जगत खड्का

कालंगा नदीले बगायो हाइड्रोपावर संरचना

बिहिबार, २३ साउन २०७६

निजी लगानीबाट सञ्चालन गर्न लागिएको सुदूरपश्चिमको एकमात्र कालंगा हाइड्रोपावरको निमार्णाधीन संरचना बाढीले बगाउँदा दुई करोडभन्दा बढीको क्षति भएको छ।

कारागारभित्र भेटियो जासुसी पेन क्यामरा

शनिबार, ०४ साउन २०७६

जिल्ला कारागार बझाङमा जेल सजाय भोगिरहेका एक कैदीका साथबाट पेन क्यामरा भेटिएको छ। ६ महिनाअघिको विषयलाई लिएर कैदीहरूबीच चलेको कुराकानीबाट जेलभित्रै कानुनविपरीत जासुसी क्यामरा राखेको रहस्य बाहिरिएको हो। जेलमा बसेकामध्ये कसैले कारागारको गतिविधिसँगै सुरक्षा स्थितिसम्बन्धी दृश्य रेकर्ड गरी बाहिर पठाउने गरेको सूचना प्राप्त भएपछि गरिएको जाँचमा जबर्जस्ती करणीमा जेल सजाय भोगिरहेका आरएन भनिने ईश्वर थापाको झोलामा लुकाएर राखेको अवस्थामा सो पेन क्यामरा भेटिएको जेलर राजेन्द्रबहादुर बोहराले शुक्रबार पत्रकार समेलनमा जानकारी गराए।

कालंगा हाइड्रोपावरमा तोडफोड

बुधबार, २५ असार २०७६

निजी लगानीमा सञ्चालन भइरहेको सुदूरपश्चिमको पहिलो कालंगा हाइड्रो पावरमा स्थानयले तोडफोड गरेका छन्।

जनप्रतिनिधि र स्वास्थ्यकर्मी यार्सा टिप्ने लेकमा

बिहिबार, ३० जेठ २०७६

अहिले गाउँ र सहरभन्दा बढी फोहोर लेकमा छ। राईढुंगी, माझा, चाल्ला वन, कालापानीलगायत १५ भन्दा बढी लेकमा २० हजारभन्दा बढी मान्छे छन्।

लेकमा थलिँदै यार्सायात्रु

आइतबार, २६ जेठ २०७६

यतिबेला कल्पना बोहोरा दुई जिउकी छिन्। उनी गर्भवती भएको पाँच महिना पुगेको छ। आर्थिक अवस्था कमजोर भएकाले दुई पैसा कमाउने लोभमा उनी यार्सागुम्बा टिप्न साइपाल गाउँपालिकामा पर्ने राइढुंगी लेक पुगेकी छिन्। उनी राईढुंगी लेक पुगेको दस दिन भयो। दोस्रोपटक आमा बन्न लागेकी उनलाई लेकमा पेट दुख्ने बिमार लागेको छ। उनी छिनछिनमा बेहोस हुन्छिन्। उनको पहिलो शिशु सात दिन नहुँदै खेर गएको थियो। लेक पुगेकी उनलाई आफ्नो भन्दा पनि गर्भको शिशुलाई केही हुन्छ कि भन्ने चिन्ताले सताएको छ।

कालंगा हाइड्रोको ७० प्रतिशत काम सकियो

शुक्रबार, २४ जेठ २०७६

नेपालको सबैभन्दा ठूलो निजी लगानीबाट सञ्चालन गरिएको कालंगा हाइड्रोपावरको ७० प्रतिशत काम सकिएको छ। चार वर्षभित्र सबै काम सक्ने र अध्यारोमुक्त सुदूरपश्चिम प्रदेश बनाउने हाइड्रोको लक्ष्य पूरा नहुने देखिन्छ। जिल्लाको दुर्गम रहेको बुंगल नगरपालिकामा सञ्चालन हुन लागेको सानीगाड हाइड्रो ३८ .४६० मेगावाट, कालंगागाड हाइड्रोपावर १५.३३ मेगावाट बुंगल हाइड्रोपावर १०.७५ मेगावाट र बागथाल हाइड्रो आठ मेगावाट गरी करिब ७४ मेगावाट निर्माण हुन लागेको कालंगा हाइड्रोको काम ०७७ भित्र सक्ने गरी ०७३ माघमा सञ्चालन गरिएको भए पनि राज्यको असहयोग र स्थानीयको अवरोधका कारण ६ महिना ढिलो हुने भएको हो।

प्रज्वललाई डाक्टर बनाउने सपना अधुरो

मङ्गलबार, १४ जेठ २०७६

आइतबार बेलुका काठमाडौंको घट्टस्थत कोठा (डेरा)मा टाइमबम पड्केर २५ वर्षीय प्रज्वल शाहीको मृत्यु भएको थियो।

यार्सागुम्बा संकलकबाट तीन तहको कर असुली

बिहिबार, ०९ जेठ २०७६

यार्सागुम्बा संकलन गर्न लेक पुगेका सर्वसाधारणबाट गाउँपालिका र वडाले तीन तहको कर असुली गर्न थालेका छन्। गाउँपालिका तथा वडाले सिमानाभित्र रहेका यार्सागुम्बा पाइने पाटन तथा लेकमा प्रवेश गर्न गाउँपालिकाभित्रका बासिन्दा, जिल्लाभित्र र बाहिरका संकलकको तीन तह निर्धारण गरी कर असुली गर्न थालेका हुन्। कर असुली गर्नेमा साइपाल गाउँपालिका, सुर्मा गाउँपालिका, बुगल नगरपालिका १ र २ वडा छबिसपाथिभेर ७ वडा र दुर्गाथली गाउँपालिका १ वडा रहेका छन्।

यार्सागुम्बा टिप्न नपाउँदा नाकाबन्दी

बिहिबार, ०९ जेठ २०७६

१० वर्षदेखि यार्सागुम्बा टिपिँदै आएको फराली खेतमा त्यसरी रोक लगाइएपछि ठूलो अन्याय भएको संघर्ष समितिका संयोजक एवं साबिक मेलाबिसौना गाविसका पूर्वउपाध्यक्ष डबल जेठाराले बताए।

यार्सागुम्बा संकलक फिर्ता

शनिबार, २१ बैशाख २०७६

यार्सागुम्बा टिप्न पाटन भएका संकलकहरू घर फिर्ता हुन् थालेका छन्। विगतका वर्षभन्दा यस वर्ष यार्सा कम पाइन थालेपछि उनीहरू घर फिर्ता हुन थालेका हुन्।

रक्सीसँग यार्सा सटही

बिहिबार, १९ बैशाख २०७६

संकलकले यार्सागुम्बा मदिरासँग साट्ने गरेको पाइएको छ। मदिरा व्यापारीले पनि मौकाको फाइदा उठाउँदै कालोबजारी गर्न थालेका छन्। व्यापारीले सर्वसाधारण संकलकबाट यार्सागुम्बा हात पार्न र नाफा कमाउन लेकमा मदिरा लगेर बेच्ने गरेका हुन्।

विद्यालय बन्द, शिक्षक–विद्यार्थी लेकमा

बुधबार, १८ बैशाख २०७६

यतिबेला यार्सागुम्बा संकलनमा व्यस्त देखिन्छिन् काँडा मावि कक्षा–९ मा अध्यरत कल्पना बोहरा। पढाइ होइन, यार्सागुम्बा कति र कसरी संकलन गर्ने भन्ने चिन्ताले सताइरहेको उनी बताउँछिन्।

सासंद मल्ल अपहरण घटना विवादित

आइतबार, २६ फागुन २०७५

बझाङ (ख) बाट सुदुरपश्चिम प्रदेश सासंद रहेकी देवकी मल्ल(थापा)को अपहरण घटना विवादित बनेको छ। सांसद मल्लले रिहाइपछि शनिबार पत्रकार सम्मेलन गरी आफूलाई विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले अपहरण गरेर मानसिक यातना दिएको बताएकी छिन्।तर विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले प्रेस विज्ञप्ति निकाल्दै सासंद मल्लको अपहरणमा आफ्नो पार्टीको कुनै पनि संग्लनता नरहेको बताएको छ।

  • 1 (current)
Ncell Footer Ad