटर सीमा खुला भएकाले पनि लागुपदार्थ प्रयोग, दुरुपयोग र ओसारपसार रोक्न चुनोती भएकोछ भन्छन्, लागुपदार्थ नियन्त्रणमा सम्बद्ध जिम्मेवार पदाधिकारीहरू । लागुऔषध हाम्रो देशको अन्तरनिहित समस्या होइन । अन्तर्देशीय सम्बन्ध र भारतसँगको खुला सिमानाका कारण यो चुनौतीपूर्ण बन्दै गएको हो । साथै सन्तानको क्रियाकलापप्रति अभिभावक जिम्मेवार नहँुदा समस्या झन् थपिएको छ ।

  • 1 (current)
Ncell Footer Ad