शेरबहादुर जेरो

कोरोनाको त्रासले सडक बन्द, टोल प्रवेश निषेध

बुधबार, १९ चैत २०७६

विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाको त्रासका कारण ओखलढुंगामा स्थानीयले सडक बन्द गरेका छन्। मोलुङ गाउँपालिका–१ कुन्तादेवीका स्थानीयले मुख्य सडकमै बार लगाएर बन्द गरेका हुन्

ओखलढुंगामा विदेशबाट फर्किएका १ सय ३३ जना भेटिए

मङ्गलबार, १८ चैत २०७६

ओखलढुंगामा विदेशबाट फर्किएका १ सय ३३ जना भेटिएका छन्। दुई साताको अवधिमा विदेशबाट आएका १ सय ३३ जना सम्पर्कमा आएका हुन्।

ओखलढुंगाका तीन ठाउँमा क्वारेन्टाइन स्थापना

शुक्रबार, ०७ चैत २०७६

जिल्लामा कोरोना भाइरसको संभावित संक्रमण रोक्नका लागि जिल्लाका तीन ठाउँमा क्वारेन्टाइनस्थल स्थापना गरिएको छ। जिल्ला समन्वय समितिका प्रमुख जयबहादुर श्रेष्ठको अध्यक्षतामा बसेको कोरोनाबाट हुने संभावित संक्रमणप्रति सजगता सम्बन्धी बैठकबाट तीन वटा क्वारेन्टाइनस्थल तोकिएको हो।

दुई कोठेको सास्ती, जीर्ण घरमै सुत्दै भूकम्प पीडित

शनिबार, ०१ चैत २०७६

निजी आवास पुनर्निर्माणको काम ओखलढुंगामा अन्तिम चरणमा पुगेको छ।अधिकांशले दुईकोठे भूकम्प प्रतिरोधी घर बनाएका छन्। पुनर्निर्माणपछि तयार भएको दुई कोठेमा मात्रै सिमित हुँदा लाभग्रहीहरू सास्ती भोग्न परेको छ। कतिपयले पुराना जीर्ण घर भत्काएका छैनन्। भूकम्प प्रतिरोधी बनेको दुई कोठे घरले आवश्यकता पूरा नगरेकाले लाभग्रहीहरुले पुराना घर नभत्काई राखेका हुन्। नयाँ बनेको दुईकोठे घरमा पाहुँना सुताएर परिवारका सदस्यहरू चर्किएको पुरानै घरमा जोखिम मोलेर बस्न बाध्य छन्। भूकम्पले घर भत्केकाहरूले दुई कोठेसंगै अर्को नयाँ घर धमाधम बनाउदै छन्।

झगडा छुट्याउन खोज्दा शिक्षिकाको हत्या

शुक्रबार, ३० फागुन २०७६

श्रीमान श्रीमतीबीच भएको झगडा छुट्याउन जादा शिक्षिकाको हत्या भएको छ। झगडा छुट्याउन जादा मोलुङ्ग गाउँपालिका–५ प्राप्चाकी ३२ वर्षिय शिक्षिका हिरादेवी कटुवाल कार्कीको हत्या भएको हो।

विद्यालय हिँडेकी शिक्षिका मृत फेला, हत्याको आशंका

बुधबार, २८ फागुन २०७६

विद्यालय हिँडेकी शिक्षिका मृत फेला परेकी छिन्। मोलुङ्ग गाउँपालिका–५ प्राप्चाकी ३२ वर्षिया हिरादेवी कटुवाल कार्की मृत फेला परेकी हुन्।

६ ट्रक कवाडी अढाइ लाखमा बिक्री

मङ्गलबार, २७ फागुन २०७६

जिल्ला समन्वय समिति ओखलढुंगा परिसरमा रहेको कवाडी सामान प्रमुखको ठाडो आदेशमा बिक्री गरेको पाइएको छ। समन्वय समिति प्रमुख जयबहादुर श्रेष्ठको ठाडो तोक आदेशमा ६ ट्रक कवाडी सामान जम्मा अढाइ लाख रुपैयाँमा बिक्री गरिएको हो।

अधुरै पर्यटकीय गन्तव्य

मङ्गलबार, २७ फागुन २०७६

सरकारले सन् २०२० लाई भ्रमण वर्षका रूपमा मनाइरहे पनि ओखलढुंगाका पर्यटकीय गन्तव्य अधुरै छन्।

विद्यालयमा जातीय पोशाक अनिवार्य

शनिबार, २४ फागुन २०७६

ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका–९ पात्लेमा रहेको जनता आधारभूत विद्यालयमा करिब एक सय विद्यार्थीहरु अध्ययनरत छन्। उनीहरु अधिकांश शेर्पा समुदायका बालबालिका हुन्।

दुई सयमा ल्यापटप, ३३ रुपैयाँमा ग्यास सिलिण्डर

आइतबार, १८ फागुन २०७६

जिल्ला समन्वय समिति ओखलढुंगाले लाखौँ मूल्य पर्ने सामान कौडीको भाउमा बिक्री गरेको तथ्य फेला परेको छ। समितिले कार्यालयमा रहेको लाखौँ मूल्यको सामाग्री कौडीको भाउमा लिलाम बिक्री गरेको तथ्य फेला परेको हो। दुई सयमा ल्यापटप कम्प्युटर र ३३ रुपैयाँमा ग्यास सिलिन्डर बिक्री गरेको छ।

तीन योजनामा व्यापक अनियमितता

शनिबार, १७ फागुन २०७६

जिल्लाका तीनवटा योजना निर्माणमा अनियमितता भएको पाईएको छ। तीन योजनाहरू निर्माणका क्रममा व्यापक अनियमितता भएको जिल्ला समन्वय समितिले गरेको अनुगमनबाट खुलेको हो। मोलुङ–एकवार सडक आयोजना, निशंखे खेलमैदान निर्माण र ढुस्के–पोक्तिङखोला–वरुणेश्वर–विगुटार सडक निर्माण गर्दा कार्य मूल्याङ्कन भन्दा बढी रकम भुक्तानी गरी अनियमितता भएको अनुगमन पश्चात जिससले जनाएको छ। यस विषयमा समितिले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो।

खसी बोका तौलेर खरीद बिक्री सुरु

शनिबार, १७ फागुन २०७६

ओखलढुंगामा पहिलो पटक खसी बोका तौलेर बिक्री गर्न थालिएको छ। किसानले पालेका खसी बोका पहिलो पटक तौलेर बिक्री गर्न थालेका हुन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत सञ्चालित ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) ले किसान र व्यापारीबीच सम्बन्ध विकास सम्बन्धि छलफल चलाएपछि खसी बोका जोखेर खरीद बिक्रीको सुरुवात भएको हो। यसअघि व्यापारीले अनुमानको भरमा खसी बोका बेच्ने गर्दथे।

भुस्याहा कुकुरको आतंकले किसान आतंकित

बुधबार, १४ फागुन २०७६

ओखलढुंगाको सिद्धिचरण नगरपालिका क्षेत्रमा भुस्याहा कुकुरको विगविगी बढ्न थालेको छ। कुकुरका कारण किसानले पालेका पशुचौपायामा क्षति पुगेकाे छ। मंगलबार सिद्धिचरण नगरपालिका–१२ मा भुस्याहा कुकुरले किसानको सात वटा बाख्रा मारेका छन्।

ओखलढुंगामा बेरुजु घट्यो

बिहिबार, ०८ फागुन २०७६

ओखलढुंगामा आर्थिक वर्ष ०७४/७५ को तुलनामा आव ०७५/७६ मा बेरुजु कम देखिएको छ। आव ०७४/७५ भन्दा आव ०७५/७६ मा करिब पाँच करोडले बेरुजु कमी आएको हो।

ओखलढुंगामा १९ करोड बढी बेरुजु

बुधबार, ०७ फागुन २०७६

ओखलढुंगामा आर्थिक वर्ष २०७४/०७५ को तुलनामा आर्थिक वर्ष २०७५/०७६ मा कम बेरुजु देखिएको छ। आर्थिक वर्ष २०७४/०७५ भन्दा आव २०७५/०७६ मा करिब ५ करोडले बेरुजुमा कमि आएको हो।

नियम मिचेर लाखौंका कबाडी बिक्री

आइतबार, ०४ फागुन २०७६

जिल्ला समन्वय समिति ओखलढुंगा परिसरमा रहेको कबाडीजन्य सामानहरु प्रमुखको ठाडो आदेशमा बिक्री गरिएको पाइएको छ। समन्वय समिति प्रमुख जयबहादुर श्रेष्ठको ठाडो तोक आदेशमा लाखौ मूल्यको कबाडीजन्य सामान नियम मिचेर बिक्री भएको हो।

अधुरै पर्यटकीय गन्तव्य

शुक्रबार, ०२ फागुन २०७६

नेपाल सरकारले यो वर्षलाई भ्रमण वर्षका रुपमा मनाई रहेको भएपनि पर्यटकलाई लक्षित गरि बनाइएका ओखलढुंगाका पर्यटकीय गन्तव्य अधुरै छन्। ओखलढुंगाको सिद्धिचरण नगरपालिका लगायतका स्थानीय तहहरुमा बनाइएका पर्यटकीय गन्तव्य लामो समयदेखि अधुरै भएका हुन्।

वडा अध्यक्षद्वारा शिक्षकमाथि दुर्व्यवहार

सोमबार, २० माघ २०७६

ओखलढुंगाको सुनकोशी गाउँपालिका–१ का वडा अध्यक्ष दिपहरि राईविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ।

अस्पतालको लापरबाहीले गर्भमै गयो बच्चाको ज्यान

बिहिबार, ०९ माघ २०७६

सोलुखुम्बुकी कमला बस्नेतका लागि पुस २२ गते महत्वपूर्ण दिन थियो। किनकी उनि त्यो दिन पहिलो पटक आमा बन्दै थिईन्। चिकित्सकले त्यही दिन उनको बच्चा जन्मिने पक्का गरेका थिए। उनि असाध्यै हर्षित थिईन्।

रोकिएन जिल्ला समन्वय समिति ओखलढुंगाको मनपरी

बिहिबार, ०९ माघ २०७६

समितिले आव २०७५/७६ मा कार्य सञ्चालन कोषबाट १३ लाख ५० हजार ४ सय ५१ रुपैयाँ नियमविपरीत खर्च गरेको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad