मोहम्मद हबिब

दोस्रो अन्तर्राष्ट्रिय त्रिपिटक वाचन सुरु

बिहिबार, २८ कार्तिक २०७६

लुम्बिनीमा दोस्रो अन्तराष्ट्रिय त्रिपिटक चान्टिङ सुरु भएको छ। बुद्ध धर्म र लुम्बिनीको प्रचारका साथै आध्यत्मिक विकासमा टेवा पु-याउने र पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेलेपछि बिहिबारदेखि लुम्बिनीमा दोस्रो पटक अन्तराष्ट्रिय त्रिपिटक चान्टिङ सुरु भएको हो।

सीमामै तरुण दलको विरोध

बुधबार, २७ कार्तिक २०७६

भारतको हस्तक्षेपमा मौन रहने नेपाल सरकार विरुद्ध सीमामा विरोध प्रर्दशन भएको छ। कालापानी, लिपुलेक एवं लिम्पियाधुरा लगायतका क्षेत्रलाई भारतले आफ्नो राजनीतिक नक्सामा समेटेकोप्रति बुधबार दिउसो नेपाल भारत सीमानाका बेलहियामा विरोध प्रदर्शन गरिएको हो।

पैगम्बर मोहम्मदको जन्म जयन्तीमा हिन्दु पनि सहभागी, भैरहवामा संयुक्त र्‍याली (फोटो फिचर)

आइतबार, २४ कार्तिक २०७६

इस्लामिक धर्मगुरु पैगम्बर हजरत मोहम्मदको १४९४ औं जन्मोत्सव रुपन्देहीको भैरहवामा पनि धुमधामका साथ मनाइएको छ। २०४७ सालदेखि मदरसा अहले सुन्नत कठौतियाले  आयोजना गर्दै आएको जन्मोत्सव यसवर्ष पनि नगर परिक्रमासहित विविध कार्यक्रम गरि मनाइएको छ।

२५ देशका हजार बढीको सहभागिता रहने

आइतबार, २४ कार्तिक २०७६

बिगत १५ बर्ष देखी भारतमा मात्र भैरहेको यो आध्यत्मिक कार्यक्रले लुम्बिनीको आध्यत्मिक, सांस्कृतिक महत्व अझ बढाउने र पर्यटकहरुको चहल पहलमा थप टेवा पुग्ने विश्ववास गरिएको छ।

भारतीय नक्साको विरोधमा सीमामा प्रदर्शन

शुक्रबार, २२ कार्तिक २०७६

भारतले हालै जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको भन्दै त्यसको विरोधमा नेपाल-भारत भैरहवा सीमा वेलहियामा प्रदर्शन भएको छ।

शुल्क फिर्ता माग्दा मेडिकल कलेजले धकेलेर बाहिर निकालेपछि विद्यार्थी आन्दोलित

शनिबार, १६ कार्तिक २०७६

भैरहवामा अवस्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजका विद्यार्थी अन्दोलित बनेका छन्।

भैरहवामा छठ, अस्ताउदो सुर्यलाई अर्घ

शनिबार, १६ कार्तिक २०७६

मिथिलाञ्चलवासीको महान् पर्व तथा आस्थाको रुपमा मानिने छठ पर्व भैरहवामा पनि धुमधामका साथ मनाइदै छ । सूर्यको उपासना गरी मनाइने छठ पर्व भैरहवा तथा आसपासका वासिन्दाले बिगत ५० बर्ष पहिलै देखि नेपाली सेनाको काली भक्ती गणमा अवस्थित छठमाई पोखरीमा सामुहिक रुपमा मनाउदै आएता पनि विगत ३ बर्ष देखि गल्लामण्डीमा बनाइएको छठ पोखरीमा पनि मनाएका छन्।

सफल भएन सोलार बत्ती, विधुतीय बत्ती जडान हुदै

शनिबार, १६ कार्तिक २०७६

बेलहिया– बुटवल ६ लेन सडकमा विधुत्तीय सडक बत्ती जडान हुँदैछ। सडकको केही भागमा जडान गरिएका सोलार बत्तीहरु सफल नभएकोले विधुतीय बत्तीहरु जडान सुरु भएको हो।

भैरहवामा भयानक दुर्घटनाः मोटरसाइकल र ट्रक जल्यो, एकको मृत्यु (फाेटाे फिचर)

शनिबार, ०९ कार्तिक २०७६

भैरहवा भुमही सडकमा शनिबार भएको सवारी दुर्घटनामा एक युवकको घटनास्थलमै मृत्यु भएको छ। रुपन्देहीको ओमसतिया–४, बसन्तपुर दरखसवामा रोहिणीतर्फ गइरहेको मोटरसाइकल र ट्रेलर ट्रक एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २० वर्षीय बलिराम चाईको घटनास्थलमै मृत्यु भएको रुपन्देही प्रहरीले जनाएको छ।

पारिबाट खाद्यान्न वारिबाट दलहन र छोहारा तस्करी

शनिबार, ०९ कार्तिक २०७६

नेपालबाट केराउ, मरिच, दाल, छोहारा, मदिरा लगायतका सामाग्री रुपन्देहीको भित्री नाकाबाट भारत तिरै तस्करी भइरहेको छ।

तिलोत्तमा प्रिमियर लिग : रेन्बो ज्ञानोदयलाई उपाधि

बिहिबार, ०७ कार्तिक २०७६

रुपन्देहीमा जारी सर्वोत्तम प्रिमियर लिगको उपाधि रेन्बो ज्ञानोदय गोल्डस्ले जिेतेको छ। बिहीबार सम्पन्न फाइनल खेलमा मणिग्रामकिंगसलाई ८ विकेटले पराजित गर्दै ज्ञानोदयले उपाधि चुमेको हो। उपाधिसँगै ज्ञानोदयले नगद ४ लाखसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

दिपावलीको चटारो, पाला बनाउन भ्याई नभ्याई (फोटो फिचर)

बिहिबार, ०७ कार्तिक २०७६

तिहार नजिकिँदै घर रंङरोगन, सरसफाईमा अधिकांश व्यस्त भए भइरहेको बेला रुपन्देहीको रोहिणी गाउँपालिका ३ धकधईस्थित कोहार टोलका कुम्हाल परिवार माटोको पाला बनाउँदैमा व्यस्त छन्।

पटाका विष्फोट हुँदा ४ घाइते

बिहिबार, ०७ कार्तिक २०७६

नेपाल ल्याउँदै गरेको पटाका विष्फोट हुँदा ४ जना घाइते भएका छन्।

प्रशासनकै अभियान कार्यान्वयनमा फितलो

बिहिबार, ०७ कार्तिक २०७६

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले संचालन गरेको ‘नयाँ महिना नयाँ काम’ अभियान कार्यान्वयनमा फितलो देखिएको छ।

हरायो कलात्मक माहोल

मङ्गलबार, ०५ कार्तिक २०७६

‘अहिले ढुंगाको मूल्य बढेसँगै कलात्मक काटछाँट गरेर विभिन्न सिलौटा र जाँतोजस्ता सामग्री बनाएपनि बिक्री हुँदैन्। यस्ता सामग्री बनाउन मेहेनत धेरै लाग्ने गरेपनि बजार मूल्य नपाउँदा पेशा परिवर्तन गर्नुपर्ने अवस्था आएको छ,’ उनले भने।

मंसीर ५ देखि लुम्बिनी महोत्सव हुने

आइतबार, ०३ कार्तिक २०७६

‘राष्ट्रिय स्वाधिनताको लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रका लागि राष्ट्रिय औधोगिकीकरण तथा व्यापार विविधिकरण’ भन्ने नाराका साथ उद्योग व्यापार संगठन रुपन्देहीले आगामी मंसिर ५ गतेदेखि १६ गतेसम्म महोत्सवको आयोजना गर्न लागेको हो।

रुपन्देहीमा फूलखेती, भारतीय फूल आयातमा कमी

शुक्रबार, ०१ कार्तिक २०७६

तिहार फूलैफूलको पर्व हो। हिन्दु नेपालीहरुको दोस्रो ठूलो पर्वको रुपमा रहेको  तिहार आउन केही दिन मात्र बाँकी छ। पर्व एवं उत्सवका क्रममा प्रयोग हुने सयपत्री फूलको लागि सधैं भारतको भर पर्नुपर्छ। विगतको वर्षमा तिहारका लागि फूलमा विदेशको भर परेता पनि रुपन्देहीको विभिन्न क्षेत्रमा फूलखेती गरेकोले भारतिय फूल आयातमा कमि हुने देखिन्छ।

पैसा लुट्न गोली हानेर व्यक्तिको हत्या गर्ने भारतीय सुटर पक्राउ

बिहिबार, ३० असोज २०७६

गत भदौ २९ गते रोहिणी गाँउपालिका ३ रोहिणी खोला नजिक भएको हत्याकाण्डका सुटर पक्राउ परेका छन्। रुपन्देही प्रहरीले हत्यामा संलग्न भारतीय नागरिक गोरखपुर थाना कम्पियरगंज मछरी गाँउ बस्ने वर्ष ४० को मनीष हरिजन(चमार) लाई पक्राउ गरी सार्वजनिक गरेको हो।

अन्तरष्ट्रिय गौतमबुद्ध विमानस्थल: भौतिक संरचनाको काम ९४ प्रतिशत सम्पन्न

बिहिबार, ३० असोज २०७६

निर्माणधिन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको संरचनाको काम अन्तिम चरणमा पुगेको छ। ८२ प्रतिशत भौतिक संरचना र १८ प्रतिशत इलेक्ट्रोमेकानिकलको काम मध्ये विमानस्थलको सम्रगमा ८२ प्रतिशत बढी काम सम्पन्न भइसकेको छ।

नवदुर्गा भवानीकाे मूर्ति बिर्सजन

मङ्गलबार, २१ असोज २०७६

दुर्गा मूर्ति बिसर्जनको समय हुन सक्ने हुलदंगालाई नियन्त्रण गर्न रुपन्देही प्रहरीले मूर्ति बिसर्जनमा सुरक्षा ब्यवस्था कडा पारेको थियो।

Ncell Footer Ad