मोहम्मद हबिब

बेमौसमी बर्षाले ८६ करोड बढीको ईटा नष्ट (फोटो फिचर)

शनिबार, २८ मङि्सर २०७६

शुक्रबार परेको बेमौसमी पानीका कारण प्रदेश ५मा करोडौैं काचो ईटा नष्ट भएका छन्। प्रदेश नम्बर ५ ईटा उद्योग व्यवसायी संघ नेपालले शुक्रबार परेको पानीले रुपन्देहीसहित प्रदेश ५ मा रहेका २ सय ७ वटा ईटा उद्योगका अधिकांश काँचो ईटा नष्ट भएको जानकारी दिएको छ।

शीतलहरबाट शतर्क हुँदै रुपन्देही, सरोकारवालालाई निर्देशन

शनिबार, २८ मङि्सर २०७६

शीतलहर तराईको एउटा समस्याको रुपमा छ। जाडो क्रमश बढ्दै गएपछि अस्पतालहरु पनि भरिभराउ हुँदै गएको छ। युवा भन्दा पनि बालबालिका र जेष्ठ नागरिकहरुलाई प्रभावित पार्ने जाडो र शितलहरले रुपन्देहीसहित तराईका विभिन्न जिल्लाको जनजीवन प्रभावित भई ज्यान जानेसमेत गरेको छ।

५० करोड लगानीमा भैरहवामा मौर्य होटल

बिहिबार, २६ मङि्सर २०७६

५० करोडको लागतमा रुपन्देहीमा आजदेखि होटल सञ्चालनमा आएको छ। युवा व्यवसायी रामबहादुर कोईरीकोे एकल लगानीमा पश्चिमाञ्चलमै अत्याधुनिक सेवा सुविधासहित होटल मौर्या सञ्चालनमा आएको हो।

लुम्बिनी प्रचारमा मनीषा र सि

बुधबार, २५ मङि्सर २०७६

अभिनेत्री मनीषा काेइराला र नेपाल भ्रमण वर्षकी सद्भावना दूत चिनियाँ अभिनेत्री सि छिङ सोमबारदेखि सुरु भएको शान्ति र समझ्दारीमा आधारित अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन लुम्बिनी पुगेका छन्।

यूनिक होम्स तेस्रो पटक सामूहिक खेल महोत्सवको च्याम्पियन

सोमबार, २३ मङि्सर २०७६

भैरहवामा भएको भएको १८ औं सामूहिक खेल महोत्सवको च्याम्पियन यस वर्ष पनि यूनिक होम्स बनेको छ। रुपन्देहीको धकधईस्थित विद्यालयले मिनर्वा बोडिंग हाइस्कुल ठुटिपिपललाई ९ अङले पछि पार्दै लगातार तेस्रो पटक च्याम्पीयन बनेको हो।

छोराद्वारा बाबुआमाको खुर्पा प्रहार गरी हत्या

शुक्रबार, २० मङि्सर २०७६

ओमसतिया ४ सानो बालापुरमा छोराले बाबुआमालाई खुर्पा हसियाले हानेर हत्या गरेको छ। मानसिक सन्तुलन विग्रीएर २८ वर्षिय छोरा गोरख यादवले बाबु ७२ वर्षिय रामनारायणा यादव र आमा ७० वर्षिया ठगना यादवलाई हसियाले हानेर हत्या गरेको हो।

भैरहवामा 'विगेस्ट डान्स क्याम्प प्रतियोगिता’ सुरु, भोलि बुटवल अडिसन

शुक्रबार, २० मङि्सर २०७६

भैरहवामा राष्ट्रिय स्तरको नृत्य प्रतियोगिता सुरु भएको छ। प्रदेश र जिल्ला स्तरीय प्रतियोगिता सम्पन्न गरिसकेको रुद्रादेवी कला केन्द्र भैरहवाले भैरहवामा पहिलो पटक नेपाल विगेस्ट डान्स क्याम्प प्रतियोगिता २०७६ को सुरुआत गरेको हो।

भैरहवामा १८औँ सामूहिक खेल महोत्सव सुरु(फोटो फिचरसहित)

शुक्रबार, २० मङि्सर २०७६

१८ औं सामूहिक खेल महोत्सव सुरु भएकोे छ। सामाजिक सद्भाव र राष्ट्रिय समृद्धिको लागि खेल भन्ने नाराका साथ भैरहवा आसपास क्षेत्रका नीजि विद्यालयहरु बीच आपसी सम्बन्ध कायम राख्न सामूहिक विद्यालय परिवार, रुपन्देहीले विगत १७ वर्षदेखि निरन्तर रुपमा आयोजना गर्दै आएको छ।

चार महिनामा ७ हजार ६ सय १७ जनाले बनाए नागरिकता

मङ्गलबार, १७ मङि्सर २०७६

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आर्थिक वर्ष २०७६/०७७ को प्रथम चौमासिकको प्रगति विवरण सार्वजनिक गरेको छ। साउनदेखि कार्तिक महिनासम्म भएको सम्पूर्ण गतिविधी बारे जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको हो।

दर्शकलाई रुवाएर नचाए सपूतले (फोटो फिचरसहित)

बिहिबार, १२ मङि्सर २०७६

सुरुको प्रस्तुतीबाट दर्शकहरुलाई रुवाउन र भावुक समेत बनाएका उनले विस्तारै उपस्थित दर्शकलाई नचाए। स्टेजबाट उत्रेर दर्शक दिर्घामै गएर ‘गलबन्दी च्यातियो’ गाउँदा दर्शकले हुटिङसहित साथ दिएका थिए।

महायज्ञमा मुस्लिमको बिवाह

बुधबार, ११ मङि्सर २०७६

लाखौं खर्च गरेर हुने बिवाह पद्धतिलाई टोड्दै एक मुस्लिम परिवारले फरक शैलीमा बिवाह गरेका छन्।

घुषसहित पक्राउ परे लुम्बिनी बौद्ध विश्वविद्यालयका लेखापाल

आइतबार, ०८ मङि्सर २०७६

लुम्बिनी बौद्ध विश्वविद्यालयका लेखापाल रत्नेश्वर तिवारीलाई २५ हजार रुपैयाँ घुससहित अख्तियारको टोलीले पक्राउ गरेको छ।

मायादेवीमा पर्यटक आकर्षित

शनिबार, ०७ मङि्सर २०७६

रुपन्देही मर्चवार बस्ने हरि लोध रानीमहलसँग सेल्फी लिइरहेका थिए। रानीमहल जाने भनेर ३ पटकसम्म योजना बनाएका उनले घरायसी विविध कारणले पुग्न अहिलेसम्म सकेका छैनन। पेशाले व्यवसाय गर्ने लोधको ईच्छा पाल्पा गएर रानीमहलसँगै तस्विर लिने छ।

कृषि मन्त्रालय आफैले रोजेको हुँः मन्त्री भुसाल

शनिबार, ०७ मङि्सर २०७६

नवनियुक्त कृषि तथा पशुपंक्षी मन्त्री घनश्याम भुसालले कृषि मन्त्रालय आफैले रोजेको बताएका छन्। मन्त्री भए पश्चात पहिलो पटक गृह जिल्ला आउने क्रममा बोल्दै मन्त्रि भुसालले धेरैको रोजाइमा कृषि नभए पनि पनि नैतिकरुपमा आफूले पढेको, लेखेको र बोलेको आधारमा आफैले कृषि मन्त्रालय रोजेको बताएका हुन्।

भीम अस्पतालमा आकस्मिक भवनको शिलान्यास

शुक्रबार, ०६ मङि्सर २०७६

भीम अस्पतालमा आकस्मिक भवनको शिलान्यास गरिएको छ।

बजेट अभावमा रोहिणी सिँचाई आयोजना प्रभावित

आइतबार, ०१ मङि्सर २०७६

रुपन्देहीको पेटवनियामा निर्माणधिन रोहिणी सिँचाई आयोजना सुस्ताएको छ।

अवैध रुपमा ल्याइएका ३ ट्रक खसी बोका बरामद

आइतबार, ०१ मङि्सर २०७६

अवैध रुपमा ओसारपसार गर्दै गरेको खसी बोका सशस्त्र प्रहरीले बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नं. ३८ गुल्म हे.क्वा.(रा.भ.सु.) रुपन्देहीबाट सशस्त्र प्रहरी निरीक्षक विजय थापाको कमाण्डमा खटेको विशेष टोलीले जिल्ला रुपन्देही देवदह नगरपालिका ९ घोडाहामा चेकजाँच गर्ने क्रममा पश्चिमबाट पुर्व तर्फ जादै गरेका ३ वटा ट्रकहरुबाट एक करोड तेह्र लाख त्रिहत्तर हजार मूल्य बराबरको खसी बोका बरामद गरेको हो।

सोलारको सट्टा विद्युतीय बत्ती

आइतबार, ०१ मङि्सर २०७६

बेलहिया–बुटवल ६ लेन सडकमा विद्युतीय सडकबत्ती जडान हुँदैछ। सडकका केही भागमा जडान गरिएका सोलार बत्ती प्रभावकारी नभएपछि विद्युतीय बत्ती जडान सुरु भएको हो।

१५ करोडको लगानीमा दोस्रो उद्योग सञ्चालनमा

बिहिबार, २८ कार्तिक २०७६

देशको निर्यातमुखी आयोजना भैरहवा विशेष आर्थिक क्षेत्र सेजमा दोस्रो उद्योगको औपचारिक उद्घाटन भएको छ। स्थापना भएको डेढ दशकसम्म पनि आवश्यक ऐन र प्राप्त विद्युत् नहुँदा सञ्चालन ढिलाई भएको सेजमा ऐन बनेपछि र नेपाल विद्युत प्राधिकरणले आवश्यक विद्युत् उपलब्ध गराउने प्रतिबद्धता जनाएपछि व्यवसायीले उद्योग निर्माण थालेका हुन्।

दोस्रो अन्तर्राष्ट्रिय त्रिपिटक वाचन सुरु

बिहिबार, २८ कार्तिक २०७६

लुम्बिनीमा दोस्रो अन्तराष्ट्रिय त्रिपिटक चान्टिङ सुरु भएको छ। बुद्ध धर्म र लुम्बिनीको प्रचारका साथै आध्यत्मिक विकासमा टेवा पु-याउने र पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेलेपछि बिहिबारदेखि लुम्बिनीमा दोस्रो पटक अन्तराष्ट्रिय त्रिपिटक चान्टिङ सुरु भएको हो।

Ncell Footer Ad