चेतनाथ आचार्य

चेतनाथ आचार्य

चीनमा नेपाल पर्यटन प्रवर्द्धन

शुक्रबार, २७ बैशाख २०७६

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी चीनमा नेपाली पर्यटन प्रवद्र्धन सुरु गरिएको छ। नेपाल पर्यटन बोर्ड र चीनका लागि नेपाली दूतावासले संयुक्त रुपमा चीनका विभिन्न सहरमा नेपाली पर्यटन प्रवद्र्धन कार्यक्रम सुरु गरेका छन्। नेपाल पर्यटन बोर्ड र चीनका लागि नेपाली दूतावासले आयोजना गरेको कार्यक्रमको स्थानीय प्रवद्र्धन कार्य मकाउ पर्यटन पत्रिका लक्स टुरिजमले गर्ने भएको छ।

केरुङ–काठमाडौं रेलमार्ग ‘गेमचेन्जर’

बिहिबार, २६ बैशाख २०७६

चीनले आयोजना गरेको दोस्रो बिआरआई अन्तर्राष्ट्रिय सहकार्य शिखर मञ्चको ३८ बुँदे संयुक्त घोषणापत्र अनुसूची १ मा ‘सम्पर्क सञ्जालद्वारा उत्प्रेरणा र सहयोग गर्ने आर्थिक कोरिडर र अन्य परियोजना’ अन्तर्गत २३ नम्बरमा ‘नेपाल–चीन सीमापार रेलमार्गसहित नेपाल–चीन हिमालयपार बहुआयामिक सम्पर्क सञ्जाल’ उल्लेख गरिएको छ। १ सय ५० मुलुकआबद्ध बिआरआईको उक्त महत्वपूर्ण दस्तावेजमा नेपालीको सपना बोकेको परियोजना समावेश गर्नु उल्लेखनीय र महŒवपूर्ण हो। यस विषयले नेपालमा फेरि चिनियाँ रेलको बहस उजागर गरेको छ।

हिमालले छेक्यो आमाको बाटो

बुधबार, २५ बैशाख २०७६

यी हाँसे पनि सुख छैन, यिनले बिर्से नि आमा भनी।’ राष्ट्रकवि माधवप्रसाद घिमिरेले ‘गौरी’ शोक काव्यमा लेखेका उल्लिखित हरफ चीनमा हुर्किरहेका बालबालिकाकासँग ठ्याक्कै मेल खान्छ। अबोध बालबालिका हाँसे भने उनका अभिभावकले ठम्याउनेछन्– यिनले आमालाई बिर्सिए। कहिलेकाहीं उनीहरु रोए फेरि अभिभावकले सम्झने छन्– यिनले आमालाई सम्झिए।

चीन भ्रमणको सफलता

बिहिबार, १९ बैशाख २०७६

यही वैशाख ११ गते सुरु राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण १८ गते बुधबार सम्पन्न भएको छ। नियमित कार्यतालिकामा बिहीबारमात्र नेपाल फर्कने कार्यक्रम रहे पनि राष्ट्रपति भण्डारीको स्वास्थ्यमा असहजता देखिएपछि भ्रमण एक दिन छोट्याइएको हो। चीन भ्रमणका दुई उद्देश्य थिए। पहिलोः चीनले आयोजना गरेको दोस्रो बेल्ट एन्ड रोड इनिसिएटिभ अर्थात् बिआरआई अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चमा भाग लिनु। बैठक बहुपक्षीय भए पनि सबै पक्षले प्रत्यक्ष तथा परोक्ष रूपमा चिनियाँ लगानी आफ्नो देशमा लैजाने र लगिरहेकाले अझै प्रभावकारी बनाउने विषयमा छलफल केन्द्रित भएकाले औपचारिक रूपमा विदेशी नेताहरूबीच खासै छलफल भएन।

शान्ति बगैँचामा गुराँसको सट्टा सल्ला

मङ्गलबार, १७ बैशाख २०७६

राष्ट्रपति विद्यादेवी भण्डारीले ‘बेइजिङ एक्स्पो २०१९’ बागवानी प्रदर्शनीमा नेपालको विशेष कक्ष ‘लुम्बिनी शान्ति बगैँचा’को लोठसल्लाको विरुवा रोपेर शुभारम्भ गरेकी छन्। बेइजिङको उत्तर पश्चिममा पर्ने यानछिङ जिल्लामा ‘बेइजिङ एक्स्पो’को गत आइतबार साँझ चिनियाँ राष्ट्रपति सी चिनफिङले उद्घाटन गरेका थिए।

चिनियाँ रेल नेपाल ल्याउन वार्ता केन्द्रित

मङ्गलबार, १७ बैशाख २०७६

चीनको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले समकक्षी सी चिनफिङसँग भेटवार्ता गरेकी छन्। बेइजिङस्थित जनबृहत् सभाभवनमा सोमबार अपराह्न पौने पाँच बजे दुई राष्ट्रनायकबीच भेट भएको हो। सुरुमा चिनियाँ राष्ट्रपति सीले राष्ट्रपति भण्डारीलाई रातो कार्पेटमा स्वागत गरेका थिए।

नेपाल र चीनबीच सात सम्झौतामा हस्ताक्षर

मङ्गलबार, १७ बैशाख २०७६

राष्ट्रपति विद्यादेवी भण्डारीको राजकीय भ्रमणका क्रममा नेपाल र चीनबीच सातवटा सम्झौतामा हस्ताक्षर भएको छ। सोमबार अपराह्न बेइजिङस्थित जनबृहत् सभाभवनमा चिनियाँ समकक्षी सी चिनफिङसँगको औपचारिक भेटपछि सम्झौतामा हस्ताक्षर भएको हो।

यी हुन् नेपाल - चीनबीच भएका सम्झाैता

सोमबार, १६ बैशाख २०७६

सोमबार भएको सम्झौताहरुमा सबैभन्दा महत्वपूर्ण नेपाल र चीनबीचमा यातायात तथा पारवहन सम्झौताको प्रोटोकल छ। १७ बुँदा रहेको सो प्रोटोकलमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले हस्ताक्षर गरेका छन् भने चीन सरकारको तर्फबाट चिनियाँ यातायात मन्त्री ली सियाओफङले हस्ताक्षर गरेका छन्।

चीनसँग यातायात तथा पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर

सोमबार, १६ बैशाख २०७६

राष्ट्रपति विद्यादेवी भण्डारीको राजकीय भ्रमणका क्रममा नेपाल र चीनबीच सातवटा सम्झौतामा हस्ताक्षर भएको छ। सोमबार अपरान्ह बेइजिङस्थित जनवृहत सभाभवनमा चिनियाँ समकक्षी सी चिनफिङसँगको औपचारिक भेटपछि सम्झौता सम्पन्न भएको हो। सम्झौतामा हस्ताक्षर हुँदा दुवै देशका राष्ट्रपतिद्वय भण्डारी र सी साक्षी बसेका छन्।

नेपालमा लगानी गर्न चिनियाँ व्यवसायीसँग राष्ट्रपतिको आग्रह

सोमबार, १६ बैशाख २०७६

चीनको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार बिहान बेइजिङमा चिनियाँ व्यवसायीहरुको एक भेलालाई सम्बोधन गरेकी छन्। चिनियाँ वाणिज्य सेयर बजारसँग चीनका लागि नेपाली दूताबासले संयुक्तरूपमा आयोजना गरेको कार्यक्रम ‘नेपाल–चाइना आर्थिक तथा व्यापारिक मञ्च–२०१९, लगानीका अवसर र आर्थिक सहकार्य’ लाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले ढुक्क भएर नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई अनुरोध गरेकी हुन्।

राष्ट्रपति भण्डारीले बेइजिङमा सल्लो रोपिन् (फोटो फिचर)

आइतबार, १५ बैशाख २०७६

राष्ट्रपति विद्यादेवी भण्डारीले ‘बेइजिङ एक्स्पो २०१९’बागवानी प्रदर्शनीमा नेपालको विशेष कक्ष ‘लुम्बिनी शान्ति बगैँचा’मा लोठसल्लाको विरुवा रोपेर उद्घाटन गरेकी छन्। बेइजिङको उत्तर पश्चिममा पर्ने यानछिङ जिल्लामा रहेको बेइजिङ एक्स्पोको आइतबार साँझ चिनियाँ राष्ट्रपति सी चिनफिङले उद्घाटन गरेका हुन्।

जलवायु परिवर्तनको अन्यायपूर्ण भार नेपालले बेहोरेको गुनासो

आइतबार, १५ बैशाख २०७६

राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार बेइजिङको उत्तरपश्चिममा पर्ने यानछी ताल सभाकक्षमा आयोजित दोस्रो बीआरआई अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चको राउन्ड टेबुल सम्मेलनलाई सम्बोधन गरेकी छन्। शनिबार बिहान नौ बजे सुरु भएको राउन्ड टेबुल सम्मेलनको सुरुमा चिनियाँ राष्ट्रपति सी चिनफिङले सम्बोधन गरेका थिए। त्यसपछि विभिन्न देशका सरकार प्रमुख तथा राष्ट्र प्रमुखले सम्बोधनका क्रममा शनिबार अपराह्न राष्ट्रपति भण्डारीले सम्बोधन गरेकी हुन्।

३८ बुँदे संयुक्त विज्ञप्ति जारी गर्दै दोस्रो बीआरआई शिखर मञ्च सम्पन्न

शनिबार, १४ बैशाख २०७६

चीनले आयोजना गरेको दोस्रो बीआरआई अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्च शनिबार सम्पन्न भएको छ। संयुक्त विज्ञप्ति जारी गर्दै सम्पन्न भएको सो शिखर मञ्चले विश्व अर्थतन्त्रमा उर्जा थप्ने अनुमान गरिएको छ। शुक्रबार सुरु भएको शिखर सम्मेलनमा आइतबार राउण्ड टेबल शिखर वार्ता भएको थियो।

राष्ट्रपति भण्डारी बेइजिङमा

शुक्रबार, १३ बैशाख २०७६

राष्ट्रपति विद्यादेवी भण्डारी राजकीय भ्रमणका क्रममा बिहीबार साँझ बेइजिङ आइपुगेकी छन्। बेइजिङको क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार साँझ राष्ट्रपति भण्डारीलाई चिनियाँ परराष्ट्र मन्त्रालयका उपमन्त्री कङ स्वाङले स्वागत गरेका छन्। विमानस्थलमा राष्ट्रपति भण्डारीको स्वागतमा चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल र नेपालका लागि चिनियाँ राजदूत हौ यान्छी पनि उपस्थित थिए।

के हो बिआरआई ?

बिहिबार, १२ बैशाख २०७६

यतिबेला चीनको राजधानी बेइजिङ, दोस्रो बिआरआई अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चले झकिझकाउ छ। सन् २०१९ को मार्चसम्ममा बिआरआईमा १ सय २६ मुलुक र २९ अन्तर्राष्ट्रिय संगठन सहभागी भइसकेका छन्। अहिले बिआरआईमा एसिया–युरोपदेखि अफ्रिका, ल्याटिन अमेरिका र दक्षिण प्रशान्त क्षेत्रसम्म आबद्ध छन्। बिस्तारै बिआरआई संयुक्त राष्ट्रसंघपछि सबैभन्दा ठूलो विश्व संगठन बन्नेतर्फ लम्किरहेको छ।

राष्ट्रपति भण्डारी सियानमा

बिहिबार, १२ बैशाख २०७६

नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी चीनको राजकीय भ्रमणका क्रममा बुधबार अपराह्न पल्लो सान्सीको सदरमुकाम सियान आइपुगेकी छन्। राष्ट्रपतिलाई पल्लो सान्सी प्रान्तका उपगभर्नर हु मिङलानले विमानस्थलमा स्वागत गरेका छन्। सो अवसरमा चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल र नेपालका लागि चिनियाँ राजदूत हौ यान्छी पनि विमानस्थलमा उपस्थित थिए।

बेइजिङमा नेपाली थाङ्काको प्रदर्शनी

मङ्गलबार, १० बैशाख २०७६

प्रदर्शनीमा ३० वटा पौभा चित्र राखिएका छन्। ३० वटामा २५ वटा नेवारी थाङ्का अर्थात् पौभा चित्र रहेका छन् भने ५ वटा तिब्बती थाङ्का रहेका छन्।

चीनः विश्व अर्थतन्त्रको महत्वपूर्ण इन्जिन

मङ्गलबार, १० बैशाख २०७६

चीनले पछिल्लो समय बारम्बार दोहो-याउँदै आएको पदावली हो ‘सुधार र खुलापन।’ सुधार र खुलापन विशुद्ध आर्थिक मुद्दा हुन्। सन् १९७८ सम्म चीन बन्द समाज थियो। त्यतिबेलासम्म चीन विदेशीका लागि अहिलेको उत्तरकोरिया जस्तै थियो।

चिनियाँलाई नेपाल आउन निम्तो

शुक्रबार, ०६ बैशाख २०७६

बेइजिङस्थित नेपाली दूतावासमा ‘नेपाल भ्रमण वर्ष २०२०’ लक्षित पर्यटन प्रवद्र्धन कार्यक्रम गत बुधबार सम्पन्न भएको छ। नेपाली दूतावासले नेपाल पर्यटन बोर्ड र नेपालको ट्राभल्स र टुर एजेन्टहरूको संघ नाटासँग सहकार्य गर्दै कार्यक्रम गरेको हो।

‘भारतवेष्टित’बाट मुक्त हुँदै नेपाल

बिहिबार, ०५ बैशाख २०७६

प्रधानमन्त्री केपी शर्मा ओली पहिलोपटक सन् २०१६ मार्चमा चीन भ्रमणमा आउँदा यातायात तथा पारवहन सम्झौतामा हस्ताक्षर भएको थियो। सम्झौतापछि मात्र प्रोटोकल बन्ने हुनाले त्यसपछि नेपाल र चीन यो निर्माणमा जुटेका थिए। अहिले बल्ल ३ वर्षपछि प्रोटोकल तयार भएको छ र राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमणका अवसरमा यसमा हस्ताक्षर हुँदैछ।

Ncell Footer Ad