कमलेश ठाकुर

मृतकका परिवारलाई तीन लाख राहत दिइने

शनिबार, २८ असार २०७६

प्रदेश २ मा बाढीपहिरोले ज्यान गुमाएका परिवारलाई प्रदेश सरकारले तीनलाखको दरले आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।

बाढीले भत्कायाे निर्माणाधीन पुल

शनिबार, २८ असार २०७६

लगातार परिररहेको वर्षाले धनुषामा निर्माणाधीन पुल भत्किएको छ। क्षिरेश्वरनाथ नगरपालिकास्थित महेन्द्रनगर र शान्तिपुर जोड्ने औरही खोलाको निर्माणाधीन पुल भत्किएको हो।

कामविहीन भए जनस्वास्थ्यका कर्मचारी

बुधबार, २५ असार २०७६

धनुषास्थित जिल्ला जनस्वास्थ्य कार्यालयका कर्मचारी कामविहीन भएका छन्। संघीय संरचना अनुसार जिल्ला जनस्वास्थ्य कार्यालयले गर्ने कामको जिम्मेवारी प्रदेश र स्थानिय तहमा सरेपछि कर्मचारी कामविहीन भएका हुन्।

धनुषामा रोजगार कार्यक्रमको सुरसार छैन

मङ्गलबार, २४ असार २०७६

सरकारले चालु आर्थिक वर्षमै सुरु हुने भनिएको प्रधानमन्त्री रोजगार कार्यक्रम धनुषाका अधिकांश स्थानीय तहमा अझै सुरु भएको छैन। १८ देखि ५९ वर्ष उमेर समूहका बेरोजगार व्यक्तिलाई दिने भनिएको प्रधानमन्त्री रोजगार कार्यक्रम विभिन्न कारणले सुरु हुन नसकेको स्थानीय तहका रोजगार संयोजकले बताएका छन्।

मापदण्ड मिचेर खोला उत्खनन

बिहिबार, ३० जेठ २०७६

प्रदेश २ स्थित चुरे क्षेत्रमा खुलेआम अवैध उत्खनन भइरहेको छ। बुधबार प्रदेशसभाको अनुगमन समितिले महोत्तरीको बर्दिबासबाट अवैध उत्खनन गरिरहेको एक दर्जनभन्दा बढी ढुवानीका साधन नियन्त्रणमा लिएको छ।

बेरोजगारलाई रोजगार दिने सुरसारै छैन

बिहिबार, ३० जेठ २०७६

सरकारले चालु आर्थिक वर्षमा बेरोजगारलाई रोजगारी दिने भनेको प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छैन।१८ देखि ५९ वर्ष उमेर समूहको बेरोजगारलाई रोजगारी दिने भनिएको यो कार्यक्रम आर्थिक वर्ष सकिन एक महिना बाँकी हुँदा सञ्चालनको तयारी छैन।

नगरपालिकामा झडप, एक दर्जन विद्यार्थी घाइते

सोमबार, २७ जेठ २०७६

विदेह नगरपालिकाको कार्यालयमा मेयरका समर्थक र विद्यार्थीबीच झडप भएको छ।

जनकपुर–भिठामोड सडकको काम शून्य

सोमबार, २७ जेठ २०७६

नेपाल भारत सीमालाई जोड्ने निर्माणाधीन जनकपुर–भिठामोड सडक खण्डको कार्य प्रगति शून्य देखिएको छ। चार वर्षमा सक्नुपर्ने कामको समयावधि सक्न चार महिना मात्रै बाँकी हुँदा पनि प्रगति कार्य शून्य देखिएको विकास तथा प्रविधि अनुगमन समितिले दाबी गरेको गरेको छ।

सवारी र ल्यापटप लिएर कर्मचारी फरार

बिहिबार, २३ जेठ २०७६

तत्कालीन जिल्ला विकास समिति धनुषाका कर्मचारीले कार्यालयको सामान लिएर फरार भएका छन्। देश संघीय संरचनामा गएपछि सरुवा भएको कुनै पनि कर्मचारीले कार्यालयका सवारी, ल्यापटपसहित अन्य सामग्री बुझाएका छैनन्।

प्रदेश राजधानीमा जताततै बालश्रम

सोमबार, २० जेठ २०७६

१३ वर्षीय परिवर्तित नाम हरेराम प्रदेश २ को राजधानी जनकपुरको पिडारीचोकमा एक चिया पसलमा काम गर्दै गरेका थिए। उमेरले १३ वर्ष भने पनि उनको वास्तविक उमेर त्यो होइन।

भ्रष्टाचारविरुद्ध जनप्रतिनिधि गम्भीर नभएको आरोप

शनिबार, १८ जेठ २०७६

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले भ्रष्टाचारविरुद्ध जनप्रतिनिधिहरू गम्भीर नरहेको आरोप लगाएका छन्। स्थानीय तहका जनप्रतिनिधिले भ्रष्टाचार अन्त्य गर्न चासो नलिएका कारण भ्रष्टाचार बढ्दै गएको उनको आरोप छ।

विद्यालयको जग्गा अतिक्रमण गरेको आरोप

शुक्रबार, १७ जेठ २०७६

धनुषाको एक सामुदायिक विद्यालयको जग्गा स्थानीय केही व्यक्तिले अतिक्रमण गरेको आरोप लागेको छ।

अझै सुरु भएनन् दिवा खाजा

बुधबार, १५ जेठ २०७६

‘अहिलेसम्म पैसा नै आएको छैन,’ उनले भने, ‘तर, चालु महिनादेखि नै सुरु हुन्छ। प्रकृयामा छ, अब छिट्टै लागु हुन्छ।’

लुटनुभन्दा पूर्व लुटेरा समूह पक्राउ

बिहिबार, ०९ जेठ २०७६

हतियारसहित आठ जना डाँकालाई जनकपुरधाम उपमहानगरपालिका–८ विहारकुण्डस्थित जानकी विहारबाट पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाद्वारा पक्राउ गरिएका डाँकालाई आज यहाँ पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो।

विद्यार्थी २५, शिक्षक १३

शुक्रबार, ०३ जेठ २०७६

वरिपरि पोखरी र मठ मन्दिर छन्। वरिपरिको ठाउँ कुनै पर्यटकीयस्थलभन्दा कम छैन। दिनको १२ बजेको थियो। विद्यालय जाने साँघुरो बाटोमा नाक थुनेर केही मान्छेहरू ओहोर दोहोर गरिरहेका छन्।

सफाइ कर्मचारी धर्नामा

सोमबार, ३० बैशाख २०७६

जनकपुरधाम उपमहानगरपालिकाका सफाइ कर्मचारी धर्नामा बसेका छन्। चार महिनादेखि तलब भुक्तानी नगरेको र दैनिक ज्यालादारीमा नराखी करारमा नियुक्ति गर्नुपर्ने माग गर्दै सफाइ कर्मचारी नगरपालिका परिसरभित्र धर्नामा बसेका छन्।

‘संघले उद्योग सञ्चालन गर्न सक्दैन’

आइतबार, २९ बैशाख २०७६

प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले संघीय सरकारले उद्योगधन्दा सञ्चालन गर्न नसक्ने बताएका छन्।

  • 1 (current)
Ncell Footer Ad