मञ्जु गाैतम

स्वतन्त्र छैन मानिस

बुधबार, ०१ असोज २०७६

घोडाले मानिसको जस्तो टिसर्ट लगाएर दौडिएको दृश्य कल्पना गर्दा आश्चर्य लाग्न सक्छ। तर, त्यही आश्यर्च लाग्ने दृश्यलाई कलाकारले क्यानभासमा कोर्न सफल भए भने रोचक देखिन्छ।

फाेटाेमा साक्षरताकाे सन्देश

आइतबार, २९ भदौ २०७६

शारिरीक असक्षता भएका स्कुले विद्यार्थी पढ्ने अवधिमा यार्सागुम्बा संकलनमा जान बाध्य फोटो बबरमहलस्थित नेपाल आर्ट काउन्सिलको भित्तामा झुण्डाइएको छ।

‘हेक्जागन’ मा आत्मीयता खोज्दै कलाकार

बुधबार, २५ भदौ २०७६

कलात्मक विविधताको परिचय बोकेको ललितपुरस्थित एमक्युब ग्यालरीमा अनौठो हेक्जागन शैलीको सेतो आकृति झुन्डाइएको छ। नेपाली र विदेशी कलाकारले संयुक्त रूपमा बनाएको सो आकृतिमा स—साना चित्रकलालाई समेटिएका छन्। एमक्युब ग्यालरीले आयोजना गरेको ११ औं आवासीय कार्यशालामा सहभागी कलाकारहरूले बनाएको ‘हेक्जागन’ कला प्रदर्शनी सञ्चालन भइरहेको छ।

'गुलाबी उमेर'मा किशोरीका कथा

आइतबार, २२ भदौ २०७६

पुस्तक पढिरहँदा मलाई आफै किशोरावस्थामा फर्किएको अनुभूति भयो। मलाई लाग्छ यो पुस्तकमा प्रत्येक किशोरीहरु आफूलाई भेट्टाउँछन् भने महिलाहरु आफ्नो किशोरावस्थाका घटना परिघटनालाई सम्झन्छन्।

नेपाली सम्पदा जोगाउँदै विदेशी विद्यार्थी

शनिबार, २१ भदौ २०७६

केही दिनअघि अस्ट्रियाकी २३ वर्षीया फ्रान्जेस्का मारिनोभिक ललितपुर पाटनस्थित भीमसेन मन्दिरको गजुर सरसफाइ गर्दै थिइन्। मन्दिर सफा गर्न उनले हातमा कपास र पानी बोकेकी थिइन्।

लेखनमा विभेद घट्दै

शुक्रबार, २० भदौ २०७६

लेखनमा महिलाको सहभागिता बढेसँगै लिङ्गका आधारमा हुने विभेद घट्दै गएको अनुभव लेखक र प्रकाशकले गर्न थालेका छन्। पुरुष स्रष्टाका तुलनामा नारी कम भए पनि नारी सिर्जना उत्तिकै सशक्त र उल्लेखनीय रहेको यस क्षेत्रका अनुभवीहरूको धारणा छ।

रंगीविरंगी कपडामा इरानी कला

बुधबार, १८ भदौ २०७६

बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा झुन्डाइएका क्यानभासमा रंगीविरंगी कपडाको टुक्राहरू जोडेर कलात्मक शैलीमा प्रस्तुत गरिएको छ । इरानी चित्रकारहरूले मिक्स मिडियाको प्रयोग गरेर तयार गरेको ‘टु रिमेम्बर’ नामक कला प्रदर्शनी सिद्धार्थ आर्ट ग्यालरीमा सञ्चालन भइरहेको छ ।

कलाका विविध बान्की

मङ्गलबार, १७ भदौ २०७६

कलासम्बन्धी कक्षा लिइरहेका विद्यार्थीको क्षमता उजागर गर्ने उद्देश्यले सिर्जना कलेज अफ फाइन आर्टस्का ६ जना विद्यार्थीका विभिन्न कला प्रदर्शनीमा राखिएको छ। भदौ १२ गते बिहीबारदेखि नेपाल आर्ट काउन्सिलको हलमा प्रदर्शन भइरहेको ‘ब्याचलर अफ फाइन आर्टस् सो’ नामक युवा चित्रकारका कलामा सामाजिक, पर्यटकीय र औद्योगिक अभियानलाई समेटिएको छ।

‘लोकतन्त्र र आजको मार्क्सवाद’ माथि बहस

सोमबार, १६ भदौ २०७६

नेपाली कांग्रेसका नेता प्रदीप गिरीले प्रत्येक व्यक्तिले राजनीतिमा चासो राख्दै राजनीतिमा हस्तक्षेप गर्नुपर्ने बताएका छन्। उनले राज्यले पनि जनताको विचार र चासोको ख्याल गर्नुपर्ने बताएका छन्। प्रा। चैतन्य मिश्र लिखित ‘लोकतन्त्र र आजको माक्र्सवाद’ पुस्तकको विमोचन कार्यक्रममा बोल्दै गिरीले भने, ‘अहिले नेपाल, समाज र जनताले खोजेको सामाजिक लोकतन्त्र हो तर अहिले नेपाल र नेपाली समाजको अराजनीतिकरण हुँदैछ। गणतन्त्रले ठाउँ पाएको छ जुन सबै जनताका लागि हानिकारक हो।’

एसइईपछिको यात्रा

आइतबार, १५ भदौ २०७६

म सानैदेखिको जिद्धी थिए । मलाई जुन चिज पनि चाइयो भनेपछि त्यो हुनैपथ्र्यो । सम्झाउन त सम्झाउनुभो, अपरिचित सहरमा आफैंले एक्लै बाँच्न गाह्रो हुन्छ तँलाई भनेर । तर म मा आफैं कमाउँछु, आफैं पढ्छु भन्ने जुन अठोट थियो, त्यही अठोटले नै जित्यो मलाई । आफ्नो जन्मभूमि भनेर के गर्नु मलाई घरमा बस्नै मन थिएन ।

कुशे औंसीमा ‘बा’ कार्यक्रम

शनिबार, १४ भदौ २०७६

‘जब मेरा बा धेरै जान्नुहुन्छ भन्ने बुझ्न थालेँ तब मेरा छोराछोरीले मेरा बा केही जान्दैनन् भन्ने बुझ्न थालिसकेछन्।’ जब बुबाले केही दिनुहुन्छ, तब छोरो बुबासँगै खुसीले प्रफुल्ल हुन्छ। जब छोरोले बुबालाई केही दिन्छ, तब बुबाको आँखासँगै छोरोको आँखा रसाउँछ। साच्चै बुबा आदर्शको खानी हुन्। आमा धर्ती हुन् भने बुबा आकाश हो। बुबा नभत्किने घर हो, कहिल्यै नभेटिने थर हो। यही भनाइलाई आत्मसात् गर्दै भदौ १३ गते कुशे औँसीको दिन भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहको हलमा ‘बा’ कार्यक्रम सम्पन्न भएको छ।

नेपाली कला सिक्दै विदेशी कलाकार

बिहिबार, १२ भदौ २०७६

नेपाली कला र संस्कृति सिक्न र बुझ्न विदेशी कलाकारहरू नेपाल आउने गरेका छन्। नेपाल घुमघाम र नेपाली कला संस्कृति सिक्न आइपुग्नेका विदेशी कलाकारहरूलाई केन्द्रित गरेर पुल्चोकस्थित बिकल्प आर्ट सेन्टरले कलासम्बन्धी आवासीय कार्यशाला सञ्चालन गरिरहेको छ।

वल्र्ड ट्रेड सेन्टरमा तीज मेला

बिहिबार, १२ भदौ २०७६

महिलाहरूको महान् चाड हरितालिका तीजलाई लक्षित गरेर काठमाडौंको त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरमा पाँचदिने तीज मेला सुरु भएको छ। भदौ १० गते मंगलबार सुरु भएको १२औं तीज मेला तथा अन्तर्राष्ट्रिय व्यापार मेलाको उद्घाटन नेपाल चेम्बर अफ कमर्सकी महिला अध्यक्ष उर्मिला श्रेष्ठले गरिन्।

क्यानभासमा चार देशका कला

मङ्गलबार, १० भदौ २०७६

दिनँहू घरायसी कामकाजमा जुटिरहने महिलाहरूको जीवनशैली झल्काउने चित्रकला नक्सालस्थित ललितकला प्रज्ञा प्रतिष्ठानको कक्षमा आयोजित चार देशका कलाकारहरू सहभागी ‘एमिटी’ नामक अन्तर्राष्ट्रिय कला प्रदर्शनीमा राखिएको छ।

'कलापुञ्ज'मा आधुनिक चित्रकला

सोमबार, ०९ भदौ २०७६

पानी रंगको प्रयोग गरेर चित्रकार टार्जन साङ्पाङले तयार बनाएको चित्रकला प्रदर्शनीमा राखिएका छन्। त्यस्तै वन्यजन्तु संरक्षणबारे जनचेतना फैलाउन चित्रकार हिम पौडेलले डाँफे, गिद्ध र मयूर लगायतका पंक्षीको चित्रहरू क्यानभासमा उतारेका छन्।

महिनावारीमा हुने विभेद क्यानभासमा

आइतबार, ०८ भदौ २०७६

नेपाली समाजले महिनावारीलाई अछुतो र अपवित्रको संज्ञा दिएको छ । वर्षौदेखि महिनावारी भएका महिलालाई अशुद्ध र अपवित्र मान्ने अन्धविश्वासलाई आधार मानेर महिलालाई विभिन्न पारिवारिक, सामाजिक, सांस्कृतिक र धार्मिक कार्यक्रमहरूमा भाग लिन वञ्चित गरिन्छ । अझ छाउपडीको कारण ज्यान गुमाउने महिलाको संख्या वर्षपिच्छे बढ्दै गएको छ । महिनावारी भनेको प्राकृतिक प्रक्रिया भएकाले यसलाई पवित्र मान्नुपर्छ भन्ने धारणासहित शनिबारदेखि ललितपुरस्थित नेक्सस् कल्चर नेपालमा ‘मिथ अफ स्यान्टिफिकेसन’ नामक कला प्रदर्शनी सञ्चालन भइरहेको छ ।

अरूपण ग्यालरीमा ‘फ्रिडा काइलो’

बुधबार, ०४ भदौ २०७६

मानिसको शरीर जब स्वतन्त्र भएर चल्न छोड्छ। तब, संसार अन्त्य भएको अनुभूत हुन्छ। स्वस्थ जन्मिएका कयौं मानिस दुर्घटना वा विभिन्न कारणले असक्त हुन पुग्छन्।

नेपाली समाजमाथि व्यंग्य गर्दै ‘बिइङ टुगेदर’

सोमबार, ०२ भदौ २०७६

चित्रकार लियो झन्कारले नेपाली संस्कृति र पर्यायवरणीय पक्षलाई तुलना गरेर चित्रकला कोरेका छन्। वनविनाशले वातावरणमा पारेको प्रभाव र नेपाली संस्कृतिमा पार्न सक्ने चुनौतीका विषयमा चित्रमार्फत विचार पोखेका छन्। ‘वातावरणमा विभिन्न कारणले गरेको प्रभावका कारण हाम्रो संस्कृतिमाथि असर गर्दै गरेको भाव मैले क्यानभासमा समावेश गरेको छु,’ उनले भने।

आन्विकाको दुई कृति बजारमा

शुक्रबार, ३१ साउन २०७६

बालसाहित्य लेखनमा सक्रिय लेखक आन्विका गिरीद्धारा लेखिएका ‘आमाले सक्नुहुन्छ’ र ‘सानीका ज्ञानी कुरा’ नामक दुई कृतिहरू सार्वजनिक भएका छन्। बिहीबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा लेखक गिरीका दुई कृतिहरू विमोचन गरिएको थियो।

संस्कृत भाषाप्रति बढ्दो आकर्षण

बिहिबार, ३० साउन २०७६

बालाजुकी सिफालिका गौतम बाल्मीकि विद्यापीठमा संस्कृत भाषा अध्ययन गरिरहेकी छिन्। गत असार महिनामा संस्कृतअन्तर्गत व्याकरण र ज्योतिष विधामा भर्ना भएकी उनी ज्योतिष शास्त्र सिक्दैछिन्। बाल्मीकि विद्यापीठले सञ्चालन गरेको एक वर्षसम्म उनीजस्तै अन्य विद्याथीहरू अध्ययरत छन्। देशविदेशमा ज्योतिष शास्त्र अध्ययन गरेकाहरू माग बढेसँग संस्कृत पढ्नेहरूको संख्या बढेको छ।

Ncell Footer Ad