सन्देश श्रेष्ठ

गण्डकी लक्ष्य अनुसार खर्च गर्न असफल

शुक्रबार, ०३ साउन २०७६

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष (आव) २०७५/७६ मा ७० देखि ८० प्रतिशत बजेट खर्च गर्ने लक्ष्य राखे पनि लक्ष्यअनुसार बजेट खर्च गर्न नसकेको हो।

कान्छी ल्याउन, बिमा कुम्ल्याउन 'कन्ट्र्याक्ट किलर'

बिहिबार, ०२ साउन २०७६

पोखरा महानगरपालिका–१५ का रमेश नेपालीले कान्छी ल्याउने योजनाअनुरूप २७ वर्षीया पत्नी लक्ष्मी परियारको हत्या गराएको रहस्य सार्वजनिक भएको छन्। उनले प्रेमिका अनु परियारको उक्साहटमा भारतीय कन्ट्र्याक्ट किलर प्रयोग गरी पत्नी हत्या गर्न लगाएको खुलासा भएको हो।

बगरमा जिम सेन्टर

बुधबार, ०१ साउन २०७६

पोखराको बगरमा जिम सेन्टर खुलेको छ। लामो समयदेखि खेलकुदमा लागेका ४ युवा खेलाडीहरूले २ करोडको लागतमा पोखरा महानगरपालिका– १ को बगरस्थित पृथ्वीनारायण क्याम्पसको माथिल्लो गेटअगाडि स्पोटर््स सेन्टरका रूपमा ‘जिम टाउन’ सञ्चालनमा आएका हुन्।

सांस्कृतिक सम्पदा प्रवर्द्धन गर्दै फेसन सो

आइतबार, २९ असार २०७६

सांस्कृतिक सम्पदा प्रवद्र्धनका लागि पोखरामा फेसन सो हुने भएको छ । पोखरामा आगामी साउन १८ मा हेरिटेज अफ फेसन नेपाल नामक फेसन सो आयोजना हुन लागेको जानकारी आयोजक एएसपी इन्टरटेनमेन्टले गराएको थियो ।

गण्डकी प्रदेशसभामा नेकपाको दुइतिहाइ, मनाङेलाई राताे कार्पेट

शुक्रबार, २० असार २०७६

वाम गठबन्धनको सहयोगमा निर्वाचित भएका उनले लामो समयसम्म सांसद पदको शपथ लिन पाएनन्। यो विषयलाई लिएर उनी सर्वोच्च अदालत पुगे। सर्वोच्चले बाटो खुला गरिदिएपछि उनले निर्वाचित भएको १६ महिनापछि गत माघ १४ गते शपथ लिएका थिए।

सरकार पुनर्गठन हुन सक्छ : अध्यक्ष दाहाल

बिहिबार, ०५ असार २०७६

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड) ले फेरि एकपटक धक्का दिनेगरी पार्टी एकता टुंग्याउने तयारी भइरहेको बताएका छन्। प्रेस संगठन कास्कीले विहीबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले शुक्रबार पार्टी एकता टुंग्याएर शनिबार बस्ने सचिवालय बैठकबाट पारित गर्ने तयारी भइरहेको बताएका हुन्।

पूजाआजा गरेर मुख्यमन्त्री गुरुङ नयाँ निवासमा

शनिबार, ३२ जेठ २०७६

नयाँ निवास रहेको दुईतले भवनमा चारवटा पलङ छन्। भवनको पहिलो तलामा बैठक कक्ष, भान्सा कोठालगायत छन्।

नीति तथा कार्यक्रम बहुमतले पारित

मङ्गलबार, २८ जेठ २०७६

सोमबारको बैठकमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पारित गरियोस् भनी प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।

नयाँभन्दा पुरानै योजनालाई निरन्तरता

शनिबार, २५ जेठ २०७६

चार वर्षभित्र बहुआयामिक गरिबी १४ दशमलव दुई प्रतिशतबाट सात प्रतिशतमा झार्ने, पोखरा–काठमाडौं–लुम्बिनीलाई गौतम बुद्ध स्वर्णिम त्रिकोणको रूपमा विकास गर्ने लक्ष्य।

जसले २७ वर्षदेखि बक्सिङ खेल्दै साफमा स्वर्ण दिलाए

शुक्रबार, २४ जेठ २०७६

गण्डकी प्रदेशका एक मात्र अन्तर्राष्ट्रिय स्वर्ण पदक विजेता चित्रबहादुर गुरुङलाई नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशले लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गर्ने भएको छ। खेलकुद पत्रकार मञ्च गण्डकीले चौथो टिभिएस अपाचे स्पोटर््स अवार्ड वितरणको अवसरमा साफ गेमका स्वर्ण पदकधारी अन्तर्राष्ट्रिय बक्सिङका पूर्वखेलाडी गुरुङलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गर्न लागेको हो। मञ्चले यही जेठ २४ गते पोखरा सभागृहमा आयोजित अवार्ड वितरण कार्यक्रममा सम्मान गर्ने बताएको छ।

जसले २७ वर्षदेखि बक्सिङ खेल्दै साफमा स्वर्ण दिलाए

शुक्रबार, २४ जेठ २०७६

गण्डकी प्रदेशका एक मात्र अन्तर्राष्ट्रिय स्वर्ण पदक विजेता चित्रबहादुर गुरुङलाई नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशले लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गर्ने भएको छ। खेलकुद पत्रकार मञ्च गण्डकीले चौथो टिभिएस अपाचे स्पोटर््स अवार्ड वितरणको अवसरमा साफ गेमका स्वर्ण पदकधारी अन्तर्राष्ट्रिय बक्सिङका पूर्वखेलाडी गुरुङलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गर्न लागेको हो। मञ्चले यही जेठ २४ गते पोखरा सभागृहमा आयोजित अवार्ड वितरण कार्यक्रममा सम्मान गर्ने बताएको छ।

अवार्डको तयारी अन्तिम चरणमा

बिहिबार, २३ जेठ २०७६

खेलकुद पत्रकार मञ्च गण्डकीले यस वर्ष लाइफटाइम अचिभमेन्ट अवार्डबाट बक्सिङका अन्र्तराष्ट्रिय पूर्वखेलाडी चित्रबहादुर गुरुङलाई सम्मान गर्दै छ। वि.स.२०१८ सालमा जन्मिएका गुरुङले आधा दर्जन पदक जितेका छन्।

वाइड वडी खरिदमा रवीन्द्र निर्दोष : प्रधानमन्त्री

आइतबार, १९ जेठ २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले वाइडवडी काण्डमा तत्कालीन पर्यटन, नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी निर्दोष रहेको दाबी गरेका छन्। रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानको शनिबार पोखरामा उद्घाटन गर्दै उनले केहि भुईंफुट्टा व्यक्ति तथा संस्थाले अधिकारीको बद्नाम गर्ने उद्देश्यले संलग्नता नै नभएको वाइडवडी काण्डमा नाम मुछेको बताएका हुन्। अधिकारी मन्त्री हुनुभन्दा अघिको प्रसंग ल्याएर उनको बद्नाम गर्न प्रयास भएको उनको भनाइ थियो।

फेवा किनारमा बिच भलिबल हुने

मङ्गलबार, १४ जेठ २०७६

असारको पहिलो साता पोखरामा बिच भलिबल प्रतियोगिता हुने भएको छ। कास्की जिल्ला भलिबल संघको आयोजना तथा नेपाल भलिबल संघको तत्वावधानमा आगामी असार ५ देखि ७ गतेसम्म छैटौं महिला तथा सातौं राष्ट्रिय पुरुष बिच भलिबल प्रतियोगिता हुने सोमबार पोखरामा पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो।

पोखरा स्पोर्ट्स अवार्डमा मनोनयन

आइतबार, १२ जेठ २०७६

चौथो टिभिएस अपाचे पोखरा स्पोर्ट्स अवार्ड–२०७५ को सर्वोत्कृष्ट खेलाडी पुरुषमा युकेश गुरुङ (प्याराग्लाइडिङ), रूपक नेपाली (फुल कन्ट्याक्ट कराते) र अमृत थापा (स्क्वास) मनोनित भएका छन्।

बेगनासमा फिस फेस्टिवल हुने

शुक्रबार, १० जेठ २०७६

सात तालको बगैंचा सहर लेखनाथमा जेठको दोस्रो सातादेखि फिस फेस्टिवल तथा कृषि व्यापार मेला हुने भएको छ।

एक तिहाइभन्दा कम जनसंख्या रोजगारीमा

शुक्रबार, ०३ जेठ २०७६

गण्डकी प्रदेशमा श्रमशक्ति सहभागिता दर ३८.५ प्रतिशत रहेको र त्यसको ४१.७ प्रतिशत सहरमा र ३२.९ प्रतिशत ग्रामीण क्षेत्रमा रहेको जनाइएको छ। गण्डकीमा पुरुष श्रमशक्तिमा सहभागिता दर ५३.८ प्रतिशत र महिलाको २६.३ प्रतिशत रहेको तथ्यांकले देखाएको छ।

‘बजेट कार्यान्वयन हुने परिस्थिति नै बनेन’

सोमबार, ३० बैशाख २०७६

‘मुख्यमन्त्री बनेर पहिलोपटक बजेट ल्याउँदा मलाई पनि लागेको थियो ९० प्रतिशत बजेट खर्च गर्छु, समयमै काम सक्छु र सम्झौताअनुसार नै गुणस्तर कायम गर्छु,’ उनले भने, ‘तर परिस्थिति त्यस्तो बनेन।’ बजेट खर्च नहुनुमा संघ सरकार दोषी रहेको उनले जिकिर गरे।

धम्पुसमा सेमी हाई अल्टिच्युड फुटबल मैदान बनाउने तयारी

आइतबार, २९ बैशाख २०७६

कास्कीको माछापुच्छ्रे गाउँपालिकामा सेमी हाई अल्टिच्युड फुटबल मैदान बनाइने भएको छ। कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ सुन्दरीडाँडामा सेमी हाइ अल्टिच्युड फुटबल मैदान बनाउने तयारी भएको हो।

दोबिल्लामा पशु वधशाला निर्माण गरिने

शनिबार, २८ बैशाख २०७६

पोखरामा अत्याधुनिक वधशाला निर्माण गरिने भएको छ। गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको सहकार्यमा पोखराको दोबिल्लामा पशु वधशाला निर्माण गरिन लागेको हो।

Ncell Footer Ad