विनोद ढुंगाना

जब वडाध्यक्ष चामलको बोरा लिएर मजदुरकहाँ पुगे...

आइतबार, १६ चैत २०७६

धादिङकी सावित्री बिक र उनका श्रीमान मोहनबहादुर दुई वर्षदेखि शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दीमा बस्दै ज्याला मजदुरी गर्छन्। दिनभरको मजदुरीले साँझ विहानको छाक टार्ने बिक दम्पति लकडाउन भएसंगै काममा जान पाएका छैनन्। मजदुरी नगरी दुई छाक खानलाई पनि मुस्किल पर्ने उनीहरुलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलन नदिन सरकारले गत मंगलबारदेखि एक साताका लागि मुलुक लकडाउन गरिएपछि एउटै चिन्ताले सतायो, ‘कोरोना लाग्नु पहिले भोकमारीले पो मरिन्छ क्या हो!’

तनहुँमा विदेशबाट फर्किएका ४ सय १० जना

शनिबार, १५ चैत २०७६

विश्वव्यापी संकट निम्त्याएको कोरोना भाइरसको संक्रमणको डरले तनहुँमा चार सय बढी विदेशबाट फर्किएका छन्। जिल्ला जनस्वास्थ्य कार्यालय तनहुँका अनुसार हालसम्म चार सय १० जना विदेशबाट फर्किएकाको तथ्याङ्क संकलन भएको छ।

तनहुँमा पीपीई अभाव, स्वास्थ्यकर्मी भन्छन्– जोखिम मोलेर उपचार गर्दैछौंं

बिहिबार, १३ चैत २०७६

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) का संक्रमित बिरामीको उपचारार्थ खटिने स्वास्थ्यकर्मीलाई व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) आवश्यक हुन्छ। तनहुँमा भने पीपीईको अभाव देखिएको छ। पीपीई नहुदाँ यहाँका स्वाथ्यकर्मीले असुरक्षित महसुस गर्ने थालेका हुन्।  कोरोनाको शंकास्पद बिरामी स्वास्थ्य परिक्षण गर्न आएमा असुरक्षित तरिकारले काम गर्नुपर्ने बाध्यता छ।

बजार सुनसान, गाउँतिर कामको चटारो

बिहिबार, १३ चैत २०७६

लकडाउनको दोस्रो दिन। तनहुँका बजार क्षेत्र सुनसान देखिएका छन्। राजमार्गमा खाद्यन्न बोकेका सवारी र एम्बुलेन्सबाहेक गुडेका छैनन्।

फरार दुई जना प्रकाउ

शुक्रबार, ०७ चैत २०७६

धारिलो हतियार प्रहार गरी फरार दुई जनालाई तनहुँ प्रहरीले प्रकाउ गरेको छ। प्रकाउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–४ बस्ने रवि लामा (जिरे) र शुक्लागण्डकी–१२ का भक्तबहादुर गुरुङ (संगम) रहेका छन्। उनीहरुलाई पोखराको लेकसाईडबाट प्रकाउ गरेको ईलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक जगदिश रेग्मीले बताए।

रोकिएन चितुवा आतंक

बिहिबार, ०६ चैत २०७६

तनहुँमा दुई वर्षको अवधिमा नौ बालबालिका चितुवाको सिकार भएका छन्। यसै अवधिमाा चितुवा आक्रमणबाट पाँच बालबालिका घाइते भएका छन्।

तनहुँमा १२ शैय्याको ‘आइसोलेसन’

सोमबार, ०३ चैत २०७६

बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा आइसोलेसन वार्ड तयार भएको छ। विश्वव्यापी फैलिएको कोरना भाईरस (कोभिड १९) संक्रमितको बिरामीको स्वास्थ्य परिक्षण गर्न १२ शैय्याको आइसोलेसन तयार भएको अस्पतालका प्रमुख डाक्टर रामकुमार श्रेष्ठले बताए।

बेपत्ता छोरा १९ वर्षमा फर्किएपछि...

शनिबार, ०१ चैत २०७६

सेती नदी र क्याङदी खोला किनारको बिचको बस्ती शुक्लागण्डकी नगरपालिका–८ मालेबगरमा खुशीको रौनक छ। अर्काे खुसी त यो बस्तीकी डिलकुमारी मल्ललाई छ। १९ वर्षदेखि हराएका उनका कान्छा छोरा मनबहादुर शुक्रबार घर सम्झिएर आए। त्यसपछि डिलकुमारको मन सान्ता भएको हो।

लोक गायक प्रकाश कटुवाल पुर्पक्षका लागि थुनामा

शुक्रबार, ३० फागुन २०७६

होटल व्यवसायीमाथि आक्रमण गरेको आरोप लागेका लोकदोहोरी गायक प्रकाश कटुवाललाई पुर्पक्षका लागि थुनामा पठाइएको छ। जिल्ला अदालत तनहुँले शुक्रबार कटुवाललाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।

ट्याक्टर दुर्घटनामा चालक र सहचाकलको मृत्यु

बुधबार, २८ फागुन २०७६

तनहुँमा भएको ट्याक्टर दुर्घटनामा चालक र सहचालकको मृत्यु भएको छ। बन्दिपुर गाउँपालिका–५ बाउनभञ्याङबाट कोरिका जाँदै गरेको १ त ४८०८ नम्बरको ट्याक्टर बुधबार विहान कोरिकास्थि भित्री सडकखण्डमा अन्यिन्त्रित भई दुर्घटना भएको हो।

आँगनमै पानी आएपछि पञ्चेबाजा बजाएर नाचे स्थानीय

शनिबार, १७ फागुन २०७६

राममाया आले मगरले ७७ वर्षको उमेरमा बल्ल आफ्नै आँगनको छेउमा रहेको धारोबाट पानी भरेर पिउन पाइन्। डोकोमा गांग्री बोकेर बुढेसकालमा खुट्टा कमाउँदै धोवीखोलाको उकाली ओराली गर्नुपर्ने बाध्यताको अन्त्य हुँदा उनी औधी खुसी छन्।

बेरोजगारलाई सिप सिकाउदै स्थानीय तह

बुधबार, १४ फागुन २०७६

शुक्लागण्डकी नगरपालिका–८ वडा कार्यालयले २० जना युवालाई प्लम्बरको तालिम सञ्चालन गरेको छ। कान्तिपुर बहुप्राविधिक शिक्षालयसँगको सहकार्यमा प्लम्बरसँगै ४० जना महिलाले सिलाइकटाई र २०/२० जनाले बेमौसमी तरकारी र च्याउ खेतीसम्बन्धि सिप सिक्दैछन्।

गाउँमै रोजगारी पाउँदा महिलाहरु मख्ख

मङ्गलबार, ०६ फागुन २०७६

शुक्लागण्डकी–५ बेलचौतराकी विष्णु थापालाई आजभोली त्यति फुर्सद हुँदैन। घरधन्दा सक्नेवित्तिकै बिहान ९ बजे काम गर्न उद्योग जान्छिन्। दिनभर ढुंग्रो बनाउने काम गरेर साँझ ५ बजे फर्किन्छिन्। बिहान बेलुका घरायसी कामधन्दा सकेर फुर्सदमा हुने थापाको दैनिकी एक महिनादेखि फेरिएको छ। ‘काम गर्न थालेपछि त्यसै खेरा फाल्ने समयको राम्रै सदुपयोग भएको छ’, उनले भनिन्, ‘कामसँगै दाम पाएका छौँ।’ बिना काम फाल्तु बस्दा खर्च मात्रै धेरै हुने उनीसँग अनुभव छ।

जनप्रेमी मावीलाई उपाधि

आइतबार, १२ माघ २०७६

जनप्रेमी मावी फिरफिरेले पञ्चमुनीदेव मावी ‘बि’ दुलेगौँडालाई हराउदै राष्ट्रव्यापी विद्यालयस्तरिय भलिबल प्रतियोगिताको उपाधि जितेको छ।

‘लोक नृत्यमा मौलिकता चाहिन्छ’

शनिबार, ०४ माघ २०७६

नेपाली मौलिक लोक नृत्य बिस्तारै लोप हुने अवस्थामा छन्। कठघोरी, कर्मधर्मा, करहवा, करियाझुमरी, कुर्मी ख्याली, कौराहा, घसकट्टी, चण्डी जस्ता नृत्य पछिल्ला पुस्ताले सुनेका पनि छैनन्। जानकारहरुका अनुसार नेपालमा १६७ बढी लोकनृत्य रहेको छ। तीमध्ये गण्डकी प्रदेशमा कौराहा, सालैजो, घाटु, झ्याउरे, सोरठी, कुमारी र नचरी नाच प्रचलित भएपनि मौलिकता गुमाउदै गएको देखिन्छ। लोकसंस्कृती लोप हुँदा सांस्कृतिक विचलन आउने भएकाले संरक्षणको आवश्यक रहेको सरोकारवालाले बताएका छन्।

डा. सुरेन्द्र केसी भन्छन्, ‘संघियताको बदनाम भयो’

शनिबार, ०४ माघ २०७६

राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले संघियता अनुसारको आचरण नहुँदा संघियताको बदनाम भएको जिकिर गरेका छन्। ‘संघियताको कुरा गरियो मात्र आचरण भएन। महँगा किसिमका पदहरु सिर्जना गरियो, अनेक किसिमका खर्च देखिँदा बदनाम भएको छ’, उनले भने, ‘संघियता शक्ति बाँडफाँडको प्रणाली मात्र हो। तर, यहाँ बदनाम भएको कारण यो सिस्टम उपयुक्त ठानिएन।’

जनताको आवश्यकता अनुसार अस्पताल चल्नुपर्छ : मन्त्री ढकाल

शुक्रबार, ०३ माघ २०७६

तनहुँको बेलचौतारास्थित जिपी कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई व्यवस्थित अस्पताल बनाउन जरुरत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले बताएका छन्। ‘अस्पतालको सम्भावना निकै छ’, उनले भने, ‘केन्द्र सरकारका तर्फबाट अस्पताललाई नाम अनुसारको काम गर्न साथ मिल्नेछ। अस्पताललाई व्यवस्थीत गर्न कानुनमा अस्पष्टता छ भने त्यसलाई प्रष्ट पार्नेछौँ।’

घिरिङमा यात्रुबाहक बस दुर्घटना: दुईको मृत्यु, १७ जना घाइते

शुक्रबार, २५ पुष २०७६

तनहुँको घिरिङमा यात्रुवाहक बस दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ। पाल्पाको रामपुरबाट पोखरातर्फ आउँदै गरेको ग १ ख ६१७५ नम्बरको बस घिरिङ गाउँपालिका–३ थानीमाइमा अनियन्त्रित भई सडकबाट अन्दाजी ४० मिटर तल खस्दा बसमा सवार दुई जनाको मृत्यु भएको छ। दुघ६नामा १७ जना घाइते भएका छन्।

साँझैपिच्छे चितुवा आतंक

सोमबार, २१ पुष २०७६

चितुवा आतंकले स्थानीयको दिनचर्या प्रभावित भएको छ। घाँसदाउरा गर्न जंगल जान छोडेका छन्। साँझ पर्नासाथ मान्छेहरू घरभित्र सीमित हुन्छन्।

नौ करोडको लागतमा गाउँपालिका भवन

मङ्गलबार, १५ पुष २०७६

जिल्लाको घिरिङ गाउँपालिका नौ करोड ११ लाख रुपैयाँको लागतमा पाँच ब्लक रहने गरी तीन तलाको भवन बनाउन सुरु गरेको छ।

Ncell Footer Ad