सुनिल सापकोटा

त्रिवि उपकुलपतिमा डा. भगवानको सम्भावना

शनिबार, १८ असोज २०७६

सिफारिस समितिका एक सदस्यका अनुसार प्रधानमन्त्री ओलीकै इच्छा र चासोमा डा. भगवान्को नाम एक नम्बरमा राखेर सिफारिस गरिएको हो ।त्रिभुवन विश्वविद्यालय (त्रिवि) को उपकुलपतिमा नियुक्तिका लागि कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको संयोजत्वमा गठित सिफारिस समितिले डा. भगवान् कोइरालासहित तीनजनाका सिफारिस गरेको छ।

भावनामा नभई भित्तामा सीमित

शुक्रबार, १७ असोज २०७६

सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलता नीति अवलम्बन गर्दै राष्ट्रसेवकलाई प्रत्येक दिनको कार्य प्रारम्भ हुनुअघि भ्रष्टाचार नगर्ने प्रतिज्ञा गर्न उर्दी जारी गर्यो। प्रधानान्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले राष्ट्रसेवक कर्मचारीलाई सुशासन र सदाचारको प्रवद्र्धन गर्न भ्रष्टाचार नगर्ने प्रतिज्ञा गर्न निर्देशन दिएको आज (२०७६ असोज १७ गते) एक वर्ष पुगेको छ।

आयोगको चेक अब मन्त्रीले काट्ने !

सोमबार, १३ असोज २०७६

कानुनद्वारा गठित स्वतन्त्र र स्वायत्त आयोगको आर्थिक प्रशासन सञ्चालनको जिम्मेवारी मन्त्रीलाई दिनेगरी आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा बनेको विधेयकमा पारित भएको छ।

परराष्ट्रको प्रभावमा लेखा समिति

सोमबार, १३ असोज २०७६

परराष्ट्रको खर्चमा लेखा समितिका सभापति भरत शाहसहित सदस्यहरु प्रेम आले, चन्दा चौधरी, अमनलाल मोदी, राजेन्द्रकुमार केसी तथा समितिका सचिव रोजनाथ पाण्डे बेलायत, फ्रान्स, जर्मनी, ओमान र साउदी अरब घुमेर असार २३ गते नेपाल फर्किएका थिए। त्यसको एक साता नहुँदै समितिले कर मिनाहा गर्न निर्देशन दिएको हो।

इ-पासपोर्टमा कमिसन चक्कर

बिहिबार, ०९ असोज २०७६

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले खरिद गरिसकेको प्रणाली कमिसनको चक्करमा राहदानी विभागले पनि खरिद गर्न खोजेको भन्दै उच्च सरकारही अधिकारहिरुले चिन्ता व्यक्त गरेका छन्।

स्वास्थ्यको विषय इन्जिनियरिङ व्यवसायभित्र

बुधबार, ०८ असोज २०७६

सरकारले कानुन निर्माणका क्रममा कतिसम्म हेलचक्र्याइँ गर्छ भन्ने उदाहरण बनेको छ जेनेटिक (आनुवंशिक) इन्जिनियरिङ विषय इन्जिनियरिङ व्यवसायको अनुसूचीमा राख्ने निर्णय। बायलोजिकल साइन्स (बायो टेक्नोलोजी) अन्तर्गतको जेनेटिक इन्जिनियरिङलाई सरकारले इन्जिनियरिङ व्यवसायमा राख्ने निर्णय गरेपछि यस क्षेत्रका जानकारबीच यस्तो ठट्टा हुन थालेको छ– अब सरकारले ‘सोसल इन्जिनियरिङ’ लाई पनि यसै व्यवसायमा समावेश गर्न बेर छैन।

नागरिक उड्डयन प्राधिकरण : सवा अर्ब बोनस बाँड्न चलखेल

मङ्गलबार, ०७ असोज २०७६

एक दशकदेखि अर्थ मन्त्रालयको दबाबमा कर्मचारीलाई बोनस रकम बाँडन नपाएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले अहिले मन्त्री फेरिएसँगै फेरि सोही प्रयोजनका लागि चलखेल सुरु गरेको छ। योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भएलगत्तै कर्मचारीलाई एक अर्ब २६ करोड रुपैयाँ बोनस वितरण गर्न चलखेल सुरु भएको हो। आर्थिक वर्ष २०६८÷०६९ देखि नाफामा गएको प्राधिकरणले बोनस वितरणका लागि एक अर्ब २६ करोड रुपैयाँ छुट्याएको छ।

स्वास्थ्यको विषय इन्जिनियरिङ व्यवसायभित्र

मङ्गलबार, ०७ असोज २०७६

सरकारले कानुन निर्माणका क्रममा कतिसम्म हेलचक्र्याइँ गर्छ भन्ने उदाहरण बनेको छ जेनेटिक (आनुवंशिक) इन्जिनियरिङ विषय इन्जिनियरिङ व्यवसायको अनुसूचीमा राख्ने निर्णय । बायलोजिकल साइन्स (बायो टेक्नोलोजी) अन्तर्गतको जेनेटिक इन्जिनियरिङलाई सरकारले इन्जिनियरिङ व्यवसायमा राख्ने निर्णय गरेपछि यस क्षेत्रका जानकारबीच यस्तो ठट्टा हुन थालेको छ– सरकारले ‘सोसल इन्जिनियरिङ’ लाई पनि यसै व्यवसायमा समावेश गर्न बेर छैन ।

मेडिकल कलेजद्वारा विद्यार्थीसँग तोकेभन्दा बढी शुल्क

सोमबार, ०६ असोज २०७६

सरकारले काठमाडौं उपत्यकाबाहिरका मेडिकल कलेजले विद्यार्थीसँग ४२ लाख ४५ हजार रुपैयाँमात्र लिन पाउने गरी शुल्क तोकेको छ। तर काठमाडौं उपत्यकाबाहिरका चितवन मेडिकल कलेज भरतपुर र गण्डकी मेडिकल कलेज पोखराले विद्यार्थीसँग सरकारले तोकेभन्दा १० लाख रुपैयाँ बढीसम्म अवैध शुल्क असुली गरेको पाइएको छ।

मेडिकलमा विदेशी भर्ना गर्न नपाउने

आइतबार, ०५ असोज २०७६

काठमाडौं विश्वविद्यालय (केयु) ले चिकित्सा शिक्षामा विदेशी विद्यार्थीलाई भर्ना लिन नपाउने भएको छ । चिकित्सा शिक्षा आयोगको निर्णय तथा निर्देशनअनुसार विदेशी विद्यार्थी भर्नाका लागि विश्वविद्यालयले प्रवेश परीक्षा सञ्चालन गरी योग्यता क्रमका आधारमा मात्र भर्ना गर्न पाउने व्यस्था छ । तर केयुले चिकित्सा शिक्षा (मेडिकल) मा एमबिबिएस र बिडिएसको भर्नाका लागि शनिबार सञ्चालन गरेको प्रवेश परीक्ष्देशी विद्यार्थीलाई सहभागिता नगराएकाले केयुको आंगिक र सम्बन्धनप्राप्त मेडिकल कलेजहरूले विदेशी विद्यार्थी भर्ना गर्न नपाउने भएका हुन् ।

स्वास्थ्य मन्त्रीको भ्रमण मोह : एक वर्षमा २५ पटक विदेश उडे

बुधबार, ०१ असोज २०७६

देशभर डेंगी फैलिरहेको अवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव विश्व स्वास्थ्य संगठनले भारतमा आयोजना गरेको दक्षिण एसियाली राष्ट्रका मन्त्रीहरुको बैठकमा भाग लिन गए । दुई साताअघि भारत गएका उनले ६ दिन उतै बिताए । अस्पतालहरूमा अहिले डेंगीसँगै स्क्रबटाइफस लगायतका बिरामीको चाप बढिरहेको छ । तर स्वास्थ्य मन्त्री यादव भने फेरि विदेश सयरमा जान लागेका छन् । त्यो पनि दुई साताका लागि ।

सरकारको अंकुशमा संवैधानिक अंग

मङ्गलबार, ३१ भदौ २०७६

संवैधानिक अंगहरुलाई संविधानले दिएको अधिकारमा अंकुश लगाउँदै सरकारले अघि बढाएका विधेयकलाई संसद्ले समेत वैधानिकता दिँदै कानुन बनाएको छ। निर्वाचन आयोग, लोकसेवा आयोग, महालेखा परीक्षकको कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय मानवअधिकार आयोगलगायतका संवैधानिक अंगलाई संविधानले दिएको अधिकारमा अंकुश लगाउनेगरी सरकारले एकपछि अर्को कानुन बनाउन थालेको छ।

स्वास्थ्य मन्त्रालयका गाडीमा अनधिकृत रजाइँ

सोमबार, ३० भदौ २०७६

मन्त्रीका स्वकिय सचिव र अवैतानिक सल्लाहकारले पहुँच र प्रभावका भरमा गैरकानुनी रुपमा सरकार िगाडी प्रयोग गरेका छन्।

प्रतिवेदनबाट एकाएक हटाइयो कारबाहीको अंश

शनिबार, २८ भदौ २०७६

उपसमितिले गम्भीर विवादमा मुछिएका मेडिकल कलेजको सम्बन्धन खारेजीका लागि निर्देशन दिनेगरी प्रतिवेदनको मस्यौदा तयार पारेको थियोे। कलेज सञ्चालकको प्रभावमा परेपछि सम्बन्धन खारेजीको प्रस्ताव प्रतिवेदनबाटै हटाइएको छ।

भूमाफियाको स्वार्थमा भूमि विधेयक

शुक्रबार, २७ भदौ २०७६

प्रतिनिधिसभाले भूमाफियाको प्रभावमा परेर कृषि फार्म, उद्योग, प्रतिष्ठान, कम्पनी वा संस्थाले भोगचलन गरिरहेको जग्गा नेपाल सरकारले तोकेको सर्तको अधीनमा रही अर्को ठाउँमा सट्टापट्टा वा स्थानान्तरणका लागि स्वीकृति दिन सक्ने व्यवस्था गरेको छ।

१८ करोड कर मिनाहा गराउन परराष्ट्रको चलखेल

बिहिबार, २६ भदौ २०७६

१० वर्षदेखि नियोगमा काम गर्ने कर्मचारीले पारिश्रमिक कर तिरेका छैनन्। अहिले यस्तो करको रकम १७ करोड ८४ लाख रुपैयाँ पुगेको छ। परराष्ट्र मन्त्रालयले यही करबापतको रकम मिनाहा गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी गरेको छ।

उद्योगको जग्गा बिक्री गर्ने बाटो खुल्यो

मङ्गलबार, २४ भदौ २०७६

विधेयक राष्ट्रियसभाबाट पनि पारित भएर कार्यान्वयनमा आउने हो भने झापाको टिस्टेटलगायतका देशभरमा रहेका यस प्रकृतिका हजारौं बिघा जग्गा बेच्नका लागि बाटो खुल्ने देखिन्छ।

मानव अधिकार आयोगले प्रतिनिधि फिर्ता बोलाउने

सोमबार, २३ भदौ २०७६

एक हप्तामा पनि आयोगका पदाधिकारी सिफारिस नभए आफ्नो प्रतिनिधि फिर्ता बोलाउने शर्माले ‘अल्टिमेटम’ दिएका थिए। आयोगले दिएको अल्टिमेटम भित्र पनि पदाधिकारी सिफारिस गर्न नसक्ने भएपछि आयोगले प्रतिनिधि फिर्ता बोलाउने तयारी गरेको हो।

वैद्धिक सम्पत्ति अधिकारको उल्लंघनमा १० लाखसम्म क्षतिपूर्ति

आइतबार, २२ भदौ २०७६

वौद्धिक सम्पत्तिसँग सम्बन्धित परम्परागत तथा मौलिक ज्ञानको पहिचान गरी तिनको उपयोग, व्यवसायीकरण र अधिकारधनीको विवरण अभिलेखीकरण गरिनेछ।

न्यायका लागि अब अन्तिम लडाइँ: गंगामाया

आइतबार, २२ भदौ २०७६

गंगामाया राज्यको पैसा–सुविधा लिएर साइड लाग्छे भनेर नसोचे हुन्छ। आठ वर्ष भयो अन्न नखाएर, पानी पिठो खाएर न्याय माग्दै बसेको। पैसामा न्यायको लेनदेन हुन सक्दैन।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad