सन्दिप कुमार बैश्य

सुन तस्करीको जालो : ४६ महिनामा ४ सय ८३ पक्राउ

बिहिबार, ३० जेठ २०७६

पछिल्लो समय सानोदेखि ठूलो परिणाममा अवैध सुन बारम्बार बरामद हुने गरेको छ। नेपाल प्रहरीले पछिल्लो ४४ महिनामा सुन तस्कर र भरिया गरी ४ सय ८३ जनालाई पक्राउ गर्‍यो। सोही अवधिमा प्रहरीले तातोपानी नाका, रसुवावढी नाका र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भित्र्त्रित लागेको ४ सय २६ किलो १८ ग्राम अवैध सुन बरामद गर्‍यो।

अन्तर्राष्ट्रिय सुन तस्करीको ‘ट्रान्जिट प्वाइन्ट’ नेपाल, चार सय बढी पक्राउ

बिहिबार, ३० जेठ २०७६

पछिल्लो समय सानोदेखि ठूलो परिणाममा अवैध सुन बारम्बार बरामद हुने गरेको छ। नेपाल प्रहरीका अधिकारीहरुले विशेष सूचनाको आधारमा पछिल्लो ४४ महिनामा सुन तस्कर र भरिया गरी ४ सय ८३ जनालाई पक्राउ गरेको छ। सोही अवधिमा प्रहरीले तातोपानी नाका, रसुवावढी नाका र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलभित्रिन लागेको ४ सय २६ किलो १८ ग्राम अवैध सुन प्रहरीका अधिकारीहरुले बरामद गरेका छन्।

यौन दुराचार आरोपी क्यानेडियन नागरिक पिटर जेल चलान

मङ्गलबार, २८ जेठ २०७६

बाल यौन दुराचारको आरोपमा एक क्यानेडियन नागरिक पूर्पक्षका लागि जेल चालान भएका छन्। ६० वर्षिय क्यानेडियन नागरिक पिटर जोन डाल्गिसपूर्पक्षका लागि जेल चलान भएका हुन्।

विप्लव समूहका पूर्वमन्त्री राई नेकपा प्रवेश गर्दै

आइतबार, १९ जेठ २०७६

प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका पोलिटव्यूरो सदस्य पूर्वमन्त्री पदम राईसहितका केही नेताहरु सत्तारुढ दल नेकपामा प्रवेश गर्न लागेका छन्।

अवैध कल बाईपास केन्द्रमा सीआईबीको छापा, भारतीय पक्राउ

शुक्रबार, १७ जेठ २०७६

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अबैध अन्तर्राष्ट्रिय कल बाइपास केन्द्रमा छापा मारेको छ। प्रहरीले घटनास्थलबाट कल बाइपास गर्ने उपकरणहरुसहित एक भारतीयलाईसमेत पक्राउ गरेको छ।

किन आवश्यक छ राष्ट्रिय सुरक्षा विश्वविद्यालय ?

बिहिबार, १६ जेठ २०७६

सरकारले राष्ट्रिय सुरक्षा एवं प्रतिरक्षासम्बन्धी विषयमा अध्ययन अनुसन्धान गर्न आगामी आर्थिक वर्षको बजेटमा राष्ट्रिय सुरक्षा विश्वविद्यालय (नेसनल डिफेन्स युनिभर्सिटी) स्थापना गर्ने घोषणा गरेसँगै यसको चर्चा सुरु भएको छ । उक्त विश्वविद्यालयको स्थापना गर्ने अवधारणा अनुसार सम्भाव्यता अध्ययन भएर बजेट भाषणमा आएको सुरक्षाविद्हरुको भनाइ छ ।

सरकारले विप्लवका प्रवक्तासहित तीन नेतालाई विभूषित गर्दै

सोमबार, १३ जेठ २०७६

सरकारले प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेताहरूलाई विभूषित गर्ने भएको छ। गणतन्त्र दिवसको अवसर पारेर जेठ १६ गते विप्लव समूहका स्थायी समिति सदस्य तथा प्रवक्ता खड्कबहादुर विश्वकर्मासहितका तीन नेतालाई संविधानसभा पदकबाट विभूषित गर्न लागेको हो ।

विस्फोटक पदार्थ नै विस्फोट भएको पुष्टि, राजधानीको सुरक्षा व्यवस्था कडा

आइतबार, १२ जेठ २०७६

काठमाडौंको सुकेधारा र घट्टेकुलोमा विस्फोटका पदार्थ नै विस्फोट भएको छ। नेपाल प्रहरीका प्रवक्ता तथा डीआईजी विश्वराज पोखरेले दुवै स्थानमा विस्फोटक पदार्थ विस्फोट भएको पुष्टि गरे।

विस्फोट भएको क्षेत्र सेनाको नियन्त्रणमा

आइतबार, १२ जेठ २०७६

सेनाले घटनास्थलमा अरु पनि बम हुनसक्ने आशंकाले घटनास्थल नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।

बैंककमा पक्राउ परेका गुरुङलाई नेपाल ल्याइयो

शनिबार, ११ जेठ २०७६

करोडौँ ठगी गरेको आरोपमा बैंककमा पक्राउ परेका परशुराम गुरुङलाई नेपाल ल्याइएको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता तथा एसपी सुदिप गिरीले अमेरिका, क्यानडा, अस्ट्रेलियालगायत विकसित मुलुकमा रोजगारीको प्रलोभन देखाई ठगी गरेको आरोपमा गुरुङलाई बैंककमा पक्राउ गरी नेपाल ल्याएइको पुष्टि गरे।

युनुसलाई समात्न प्रहरीको चार घण्टा 'कोभर्ट' अप्रेसन

शुक्रबार, १० जेठ २०७६

राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा रहेका प्रहरीको सुराकीले दिएको विशेष सुचनाको आधारमा करोडौं भारतीय नक्कली रुपैयाँसहित युनुस अन्सारीको टोली पक्राउ परेका छन्।

विमानस्थलबाट नक्कली भारतीय रुपैयाँसहित फेरि पक्राउ परे युनुस अन्सारी

शुक्रबार, १० जेठ २०७६

करोडौँ नक्कली भारतीय रूपैयाँसहित युनुस अन्सारी सहित चार जना त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्।

अन्तर्राष्ट्रिय बाल यौन दुराचारीको गन्तव्य बन्दै नेपाल

बुधबार, ०८ जेठ २०७६

पछिल्लो समय उपत्यका र त्यस आसपासका जिल्लामा बाल यौनदुराचारका घटना एकपछि अर्को गर्दै बढ्न थालेका छन्। घटना बढेसँग बाल यौन दुराचारको अभियोगमा विदेशी नागरिकसहित नेपालीसमेत पक्राउ परेका छन्। संगठित रूपमा नभएपनि कतिपय विदेशी नागरिकले नेपाललाई बाल यौन दुराचारको गन्तव्यका रूपमा लिन थालेको प्रहरी अधिकारीहरूको भनाइ छ।

पाँचथर हत्या प्रकरण : तालिमप्राप्त कुकुरसहित ५० प्रहरी परिचालन, नाकामा कडा निगरानी

मङ्गलबार, ०७ जेठ २०७६

पाँचथरको मिक्लाजुङ ३, आरुबोटेमा भएको ९ जनाको विभत्स हत्याको छानबिन गर्न ५० जना प्रहरीको टोली घटनास्थलमा पुगेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी), संघिय प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयइलाम र पाँचथरबाट ५० जना प्रहरी घटनास्थलमा पुगेको नेपाली प्रहरीका प्रवक्ता डिआईजी विश्वराज पोखरेलले बताए।

मेलम्ची खानेपानीमा भएको अनियमितताविरुद्ध अख्तियारमा विवेकशीलको उजुरी

बुधबार, १३ चैत २०७५

पछिल्लो समय मेलम्ची खानेपानी आयोजनाको विषयलाई लिएर सत्तारुढ तथा प्रतिपक्षी दलका नेताहरुले विभिन्न टिका टिप्पणी गरिरहेको बेलामा विवेकशील नेपाली दल नयाँ तरिकाले प्रस्तुत भएको छ। उक्त आयोजनामा भएको भ्रष्टाचारको छानबिन गरी कारबाहीको माग गर्दै उक्त दलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मंगलबार उजुरी दर्ता गरेको गराएकाे हाे।

पूर्व कानूनमन्त्रीद्वारा नियम विपरीतका कार्य, अदालतमा उपस्थित हुन आजको म्याद

सोमबार, ११ चैत २०७५

सत्तारुढ दलका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्व कानुनमन्त्री शेरबहादुर तामाङले नियम विपरीतका कार्य गरेपछि स्थानीयवासी चासो देखाउँदै अदालत पुगेका छन्। पूर्व मन्त्री तामाङले सांसद पूर्वाधार विकास कोषको रकम दुरुपयोग गरेको भन्दै सिन्धुपाल्चोकका स्थानीय पत्रकार निरोज चौलागाईंले उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेका हुन्।

निर्मला हत्या प्रकरण : एसपी बिष्ट र डिएसपी जिसीका नाममा ३५ दिने वारेन्ट जारी

बुधबार, २९ फागुन २०७५

कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला हत्या प्रकरणमा प्रहरीका दुई अधिकारीका नाममा ३५ दिने वारेन्ट जारी भएको छ। कञ्चनपुरका तत्कालिन एसपी डिल्ली बिष्ट र सिआईवीका डिएसपी अंगुर जिसीका नाममा अदालतले उपस्थित हुन ३५ दिने वारेन्टसहितको सूचना जारी गरेको हो।

उपत्यकामा साइबर अपराध बढ्दै, उजुरी दिने महिला बढी

सोमबार, १३ फागुन २०७५

साइबर अपराधको आक्रमणले गर्दा अहिले विश्वका धेरै मुलुक आतंकित बनेका छन्। जसको चपेटामा नेपाल पनि परेको छ। प्रहरीको पछिल्लो तथ्यांकअनुसार काठमाडौँ उपत्यकामा बर्सेनि साइबर अपराधको घटना बढ्दो छ।

लागुऔषधको डरलाग्दो अवस्था, ५ वर्षमा १८ हजार बढी पक्राउ

बिहिबार, २४ माघ २०७५

पछिल्लो तथ्याङकले लागुऔषध ओसार पसार र प्रयोगकर्ताको संख्या ह्वत्तै बढेको देखिएको छ।  लागुऔषध प्रयोगकर्ताको संख्या बढ्दै जाँदा यसको कारोबारमा संलग्न अपराधीहरु पक्राउ पर्ने क्रम पनि उल्लेख्य रुपमा बढेको प्रहरीको तथ्यंकले देखाएको छ।

Ncell Footer Ad