मोहम्मद हबिब

सार्वजनिक जग्गा निजी व्यवसायिक संस्थालाई दिन खोज्दा विरोध

बिहिबार, २३ माघ २०७६

नगरपालिकाले सार्वजनिक जग्गा निजी सस्थालाई दिन खोज्दा स्थानियले विरोध गरेका छन्। रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ मणिग्राम राधाकृष्ण चोकमा अवस्थित एक वडा एक पार्क अवधारणा अन्तर्गत रहेको संरक्षीत जग्गा स्थानीय तहले निजी व्यवसायिक सस्थालाई दिन खोज्दा स्थानीयको विरोध भएको हो।

चिनियाँलाई निषेध, ताइवानी ११३ जना २ घण्टा सीमामा रोकिए

बिहिबार, २३ माघ २०७६

कोरोना भाइरसको संक्रमण फैलने क्रम झनै बढ्न थालेपछि भारतले पनि सतर्कता बढाइएको छ। भारतमा कोरोना भाइरसको लक्षण देखिन थालेपछि नेपालबाट स्थलमार्ग भई भारत प्रवेश गर्ने चिनियाँ पर्यटकलाई बुधबारबाट भारत सरकारले प्रवेशमा रोक लगाएको हो।

होटल बुकिङ धमाधम रद्द

बुधबार, २२ माघ २०७६

चीनसहित एसियाली देशहरुको अर्थतन्त्रमा असर पारेको नोवेल कोरोना भाइरसले नेपालमा पनि असर गरेको छ।

लुम्बिनीको बृहत्तर विकास गर्न २ खर्बको प्राधिकरण आवश्यक : मन्त्री भट्टराई

मङ्गलबार, २१ माघ २०७६

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले लुम्बिनीको बृहत्तर विकास गर्नका लागि करिब २ खर्बको बजेट भएको प्राधिकरण गठन गर्नुपर्ने बताएका छन् । लुम्बिनी विकास कोषले लुम्बिनीमा आयोजना गरेको बृहत्तर लुम्बिनी क्षेत्रको योजना तथा विश्व शान्तिनगरको कार्यान्वयन सम्बन्धि छलफल कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले बृहत्तर लुम्बिनी क्षेत्रको परिकल्पना कार्यान्वयन गर्न बृहत्तर लुम्बिनी विकास प्राधिकरण गठन आवश्यक रहेको बताए ।

सेजमा थ्रेस होल्ड हटाउन सुझाव

सोमबार, २० माघ २०७६

सेजमा भएको थ्रेस होल्ड हटाउन उद्योगी व्यवसायीले सुझाएका छन्। राष्ट्रिय आयोजना आयोगले सिद्धार्थ उद्योग वाणिज्य संघको सहकार्यमा भैरहवामा आयोजना गरेको छलफल कार्यक्रममा सहभागीले उक्त धारणा राखेका हुन्।

लुम्बिनी खुकरी क्लबलाई उपाधि

सोमबार, २० माघ २०७६

भैरहवामा जारी नेपाल टेलिकम रूपन्देही सुपर लिगको उपाधि लुम्बिनी खुकुरी क्लबले जितेको छ। गत वर्षको विजेता लुम्बिनीले फाइनलमा बुटवल– ११ क्रिकेट क्लबलाई ७ विकेटले हराउँदै आठौं पटक उपाधि हात पारेको हो।

बुटवल–११ फाइनलमा

आइतबार, १९ माघ २०७६

भैरहवामा जारी नेपाल टेलिकम रूपन्देही सुपर लिगअन्तर्गतको बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा बुटवल–११ क्रिकेट क्लब विजयी भएको छ।

फाइनलमा लुम्बिनी खुकुरी र बुटवल–११ भिड्दै

शनिबार, १८ माघ २०७६

भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग अन्तर्गतको बिहीबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा बुटवल–११ क्रिकेट क्लब विजयी भएको छ । न्यु होराइजन क्रिकेट क्लब बुटवललाई ५ विकेटले पराजित गर्दै बुटवल–११ विजयी भएको हो ।

भैरहवामा ‘कुटुम्ब होम’ सञ्चालनमा

शनिबार, १८ माघ २०७६

भैरहवामा होटल कुटुम्ब होम सञ्चालनमा आएको छ। यूवा व्यवसायी सुजन पाण्डेकोे एकल लगानीमा अत्याधुनिक सेवा सुविधासहितको होटल सञ्चालनमा आएको हो।

होटलबाट ब्राउन सुगरसहित २ पक्राउ

शनिबार, १८ माघ २०७६

रुपन्देही प्रहरीले लागुऔषधसहित २ जनालाई नियन्त्रणमा लिएको छ। कार्यालयबाट खटिएको टोलीले सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ बेलहिया बसपार्कस्थित तनहु होटलबाट ब्राउन सुगर(खैरो हेरोईन) र प्रतिबन्धित औषधिसहित २ जनालाई नियन्त्रणमा लिएको हो।

रुपन्देहीमा दुई वटा मोटरसाइकल र एउटा स्कुटर ठोक्किदा २ को मृत्यु, ५ घाइते

शुक्रबार, १७ माघ २०७६

रुपन्देही सैनामैना नगरपालिका वार्ड नं.८ रामापुरमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु ५ जना घाइते भएका छन्। पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको लु ३५ प ५०१९ नं.को मोटर साईकल र विपरित दिशाबाट जाँदै गरेका लु ४२ प ७०९६ नं.को मोटर साईकल र लु २४ प ७४७२ नं.को स्कुटी ठोक्किदा दुर्घटना भएको हो।

भूकम्परहित भवनमा स्पाङगल स्कुल

शुक्रबार, १७ माघ २०७६

रुपन्देहीको धकधईस्थित स्पाङगल इङ्लीस वोर्डिङ स्कुल आफ्नै सुविधासम्पन्न भवनमा प्रवेश गरेको छ। विगत आठ वर्षदेखि भाडाको भवनमा कक्षा सञ्चालन गर्दै आएको स्कुलले सरस्वती पूजाको शुभ अवसर पारेर नव निर्मित अत्याधुनिक भवनमा प्रवेश गरेको हो।

बुटवल–११ लाई सफलता

शुक्रबार, १७ माघ २०७६

भैरहवामा जारी नेपाल टेलिकम रूपन्देही सुपर लिग डिभिजन ‘ए’ अन्तर्गतको बिहीबार सम्पन्न खेलमा बुटवल–११ क्रिकेट क्लब विजयी भएको छ।

कोरोना भाइरसकाे संक्रमण फैलिन नदिन वेलहिया र सुनौलीमा पनि 'हेल्थ डेस्क'

बिहिबार, १६ माघ २०७६

चीनलाई प्रभावित गरेको कोरोना भाइरसले नेपाल र भारतलाई पनि सतर्क बनाएको छ। छिमेकी मुलुकमा भयावह बनाएको भाइरसले नेपाल र भारतमा पनि असर गर्ने देखिन थालेपछि रुपन्देहीको नेपाल भारत सीमा वेलहिया र सुनौलीमा हेल्थ डेस्क स्थापना गरी विदेशी पर्यटकको स्वास्थ्य चेकजाच गर्न थालिएको छ।

रुपन्देहीमा बोराको थुप्रोले च्यापिएर एकै परिवारका चार जनाको मृत्यु

बिहिबार, १६ माघ २०७६

रुपन्देहीमा बोराले च्यापेर एकै परिवारका चार जनाको ज्यान गएको छ।

देवदहलाई सफलता

बुधबार, १५ माघ २०७६

देवदह क्रिकेट युनिट, देवदहले भैरहवामा जारी नेपाल टेलिकम रूपन्देही सुपर लिग डिभिजन ‘ए’ अन्तर्गत मंगलबार सम्पन्न खेलमा शाइ ग्लोबल क्रिकेट क्लब, भैरहवालाई ३८ रनले पराजित गरेको छ।

तीन जनाको सनाखत, नाैं मध्ये २ को अवस्था गम्भीर

मङ्गलबार, १४ माघ २०७६

भैरहवा–भुमही सडकमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। रुपन्देहीको रोहिणी गाउँपालिका ४ छिपागढ, सूइलिहवामा ३ वटा ट्रक एक आपसमा ठोक्किदा ३ जनाको घटनास्थलमै ज्यान गएको र ९ जना घाइते भएका छन्।

रुपन्देहीमा सवारी दुर्घटना, ३ जनाको मृत्यु ९ घाइते

मङ्गलबार, १४ माघ २०७६

भैरहवा–भुमही सडकमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। रुपन्देहीको रोहिणी गाँउपालिका ४ छिपागढमा ३ वटा ट्रक एक आपसमा ठोक्किदा ३ जनाको घटनास्थलमै ज्यान गएको र ९ जना घाइते भएका छन्।

कांग्रेस, नेकपा र मधेशी दल म्याद गुज्रेकोे औषधि : सिके राउत

सोमबार, १३ माघ २०७६

डा. सिके राउतले कांग्रेस, नेकपा र मधेशी दलका नेताहरू म्याद गुज्रेकोे औषधि सरह रहेको बताएका छन्। जनमत पार्टीका अध्यक्ष समेत रहेका राउतले भैरहवाको गल्लामण्डीमा आयोजित आमसभालाई सम्बोधन गर्दै ३० वर्षदेखि ७० वर्षसम्म म्याद गुज्रेको औषधि खाएमा यसले कुनै फाइदा नगरी केवल नोक्सानी मात्र गर्ने बताए। यि पार्टीले म्याद गुज्रेका औषधि सरह रियाक्सन मात्र गर्ने र ज्यान जाने अवस्थामा पुर्‍याउने बताए।

आत्महत्याको अवस्था डरलाग्दो

सोमबार, १३ माघ २०७६

सिद्धार्थनगर–७, नारायण पथ बस्ने २२ वर्षिया एक युवती सोमबार दिउँसो ४ बजे झुण्डिएको अवस्थामा भेटिइन्। परिवारसहित भाडामा बस्दै आएकी ती यूवतीको ६ महिनाको छोरा पनि सँगै थियो। आफ्नै कोठाको पंखाको कुण्डीमा सलको पासो लगाई झुण्डिएको उनको बच्चा रोइरहेको सुनेर छिमेकीले देखेपछि प्रहरीलाई खबर गरेपछि घटना बाहिर आयो।

Ncell Footer Ad