चुमन बस्नेत/सुमन चापागाई

साफले चिनायो विराटनगर

आइतबार, १० चैत २०७५

नेपाली फुटबलको इतिहासमा विराटनगरले विभिन्न तरिकाबाट इतिहास रच्दै आएको छ। विराटनगर राजनीतिक कारणले मात्र चर्चित छैन, खेलक्षेत्रका कारण पनि चर्चामा छ। अन्तर्राष्ट्रिय स्तरमा भने भारतका केही स्थानबाहेक अन्य मुलुकले थाहा नपाएको ठाउँ हो विराटगर। तर यो सहर अहिले एकाएक अन्तर्राष्ट्रिय स्तरमा पनि चर्चामा आएको छ।

महिला साफ च्याम्पियनसिप : उपाधिका लागि नेपाल र भारत भिड्दै

शुक्रबार, ०८ चैत २०७५

पाँचाैं संस्करणकाे महिला साफ च्याम्पियनसिप फुटबलकाे उपाधिका लागि शुक्रबार (आज) घरेलु टाेली नेपाल र भातरबीच प्रतिस्पर्धा हुँदैछ। फाइनल खेल विराटनगरस्थित सहिद रंगशालामा दिउँसो ३ बजे हुनेछ।

महिला साफ च्याम्पियनसिप : चौथो पटक भारत नै फाइनल प्रतिद्वन्द्वी

बिहिबार, ०७ चैत २०७५

नेपालमा जारी पाँचाैँ साफ महिला च्याम्पियनसिपको उपाधिका लागि नेपालले चौथो पटक अन्तिम दुईमा स्थान बनाउँदा साबिक विजेता भारत नै प्रतिद्वन्द्वी पाएको छ।

बंगलादेशलाई हराउँदै नेपाल समूह विजेता

शनिबार, ०२ चैत २०७५

आफ्नो समूहको अन्तिम लिग खेलमा शनिबार बंगलादेशलाई ३–० ले पराजित गर्दै आयोजक नेपाल विराटनगरमा जारी साफ महिला च्याम्पियनसिपमा समूहविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको छ।

बंगलादेशको जितबाट नेपाल सेमिफाइनलमा

शुक्रबार, ०१ चैत २०७५

२०१६ को फाइनल भिडन्तमा भारतसँग पराजित हुँदै उपविजेता बनेको बंगलादेशले बिहीबार साफ महिला च्याम्पियनसिपमा भुटानलाई २–० ले पराजित गरेपछि नेपाल एक खेलअगावै सेमिफाइनलमा प्रवेश गरेको छ।

  • 1 (current)
Ncell Footer Ad